• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, August 18, 2009

    वेब डेभलपरहरुको ब्यापक आलोचना

    वेब डेभलपरहरुको ब्यापक आलोचनालाई बेवास्ता गर्दै माइक्रोसफ्टले आफ्नो वेब ब्राउजर इन्टरनेट एक्स्प्लोरको भर्सन ६ (आई ईसिक्स) लाई सन् २०१४ सम्म सपोर्ट गरिरहने निर्णय गरेको छ। माइक्रोसफ्ट स्वयंले पनि आई ईसिक्समा थुप्रै कमजोरीहरु रहेको स्वीकार गरिसके पनि यसलाई निर्धारित समय (२०१०) भन्दा ४ वर्ष बढी जीवितै राख्ने निधो गरेको हो।

    आई ईसिक्सका आलोचकहरुको एक समूहले भने यस इन्टरनेट ब्राउजरको प्रयोग नै गर्न नहुने भन्दै अनलाइनमा विश्वव्यापी अभियान सुरु गरेका छन्। आलोचकहरुका अनुसार थुप्रै कमजोरीयुक्त यस ८ वर्ष पुरानो ब्राउजरले प्रयोगकर्ताको अनलाइन अनुभवलाई सुस्त बनाइदिन्छ।

    माइक्रोसफ्टका अनुसार व्यक्तिगत रुपमा प्रयोगकर्ताहरुले नयाँ भर्सनका ब्राउजर रोजी सके पनि थुप्रै व्यवसायिक प्रतिष्ठान र कार्यालयहरुमा भने आई सिक्सको प्रयोग जारी छ। 'साथीले साथीलाई आई ईसिक्स प्रयोग गर्न दिँदैनन्' इन्टरनेट एक्स्प्लोररका लागि माइक्रोसफ्टका प्रबन्ध निर्देशक एमि बर्जडुकस भन्छिन्, 'म तपाईंको घरमा डिनर खान आउँदा तपाईं आई सिक्स प्रयोग गरिरहेको हुनुहुन्न, तर बिजनेस मामिलामा कुरा अलि जटिल छ। यो अर्थतन्त्रमा विद्रोही हुन वास्तवमै गाह्रो छ।'

    वेब अनुगमन संस्थाहरुका अनुसार अझै पनि कूल प्रयोगकर्ताको १५ देखि २० प्रतिशतले इन्टरनेट चलाउन आई ईसिक्स प्रयोग गर्छन्।

    ७० जना डेभलोपरहरुले आई ई सिक्स नो मोर नामको अनलाइन अभियान चलाइरहेका छन्। 'इनफ इज इनफ' उक्त अभियानको वेबसाटमा आई ईसिक्स विरुद्ध लेखिएको छ, 'माइक्रोसˆटको इन्टरनेट एक्स्प्लोरर-६ सन् २००१ मा ल्याइएको थियो। यो सुरुमा एउटा ठिकै खालको ब्राउजर थियो। तर सन् २००९ सम्म आइपुग्दा पनि ठूलो जनसंख्याले यसको प्रयोग गर्दैछ। यसको समय त समाप्त भइसक्यो'। माइक्रोसफ्टको आई ईसिक्स विरुद्धको यो अभियानमा ठूला वेब कम्पनीहरुले पनि साथ दिएका छन्।

    'वेब डेभलोपरहरु आई ईसिक्सलाई घृणा गर्छन्' जस्टिन डट टिभीका इभान सोलोमान भन्छन्। आइसिक्स विरुद्धको अभियानका उनी पनि एक अभियन्ता हुन्। 'हामी वेबसाइट बनाउँछौं, हाम्रा १० प्रतिशत मात्रै भिजिटरले आई ईसिक्समा साइट हेर्छन्, तर आई ईसिक्समा साइट चल्ने बनाउनको लागि हामीले निकै लामो समय कडा परिश्रम गर्नुपर्छ' सोलोमन भन्छन्। अधिकांश सोसल नेटवर्किङ साइटहरुले, जो सुकैले पनि वेब एप्लिकेसनहरु बनाउन सक्ने कोड एपिआइ सार्वजनिक गर्ने गरेका छन्। तर डेभलोपरहरुको अनुभवमा आई ईसिक्स यसको अवरोध हो।

    आई ईसिक्सलाई मार्ने यस अभियानप्रति प्रतिक्रिया दिँदै सफ्टवेयर जायन्ट माइक्रोसˆटले आˆनो ब्लगमा लेखेको छ, 'यो मुद्धा प्रविधिमा चासो राख्नेहरुको लागि सामान्य हो, तर कम्प्युटरमा रहेका सफ्टवेयर अपग्रेड गर्ने अधिकार र इच्छा कम्प्युटरको मालिकमा हुन्छ' माइक्रोसˆटका अनुसार अधिकांश कम्प्युटरहरु प्रविधिमा चासो राख्ने त्यस्ता व्यक्तिहरुको मातहतमा हुँदैन, बरु कार्यालयहरुमा हुन्छ। जसले गर्दा ती कम्प्युटर प्रयोग गर्नेले पनि चाहेर पनि नयाँ सफ्टवेयर अपग्रेड गर्न सक्दैनन्। 'समस्या कुनै उद्योगको कोठामा छ, अस्पतालको वार्डमा छ, स्कुलको ल्याबमा छ, अथवा सरकारी निकायमा छ,' माइक्रोसˆटका डिन हाँचामोभिच ब्लगमा लेख्छन्।

    त्यसैले माइक्रोसफ्टको विचारमा आई ईसिक्सलाई सपोर्ट बन्द गर्नु समस्याको समाधान होइन। 'विन्डोज अपरेटिङ सिस्टममै समाविष्ट आइ सिक्सको दीर्घ जीवनको लागि निरन्तर सहयोग गर्नेमा हामी प्रतिबद्ध छौं' हाचामोभिचले ब्लगमा लेखेका छन्।

    आई ईसिक्सलाई सपोर्ट गर्ने भनेको, यसका अपडेट र प्याचहरु निरन्तर उपलब्ध गराइरहनु हो। तर माइक्रोसफ्टको सहयोग र समर्थनका बाबजुद आई ईसिक्सको अन्त्यको दिनगन्ती सुरु भइसकेको प्रविधि पण्डितहरु बताउँछन्। 'आई ईसिक्स जसरी पनि मर्नेछ' प्रविधि समाचार साइट टेक्नोलाइजरका संस्थापक सम्पादक ह्यारी म्याक्क्य्राकेन भन्छन्। उनका अनुसार उनको वेबसाइट भिजिट गर्ने कूल प्रयोगकर्तामध्ये ७ प्रतिशतले मात्र आई ईसिक्स चलाउँछन्।

    पुरानो ब्राउजरको दीर्घ जीवनको लागि व्यक्त प्रतिबद्धताका बाबजुद माइक्रोसफ्टले प्रयोगकर्ताहरुलाई आफ्नो सबैभन्दा नयाँ ब्राउजर आई ई८ प्रयोग गर्न सुझाव दिएको छ। माइक्रोसफ्टका अनुसार इन्टरनेट एक्स्प्लोररको भर्सन ८ मा कार्यक्षमता र सुरक्षा सुधारिएको छ। गएको मार्च महिनामा रिलिज गरिए यता इन्टरनेट एक्स्प्लोरर-८ दुई लाख ५० हजार पटक डाउनलोड भएको छ।

    प्रतिस्पर्धाको बजार
    लामो समयदेखि वेब ब्राउजिङ सˆटवेयरमा एकाधिकार जमाएको माइक्रोसफ्टले पछिल्लो समयमा अत्याधिक प्रतिस्पर्धाको सामना गर्नु परेको छ। सुविधासम्पन्न र फास्ट वेब ब्राउजरहरु निशुल्क पाइन थालेपछि माइक्रोसफ्टले पनि इन्टरनेट एक्स्प्लोररको पुरानो ढर्रालाई परिवर्तन गर्न बाध्य भएको छ। यही परिवर्तको उपज हो उसको पछिल्लो ब्राउजर इन्टरनेट एक्स्प्लोरर-८। वेब ब्राउजरको बजारमा माइक्रोसफ्टले ६८ प्रतिशत हिस्सा ओगटेको छ। तर माइक्रोसˆटको लागि सबैभन्दा तत्कालिन चुनौती भनेको मोजिलाको फायरफक्स ब्राउजर हो। सन् २००४ मा पहिलो पटक लन्च भएको फायरफक्सले छोटो समयमै कूल इन्टरनेट प्रयोगकर्तामध्ये २२ प्रतिशतको मन जित्न सफल भइसकेको छ। केही दिन अघि मात्र फायरफक्सको डाउनलोड संख्या १ अर्ब नाघेको थियो।

    'माइक्रोसफ्टले चिन्ता गर्नु पर्ने प्रतिस्पर्धा भनेको फायरफक्ससागको हो। मार्केट सेयरको दृष्टिकोणले मात्र नभई नौलोपनको हिसाबले पनि हेरिनु पर्छ। फायरफक्सका प्लगिनहरु निकै राम्रो काम गर्छन्' प्रविधि विश्लेषक रोनाल्ड ग्रुइया भन्छन्।

    उनको विचारमा माइक्रोसफ्ट डराउनु पर्ने दोस्रो चिज भनेको गुगलको ब्राउजर क्रोम हो। यही नामको अपरेटिङ सिस्टमको समेत घोषणा गरिसकेको गुगलले क्लाउड कम्प्युटिङको अवधारणामा काम गर्दै आएको छ। जसमा कम्प्युटरमा इन्स्टल नगरिकनै अधिकांश प्रोग्रामहरु इन्टरनेटबाटै चलाउन सकिन्छ। इन्टरनेट चलाउने अधिकांशले गुगलको प्रयोग गर्ने भएकाले क्रोम ब्राउजर र भविष्यको क्रोम अपरेटिङ सिस्टमको प्रचारप्रसार गर्न गुगललाई सजिलो हुनेछ। माइक्रोसˆटको कोर बिजनेसको लागि गुगल घातक सावित हुनसक्ने अनुमान विश्लेषक वृत्तमा ब्यापक छ।

    'तर प्रयोगकर्ताहरुको लागि भने अहिले निकै उत्तम समय हो। किनभने उनीहरुको सामू थुप्रै छनौटहरु छन्' टेक्नोलाइजरका म्याक्क्य्राकेन भन्छन्।nagarik


    No comments:

    Post a Comment