• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 27, 2009

    जापानी राजनीतिमा पारिवारिक घरानाका घम्साघम्सी


    image

    राजनीतिमा बाउको बिँडो थाम्ने प्रचलन नयाँ होइन । धैरै देशका राजनीतिमा परिवार हाबी छन् । अमेरिकामा बुस र केनेडी, भारतमा गान्धी, नेपालमा कोइराला आदि राजनीतिमा जमेका परिवार हुन् । जापान पनि यस मामलामा कम छैन । आउँदो ३० अगस्टमा जापानमा आमनिर्वाचन हुँदै छ । र, यस निर्वाचनमा धेरै उम्मेदवार आ-आफ्ना पुर्खा या परिवारले राजनीति गरेका क्षेत्रबाट उठेका छन् । सत्तासीन लिबरल डेमोक्रेटिक पार्टीका एकतिहाइ उम्मेदवार ती-ती क्षेत्रबाट उठ्दै छन्, जहाँ उनीहरूका परिवारले पहिले जितेका थिए । प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी अफ जापानका भने दस प्रतिशत उम्मेदवार मात्रै परिवारले प्रभाव जमाएका क्षेत्रबाट उठेका छन् । यी दुवै पार्टीका नेता भने राजनीतिक घरानाका हुन् । चुनावी प्रचार-प्रसारमा हाल सबैभन्दा न्यानो स्वागत पाइरहेका छन्- सिन्जिरो कोइजुमी । तीस पनि नकाटेका सिन्जिरो पूर्वप्रधानमन्त्री जुनिचिरो कोइजुमीका छोरा हुन् । उनको उम्मेदवारीले एक प्रकारको सनसनी फैलाएको छ । चुनावी प्रचारका क्रममा उनले दिएको पहिलो भाषण सुन्न सयौं मान्छे ओइरिएका थिए । भ्यानको छतबाट उनलेे आफ्ना मतदातालाई सम्बोधन गरेका थिए र उनको पहिलो भाषण मानिसमा राम्रै प्रभाव पार्न सफल भएको थियो । उनको निर्वाचन क्षेत्र योकोसुकामा मानिसहरू उनलाई आफ्नो पि्रय छोरोजस्तै मान्छन् । उनी सडकमा हिँडिरहेका वेलामा मध्यउमेरका महिलाहरू स्नेहले उनको हात समात्ने गर्छन् । अद्भूत र आकर्षक व्यक्तित्वका धनी पूर्वप्रधानमन्त्री जुनिचिरोको छोरो हुनु नै सिन्जिरोलाई लोकपि्रय बनाउन पर्याप्त भएको छ । रेल चढ्ने हतारोमा रहेकी एक महिलाले भनिन्, 'मलाई उनका बाबु जुनिचिरो असाध्यै मन पर्छ । र, सिन्जिरो जुनिचिरोको छोरा भएकाले उनीसँग हाम्रो धेरै अपेक्षा छ । उनले अवश्य ठुल्ठूला काम गर्नेछन् ।' किनमेल गरिरहेका एक मानिसले भने, 'म सिन्जिरोलाई मन पराउँछु । यहाँ उनका धेरै प्रशंसक छन् । उनले पक्कै जित्नेछन् ।' जापानका प्रमुख दुई दलका नेताबीच खान्दानी द्वन्द्व चलिरहेकै छ । प्रधानमन्त्री तारो यासो र विपक्षी दलका नेता युकियो हातोयामा आज मात्रै राजनीतिक प्रतिद्वन्द्वी भएका होइनन् । सन् १९५० मा यासोका प्रधानमन्त्री हजुरबालाई हातोयामाका हजुरबाले प्रतिस्थापन गरेका थिए । अचेल जापानमा राजनीतिक घरानाहरूको प्रभुत्त्वलाई लिएर बहस गरिन थालिएको छ । पारिवारिक प्रभुत्त्वका कारण शक्तिशाली भएका स्थानीय राजनीतिक शक्तिहरूले कतै अरू शक्तिलाई माथि आउनै नदिने त होइन भन्ने चिन्ता व्यक्त गरिन थालिएका छन् । तर, जति नै बलियो राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आए पनि जापानी राजनीतिमा टिक्न भने गाह्रो छ । यसका उदाहरणका रूपमा दुई पूर्वप्रधानमन्त्री सिन्जो एबे र यासु फुकुदालाई लिने गरिन्छ । सिन्जोका हजुरबा र फुकुदाका बाबु प्रधानमन्त्री थिए । सिन्जो र फुकुदा दुवै एक वर्षभन्दा बढी टिक्न सकेका थिएनन् । उनीहरू दुवैको राजीनामालाई वंशाणुगत कमजोरीका रूपमा आलोचना गरिएको थियो । 'उनीहरूसँ पर्याप्त पैसा थियो,' मात्सुसिता इन्स्िटच्युट अफ गभर्मेन्ट एन्ड मेनेजमेन्टका उपनिर्देशक नोरिएकी सुचिया भन्छन्, 'उनीहरूका थुप्रै प्रशंसक थिए र परिवारको नाम थियो । तैपनि उनीहरूले राम्राे गर्न सकेनन् ।' मात्सुसिता इन्स्िटच्युट विद्युतीय सामग्री उत्पादन गर्ने विश्वप्रसिद्ध कम्पनी पानासोनिकका संस्थापकद्वारा स्थापना गरिएको थियो । राजनीतिमा आउन चाहने प्रतिभाशाली युवाहरूलाई प्रशिक्षित गर्नका लागि यसको स्थापना गरिएको थियो । यसको प्रमुख उद्देश्य राजनीतिमा पारिवारिक पृष्ठभूमि नभएका तर प्राचीन जापानी सद्गुणहरूले सम्पन्न नेताहरूको पुस्ता तयार गर्नु थियो । यस संस्थाका विद्यार्थीहरू केन्दो नामक मार्सल आर्ट, काठेतरबारबाजी, ध्यान आदिको अभ्यास गर्नुका साथै बहस र कार्यपत्र लेख्न पनि सिक्छन् । बिहान उनीहरू सडक बढारिरहेका हुन्छन् । समाज सेवा र सद्व्यवहारका माध्यमले उनीहरू राजनीतिमा उच्च स्थानमा पुग्न चाहन्छन् । 'तर, हाम्रा विद्यार्थी सफल हुने समय आउन भने निकै बाँकी छ,' मात्सुसिताका उपनिर्देशक नोरिएकी सुचिया भन्छन् । सिन्जिरो कोइजुमीसँग प्रतिस्पर्धामा उत्रेका छन्- एक ट्रकचालकका छोरा कात्सुहितो योकोकुमे । मानिसहरू उनीहरू दुईको प्रतिस्पर्धालाई हात्ती र कमिलाबीचको प्रतिस्पर्धा भनिरहेका छन् । तर, कात्सुहितोले हिम्मत हारेका छैनन् । उनी साइकल चढेर आफ्नो प्रचारमा निक्लिरहेका छन् ।

    जापानी चुनाव प्रचारका अनेक तिकडम


    image


    जापानको सत्तासीन लिबरल डेमोक्रेटिक पार्टीको वेबपेजमा यौटा कार्टुन राखिएको छ, जसमा नम्र र सुन्दर एक युवक एक युवतीसँग कुनै रेस्टुरेन्टमा खाना खाँदै छ । 'तिमीले मसित विवाह गर्‍यौ भने...' उसले युवतीलाई फकाउँदै छ, 'म तिम्रो राम्रो ख्याल राख्नेछु । हाम्रा बच्चाको स्याहार गर्नेछु । उनीहरूलाई राम्रो शिक्षाको व्यवस्था गर्नेछु । र, तिम्रो वृद्धावस्थाका लागि पर्याप्त पैसाको जोहो गर्नेछु ।' युवती उसलाई सोध्छे, 'यस्तो सबै व्यवस्था तिमी कसरी गर्नेछौ ?' युवक जवाफ दिन्छ, 'पहिले बिहे गरौँ, त्यसपछि देखाजाला ।'
    कार्टुनको युवक डेमोक्रेटिक पार्टीका नेता युकियो हातोयामा हुन् । यस कार्टुनको मुख्य उद्देश्य जनतालाई डेमोक्रेटिक पार्टीसँग खासै गतिला नीति छैनन् र यसले देश हाँक्न सक्दैन भन्ने सन्देश दिनु हो । जापानमा ३० अगस्टमा आमचुनाव हुँदै छ । चुनाव नजिकिँदै जाँदा दलहरू चुनावी अभियानमा नयाँ-नयाँ तरिका र तिकडम प्रयोग गरिरहेका छन् । आधा शताब्दीदेखि लगभग एकछत्र राज गरिरहेको लिबरल डेमोक्रेटिक पार्टी विभिन्न घोटाला तथा आर्थिक संकटका कारण यस चुनावमा त्यति बलियो देखिएको छैन । उता, विपक्षी दल डेमोक्रेटिक पार्टी भने लिबरल डेमोक्रेटिकलाई कडा चुनाैती दिइरहेको छ ।
    चुनावी अभियान सुरु भइसकेको छ र मुख्य प्रतिस्पर्धी यी दुई पार्टी मतदातालाई आकषिर्त गर्न प्रचारका अनेक तरिका प्रयोग गरिरहेका छन् । त्यसो त आमसभा तथा घरदैलो कार्यक्रमलाई पनि दुवै दलले भरपुर प्रयोग गरिरहेका छन् । 'पार्टीहरू चुनावका मुख्य मुद्दाको पहिचान गर्न र चुनावलाई अर्थपूर्ण तरिकाले व्याख्या गर्ने कोसिसमा छन्,' प्रोफेसर नाकानो भन्छन्, 'चुनाव परिर्वतनका लागि ठूलो मौका भएको डेमोक्रेटिक पार्टीको व्याख्या छ । उता सत्तासीन लिबरल डेमोक्रेटिक पार्टी आफू मात्र जिम्मेवार पार्टी भएको दाबी गर्दै छ । त्यसैले जनताले आफ्नो पार्टीलाई निरन्तर विश्वास गरिरहनुपर्ने बताइरहेको छ ।' महिला वा आमाहरूको मत आफूतिर तान्न उम्मेदवारहरूले अमेरिकी शैलीका राजनीतिक सल्लाहाकारसमेत नियुक्त गर्न थालेका छन् ।
    उम्मेदवारले आ-आफ्नो पार्टीका नीतिबारे छलफल सुरु गरेका छन् । दुवै पार्टीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । घोषणापत्रमा स्वास्थ्य सेवा खर्च, पेन्सन सुधार, अनावश्यक सरकारी खर्च कम गर्ने र बच्चा स्याहार भत्ता आदिबारे पार्टीका धारणा स्पष्ट पारिएका छन् । लिबरल डेमोक्रेटिक पार्टीको कार्टुनजस्तो नकारात्मक चुनावी अभियान पनि छेडिएको छ । यो कार्टुन युट्युवमा राखिएको छ । डेमोक्रेटिक पार्टी सरकार चलाउन अपरिपक्व भएको आरोप लिबरल डेमोक्रेटिक पार्टीका सांसदले लगाउँदै आएका छन् ।
    चुनाव अभियानमा केही आधुनिक प्रविधिहरूमा भने प्रतिबन्ध गरिएको छ । १२ दिने औपचारिक चुनाव प्रचार अभियानमा इन्टरनेट-ब्लग, इमेल, वेबसाइट, सोसल नेटवर्किङ साइट ट्युटरमा प्रतिबन्ध लगाइएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले राष्ट्रपति चुनाव अभियानका क्रममा इन्टरनेटको अत्यधिक प्रयोग गरेका थिए । चुनाव प्रचारप्रसारका लागि ओबामाको यो तरिका अत्यन्त लोकपि्रय भएको थियो । युवा जमातमाझ पुग्न इन्टरनेटले ओबामालाई अत्यन्त सहज बनायो ।
    जापानमा दुई मुख्य पार्टी सबैथोक छाडी चुनावी अभियानमा जमेका छन् । तर, साना दलहरू भने मत कसलाई दिने भन्ने निर्णय नगरिसकेका मतदाता आफूतिर आकषिर्त गर्न लागिपरेका छन् । लिबरल डेमोक्रेटिक पार्टीको गठबन्धन दल न्यू कोमिइतोले बौद्धमार्गी सोका गाकाई संस्थाबाट सहयोग पाउने अनुमान गरिएको छ । अहिलेको आर्थिक मन्दीले भने कम्युनिस्ट पार्टीलाई फाइदा पुग्ने देखिन्छ ।
    क्षेत्रीय पार्टी तथा साना पार्टीहरूको अर्काे नयाँ समूह पनि बनेको छ । नयाँ खुलेको 'द ह्यापिनेस रियलाइजेसन पार्टी' सन् २०३० सम्म जापानको जनसंख्या दोब्बर बनाउन चाहन्छ । जनसंख्या दोब्बर बनाउने मुद्दा लिएर यो पार्टी जनतासामु पुगेको छ ।
    समृद्ध जापानमा युकियोको चुनौती
    आउँदो सेप्टेम्बर १६ तारिखमा जापानले नयाँ प्रधानमन्त्रीको रूपमा युकियो हातोयामालाई पाउनेछ। गत साता सम्पन्न आमनिर्वाचनमा हातोयामाले नेतृत्व गरेको डेमोक्रेटिक पार्टी अफ जापान (डीपीजे) लाई संसद्मा बहुमत प्राप्त भएपछि उनी प्रधानमन्त्री बन्न लागेका हुन्। संसद्का चार सय ८० सिटमध्ये डीपीजेको पक्षमा तीन सय आठ छ। जापानी राजनीतिमा हातोयामाको परिवारलाई अमेरिकामा केनेडी परिवारको जस्तै सम्मान गरिन्छ। हातोयामाका हजुरबुबा प्रधानमन्त्री भइसकेका हुन् भने बुबा ७० को दशकमा विदेशमन्त्री बनेका थिए। ५० वर्षदेखि जापानी राजनीतिमा सत्ताको बागडोर सम्हालेको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) प्रतिपक्षमा बस्न बाध्य हुनुपरेको विविध कारण हुनसक्छ, तर हातोयामाले नेतृत्व गरेकोे डीपीजेको घोषणापत्र र नेतृत्वपंक्ति महत्वपूर्ण मानिन्छ।
    प्रशस्त धन भएका व्यवसायीहरूले नेतृत्व गरेको पार्टी भएकाले धेरै महत्वाकांक्षी कार्यक्रमहरू अघि सारिएको छ। बालबच्चा स्याहार केन्द्रको वेतन वृद्धि, पेन्सन वृद्धि, कर कटौती, निःशुल्क माध्यमिक शिक्षालगायतका महत्वपूर्ण कुरा डीपीजेले घोषणापत्रमा समेटेको छ।
    हुन त डीपीजेको पृष्ठभूमि त्यति लामो होइन। सत्ता पक्षका केही र विपक्षी दलका विभिन्न पार्टी समाहित भएर सन् १९९८ मा डीपीजे स्थापना भएको हो। विशेष गरी असल शासन, भ्रातृत्व  र सुधारवादी पार्टीलाई एउटै बनाइएको हो। एक दशकमै सातजना अध्यक्ष भइसकेको डीपीजेलाई मोर्चाको रूपमा विश्लेषण गरिन्छ। दोहोर्यायएर प्रधानमन्त्री हुन नपाइने जापानी संविधानअनुसार एलडीपीमा कुशल नेतृत्वको अभावले डीपीजेलाई चिठ्ठा परेको विश्लेषण पनि गरिएको छ। हालका प्रधानमन्त्री तारो आशोले निर्वाचनका बेला यति विवादास्पद अभिव्यक्ति दिएकी जापानी जनतासमेत लाजले भुतुक्कै भए। त्यतिमात्र होइन, प्रधानमन्त्री बन्ने होडमा पार्टीको आन्तरिक विवादले पनि जापानी जनता दिक्क थिए। यो दुई वर्षको अवधिमा जापानले तीनवटा प्रधानमन्त्री पायो।
    आउँदो निर्वाचनमा सत्ताधारी दल बन्न सक्छ भन्ने संकेत डीजेपीले सन् २००३ को आमनिर्वाचनमा दिइसकेको थियो। त्यसबेला पार्टी नाओतो कानले नेतृत्व गरेका थिए। उनी पार्टीका तेस्रो अध्यक्ष हुन्। त्यसबेलाको निर्वाचनमा सो पार्टीले एक सय ७८ सिट प्राप्त गरेको थियो। निर्वाचनमा पराजयको विरोधसँगै जेलकाण्डले चर्चा पाउन थालेपछि कानले राजीनामा दिएका थिए। त्यसपछि कात्सुया ओकादाले पार्टीको नेतृत्व सम्हाले। उनको कार्यकाल पनि १७ महिनाभन्दा बढी टिकेन। हुलाकलाई निजीकरण गर्ने विधेयक पास नभएपछि तत्कालीन प्रधानमन्त्री जुनिचिरो कोइजुमीले संसद् विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेका थिए। उक्त निर्वाचनमा डीपीजे ६२ सिटमा खुम्चियो। पार्टीको पराजयमा नैतिक जिम्मेवारी लिँदै ओकादाले राजीनामा दिएपछि सिजी माहिरा पार्टी अध्यक्ष बने। माहिराको अध्यक्ष पद त झन् ६ महिनाभन्दा बढी टिकेन। सत्तारुढ दल एलडीपीसँग अध्यक्ष माहिराको सम्बन्ध छ भन्ने हल्लाले व्यापकता पाएपछि उनी ६ महिनामै नेतृत्वबाट विस्थापित भए। त्यसपछि पार्टी महाधिवेशन भयो। महाधिवेशनले इचिहिरो ओजावालाई अधयक्षमा निर्वाचित गरायो। उनले पनि गत मेमा राजीनामा दिए। पार्टीमा चन्दा संकलनले डरलाग्दो रूप लिएपछि ओजावाले विवाद सामाना गर्नुभन्दा राजीनामा दिन उचित ठाने। त्यसपछि दोस्रोपटकका लागि हातोयामा अध्यक्ष बने। यसअघि उनी सन् १९९९ देखि २००२ सम्म अध्यक्ष बनेका थिए।
    पार्टी नेतृत्वको पछिल्लो परिस्थिति बनिबनाउ जस्तै छ। पार्टीमा हातोयामाकी आमाको अर्बौं यान खर्च भएको छ। आमा यासुको हातोयामा सोजिरो इसिबासीकी छोरी हुन्। इसिबासी ब्रोडस्टोड कर्पोरेसनका संस्थापक हुन्। इसिबासीको निधनपछि एकमात्र छोरी यासुको कर्पोरेसनकी मालिक बनिन्। आमाले अपुताली धन एकलौटी बनाइरहेका बेला हातोयामाका बाबु परराष्ट्रमन्त्री बनेका थिए। इचिहिरो परराष्ट्रमन्त्री भएकै बेला सन् १९५१ मा रुससँग दौंत्य सम्बन्ध स्थापित गरेका थिए। उनैले जापानलाई संयुक्त राष्ट्रसंघको सदस्यता दिलाएका थिए।
    आमा यासुकोको पृष्ठभूमि व्यापारिक भए पनि राजनीतिमा अदृश्य खेलाडीका रूपमा जापानमा परिचित थिइन्। विश्व अर्थजगत र जापानी राजनीतिमा 'असल आमा' उपनाम पाएकी यासुकोले आफ्ना दुवै छोरालाई व्यापार र राजनीतिमा अब्बल बनाउने महत्वाकांक्षा राखेकी थिइन्। त्यसैले छोरा युकियो हातोयामाले तयार गरेको दललाई स्थापित गराउन अर्बौं खर्च गरेकी थिइन्। कान्छो छोरा तारो आसो अहिलेको मन्त्रिमण्डलमा आन्तरिक मामिलामन्त्री छन्। युकियाले टोकियो विश्वविद्यालयबाट स्नातक गरेका हुन्। सन् १९७६ मा उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा पीएचडी गरेका थिए। स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्ययन गर्दागर्दै मियुकी यातोयामासँग युकियोको भेट भयो। उनीहरूले सन् १९७५ मा विवाह गरे। मियुकीको त्यो दोस्रो विवाह थियो। उनीहरूका छोरा किचिरो मस्को युनिभर्सिटीमा अनुसन्धान गर्छन्। त्यसो त हातोयामाले पनि टोकियो इन्स्टिच्युट अफ टेक्नोलोजी र सेन्सु विश्वविद्यालयको सहायक प्राध्यापकका रूपमा काम गरेका थिए।
    युकियोको राजनीतिक एलडीपी पार्टीबाटै सुरु भएको हो। त्यही पार्टीबाट उनी सन् १९८६ मा होकाइदोको ३८औं जिल्लाबाट संसद्मा निर्वाचित भएका थिए। सन् १९९३ मा नाउतो कान र युकियोलगायत आधा दर्जनले एलडीपी त्यागेर साकिगाकी पार्टी खोलेका थिए। युकियो र उनका भाइका लागि अर्बौं रूपैयाँ खर्चेर आमाले डीपीजे पार्टी स्थापना गरेकी थिइन्। भाइ कुनियो हातोयामा पार्टी सिद्धान्त बाहिर गएको भन्दै सन् १९९६ मै डीपीजे त्यागे र एलडीपीमा संलग्न भएका थिए।
    कुनै भवितव्य भएन भने युकियो आउँदो साता प्रधानमन्त्री बन्ने निश्चित छ। तर उनी प्रधानमन्त्री बन्नुअघि नै श्रीमती मियुकी चर्चामा छिन्। उनी पेसाले कलाकार हुन्। हलिउड कलाकार मियुकी पाकशिक्षाका पुस्तक पनि लेख्छिन्। अत्यन्त महत्वाकांक्षी मिचुकीको मिल्ने पुरुष साथी टम त्रु्कज हुन्। टमसँग मिलेर नयाँ चलचित्र बनाउने योजना उनले हालै सार्वजनिक गरेकी थिइन्। परिवारमा नमिल्ने भएकीले अधिकांश समय उनी अमेरिकामै बसोबास गर्छिन्। युकियो प्रधानमन्त्री बन्ने भएपछि उनको फूर्ति बेग्लै भएको छ। धर्मकर्म र अध्यात्ममा विश्वास गर्ने मिचुकीको आत्मा त्रिभुज आकारको भएको उनले दाबी गरेकी छन्। पार्टीमा आमाको लगानी र श्रीमतीको महत्वाकांक्षाले भावी प्रधानमन्त्री युकियोको राजनीतिक छविलाई ड्यामेज गर्न सक्ने विश्लेषण पनि गरिएको छ। लगानीअनुसार आमाले छोराका लागि प्रतिफल त पाउलिन् नै, तर त्यो कति दिगो हुन्छ, त्यो महत्वपूर्ण हुन्छ। यासुको अथवा उनको दल डीपीजे जे जसरी प्रस्तुत भए पनि समृद्ध जापान निर्माणमा एलडीपीले खेलेको भूमिका यतिबेला गौण छ। तर डीपीजेको आन्तरिक राजनीतिले युकियो पछाडि धकेलिन सक्छ। किनभने दस वर्षको अवधिमा सातपटक अध्यक्ष फेरिसकिएको छ, यो पार्टीले। 

    'गरिब युवा बिहे नगर !’

    image

    टोकियो/ जापानका प्रधानमन्त्री तारो आसोले आफ्नो देशका गरिब युवालाई बिहे नगर्न सुझाब दिएका छन् । यहाँ अब हुने आमनिर्वाचन अभियानका क्रममा उनले यस्तो सुझाब दिएका हुन् ।

    सर्वेक्षणले उनको लिबरल डेमोक्रेटिक पार्टी हार्ने देखाएका छन् र यसमा आंशिक रूपमा बेरोजगारीको स्तर पनि जिम्मेवार देखिन्छ । यस निर्वाचनको महत्त्वपूर्ण मुद्दामा रोजगारीको सुरक्षाको प्रश्न पनि छ र धेरै मतदाता बढ्दो अल्पकालीन रोजगारीबाट क्रुद्ध छन् ।

    आसोलाई गरिबीका कारणले नै ढिलो विवाह गर्न लगाएको र जापानको निम्न जन्मदर निम्त्याएको त होइन भनी सोधिएको थियो । प्रत्युत्तरमा प्रधानमन्त्रीले भने, 'थोरै पैसा छ भने तपाईंहरूले बिहे नगर्नु नै बेस होला ।' साथै उनले भने, 'तलब नहुनेलाई आदरसम्मान हुन्छ होला भन्ने कुरा सोच्नु मेरा लागि अप्ठ्यारो छ ।'

    रोजगारी सुरक्षाको कमी तथा अधिकांश जनता अल्पकालीन रोजगारमा भएको बेला हुँदै गरेको यस निर्वाचनमा आसोबाट यस्तो सुझाब आउनुलाई दुर्भाग्यपूर्ण मानिएको छ । यस्तो अल्पकालीन रोजगारीको उठान आसोकै लिबरल डेमोक्रेटिक पार्टीको श्रम सुधार कार्यक्रमका कारण भएको विश्वास गरिन्छ ।

    प्रधानमन्त्री तारो आसो भन्न नहुने कुरा भनिदिने व्यक्तिका रूपमा प्रसिद्ध छन् । एकपल्ट उनले जापानी डाक्टरहरूलाई सामान्य चेतसमेत नभएका भनी टिप्पणी गरेर खिन्न तुल्याइदिएका थिए । त्यस्तै, एकपटक शिक्षक-शिक्षिकालाई सम्बोधन गर्दै छु भन्ठानेर उनले बालबालिकालाई गाली गर्नुको साटो आमाबाबुलाई पो गाली गर्नुपर्ने हो भनिदिएर असहज स्थिति खडा गरिदिएका थिए । वास्तवमा उनी विद्यार्थीका अभिभावकलाई नै सम्बोधन गरिरहेका थिए ।


    छत्रमान जर्सा'ब झन्डै डिस्कोमा छिर्दा

    काठमाडौं। रुक्मांगद कटवालले सेनापति पद नछाडी म्याद थपाउँदै छन् भन्ने ठूलो प्रचारबाजीकै बीच काम छाडेर कटवाल बिदामा बसेपछि कायममुकायम सेनापति बन्नुभएका जर्नेल छत्रमानसिंह गुरुङ अचानक डिस्कोतिर छिर्नुभयो।
    अत्याधुनिक हतियार बोकेको फौजी पोसाककै सुरक्षाकर्मीको टोलीसहित डिस्कोतिर लागेपछि उहाँको अघिपछि भएको जमात पनि छक्क पर्यो । टाइसुटमा सजिएर उहाँ आखिर किन डिस्कोतिर लम्किनुभएको हो भन्ने छुट्याउन एकछिनसम्म कसैले सकेन।
    कुरा गत शुक्रबार साँझको हो। दरबारमार्गस्थित होटल याक एन्ड यतीको प्लाटिनम डिस्कोतिर सेनापति गुरुङ पसेपछि उहाँलाई रोकिएको थियो। अलि परै पुगेपछि एकजना सिभिल ड्रेसका व्यक्तिले बाटो फरक परेको जानकारी दिए। समाचारअनुसार सेनापति गुरुङ सो होटलको रिजेन्सी हलमा आयोजित भोजमा सहभागी हुन त्यहाँ पुग्नुभएको थियो। एउटा ट्रेकिङ एजेन्सीको आयोजनामा भएको र नेपालका अधिकांश उच्चपदस्थलाई निम्त्याइएको भोजमा सहभागी हुने क्रममा बाटो बिराउँदा सेनापति डिस्कोभित्र छिर्नुभएको थियो। अगाडि–पछाडि सैनिक प्रहरीको एस्कर्टिङसहित हिँड्ने सेनापतिको कार्यक्रमस्थलबारे सेनाकै निकायले पहिला नै चासो राख्ने गर्थ्यो। सेनापति कटवाल यस विषयमा निकै सजग थिए, तर गुरुङले त्यस्तो सजगता नअपनाएको सो भोजमा उपस्थित हुँदाको यो घटनाले देखाएको छ। बाटो बिराएका उनलाई फर्काएर बाटो देखाउँदै भोजस्थल पुर्याोइएको थियो।

    जेलभित्र बसेर बाहिर अपराध

    image

    मोहन भट्टराई/नयाँ पत्रिका विराटनगर, ९ भदौ सप्तरी कारागारमा रहेका कुख्यात भारतीय अपराधी शम्भु मसैता यादवले कारागारबाटै आपराधिक गतिविधि सञ्चालन गरिरहेको खुलासा भएको छ । जेलभित्र रहेका श्रीमान्को निर्देशनमा श्रीमतीले अपराध मच्चाएको पुष्टि भएको छ । जेलभित्र रहेका श्रीमान् शम्भुसँग सातवटा मोबाइल थिए, तिनै मोबाइलबाट उनले श्रीमतीलाई फोन गर्थे, आपराधिक गिरोहलाई निर्देशन दिन्थे अनि सर्वसाधारण र व्यापारीलाई धम्क्याएर पैसा असुल्थे । भूमिगत संगठनका नाममा काम गर्ने उनकी श्रीमतीसहित दुईजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । मसैताको निर्देशनअनुसार उद्योगी-व्यापारी र सर्वसाधारणसँग चन्दा असुल्ने तथा मार्ने धम्की दिने सप्तरी बदगाहाका वीरेन्द्र यादव र सुनसरी नर्सिङ— ३ घर भई विराटनगर— १६ बस्ने आशा मण्डललाई हतियार र बन्दोबस्तीका सामानसहित पक्राउ गरिएको हो । भूमिगत संगठनका नाममा लाखौँ रुपैयाँ चन्दा माग्ने, नदिए बम पड्काएर तर्साउने गतिविधिमा संलग्न व्यक्तिहरू पक्राउ परेपछि शम्भु यादवको आपराधिक सञ्जाल भताभुंग भएको छ ।

    जिल्ला प्रहरी कार्यालय मोरङको सक्रियतामा प्रक्राउ परेका अपराधीलाई खरखजाना तथा ठगी मुद्दाका लागि अदालतमा म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी विद्यानन्द माझीले बताए । प्रहरीका अनुसार किर्ते नागरिकता बनाएको मुद्दामा सप्तरीको राजविराज कारागारमा रहेका सुनसरी नर्सिङ— ३ का शम्भु मसैता भनिने सुरेन्द्र यादवकी श्रीमती आशाले विराटनगरमा डेरा लिएर यहाँका उद्योगी-व्यवसायीलाई धम्क्याई रकम असुल्ने गरेकी थिइन् । श्रीमान् भेट्ने बहानामा कारागार प्रवेश गरी आशाले त्यहीँ आपराधिक योजना बनाउने गरेको प्रहरीको दाबी छ । आशाले वीरेन्द्रको सहयोगमा मधेसी मुक्ति टाइगर्सका नाममा चन्दा असुल्ने गरेकी थिइन् । शम्भुले कारागारबाटै आफूलाई अभिषेक, मुन्ना, रञ्जित बताउँदै उद्योगीलाई टेलिफोनमा धम्क्याउने गरेका थिए ।

    उनीहरूले प्रयोग गर्नेगरेका सातवटा मोबाइल नम्बर पनि प्रहरीले पत्ता लगाएको छ । बाहिर फोन गर्दा प्रयोग गर्नेगरेको मोबाइलबाहेक श्रीमती र आफूबीच कुरा गर्न शम्भुले छुट्टै नम्बरको मोबाइल प्रयोग गर्ने गरेका थिए । श्रीमतीसँग सल्लाह गर्दा शम्भुले मेरो मोबाइलको ९८०४७७८५२४ र श्रीमती आशाले ९८०४७७८५२३ नम्बर प्रयोग गर्ने गरेका थिए । आशाको डेराबाट प्रहरीले नोकिया मोबाइल दुई थान, मेरो र भारतीय मोबाइलको सिम एक-एक थान, एसएलआरको गोली दुई थान र नेपाली नागरिकताको प्रमाण-पत्र एक थान बरामद गरेको छ । त्यसैगरी वीरेन्द्रका साथबाट १५ थान गोली, मधेसी मुक्ति टाइगर्सको पर्चा एक थान, मोटरसाइकलको बा १२ प ४२५४ नम्बरको प्लेट दुई थान बरामद गरेको छ । प्रहरीले मधेसी मुक्ति टाइगर्सका नामबाट विराटनगरको बिक्की हार्डवेयरलाई लेखेको एक पत्र पनि बरामद गरेको छ ।

    को हुन् शम्भु मसैता ? भारतमा दर्जनौँ अपराध गरेर नेपाल छिरेका शम्भु मसैता यादव भारतको अररिया जिल्ला नरपतगन्ज निर्वाचन क्षेत्रअन्तर्गत लक्ष्मीपुर -अचरा) का बासिन्दा हुन् । उनका बाबु योगेन्द्र मसैताको नाम लक्ष्मीपुरको मतदाता सूचीमा छ । फारबिसगन्जका व्यापारी अरुण गोल्छाको हत्यापछि उनी नेपाल आएर बस्न थालेका हुन् । उनले सुनसरी नर्सिङ— ३ बाट जोगी यादवलाई बाबु बनाई सुरेन्द्र यादवका नामबाट १५ चैत, ०६३ मा वंशजका आधारमा नागरिकता लिएका थिए । यादव अहिले सुनसरी जिल्ला अदालतको आदेशमा किर्ते नागरिकता मुद्दामा पुर्पक्षमा सप्तरी कारागारमा छन् । ९ मंसिर ०६३ मा विराटनगरका युवा उद्योगी पवनदास राठी र सुनसरी हरिनगराका व्यापारी सूर्यकिरण बोथराको अपहरणमा पनि मसैता संलग्न थिए । कारागारभित्र कैदी, बन्दीलाई फोन प्रयोग गर्ने इजाजत नभए पनि शम्भुले आठवटा मोबाइल प्रयोग गर्दा पनि कारागार प्रशासनलाई भने पत्तो थिएन । उनीलगायत सोही कारागारमा रहेका धीरेन्द्र यादवले पनि मोबाइल प्रयोग गर्दै आएका छन् । उनीहरूले कारागारभित्रै एन्टेना राखी भारतीय मोबाइल प्रयोग गर्दै आएका छन्

    यसरी ठोक्कियो विमानस्थलमा हेलिकोप्टर

    Click on the slide!

    खस्यो पखेँटा

    सुर्खेत विमानस्थलमा रोकिराखेको सिम्रिक एयरको हेलिकोप्टरलाई ठक्कर दिएपछि क्षतिग्रस्त बनेको श्री एयरको हेलिकोप्टर। तस्विरः कलेन्द्र सेजुवाल

    कलेन्द्र सेजुवाल, सुर्खेत भदौ १०- सुर्खेत बिमानस्थलमा पार्किङ गरिराखेको सिम्रिक एयरको हेलिकोप्टरमा बुधबार दिउँसो अवतरणका क्रममा श्री एयरको हेलिकोप्टर ठोक्किएको छ। ठक्करबाट श्री एयरको नाइन-एन-एडीडी हेलिकोप्टरको टेल रोटर पुछारको भाग भाँचिएको छ। पार्किङ गरिराखिएको सिम्रिक एयरको नाइन-एन-एडीटी हेलिकोप्रको एउटा पंखामा क्षति पुगेको छ।

    दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन।

    विश्व खाद्य कार्यक्रमको चामल हुम्ला सदरमुकाम सिमिकोट पुर् याएर फर्किएको श्री एयरको हेलिकोप्टर दिउँसो २:५० मा सिम्रिक एयरसँग ठोक्किएको थियो। नेपाल नागरिक उड्ययन प्राधिकरणको सुर्खेत कार्यालयले पार्किङ क्षेत्र साँघुरो भएकोले दुर्घटना भएको प्रारम्भिक प्रतिक्रिया दिएको छ। कार्यालयका निमित्त प्रमुख आनन्ददेव भट्टले दुई दिनदेखि बिमानस्थलमा पार्किङ गर्ने हवाई साधनहरुको संख्या बढेकोले हवाई पार्किङ र अवतरणमा कठिनाई भएको बताए। उनले भने 'क्षमताभन्दा बढी हेलिकोप्टर र हवाईजहाज भएका कारण पार्किङ र अवतरणको व्यवस्थापनमा निकै समस्या भएको थियो।' सुर्खेत बिमानस्थलबाट बुधबारमात्र ३५ वटा उडान भएका थिए।


    दैनिक सरदर पाँचवटा हवाईसाधन पार्किङ हुने सुर्खेत बिमानस्थलमा मंगलबारदेखि १० वटा पार्किङ हुने गरेका छन्। श्री एयरका तीन विश्व खाद्य कार्यक्रमका दुई र सिम्रिक एयरको एक गरी ६ वटा हेलिकोप्टर र यति एयरका दुई नेपाली सेना र काष्ठमण्डपको एक÷एक गरी चारवटा हवाईजहाज पार्किङमा छन्। हेलिकोप्टरसम्वद्ध अधिकारीहरु एउटा हेलिकोप्टर वा हवाईजहाजलाई करिब ५० मिटर पार्किङ क्षेत्र आवश्यक पर्ने बताउँछन्। तर सुर्खेत बिमानस्थलमा राखिएका हवाईसाधनहरु एउटाले सरदर २० मिटर क्षेत्र ओगटेका छन्। ठक्करबाट क्षतिग्रस्त सिम्रिक एयरका सुर्खेत प्रतिनिधि कमल गौतलमले भने, 'हेलिकोप्टर र हवाईजहाजहरु बढे पनि एयरपोर्टको क्षेत्र बिस्तार नहुँदा यस्तो समस्या आएको हो।' एक हजार ४० मिटर लामो धावनमार्ग भएको सुर्खेत बिमानस्थलको पार्किङ क्षेत्र बढीमा तीन सय मिटरमात्र हुनुले पनि गौतमको भनाईलाई पुष्टि गर्छ ।


    अनुभवी पाइलटबाटै दुर्घटना !

    सिमिकोटमा चामल खसालेर फर्केको हेलिकोप्टरमा चालक दलका चार सदस्यबाहेक अरु यात्रु थिएनन्। नेपाली सेनाका अवकाशप्राप्त महासेनानी फुल कर्णेल मदन केसीले प्रमुख क्याप्टेनको रुपमा उडानको नेतृत्व गरेका थिए। आर शर्माले सहायक चालक को-पाइलट भूमिका निर्बाह गरेका थिए। त्यस्तै हेलिकोप्टरमा पुलाइट इन्जिनियर काजुरा रसियन नागरिक र चार्टर एकाउण्टेन्ट जीवन मगैयाँ पनि रहेको श्री एयरका सुर्खेतस्थित स्टेसन मेनेजर नारायण गोर्खालीले बताए।

    प्रमुख चालक केसी हेलिकोप्टर उडानमा निकै अनुभवी मानिन्छन्। उनले नेपाली सेनाको हवाई बिभागमा रहेर करिब दुई दशकसम्म हेलिकोप्टर उडान गरेका थिए। उनले सिम्रिक एयरमा सेवा सुरु गरेको चार बर्ष भएको श्रोतले बताएको छ।


    केसीको अनुभवकै कारण अप्रि क्षति हुनबाट रोकिएको श्री एयरसम्वद्ध पदाधिकारी बताउँछन्। तर नागरिक उड्ययन कार्यालयका अधिकारीहरु भने अवतरणमा पनि 'हाईस्पिड' भएकोले क्षति भएको बताउँछन्। हवाई प्राविधिकका अनुसार हेलिकोप्टर आकाशमा उडिरहेको बेला ११० नटिकल माइल पर आवर र अवतरणको बेला बढीमा २० नटिकल पर आवरको गतिमा हुनुपर्छ। तर पार्किङ गरिराखिएको हेलिकोप्टरमा ठोक्किएको श्री एयरको हेलिकोप्टर भने २० भन्दा बढीको गतिमा रहेको नागरिक उड्ययन प्राधिकरणका कर्मचारीको भनाई छ। यद्यपि यसबारे बुभुन खोज्दा प्रमुख चालक केसीसँग सम्पर्क हुन सकेन।नागरिक


    वैज्ञानिकभन्दा कम छैनन् किसान

    image

    कास्कीको लेखनाथ नगरपालिका- १० निवासी सूर्यप्रसाद अधिकारी एक किसान हुन् । उनले पर्माकल्चर डिजाइन र पार्टिसिपेटरी प्लान्ट बि्रडिङको तालिम लिएका छन् । उनी साधारण किसान होइनन् । यस अर्थमा कि उनी आफ्ना स्तरबाट निरन्तर अनुसन्धान र अन्वेषण गरिरहेका छन् । र, अनुसन्धान र अन्वेषण केवल विज्ञ र विद्वान्का पेवा हुन् भन्ने कुरालाई गलत सावित गरिरहेका छन् । ६० वर्षको उमेरमा पनि उनमा नयाँ कुरा सिक्ने र अन्वेषण गर्ने गजबको उत्साह छ ।

    उनको अनुसन्धानको सबभन्दा राम्रो परिणाम लाहीकीरा नियन्त्रणमा देखिएको छ । उनले लाहीकीरालाई राता कमिलाबाट नियन्त्रण गर्ने गरेका छन् । यस अनुसन्धानमा सफल भएका उनी आफ्नो सफलता लाहीकीराको समस्या भएको ठाउँमा पुर्‍याउन सके लाखौं कृषक लाभान्वित हुन सक्ने बताउँछन् । 'अरू कृषकका समस्या समाधान गर्न म यथाशक्य योगदान गर्न चाहन्छु ।'

    उनको परिवार सानो र सुखी छ, उनी, श्रीमती र एक छोरा । उनका छोरा न्युजिल्यान्डमा फिल्म अध्ययन गरिरहेका छन् । छोराको फिल्म प्राविधिक हुने धोको रहेछ ।

    सूर्यप्रसादलाई एक सफल प्रगतिशील कृषकका रूपमा जिल्ला र जिल्लाबाहिर सम्मान गरिन्छ । आफ्नो सफलताका लागि उनी परिवारको भूमिका महत्त्वपूर्ण हुने बताउँछन् । भन्छन्, 'परिवारको सहयोगविना जतिसुकै राम्रो काम पनि असफल हुन सक्छ । मेरी श्रीमती मेरा हरेक कदममा साथ दिन्छिन् । त्यसैले पनि म नयाँनयाँ अनुसन्धान गर्न सधंै उत्सुक हुन्छु । '

    उनी हाल कफीको बोक्रा कसरी सदुपयोग गर्न सकिन्छ, त्यसको खोज गरिरहेका छन् । कफी उत्पादन गर्दा निस्केका कफीका बोक्रा यत्तिकै खेर गइरहेका छन् । कफीको बोक्रा खेर गएको उनलाई चित्त बुझेको छैन । 'म हाल कफीको बीउको बोक्रा प्रयोग गरेर च्याउ उत्पादन गर्न सकिन्छ कि भनी अनुसन्धान गरिरहेको छु,' उनी भन्छन्, 'यस अनुसन्धानलाई यौटा टुंगोमा पुर्‍याइछाड्ने उद्देश्य छ मेरो ।'

    उनले बेसार, सिमि्रक र सजीवनको झोल बनाएर छर्किदा सुन्तला र कफीको ढुसी नियन्त्रण हुने पत्ता लगाएका छन् । अब यस झोललाई इएम छर्केझैं छर्किन मिल्ने बनाउने अनुसन्धानमा जुटिसकेका छन् उनी ।

    कृषि सबभन्दा राम्रो पेसा हो भन्छन् उनी । अनुभव र केही तालिमका आधारमा कृषि अन्वेषक बनेका उनी कृषिमा आएका समस्यालाई गहिरिएर बुभ\mनुपर्छ र समस्यालाई समाधान गरी कृषकहितका लागि आप\mनो क्षेत्रबाट योगदान गर्नुपर्छ भन्ने मान्यता राख्छन् । कृषिका विद्यार्थी तथा शिक्षकले कृषक-अन्वेषकबाट धेरै कुरा सिक्न सक्ने बताउँछन् उनी । 'किताबी ज्ञान मात्रै सबथोक होइन । माटोको कुरा माटोमा कुल्चिएर जान्नुपर्छ ।' सही ढंगले कृषिका कथा/व्यथा केलाई अन्वेषणमा पत्ता लागेका कुरा जनता माझमा पुर्‍याउनुपर्ने माग छ उनको । 'प्रचारप्रसारका माध्यमबाट किसानवर्गलाई सुसूचित गर्नुपर्छ ।'

    उनीजस्ता खोजमूलक कृषकले आफूले गरेका कामका बारेमा अरू कृषक, कृषि वैज्ञानिक, अध्यापक र विद्यार्थीलाई थाहा दिनुपर्छ भन्छन् उनी । 'चेतनशील कृषकको काम आफ्नै ढंगमा निरन्तर अनुसन्धान गरिरहनु हो । खेतबारीमा धेरै कुरा पत्ता लगाउन सकिन्छ । र, यसका लागि पढेलेखेको हुनुपर्छ भन्ने छैन । आफूले गरिखानुपर्ने कृषिका कयौं समस्या हामी आफैं हल गर्न सक्छौँ । बस्, हामीले सोच्न थाल्नुपर्‍यो ।'

    कृषिका विद्यार्थी र कृषक-अन्वेषकहरूबीच निरन्तर अन्तरक्रिया हुनुपर्छ भन्छन् उनी । 'कृषकले गरेका अनुसन्धानमा वैज्ञानिक तौरतरिका थप्ने काम विद्यार्थीले गर्नुपर्छ,' उनी भन्छन् । अनि, कृषि र पशुविज्ञानका प्राध्यापकका कामचाहिँ के-के हुन् त ? उनीसँग तयारी जवाफ छ, 'कृषक-अन्वेषकरुले गरेका सफल प्रयोगमा थप अध्ययन-अनुसन्धान गर्ने र अन्वेषक र अरू कृषकलाई सरसल्लाह दिने । प्रचार-प्रसार र प्रवर्द्धनको एउटा माध्यम या स्रोत तयार गरिदिने ।'

    अनि, विश्वविद्यालयले चाहिँ कस्तो भूमिका खेल्नुपर्छजस्तो लाग्दोरहेछ त यी कृषक-अन्वेषकलाई ? 'परम्परागत ज्ञानमा आधारित घरेलु उपचार तथा किसानसँग भएका ज्ञानका बारेमा अध्ययन-अनुसन्धान गर्ने काम विश्वविद्यालयको हो । 'स्थानीय जडीबुटीबाट पशुस्वास्थ्य उपचारको खोजी गर्नुपर्छ । र, त्यस्तो ज्ञान कृषक-कृषकबीच आदान-प्रदान गर्न विश्वविद्यालयले सक्रिय भूमिका खेल्नुपर्छ ।'

    राज्यले अन्वेषण कार्य गरिहेका कृषकलाई कुनै प्रोत्साहन नदिएको गुनासो छ उनको ।

    'किसानले पनि अनुसन्धान गरिराखेको हुन्छ र केही पत्ता लगाउन सक्छ भन्ने विश्वास छैन राज्यलाई । त्यसैले अन्वेषण गर्न सक्नेलाई राज्यले हौसला दिने या कदर गर्ने काम गरेको छैन ।' उनका अनुसार कृषक-अन्वेषकलाई प्रोत्साहन दिनका लागि राज्यले छुट्टै निकाय स्थापना गर्नुपर्छ । कृषक-अन्वेषकको पहिचान गरी उनीहरूबीच सहकार्यका लागि यौटा मञ्चको आवश्यकता देखेका छन् उनले ।

    आफ्नै खर्चमा विभिन्न अनुसन्धान गरिरहेका छन् उनी । तर, कहिलेकाहीँ भने उनले अरू व्यक्ति या संस्थाका सहायता नलिई हुँदैन । 'आफूले तयार गरेको कम्पोस्ट मल या गँड्यौला मलको असर थाहा पाउन ल्याब टेस्ट गर्नु जरुरी हुन्छ । यसका लागि अरूको सहयोग लिनै पर्‍यो ।' प्रांगारिक खेती, गँड्यौला मल बनाउने तरिका धैरै किसानलाई सिकाउनुपर्नेमा जोड दिन्छन् उनी । 'कृषिप्रधान देश भनेर मात्रै कृषिमा उन्नति गर्न सकिन्छ र ?' उनको प्रश्न निकै जायज लाग्छ ।डा . धर्मराज डंगोल


    चितवनमा डण्डीबियो प्रतियोगिता हुने

    चितवन, १० भदौ - नेपालमा हराउँदैगएको राष्ट्रिय खेल डण्डीबियो प्रतियोगिता चितवनमा आयोजना गरिने भएको छ। चितवनको भरतपुरस्थित हाम्रो एफएमको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना हुने सो खेलमा स्थानीय सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूले सहभागिता जनाउने छन्।

    वार्षिकोत्सको अवसरमा गरिनलागेको विभिन्न कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले एफएमद्वारा नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा सो कार्यक्रमको जानकारी गराएको हो।

    खेलको नियमबारे आधिकारिक जानकारी नभएकाले खेल सुरु हुनु केही दिनअगाडि राष्ट्रिय खेलाडी तथा प्रशिक्षकलाई चितवनमा ल्याई सञ्चारकर्मीहरूलाइ प्रशिक्षण दिएरमात्र कार्यक्रम गरिने आयोजकले जनाएको छ।

    त्यस्तै वार्षिकोत्सवको अवसरमा नै अन्तरकर्मचारी व्याडमिन्टन प्रतियोगिता, घैँटो फुटाउने खेल, स्लो मोटारसाइकल प्रतियोगिता, हाजिरीजवाफ, लोकदोहोरीलगायतका खेल सञ्चालन गरिने बताइएको छ।

    भैंसीको पनि जन्मदर्ता !

    माधव अर्याल

    पाल्पा, 'सबैको सहयोग भयो भने यो सम्भव छ,' झपेन्द्र जीसीले भने, 'यसो नगरिए बजारवासीले दुई वर्षपछि दूध खान पाउने छैनन् ।'

    मदनपोखराका यी किसान जिविसको समीक्षा गोष्ठीमा थिए । पाल्पाका गाउँमा भैंसी अभाव हुन थालेको विषयले प्रमुखता पाएपछि उनले सुझाव दिए, 'यो पशुको पनि जन्मदर्ता गरिनुपर्छ ।'

    मासुका लागि पाडापाडी, बकेर्नो -दूध दिन छाडेको) र बच्चा नपाएका भैंसी बेच्ने चलन गाउँगाउँमा बढिरहेकाले लैनोको मूल्य अकासिन थालेको सन्दर्भमा जीसीको सुझाव आएको हो । पोखरा, काठमाडौं र बुटवलमा मासुका लागि यहीँबाट भैंसी लैजाने गरिन्छ । पाल्पाका भैरवस्थान, ढुंगाखानी, तीनगिरे, चिहानडाँडा, अर्गली, बतासे लगायतमा भैंसी संकलन केन्द्र छन् । केन्द्रमा गाउँगाउँबाट भैंसी ल्याइन्छन् । केही समययता गुल्मीसमेतबाट दिनहुँ एक ट्रक भैंसी निकासी भइरहेको छ । व्यापारीहरूका अनुसार भैंसी तराईमा भन्दा पहाडमा सस्तो पाइन्छ । पोखरा र बुटवल लैजान सहज भएकाले पनि पाल्पा व्यापारीको पहिलो रोजाइ पर्दै आएको छ ।

    जीसीले भैंसी गणनाको माग राख्दै जिल्ला प्रशासन, जिविस र गाविसले गम्भीर चासो राख्नुपर्ने औंल्याए । 'गाविसमा यसको जन्म, मृत्यु र निकासीको दर्ता हुनुपर्छ,' उनले माग गरे, 'अर्को गाविसमा लग्नुपर्दा सम्बन्धित गाविसको सिफारिस अनिवार्य हुनुपर्छ ।' अन्य किसानले पनि संरक्षण नगरे आउँदो दिनमा जिल्लामा भैंसी सकिने बताए । 'पाडी बेचिनाले एउटा लैनोको मोल ३०/३५ हजार रुपैयाँभन्दा बढी पर्न थालेको छ,' हालैको उक्त गोष्ठीमा किसान सीता खनालले भनिन् ।

    बर्खा दूधको सिजन हो तर यही बेला गाउँबाट पुग्दो दूध बजार भित्रिन नपाएकाले डेरी सञ्चालकसमेत चिन्तित देखिए । 'दूध फालाफाल हुने र बाहिर जिल्ला निकासी गर्ने यो सिजनमा यहीं संकट छ,' तानसेनस्थित जयकिसन डेरीका प्रमुख टीकाराम खरालले भने, 'गाउँमै भैंसी छैनन्, अनि कसरी बजारमा दूध आउँछ ?'

    तानसेन बजारमा मात्रै प्रतिदिन २५ हजार लिटर दूधको माग छ । जिल्ला पशु सेवा कार्यालयका अनुसार आपूर्ति भने १५ देखि १७ हजार लिटर छ । सदरमुकाम तानसेनमा उपभोक्ताहरू अचेल दूध किन्न लाइन बसेको देखिनु सामान्य भइसकेको छ ।

    खरालले भैंसी संरक्षण समिति बनाउनेबारे जीसीको मागको समर्थन गर्दै तत्काल यस्तो पहल नगरिए पाउडर दूधको भर पर्नुपर्ने अवस्था छिट्टै आउने बताए ।

    गोष्ठीमा जिल्ला पशु सेवा कार्यालयका प्रमुख रुद्रप्रसाद पौडेलले भने मासु जाँच ऐनका कारण भैंसीको निर्बाध बिक्री भइरहेको बताए । 'उक्त ऐनले पोथी प्रजातिका पशुपन्छीको पनि बध गर्न पाइने व्यवस्था गरेको छ,' उनले भने, 'यसले गर्दा भैंसीको बेचबिखन बढेको हो ।' उनका अनुसार स्याहारमा कठिनाइले पनि किसानले भैंसी पन्छाउने गरेका हुन्

    लुटेरालाई निम्तो गहना !

    जितेन्द्र साह

    काठमाडौं, ज्ञानेश्वरको चिउरी गल्लीमा आइतबार दिउँसो ३७ वषर्ीया चित्रकुमारी सापकोटाले लगाएको डेढ तोला सुनको सिक्री मोटरसाइकलमा आएका दुई युवकले थुतेर लगे । मोटरसाइकलको नम्बर र रङअनुरूप त्यही दिन राति आठ बजे ती युवकलाई प्रहरीले पक्राउ गर्‍यो तर सुनको सिक्री भने फेला पर्न सकेन ।

    राजधानीको कालीकास्थानमा २२ वषर्ीया यशोदा ढुंगानालाई मंगलबार अपरिचित व्यक्तिले नशालुपदार्थ खुवाई ४० हजार रुपैयाँ बराबरको सुनको तिलहरि र झुम्का लुटेर लगे । महानगरभित्र चोरीझैं दैनिक रूपले हुने यस्तो प्रकृतिको लुट हुनु सामान्य भएको छ ।

    महानगरीय प्रहरीको रेकर्डमा दैनिक रूपले एक महिलाको गरगहना लुटिएको देखिन्छ । अपरिचित व्यक्तिले विभिन्न बहानामा भोजन र पेयपदार्थमा नशालुपदार्थ मिसाएर खुवाई महिलाको धनमाल लुटेको सातामा दुईदेखि तीन घटनाको जाहेरी पर्ने गरेको छ ।

    अनुसन्धान अधिकृतका अनुसार सुरक्षाकर्मीको उपस्थिति नभएको र भीडभाड स्थलमा गहना थुत्ने घटना हुने गर्छन् । अधिकांश गहना थुत्ने घटनाचाहिँ भीडभाड हुने ठाउँमा बिनायोजना र दैनिक रूपले आवतजावत गर्नेमाथि निगरानी राखेर सुनसान स्थलमा हुने गरेको प्रहरीले जनाएको छ ।

    उनीहरूका अनुसार अर्कोतिर फलामलाई सुन बनाउने, कागतलाई डलर बनाउने र जोखाना हेर्नेलगायतका बहानामा घरमा प्रवेश गरेर बेहोस बनाएर हुने लुटका घटनाचाहिँ अन्धविश्वास, असावधानी र लापरबाहीको परिणाम हो । प्रहरीका अनुसार गहना लुटको घटनामा हरेक पृष्ठभूमिका महिला पीडित हुने भए पनि अपरिचित व्यक्तिले बेहोस बनाएर लुट्ने घटनामा पीडित हुनेमा अशिक्षित, तन्त्रमन्त्र र झाडफुकमा विश्वास गर्ने हुने गरेका छन् ।

    महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी वीरेन्द्रबाबु श्रेष्ठका अनुसार हाउभाउ र व्यवहारबाट यस्ता ठग एवं लुटेराको पहिचान गर्न सकिन्छ । 'अलिकति चनाखो हुनेबितिकै यस्ता अपराधीलाई चिन्न सकिन्छ,' उनले भने, 'शंका लाग्नेबितिकै स्थानीय प्रहरीलाई खबर गरेमात्र पुग्छ, त्यस्ताको तत्काल पोल खुल्छ ।'

    एसएसपी श्रेष्ठका अनुसार घरवरिपरि वा किनमेलका क्रममा अपरिचित व्यक्तिको गतिविधिमा अलिकति ध्यान पुर्‍याएमा अधिकांश यस्ता घटनाबाट बच्न सकिन्छ । 'हेर्दाखेरि निकै सभ्य र भलादमी देखिने व्यक्तिको यस्ता घटनामा संलग्नता देखिएको छ,' उनले भने, 'त्यही अपरिचित व्यक्तिकोे सुन्दर अनुहार, मीठो बोली र कुनै खालको प्रलोभनमा पर्नु हुन्न ।'

    'दिनहुँझैं यस्तो घटना भए पनि केही दिनदेखि बढेको देखिन्छ,' महाशाखाका डीएसपी प्रकाशजंग कार्कीले भने । उनका अनुसार ठूला पर्वको आगमनसँग बजारमा किनमेल गर्नेको भीडसँगै सार्वजनिक स्थलमा यस्ता लुटको घटना बढ्ने गरेको छ ।

    डीएसपी कार्कीका अनुसार तीज महोत्सवमा यही कारणले पशुपति क्षेत्र र सहरभरि व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 'सतर्कताका कारणले केही हुन पाएन,' उनले भने, 'अहिले त्यस्ता घटना बढी हुने स्थल र बढी आवागमन हुने स्थलमा सादा पोसाकमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।'

    कतिपय पीडित पक्षले गहना थुतिएपछि मौखिक रूपले यस्ता घटनाबारेमा जानकारी गराए पनि लिखित उजुरी नदिने हुनाले सुचारु रूपले अनुसन्धान हुन नसकेको प्रहरीको भनाइ छ ।

    सामाखुसीमा मंगलबार बिहान एक महिलाको गहना लुटिए पनि पीडितले जाहेरी नदिँदा प्रहरी अन्योलमा परेको थियो । प्रहरीको रेकर्ड हेर्दा लुटपाटको यस्तो एक प्रतिशत घटनामा मात्र लुटेरा पक्राउ परेको देखिन्छ । तीमध्ये आधा प्रतिशत घटनामा मात्र सामान बरामद हुने गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीको भन्दा पनि पीडित पक्ष र स्थानीयवासीको आफ्नै पहलमा एकदुई घटनामा दोषीलाई पक्राउ गरिएको देखिन्छ । करिब तीन साताअघि गहना लुटेर भाग्दै गर्दा राजधानीको महाराजगन्जमा धरान ८, भोटेपुलका २२ वषर्ीय दिक्पाल राई र पछि फरार रहेका सन्तोष लिम्बूलाई पीडित पक्षको हारगुहारपछि पक्राउ गरिएको थियो ।

    मोटरसाइकलमा आएका उनीहरू स्थानीय किरानापसले ४७ वषर्ीया जानुका खनालको तीन तोलाको सुनको सिक्री झम्टेर भागेका थिए । उनले गुहार गरेपछि स्थानीयवासी र प्रहरीले मिलेर पछाडि बसेका राईलाई सिक्रीसहित समातेका थिए ।

    प्रहरीका अनुसार यो घटनामा खनालले सचेत भएर हल्ला गरे पनि अप्रत्यासित रूपले हुने सार्वजनिक स्थलमा हुने अधिकांश घटनामा पीडित महिला आतिएर होस गुमाउने हुनाले लुटेरा भाग्ने गरेका देखिन्छन् ।

Saturday, August 22, 2009

किन नाच्छन् माओवादी ?

नेत्र पन्थी

image

काठमाडौं, ४ भदौ

१८ साउन ०६६ । स्थान: माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वर । कार्यक्रम थियो, केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन । क्यामेरा 'अन' थिए, कलम र नोटबुक झिकेर पत्रकारहरू प्रश्नको सूची बनाउँदै थिए । नेताहरूले कतिखेर आसनग्रहण गर्लान् र सम्मेलन सुरु होला भनेर पर्खेका पत्रकार त्यतिखेर जिल्ल परे, जब माओवादी नेतृत्व मञ्चमै नाच्न थाल्यो ।

तर, यो यस्तो पहिलो नृत्य भने थिएन । केन्द्रीय समितिको हरेकजसो पूर्ण बैठकपछि माओवादी नेताको सामूहिक नृत्य देख्न पाइन्छ । प्रश्न उठ्ने नै भयो, विचारमा रुढ मानिएका, दस वर्ष लामो सशस्त्र युद्ध गरेका र सामान्यतः निरस भाषा र प्रस्तुति भएका माओवादी नेतालाई नाच्न भने यति धेरै मन लाग्ने कारण के होला ?

माओवादी अध्यक्ष प्रचण्ड हरेकजसो महत्त्वपूर्ण केन्द्रीय समितिको बैठकमा नाच्नु पार्टीको परम्पराजस्तै भएको बताउँछन् । 'वैचारिक, कार्यनीतिक, राजनीतिक र सांगठनिक रूपमा पार्टी एकता नयाँ उच्ााइमा पुगेको वेला माहोल नै त्यस्तै हुन्छ,' प्रचण्ड भन्छन्, 'खास-खास अवस्थामा बैठकपछि भएका त्यस्ता कार्यक्रमले पार्टीको जीवन्तता देखाउँछ ।'

माओवादी नेतृत्व तहमा रहेर सांस्कृतिक र सांगीतिक कमान्ड सम्हाल्ने नेताहरू त भइहाले नै अन्य नेताहरू पनि नाचगान भनेपछि हुरुक्कै हुन्छन् । महत्त्वपूर्ण बैठकहरूपछि पार्टी अध्यक्ष प्रचण्डसहित मोहन वैद्य किरण, रामबहादुर थापा बादल, सिपी गजुरेल 'गौरव', पोष्टबहादुर बोगटी, स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा र नन्दकिशोर पुन 'पासाङ' संगीतको तालमा नाच्न हौसिने नेताहरूमा पर्छन् । 'त्यो माहोलले हामीलाई मात्र होइन हाम्रा समर्थकलाई पनि ऊर्जाशील बनाउन सघाउँछ,' नेता जनार्दन शर्मा प्रभाकर भन्छन्, 'को-को नाच्न हौसिन्छन् भन्नु भन्दा पनि हामी किन नाच्छौँ भन्ने कुराको अर्थ रहन्छ ।'

माओवादी नेताहरू हरेक बैठकमा कुनै न कुनै 'इस्यु'मा आइपर्ने तीव्र बहस र मतविभाजनको तिक्ततालाई यस्तो माहोलले बिट मार्ने दाबीसमेत गर्छन् । 'हामी तिखो र इमोसनल गीत गाउँछौँ,' कलाकार झंकार भन्छन्, 'हाम्रा गीतले उद्वेलित पार्छ, भावना जगाउँछ, त्यसैले पनि नेताहरू नाच्न अग्रसर हुन्छन् । बैठकका अन्त्यमा भने यसले कतिपय तीता कुराको बिट मार्ने काम गर्छ ।'

पार्टीको रणनीतिक कार्यदिशा तय र पदीय प्रणाली विषयकेन्दि्रत पेरिसडाँडा बैठकपछि मात्र होइन, माओवादी नेताहरू स्टेजमै यसरी पटक-पटक नाचेका छन् । गत जेठमा मात्रै पुराना कलाकार जेबी टुहुरेसहित कलाकारको एक समूह एमालेबाट माओवादी प्रवेश गर्ने कार्यक्रममा पनि माओवादी उच्च तप्काका नेता प्रज्ञाभवनमा नाचेको देखियो । त्यो कार्यक्रममा अध्यक्ष प्रचण्डको छेउमा रहेर वरिष्ठ नेता किरणले कम्मर मर्काउन भ्याए । नृत्य-कौशलका हिसाबले किरणभन्दा प्रचण्ड लयमा नाच्छन् ।

माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराई नाच क्रान्तिकारी आशावादको अभिव्यक्ति भएको बताउँछन् । 'नाच एकताको अभिव्यक्ति पनि हो । म यसलाई अरू ढंगले व्यक्त गर्छु अरू साथीले नाचेर गर्छन्,' नेता भट्टराईले भने । उनी स्कुल पढ्दा नाच्न अस्वीकार गरेकाले एकपटक शिक्षकले पिटेकोसमेत स्मरण गर्छन् ।

माओवादी नेतृत्व सामूहिक रूपमा नाचेको अर्को बैठक खरिपाटी बैठक पनि हो । ०६५ पुसमा सम्पन्न खरिपाटी भेलापछि सामना परिवारको 'जाऊँ साथी सँगै जाऊँ, विद्रोहमा जाऔँ' बोलको गीतमा नेताहरू नाचेका थिए । यो भेलामा किरण र प्रचण्डका अलग-अलग प्रतिवेदन दर्ता भएका थिए । बहस पनि चर्कै देखियो भेलामा । अन्त्यमा भेलाले दुवै प्रतिवेदनलाई मिलाएर नयाँ प्रतिवेदन बनाएको थियो । आफ्नो राजनीतिक यात्रामा एकपटक मात्र नाचेको बताउने माओवादी नेता लोकेन्द्र विष्टले भने, 'म त्यही खरिपाटी भेलामा नाचेँ । अघिपछि नाच्न भनेपछि लाज लाग्थ्यो तर त्यहाँ रहर लागेर आयो ।'

पेरिसडाँडा, प्रज्ञाभवन र खरिपाटीमा जस्तै ०६४ भदौमा बालाजुमा सम्पन्न पाँचौँ विस्तारिक बैठकपछि आफूहरूले धक फुकाएर नाचेको स्मरण गर्छन् माओवादी नेताहरू । यो बैठकमा जीवनशैली र आचरण बिगि्रँदै गयो भनेर पार्टीनेतृत्वको खुब आलोचना भएको थियो । आलोचनालाई मध्यनजर राख्दै माओवादी नेतृत्वले 'क्रान्तिको स्पिरिटबाट दायाँबायाँ नगर्ने वाचा गरेका थिए यो बैठकमा । 'यस्तै वाचासहित नाचिएको थियो त्यहाँ,' कलाकार माइला लामा स्मरण गर्छन्, 'मलाई लाग्छ अरू कार्यक्रमले जस्तै त्यसले पनि हामीलाई एक भएको, बलियो भएको देखायो ।'

नाच्न भनेपछि हुरुक्कै हुने नेतामा पर्छन् पासाङ । ०४७ देखि ०५२ सम्म दाङमा क्याम्पस पढ्दा सांस्कृतिक फाँटमै बसेर काम गरेका पासाङ आफू अधिकांश कार्यक्रम र बैठकमा नाचेको स्मरण सुनाउँछन् । भन्छन्, 'माहोल नै त्यस्तै हुन्छ, ननाची मनै मान्दैन ।'

शान्तिप्रक्रियामा आएलगत्तै माओवादीले ०६३ माघमा चितवनमा राष्ट्रिय कार्यकर्ता प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । देशभरका प्रतिनिधि थिए त्यहाँ । 'त्यो कार्यक्रमको समापनमा पनि सबै नाचेका थिए, त्यो दृश्य बिर्सनै सकिन्न,' संगीतकर्मी खुसीराम पाखि्रन भन्छन्, 'माघको जाडोमा पनि तात्यो चितवन ।'

माओवादी अध्यक्ष प्रचण्ड हरेकजसो यस्ता बैठक र कार्यक्रममा नछुटाई नाच्छन् । तर, उनी ननाचेको वा नाच्न नसकेको बैठक थियो ०६२ असोज/कात्तिकमा सम्पन्न चुनवाङ बैठक । युद्धका सहिद र घाइतेसम्बन्धी अपेरा देखाइएको सो बैठकको एउटा भागमा माओवादी नेता धुरुधुरु रोएका थिए । तर, एकछिनपछि वातावरण अलिक पृथक भयो । नेता खुल्दै गए । मञ्चमा पनि क्रान्तिकारी भावका गीत बजाइए । कतिपय नेताहरू नाच्न सुरु गरे । तर, प्रचण्ड भने त्यहाँ नाचेनन् ।

त्यस्तै, ०६१ सालको फुन्टिवाङ बैठकको समापनमा पनि माओवादी नेताहरूले नाचगान गरेका थिए । 'त्यो बैठकमा सबैभन्दा बढी पासाङ कामरेड नाच्नु भो, उहाँको नृत्यलाई सबैले सह्राएका थिए,' पोलिटब्युरो सदस्य राम कार्कीले स्मरण सुनाए ।

युद्धकालमा माओवादी केन्द्रीयस्तरका बैठक भारतमा समेत बसे । तर, नेपालमा जस्तो भारतमा बसेका बैठकमा नाचगान नभएको माओवादी नेताहरूको अनुभव छ । 'भारतमा बसेका बैठक निकै गोप्य हुन्थे, त्यहाँ नाचगान गर्ने वातावरण नै थिएन,' पोलिटब्युरो सदस्य कार्कीले थपे, 'नेपालमा बसेका बैठकमा नेपालीपन हुन्थ्यो, राग आउँथ्यो ।'

संगीतकर्मी पाखि्रन पनि भूमिगतकालमा पिटी खेल्ने जनसेनाका कमान्डर नाचगानमा पनि अगाडि आउने गरेको स्मरण सुनाउँछन् । भूमिगतकालदेखि नै नेता प्रभाकर र बलदेवलाई माओवादीभित्र नाच्न सिपालु नेताका रूपमा चिनिँदै आइएको छ ।

माओवादी नेताहरू युद्धभित्र पनि मनोरञ्जन हुने अनुभव सुनाउँछन् र नाचगानलाई क्रान्तिभित्रको स्वाभाविक प्रक्रियाका रूपमा लिन्छन् । माओवादी नेतृत्वको सरकारमा शान्तिमन्त्री बनेको नेता प्रभाकरको ठम्याइ छ, 'राजनीति भनेको निरस जीवन होइन, त्यसमा आवेग, विवेक, मनोरञ्जन, आक्रोश, पीडा, खुसी, कष्ट, हर्ष सबै हुन्छ क्रान्तिको राजनीतिमा ।'/नयाँ पत्रिका


कहाँ-कहाँ बिहे गरेछन् कोइरालाले ?

बालकृष्ण अधिकारी/

काठमाडौं, १ भदौ

नेपालको सबैभन्दा पुरानो राजनीतिक घराना कोइराला परिवारको अन्तर्राष्ट्रिय पहिचान जति बलियो छ, वैवाहिक सम्बन्ध पनि उत्तिकै फराकिलो छ । कोइराला परिवारका सदस्यले छिमेकी भारत र पाकिस्तानदेखि युरोपसम्म बिहे गरेका छन् । गिरिजाप्रसादपुत्री सुजाताले जर्मन नागरिकसँग बिहे गरेको र बिपीकी नातिनी मनीषाले पनि विदेशीहरूसँग नै 'अफेयर' चलाएको तथ्य नेपाली समाजमा चर्चामा छ । तर, स्वयं गिरिजाप्रसाद, उनका दाजु केशवप्रसाद र तारणीप्रसादले पनि विदेशीलाई नै बिहे गरेका हुन् । बिपीका छोराहरू प्रकाश, श्रीहर्ष र शशांकका श्रीमती पनि नेपाली होइनन् ।

गिरिजाप्रसादका बाबु कृष्णप्रसादले पहिलो बिहे भोजपुरमा गरेका थिए । तर, गर्भवती भएको समयमै पहिली श्रीमतीको निधन भएपछि कृष्णप्रसादले धादिङकी मोहनकुमारीसँग दोस्रो बिहे गरेका हुन् ।

कृष्णप्रसादले तेस्रो बिहे काठमाडौं बालाजुकी दिव्यासँग गरेका हुन् । मोहनकुमारीका सन्तानका रूपमा मातृकाप्रसाद, नलिनी, इन्दिरा (शैलजाकी आमा) र शौभाग्यसुन्दरी जन्मिएकी हुन् । मातृकाले सप्तरीका पोखरेलकी छोरी मञ्जुसँग विवाह गरेका हुन् ।

मोहनकुमारीका छोरीहरू नलिनीको कालीप्रसाद उपाध्यायसँग, इन्दिराको डा. पिनायकी आचार्य र शौभाग्यसुन्दरीको भैरव अर्यालसँग विवाह भएको हो । मातृकाका छोरा विमल, कमल, डा. अजय, विजय, सञ्जय हुन् । कमल एमालेका नेता हुन् भने अरू राजनीतिबाहिरै छन् ।

कृष्णप्रसादकी तेस्री तथा कान्छी श्रीमती दिव्याको कोखबाट जन्मिए विश्वेश्वर, केशवप्रसाद, गिरिजाप्रसाद, हरिप्रसाद, तारणीप्रसाद र विजयालक्ष्मी ।

बिपीले तौलिहवाका दाहालकी छोरी सुशीलासँग विवाह गरेका हुन् । सुशीलालाई कोइराला परिवारले मात्र होइन, समस्त कांग्रेसजनले आमा भनेर बोलाउँथे ।

बिपीका तीनवटै छोराको बिहे विदेशी केटीसँग भएको हो, त्यो पनि लभ परेर । कांग्रेसका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका बिपीका जेठा छोरा प्रकाशले काकी नोना कोइराला (केशवकी श्रीमती) का दाइकी छोरी सुष्मासँग बिहे गरेका हुन् । नोना र सुष्मा दुवै भारतीय हुन् । प्रकाश र सुष्माको जोडीले छोरी मनीषा र छोरा सिद्धार्थ जन्माएको छ ।

त्यस्तै बिपीकै पुत्र श्रीहर्षले महाराष्ट्र बम्बैकी रुचिराकासँग बिहे गरेका छन् । उनका पनि एक छोरा र एक छोरी छन् ।

कांग्रेसका वर्तमान केन्द्रीय सदस्यसमेत रहेका बिपीपुत्र शशांकले बिहे गरे सुपात्रासँग । नयाँदिल्ली घर भई थाइल्यान्डमा बस्दै आएकी सुपात्रासँग शशांकको बिहे काठमाडौंमा भएको हो । शशांककी एक मात्र छोरी छिन् ।

'बिपीका तीनै छोराले लभम्यारिज गरे,' कांग्रेस सभासद् पुरुषोत्तम बस्नेतले भने, 'उनीहरूले विदेशीसँग बिहे गरे पनि समझदारी निकै राम्रो छ ।'

बिपीपुत्री चेतना भने कमल दीक्षित

(साहित्यकार) का भतिजासँग विवाह गरी अमेरिकामा बस्दै आएकी छिन् ।

केशव र नोनाका छोरा निरञ्जनले काठमाडौं धोबीधाराकी सन्तोषी पाठकसँग विवाह गरेका हुन् । अमेरिकामा बस्दै आएकी सन्तोषीको नेपाल र्फकंदा जहाज दुर्घटनामा निधन भएको हो । उनका दुई छोरा छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका शेखरले विराटनगरकी पुनमसँग मागीबिहे गरेका हुन् । यस जोडीको एक मात्र सन्तान छोरी छिन् । तारणीप्रसादले पनि बनारसकी रोसासँग बिहे गरेका हुन् । उनका एक छोरा एक छोरी छन् । छोरा ज्योतिले काठमाडौं, बौद्धकी इन्दिरा बस्नेतसँग बिहे गरेका हुन् । उनीहरूका दुई छोरी छन् ।

तारणीकी छोरी कल्पनाले लक्ष्मण बस्नेतसँग विवाह गरेकी हुन् । बस्नेत कांग्रेसको मजदुर संगठनका नेता छन् भने कल्पनाको क्यान्सरबाट निधन भइसकेको छ ।

गिरिजाप्रसादले पनि भारत, बनारसमै बिहे गरेका हुन् । उनले बाबुआमाको असहमतिबीच पनि सुष्मा उपाध्यायसँग बिहे गरेका हुन् । यो गिरिजाप्रसादको पहिलो बिहे हो भने सुष्माको दोस्रो । सुष्माले अघिल्लो श्रीमान्बाट जन्माएकी सुरेशलाई गिरिजाप्रसादले आफ्नै नामबाट नागरिकता दिएका छन् । सुरेश काठमाडौंमा छपाइ मेसिन चलाउँछन् भने गिरिजाप्रसाद र सुष्माकी छोरी सुजाता देशकी परराष्ट्रमन्त्री छिन् । सुरेशले विराटनगरकै भानु थापासँग बिहे गरेका हुन् । उनका दुई छोरा छन् । सुजाताले जर्मन नागरिक नोवदसँग बिहे गरेकी हुन् । यस जोडीको एक छोरा र एक छोरी छन् । सुजातापुत्रीको बिहे बंगलादेशमा भएको छ ।

गिरिजाप्रसादका भाइ हरिप्रसादको सानै उमेरमा निधन भएको हो । राणाविरोधी आन्दोलनको दौरानमा बाबु कृष्णप्रसाद इजरायल भएकै वेला छोरा हरिको निधन भएको कांग्रेस नेता पुरुषोत्तम बस्नेतले बताए ।

गिरिजाप्रसादकी बहिनी दिव्याकी छोरीले पाकिस्तानी केटासँग बिहे गरेकी थिइन् । उनले नेपाली दूतावासमा काम गर्ने पाकिस्तानी नागरिकसँग विवाह गरेकी हुन् । २००७ साल र त्यसपछिको आन्दोलनमा हतियार ओसारपसार गर्न उनले मद्दत गरेको बस्नेतले बताए ।नयाँ पत्रिका


यौनकर्मी छुटाउन मध्यरातमा प्रदर्शन

जितेन्द्र साह

काठमाडौं, राजधानीको एक व्यस्त प्रहरी वृत्त अघिल्तिर बुधबार मध्यराति अनौठो खालको विरोध प्रदर्शन भयो । गोंगबुका गेस्ट हाउसहरूबाट पक्राउ गरिएका यौनकर्मीलाई छाड्न नाराबाजीमात्रै भएन, गेस्ट हाउसका सञ्चालकले ढुंगामुढासमेत प्रहार गरे । पाँच गाडी र १५ मोटरसाइकलमा आएका समूहले गरेको प्रदर्शन बुझ्न केही छिनसम्म त प्रहरीलाई पनि हम्मे परेको थियो ।

'म त केही ठूलै घोषणा भयो कि भनेर बाहिर निस्कें, कुरा बुझ्दा त उनीहरू त पक्राउ भएका यौनकर्मीलाई छुटाउन आएका रहेछन्' महाराजगन्ज वृत्तका प्रमुख डिएसपी शरदकुमार खत्रीले कान्तिपुरसँग भने । उनका अनुसार, प्रहरी कार्यालयको मुख्य द्वारलाई छेकेर राति साढे १२ बजे सुरु भएको अप्रत्यासित विरोधले स्थानीयवासीको निन्द्रा खल्बलियो । महानगरीय प्रहरीका विभिन्न कार्यालयले दैनिकरूपले यौनकर्मी, ग्राहक र दलालहरूलाई पक्राउ गरेर केही सार्वजनिक अपराधमा मुद्दा चलाए पनि यस्तो खालको यो पहिलो विरोध प्रदर्शन हो । यौन व्यवसायको आडमा हुने ठगी, लुट र उच्छृखल गतिविधि रोक्न नागरिक समाजको आग्रहमा बुधबार राति प्रहरीले छापा मारेको थियो ।

'ठूलठूला फ्ल्याट र पाँचतारे होटेलमा यौन व्यवसाय गर्नेलाई नसमाउने, गरिबीका कारणले यो काम गर्नेलाई पक्राउ गर्ने ?,' एक गेस्ट हाउसका सञ्चालकले भने, 'समाउनु छ भने यस्तो काम गर्ने सबैलाई समाउनु पर्‍यो, होइन भने सबैलाई छाड्नु पर्छ ।' केही नलागेपछि लाठी चार्ज गरेर ती ३०/४० को समूहलाई प्रहरीले लखेटेकोेे र जुलुसको नेतृत्व गरिरहेका गोङबुका गोविन्द बानियालाई पक्राउ गरिएको डिएसपी खत्रीले जानकारी दिए ।

प्रहरी टोलीले राति ११ बजे गोंगबु क्षेत्रको छ गेस्ट हाउसबाट ११ यौनकर्मी महिला र १५ ग्राहकलाई पक्राउ गरेको थियो । 'विदेशबाट कमाएर फर्केकाको माग अनुरूप ती गेस्ट हाउसमा हाइ प्रोफाइल यौनकर्मी उपलब्ध गराइने गरेको सूचना आयो,' डिएसपी खत्रीले भने, 'प्रमाणसहित समाउने योजना अनुरूप छापा मार्दा उनीहरू रंगेहात पक्राउ परे ।'

उनका अनुसार बसपार्क र पर्यटकीय क्षेत्रमा संगठित एवं छरपस्ट रूपमा यौन व्यवसाय हुनु नौलो घटना नभए पनि यसकै आडमा लाखौं ठगी गरेको निरन्तर गुनासा आइरहेको छ ।

वृत्तबाट पक्राउ भएका ११ यौनकर्मी महिलालाई बिहीबार बिहान थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ । पक्राउ गरिएका सबैलाई केही सार्वजनिक अपराध मुद्दामा कारबाही चलाइएको प्रहरीले जनाएको छ ।

डिएसपी खत्रीका अनुसार पक्राउ गरिएका सबै यौनकर्मीहरूले आफूहरू यो पेसामा लागेको स्विकारेका छन् । उनीहरू गेष्ट हाउस सञ्चालको सम्पर्कमा रहने र ग्राहकको डिमान्ड अनुरूप फोन कलमा उपस्थित हुनेगरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गेस्ट हाउसका सञ्चालकले मोटो रकम लिएर आएका ग्राहकको मागमा एक रातका लागि हजारदेखि १ हजार ५ सयसम्ममा यौनकर्मी उपलब्ध गराउँछन् ।kantipur

Tuesday, August 18, 2009

प्रचण्डको फरियावाद

Click on the slide!

खोई त आज हाँसेको ? लन्डन भ्रमणका क्रममा वायाँबाट क्रमशः नयाँ नेपालका नयाँ पारस, ज्ञानेन्द्र र कोमल ।

ए सहिद, वेपत्ता, जनयुद्धका घाइते र यातनापीडितहरु हो, तिमीहरुले यतिका लागि वलिदानी दिएका थियौ ?

काठमाडौं। ''देश र जनताको सेवा गरेमा, पार्टी उद्देश्यअनुरुप काम गरेमा, हरेक राजनीतिक प्रतियोगितामा खरो रुपमा उत्रिएमा'' छोरा प्रकाश आफ्नो उत्तराधिकारी बन्न सक्ने आशय माओवादीका अध्यक्ष प्रचण्डले व्यक्त गरेका छन्। बेलायत भ्रमणको समयमा बीबीसी हिन्दी सेवासँग गरेको विशेष कार्यक्रममा प्रचण्डले सो कुराको जानकारी दिएका हुन्। त्यसो त बीबीसी हिन्दी सेवामा सो कार्यक्रम सञ्चालक राजेश जोशीले प्रचण्डको बेलायत भ्रमणको केही झलकसमेत प्रस्तुत गरेका छन्। जोशीका अनुसार प्रचण्ड बेलायतमा कुनै क्रान्तिकारी कम्युनिस्ट नेताको भन्दा कर्पोरेट भेषभूषाका साथ प्रशासनिक वा उद्योगपति शैलीमा सजिएका थिए। यसले गर्दा विश्व विख्यात क्रान्तिकारी नेता चे ग्वेभाराको तस्वीरलाई गिज्याउन पुगेको ब्यंङ्गयुक्त कथन जोशीको छ। यसबारेमा भने एक्काईसौं शताब्दीको पहिलो दशकको यथार्थमा आत्मसात् गर्न आवश्यक भएको प्रचण्डले बताएका थिए। बेलायतस्थित नेपाली दूतावासमा रहेको मन्दिर परिसरमा घुमेको भए तापनि बेलायत आउने अन्य नेताहरुले झैं प्रचण्डले भने मन्दिरम गएर पूजा नगरेको जोशीले बताएका छन्। चीनप्रति आफ्नो झुकाव छ भन्ने भारतीय बुझाइ गलत भएको कुरा पनि वीवीसीको हिन्दी सेवासंगको कुराकानीको क्रममा प्रचण्डले बताएका थिए।
१२ बुँदे सम्झौताको समयमा संसद्वादी दलसँग कुरा गर्न भारतले पूरापूर मद्दत गरेको तर प्रधानमन्त्री बनेपछि भारतीय रवैयामा आफूप्रति परिवर्तन आएको प्रचण्डले बताएका थिए। संविधानसभा निर्वाचनमा सबभन्दा ठूलो दल बनेकोमा भारतको चित्त नबुझ्नु भारत रिसाउन सक्ने कारण भएको प्रचण्डको ठम्याइ थियो। अहिले नै निर्वाचन भएमा दुई तिहाई बहुमत आफ्नो पार्टीले ल्याउने ठोकुवा पनि प्रचण्डले गरेका थिए। नागरिक सर्वोच्चता बहाल नभएसम्म अहिलेको संघर्ष जारी रहने भनाइ प्रचण्डको थियो। यता, पार्टीको केन्द्रीय समितिको बैठकले पारित गरेको आचारसंहिताको उल्लंघन गर्दै श्रीमती र छोरासहित बेलायत गएको भनी पार्टीमा प्रचण्डको आलोचना भएको छ। विदेश विभाग प्रमुखलाई सूचना नदिई प्रचण्ड विदेश भ्रमणमा गएकोमा पनि आलोचना भएको छ। विश्वप्रसिद्ध वीवीसी रेडियोको हिन्दी सेवाले प्रचण्डको भ्रमण दलमा संलग्न उनका परिवारको नाम लिंदा गलत र आपत्तिजनक रुपमा माओवादी नेतृ हिसिला यमिको नाम प्रसारण गरेको थियो ।जनयूद्धका सारथीहरुले प्रचण्डको परिवारलाई सधै हनिमुन मनाउन छूट दिएको छ ? प्रचण्डको विदेश र स्वदेश भ्रमणमा उनको परिवारले राज्यको र पार्टीको सम्पत्ति दूरुपयोग गरिरहेको छ । अझै पनि हामी उनको कट्टु र हनुमान बनेर समर्थन गर्ने कि यसता फरियावादहरुको विरोध गर्ने ?

प्रधानमन्त्रीसँग ७० जना भारत भ्रमणमा

उनीहरूको लुगा–भत्ताबापत आठ हजार रुपैयाँ र होटल खर्च सरकारले नै व्यहोर्नेछ भने दैनिक एक सय ७५ डलर भत्तासमेत पाउनेछन्।

लोकमणि राई

काठमाडौं, प्रधानमन्त्री माधवकुमार नेपाल साढे पाँच दर्जन सदस्य सामेल जम्बो टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा जाँदैछन् । यो संख्या सोमबारसम्म बढेर ७० पुग्न सक्ने प्रधानमन्त्री निकट स्रोतको दाबी छ ।

परराष्ट्र मन्त्रालय प्रोटोकल डिभिजनका एक अधिकारीका अनुसार आइतबारसम्म टोलीका ५७ सदस्यको नाम तय भइसकेको छ भने ९ जनाको तय हुने निश्चित भइसकेको छ । भ्रमण टोलीमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबाहेक १८ जनाभन्दा बढी पत्रकार, ६ मन्त्री, मुख्य सचिव, ६ सचिव, सात उद्योगी व्यवसायी र पाँच सभासद छन् ।

भ्रमण टोलीमा रहेका अन्य सदस्यहरूमा प्रधानमन्त्रीका तीन सल्लाहकार, पत्नी गायत्री नेपाल, प्रधानमन्त्री कार्यालयका जनसम्पर्क सल्लाहकार कल्याणी खड्का, परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव भरत सापकोटा, परराष्ट्रका दक्षिण एसिया तथा सार्क डिभिजन प्रमुख प्रद्युम्नविक्रम शाह, प्रोटोकल डिभिजन प्रमुख मोहनकृष्ण श्रेष्ठ, दुई सहसचिव र एक अधिकृत छन् । त्यसबाहेक दुई सुरक्षाकर्मी पनि टोलीमा समावेश छन् ।

प्रोटोकल डिभिजनका अनुसार यति ठूलो भ्रमण टोली भारत जान लागेको पहिलो पटक हो । यसअघि ठूलो भ्रमण टोली बनाएकामा आलोचना खेपेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको टोली संख्या

४३ थिए ।

भ्रमण टोलीका सदस्यहरू

प्रधानमन्त्री माधवकुमार नेपाल

प्रधानमन्त्री पत्नी गायत्री नेपाल

राजनीतिक सल्लाहकार रघुजी पन्त

परराष्ट्र सल्लाहकार राजन भट्टराई

प्रेस सल्लाहकार विष्णु रिजाल

प्रधानमन्त्री कार्यालयका जनसम्पर्क सल्लाहकार कल्याणी खड्का

परराष्ट्रमन्त्री सुजाता कोइराला

अर्थमन्त्री सुरेन्द्र पाण्डे

उद्योगमन्त्री महेन्द्र राय यादव

वाणिज्यमन्त्री राजेन्द्र महतो

ऊर्जामन्त्री प्रकाशशरण महत

पर्यटनमन्त्री शरतसिंह भण्डारी

श्रममन्त्री मोहम्मद अफ्ताव आलम

मुख्य सचिव माधवप्रसाद घिमिरे

परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य

अर्थ सचिव कृष्णहरि बाँस्कोटा

उद्योग सचिव प्रतापकुमार पाठक

वाणिज्य सचिव पुरुषोत्तम ओझा

ऊर्जा सचिव शंकरप्रसाद कोइराला

श्रम सचिव बाबुराम आचार्य

पर्यटन सचिव नगेन्द्र घिमिरे

सुरेन्द्रवीर मालाकार, अध्यक्ष नेपाल चेम्बर अफ कमर्स, कुशकुमार जोशी, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, विनोद चौधरी, अध्यक्ष, नेपाल उद्योग परिसंघ, अरुण चौधरी, अध्यक्ष, नेपाल भारत उद्योग वाणिज्य महासंघ, लता प्याकुरेल, व्यवसायी, नरेन्द्र बस्नेत उपाध्यक्ष, नेपाल भारत उद्योग वाणिज्य महासंघ, प्रसिद्धबहादुर पाण्डे, अध्यक्ष, होटल एसोसिएसन अफ नेपाल, परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव भरत सापकोटा, परराष्ट्र मन्त्रालय, दक्षिण एसिया तथा सार्क डिभिजन प्रमुख प्रद्युम्नविक्रम शाह, परराष्ट्र मन्त्रालय, प्रोटोकल डिभिजन प्रमुख मोहनकृष्ण श्रेष्ठ, परराष्ट्र मन्त्रालय, दुई उपसचिव प्रकाश सुवेदी र ऋषिराम घिमिरे, परराष्ट्र मन्त्रालयका एक अधिकृत पाँच सभासद, अठार पत्रकार

सरकारी भत्तामा डेढ दर्जन पत्रकारको सयर
काठमाडौं। प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणमा जाने पत्रकारहरूको जम्बो टोलीका केही सदस्यहरू दुई दिनअघि नै दिल्ली पुगेका छन्। प्रधानमन्त्री नेपाल भदौ २ गते नयाँदिल्ली जाँदैछन् तर वरिष्ठ पत्रकार कनकमणि दीक्षित, नागरिक दैनिकका सम्पादक नारायण वाग्ले र प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजाल, रिपब्लिकाका सम्प्ाादक अमित ढकाल, कान्तिपुरका सुधीर शर्मा, दी हिमालयन टाइम्सका अजयभद्र खनाल र दी काठमान्डू पोष्टका अखिलेश उपाध्याय साउन ३२ गते नै दिल्ली पुगिसकेका छन्। रिजाल नयाँदिल्लीस्थित पाँचतारे होटल ओवरायमा बसेका छन् भने नेपालबाट जाने अन्य पत्रकारहरूका लागि होटल क्ल्यारिजमा व्यवस्था गरिएको छ। प्रधानमन्त्रीको भ्रमणदलमा यसपालि पत्रकारहरूको ठूलै टोली सामेल छ। साउन ३२ गतेसम्म स्वीकृत अन्तिम नामावलीअनुसार राजधानीका सम्पादक युवराज घिमिरे, हिमालका प्रकाशक कनकमणि दीक्षित, साप्ताहिक/पाक्षिक राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी, प्रेस चौतारीका अध्यक्ष शम्भु श्रेष्ठ, नागरिक दैनिकका सम्पादक नारायण वाग्ले, नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ, दी काठमान्डू पोष्टका सम्पादक अखिलेश उपाध्याय, रिपब्लिकाका सम्पादक अमित ढकाल, कान्तिपुरका सम्पादक सुधीर शर्मा, दी हिमालयन टाइम्सका सम्पादक अजयभद्र खनाल, हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपाल, नेपाल पत्रकार महासंघका महासचिव पोषण केसी, रेडियो नेपालका समाचार निर्देशक खगेन्द्र खत्री, प्रेस चौतारीका महासचिव गगन विष्ट, नेपाल टेलिभिजनका बालकृष्ण प्रसाद, गोरखापत्रका रमेश तिवारी भ्रमण टोलीमा परेका छन्। प्रधानमन्त्रीको भारत भ्रमणको समाचार संकलनका लागि राष्ट्रिय समाचार समितिबाट भने कसैलाई पनि समावेश गरिएको छैन। तर राससले आफ्नै खर्चमा निर्मला आचार्यलाई पठाउने भएको छ। निजी खर्चबाट कान्तिपुर र एभिन्युज टेलिभिजनले पनि पत्रकार पठाउने भएका छन्। कान्तिपुर टीभीबाट हरहरि उपाध्याय र राजु तिमल्सिना जाने भएका छन्। प्रधानमन्त्रीको भ्रमणमा जाने पत्रकारहरूले पनि कूटनीतिक राहदानी रातो पासपोर्ट पाउँछन् भने सरकारको विशिष्ट श्रेणीका कर्मचारीले पाएसरह दैनिक भ्रमण–भत्तासमेत पाउँछन्। उनीहरूले लुगा–भत्तासमेत पाउने बुझिएको छ। उनीहरूको लुगा–भत्ताबापत आठ हजार रुपैयाँ र होटल खर्च सरकारले नै व्यहोर्नेछ भने दैनिक एक सय ७५ डलर भत्तासमेत पाउनेछन्।

श्रीमान्सँग यौनसम्बन्ध नराखे खाना बन्द

काबुल/ अफगानिस्तानको नयाँ कानुनअनुसार श्रीमान्सँग यौनसम्बन्ध राख्न नमान्ने महिलालाई खानापानी दिन बन्द गर्न सकिन्छ । यो विधेयक सरकारी गजेटमा प्रकाशित भई कानुन भइसकेको छ । यसको पहिलो मूल विधेयकको निकै कडा विरोध भएको थियो । विरोधपछि राष्ट्रपति हमिद काजर्ाईले यस विधेयकलाई फिर्ता लिएका थिए ।

तर, आलोचकका अनुसार मौजुदा संशोधित विधेयक संशोधनपछि पनि महिलाविरोधी छ । उनीहरूका अनुसार हमिद कर्जाईले अर्काे साता हुने राष्ट्रपति चुनावलाई मध्यनजर गर्दै सिया समुदायको मत हासिल गर्न यो विभेदकारी विधेयक पारित गरेका हुन् । यो कानुन अफगानिस्तानको सिया परिवारमा लागू हुनेछ ।

यस कानुनको मूल विधेयकअनुसार सिया महिलाले श्रीमान्सँग कम्तीमा पनि सातामा चारपटक यौनसम्पर्क गर्नुपर्छ । यस विधेयकको संशोधित रूप चुपचाप पारित गरिएको छ । राष्ट्रपति हमिद कार्जाईले यसलाई अनुमोदित गरिसकेका छन् । ह्युमन राइट्स वाचका काबुल प्रतिनिधि रिचेल रिड भन्छन्, 'कार्जाई यस कानुनको संशोधनलाई लिएर विश्वभरको दबाबमा छन् ।'

उनका अनुसार कर्जाईका लागि अफगानिस्तानको कट्टरपन्थीको समर्थन अत्यन्त महत्त्वपूर्ण रहेको छ । यस कानुनअनुसार यदि श्रीमतीले श्रीमान्को यौनसम्बन्धको माग पूरा गरिनन् भने उनलाई खाना बन्द गर्न सकिन्छ । यसबाहेक यस कानुनमा जागिर खानका लागि महिलाले श्रीमान्को अनुमति लिनुपर्ने प्रावधान छ । यस कानुनमा बच्चाको रेखदेखको अधिकार पनि बाबु र बाबुपट्टकिा हजुरबुबालाई दिइएको छ ।


हात्ती पाल्न साँच्चै गाह्रो

दीपेन्द्र बडुवाल

सौराहा -चितवन, हात्ती दौड प्रतियोगितामा दुईपटक च्याम्पियन बनेको 'जंगबहादुर' को अचानक मृत्युपछि त्यसका मालिक व्यवसायी दामोदर रेग्मीको लाखौं डुब्यो । उनले 'जंगबहादुर' लाई केही वर्षअघि १८ लाखमा भारतबाट किनेर ल्याएका थिए । अहिले हात्तीको बजार मूल्य २३ लाख रहेको छ । बजारमा १४/१५ लाखमा सुविधासम्पन्न कार पाइन्छ तर हात्ती कारभन्दा महँगा छन् । हात्तीमाथि लाखौं लगानी गरे पनि मुलुकमा पशुधन बिमा नीति नहुँदा व्यवसायीहरू जोखिममा छन् ।

जंगबहादुरको मृत्युपछि लाखौं घाटाको चोटले घाइते भएका रेग्मी हात्तीको पनि बिमा कसरी गर्न सकिन्छ भन्नेमा लागिपरेका छन् । 'ठूलै रकम खर्च गर्न तयार छौं तर बिमा गर्न पाए हुन्थ्यो,' उनले भने, 'कारको बिमा हुन्छ तर त्योभन्दा धेरै महँगा हात्तीको किन नहुने ?' उनले पशुधन बिमा नीति नहुँदा निजी क्षेत्रका हात्तीमा गरिएको लगानी जोखिममा परेको बताए ।

सौराहामा मात्रै निजी क्षेत्रका ३४ हात्ती छन् । निकुञ्जभित्रका सात ठूला होटलमा अन्य ८० हात्ती

छन् । हालसम्म तिनको बिमा गरिएको छैन । 'जंगल गइरहनुपर्ने भएकाले ठूलो र महँगो प्राणी

-हात्ती) को सम्पत्ति सुरक्षा चाहेका छौं,' व्यवसायी रामप्रसाद रिजालले भने, 'किनेर ल्याएका हात्ती ७५ वर्षसम्म बाँच्छन् ।' हात्तीको औसत आयु ८० देखि सय वर्ष हो । हात्ती राष्ट्रिय पशु भएका कारण मरेपछि त्यसको अखेटोपहार सरकारले लग्ने गरेको छ । 'हात्तीका लागि बिमा नीति त के, निकुञ्जको घाँससमेत सरकारले दिँदैन,' उनले भने, 'हरियो घाँसको साटो पराल खुवाएर पालेका छौं ।' निजी हात्तीको बिमाका लागि व्यवसायीले दबाब दिन थालेको ७/८ वर्ष भइसकेको छ । उनीहरूले राष्ट्रिय बिमा संस्थानदेखि निजी कम्पनी धाइसकेका छन् । क्षेत्रीय होटल एसोसिएसनका अध्यक्ष हरिभक्त घिमिरेले व्यवसायीे समूह बिमाका लागि विभिन्न कम्पनीमा पुगेको जनाए । जिल्लामा ४० वर्षअघि ठूला होटल स्थापनासँगै निजी क्षेत्रमा हात्ती पाल्न थालिएको हो ।

नारायणगढस्थित एनएलजी इन्स्योरेन्सका प्रमुख भरत मल्लले कम्पनीले अहिलेसम्म निजी जीवन बिमा मात्रै गरेको जनाए । यहाँस्थित बिमा संस्थान प्रमुख शिशिरचन्द्र देवकोटाले मुलुकमा पशुधन बिमाको व्यवस्था नभएको बताए । बैंकको लगानी सुरक्षाका लागि कर्जा सुरक्षणम निगमले केही समय गाईभैंसीको बिमा गरेको उल्लेख गर्दै उनले भने, 'हाल त्यो नीति कार्यान्वयनमा छैन

वेब डेभलपरहरुको ब्यापक आलोचना

वेब डेभलपरहरुको ब्यापक आलोचनालाई बेवास्ता गर्दै माइक्रोसफ्टले आफ्नो वेब ब्राउजर इन्टरनेट एक्स्प्लोरको भर्सन ६ (आई ईसिक्स) लाई सन् २०१४ सम्म सपोर्ट गरिरहने निर्णय गरेको छ। माइक्रोसफ्ट स्वयंले पनि आई ईसिक्समा थुप्रै कमजोरीहरु रहेको स्वीकार गरिसके पनि यसलाई निर्धारित समय (२०१०) भन्दा ४ वर्ष बढी जीवितै राख्ने निधो गरेको हो।

आई ईसिक्सका आलोचकहरुको एक समूहले भने यस इन्टरनेट ब्राउजरको प्रयोग नै गर्न नहुने भन्दै अनलाइनमा विश्वव्यापी अभियान सुरु गरेका छन्। आलोचकहरुका अनुसार थुप्रै कमजोरीयुक्त यस ८ वर्ष पुरानो ब्राउजरले प्रयोगकर्ताको अनलाइन अनुभवलाई सुस्त बनाइदिन्छ।

माइक्रोसफ्टका अनुसार व्यक्तिगत रुपमा प्रयोगकर्ताहरुले नयाँ भर्सनका ब्राउजर रोजी सके पनि थुप्रै व्यवसायिक प्रतिष्ठान र कार्यालयहरुमा भने आई सिक्सको प्रयोग जारी छ। 'साथीले साथीलाई आई ईसिक्स प्रयोग गर्न दिँदैनन्' इन्टरनेट एक्स्प्लोररका लागि माइक्रोसफ्टका प्रबन्ध निर्देशक एमि बर्जडुकस भन्छिन्, 'म तपाईंको घरमा डिनर खान आउँदा तपाईं आई सिक्स प्रयोग गरिरहेको हुनुहुन्न, तर बिजनेस मामिलामा कुरा अलि जटिल छ। यो अर्थतन्त्रमा विद्रोही हुन वास्तवमै गाह्रो छ।'

वेब अनुगमन संस्थाहरुका अनुसार अझै पनि कूल प्रयोगकर्ताको १५ देखि २० प्रतिशतले इन्टरनेट चलाउन आई ईसिक्स प्रयोग गर्छन्।

७० जना डेभलोपरहरुले आई ई सिक्स नो मोर नामको अनलाइन अभियान चलाइरहेका छन्। 'इनफ इज इनफ' उक्त अभियानको वेबसाटमा आई ईसिक्स विरुद्ध लेखिएको छ, 'माइक्रोसˆटको इन्टरनेट एक्स्प्लोरर-६ सन् २००१ मा ल्याइएको थियो। यो सुरुमा एउटा ठिकै खालको ब्राउजर थियो। तर सन् २००९ सम्म आइपुग्दा पनि ठूलो जनसंख्याले यसको प्रयोग गर्दैछ। यसको समय त समाप्त भइसक्यो'। माइक्रोसफ्टको आई ईसिक्स विरुद्धको यो अभियानमा ठूला वेब कम्पनीहरुले पनि साथ दिएका छन्।

'वेब डेभलोपरहरु आई ईसिक्सलाई घृणा गर्छन्' जस्टिन डट टिभीका इभान सोलोमान भन्छन्। आइसिक्स विरुद्धको अभियानका उनी पनि एक अभियन्ता हुन्। 'हामी वेबसाइट बनाउँछौं, हाम्रा १० प्रतिशत मात्रै भिजिटरले आई ईसिक्समा साइट हेर्छन्, तर आई ईसिक्समा साइट चल्ने बनाउनको लागि हामीले निकै लामो समय कडा परिश्रम गर्नुपर्छ' सोलोमन भन्छन्। अधिकांश सोसल नेटवर्किङ साइटहरुले, जो सुकैले पनि वेब एप्लिकेसनहरु बनाउन सक्ने कोड एपिआइ सार्वजनिक गर्ने गरेका छन्। तर डेभलोपरहरुको अनुभवमा आई ईसिक्स यसको अवरोध हो।

आई ईसिक्सलाई मार्ने यस अभियानप्रति प्रतिक्रिया दिँदै सफ्टवेयर जायन्ट माइक्रोसˆटले आˆनो ब्लगमा लेखेको छ, 'यो मुद्धा प्रविधिमा चासो राख्नेहरुको लागि सामान्य हो, तर कम्प्युटरमा रहेका सफ्टवेयर अपग्रेड गर्ने अधिकार र इच्छा कम्प्युटरको मालिकमा हुन्छ' माइक्रोसˆटका अनुसार अधिकांश कम्प्युटरहरु प्रविधिमा चासो राख्ने त्यस्ता व्यक्तिहरुको मातहतमा हुँदैन, बरु कार्यालयहरुमा हुन्छ। जसले गर्दा ती कम्प्युटर प्रयोग गर्नेले पनि चाहेर पनि नयाँ सफ्टवेयर अपग्रेड गर्न सक्दैनन्। 'समस्या कुनै उद्योगको कोठामा छ, अस्पतालको वार्डमा छ, स्कुलको ल्याबमा छ, अथवा सरकारी निकायमा छ,' माइक्रोसˆटका डिन हाँचामोभिच ब्लगमा लेख्छन्।

त्यसैले माइक्रोसफ्टको विचारमा आई ईसिक्सलाई सपोर्ट बन्द गर्नु समस्याको समाधान होइन। 'विन्डोज अपरेटिङ सिस्टममै समाविष्ट आइ सिक्सको दीर्घ जीवनको लागि निरन्तर सहयोग गर्नेमा हामी प्रतिबद्ध छौं' हाचामोभिचले ब्लगमा लेखेका छन्।

आई ईसिक्सलाई सपोर्ट गर्ने भनेको, यसका अपडेट र प्याचहरु निरन्तर उपलब्ध गराइरहनु हो। तर माइक्रोसफ्टको सहयोग र समर्थनका बाबजुद आई ईसिक्सको अन्त्यको दिनगन्ती सुरु भइसकेको प्रविधि पण्डितहरु बताउँछन्। 'आई ईसिक्स जसरी पनि मर्नेछ' प्रविधि समाचार साइट टेक्नोलाइजरका संस्थापक सम्पादक ह्यारी म्याक्क्य्राकेन भन्छन्। उनका अनुसार उनको वेबसाइट भिजिट गर्ने कूल प्रयोगकर्तामध्ये ७ प्रतिशतले मात्र आई ईसिक्स चलाउँछन्।

पुरानो ब्राउजरको दीर्घ जीवनको लागि व्यक्त प्रतिबद्धताका बाबजुद माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई आफ्नो सबैभन्दा नयाँ ब्राउजर आई ई८ प्रयोग गर्न सुझाव दिएको छ। माइक्रोसफ्टका अनुसार इन्टरनेट एक्स्प्लोररको भर्सन ८ मा कार्यक्षमता र सुरक्षा सुधारिएको छ। गएको मार्च महिनामा रिलिज गरिए यता इन्टरनेट एक्स्प्लोरर-८ दुई लाख ५० हजार पटक डाउनलोड भएको छ।

प्रतिस्पर्धाको बजार
लामो समयदेखि वेब ब्राउजिङ सˆटवेयरमा एकाधिकार जमाएको माइक्रोसफ्टले पछिल्लो समयमा अत्याधिक प्रतिस्पर्धाको सामना गर्नु परेको छ। सुविधासम्पन्न र फास्ट वेब ब्राउजरहरु निशुल्क पाइन थालेपछि माइक्रोसफ्टले पनि इन्टरनेट एक्स्प्लोररको पुरानो ढर्रालाई परिवर्तन गर्न बाध्य भएको छ। यही परिवर्तको उपज हो उसको पछिल्लो ब्राउजर इन्टरनेट एक्स्प्लोरर-८। वेब ब्राउजरको बजारमा माइक्रोसफ्टले ६८ प्रतिशत हिस्सा ओगटेको छ। तर माइक्रोसˆटको लागि सबैभन्दा तत्कालिन चुनौती भनेको मोजिलाको फायरफक्स ब्राउजर हो। सन् २००४ मा पहिलो पटक लन्च भएको फायरफक्सले छोटो समयमै कूल इन्टरनेट प्रयोगकर्तामध्ये २२ प्रतिशतको मन जित्न सफल भइसकेको छ। केही दिन अघि मात्र फायरफक्सको डाउनलोड संख्या १ अर्ब नाघेको थियो।

'माइक्रोसफ्टले चिन्ता गर्नु पर्ने प्रतिस्पर्धा भनेको फायरफक्ससागको हो। मार्केट सेयरको दृष्टिकोणले मात्र नभई नौलोपनको हिसाबले पनि हेरिनु पर्छ। फायरफक्सका प्लगिनहरु निकै राम्रो काम गर्छन्' प्रविधि विश्लेषक रोनाल्ड ग्रुइया भन्छन्।

उनको विचारमा माइक्रोसफ्ट डराउनु पर्ने दोस्रो चिज भनेको गुगलको ब्राउजर क्रोम हो। यही नामको अपरेटिङ सिस्टमको समेत घोषणा गरिसकेको गुगलले क्लाउड कम्प्युटिङको अवधारणामा काम गर्दै आएको छ। जसमा कम्प्युटरमा इन्स्टल नगरिकनै अधिकांश प्रोग्रामहरु इन्टरनेटबाटै चलाउन सकिन्छ। इन्टरनेट चलाउने अधिकांशले गुगलको प्रयोग गर्ने भएकाले क्रोम ब्राउजर र भविष्यको क्रोम अपरेटिङ सिस्टमको प्रचारप्रसार गर्न गुगललाई सजिलो हुनेछ। माइक्रोसˆटको कोर बिजनेसको लागि गुगल घातक सावित हुनसक्ने अनुमान विश्लेषक वृत्तमा ब्यापक छ।

'तर प्रयोगकर्ताहरुको लागि भने अहिले निकै उत्तम समय हो। किनभने उनीहरुको सामू थुप्रै छनौटहरु छन्' टेक्नोलाइजरका म्याक्क्य्राकेन भन्छन्।nagarik