• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, August 16, 2009

    'पत्रकार होइन, कुरुवा भइयो यार ।

    अल/पत्रकार

    गंगा बीसी

    माओवादी केन्द्रीय समितिको बैठक भइरहँदा त्यसको निर्णय कुरेर बसेका पत्रकारहरू भन्दै थिए, 'पत्रकार होइन, कुरुवा भइयो यार ।'

    'के को कुरुवा मात्रै हुन्थ्यो ? ढोके भइयो नि ।' अर्को पत्रकारले थपे । बैठक कतिबेला सकिएला भनेर ढोका बाहिर निर्णय कुररिहेकै बेला ती पत्रकारको प्रतिक्रिया थियो ।

    बैठक कुनै निर्णयबिना स्थगित भएपछि दिनभर कुरेका पत्रकारले अर्को हैरानी पोखे । 'दिनभर िकुर्‍यो, हात लाग्यो शून्य' इमेज टेलिभिजनका संवाददाता तिलक कोइरालाको भनाइ यस्तो थियो, 'नखाऔं भने दिनभरकिो सिकार खाऔं भन्यो कान्छा बाबुको अनुहार जस्तै भयो आज पनि ।' पार्टी प्रवक्ता दीनानाथ शर्माले बैठकबारे जानकारी दिए, 'बैठक राम्रो ढंगले चलिरहेको छ ।' उनको थप भनाइ थियो, 'छलफल गम्भीर रूपमा भइरहेको छ ।' प्रवक्ताको कुरा सुनेपछि कान्तिपुर टेलिभिजनका संवाददाता अनील क्षेत्रीले तुरन्तै प्रतिक्रिया दिए । 'आज पनि प्रवक्ताले औपचारकिता पूरा गरे ।' अन्य नेतातिर प्रश्न तेस्र्याउँदा प्रवक्तातिरै तेस्र्याए ।

    दुई सातामा चल्दै गरेको माओवादीको बैठकमा भएको खास समाचार पाउन नसकेपछि पत्रकारहरूको यस्तो प्रतिक्रिया आएको थियो । बैठक अवधिभर पत्रकारहरू नियमित माओवादी पार्टी कार्यालयबाहिर यसरी नै कुरे समाचारका लागि । प्रवक्ताले औपचारकितामात्रै पूरा गरे । त्यति नै बेला पत्रकारहरू नियमित कुरेको देखेर अध्यक्ष पुष्पकमल दाहालका एक निजी सचिवले भने, 'तपाईंहरू पनि मज्जाले कुर्न सक्नुहुन्छ है । हुन त पेसा नै त्यस्तै पर्‍यो ।'

    प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गत शनिबार सर्वदलीय बैठक बसिरेको थियो । बाहिर पत्रकारहरू अनेकथर िकुरा गर्दै थिए । एउटा प्रसंग थियो, राजनीतिक दलका बैठकमा खर्चिएको समय र पत्रकारले कुरेको समय । पत्रकारहरू भन्दै थिए- 'दलका प्रत्येक बैठकले निर्णय गरेको भए देश कहाँ पगिसक्थ्यो, पत्रकारले कुरेको समयमा गरेको भए ठूलै अनुसन्धान सफल हुन्थ्यो होला ।' ती पनि कुराइका गफ थिए ।

    कतिपय अवस्थामा भित्र बैठक जारी भनेर टेलिभिजन रेडियोमा समाचार प्रसारण भइरहेको हुन्छ, तर नेताहरू निस्कने बेला बैठक नै भएन भन्ने जानकारी आउँछ । त्यसबेलाको पत्रकारको पीडा खपिनसक्नु हुन्छ । बिगत दुई वर्षमा भएका राजनीतिक दलका दर्जनौं वार्तामा यस्तै भएको तीतो यथार्थ छ ।

    पत्रकारहरूमाझ एउटा भनाइ नै छ । कुरा लुकाउन सक्ने, औपचारकितामात्र पूरा गर्न सक्नेलाई प्रवक्ता बनाउने चलन छ । सरकार, मन्त्रालय, राजनीतिक पार्टीका अधिकांश प्रवक्ताले केवल औपचारकिता पूरा गरेको हुनाले यसो भनिएको हो ।

    सिंहदरबार होस् वा प्रधानमन्त्री निवास बालुवाटार, राजनीतिक दलका कार्यालयबाहिर पत्रकारहरू बिस्कुन पोखिएझैँ छरएिको देख्दा बाटो हिँड्ने बटुवाहरू एक क्षण अडिन्छन्, अनि हेर्छन् । उनीहरूका लागि पत्रकारतिा गर्नु भनेको बैठकस्थलबाहिर कुर्नुजस्तै लाग्छ ।

    प्रधानमन्त्री कार्यालय सिंहदरबारबाहिर पत्रकारहरू भर्‍याङ, बाटोमा पोखिएको आफ्नो कार्यकक्षको झ्यालबाट देख्दा अर्थमन्त्रालयका एकजना उच्च अधिकारीले टिप्पणी गरेछन्- 'यो एउटा नाटक मञ्चन भएजस्तो लाग्छ ।'

    बैठकपछि फूलमा माहुरी झुम्मिएझैँ पत्रकार सरकारका प्रवक्ता वा अन्य कुनै नेताको वरपिर िझुम्मिन्छन् । उभिएर हतारमै प्रवक्ताले बताएको 'अपूरो' खबर कोही टेलिफोनमा टिपाउँछन्, कोही बत्तिएर सञ्चारगृहतिर कुद्छन् र प्रकाशन, प्रसारण गर्छन् । यही हो अधिकांश पत्रकारको 'बडो रमाइलो' दिनचर्या ।

    पत्रकार पनि कम रमाइला प्राणी होइनन् । अव्यवस्थित जीवन जिएर पनि रमाइरहेकै छन्, कार्यक्षेत्रमा सिंहदरबार, बल्खु, सानेपा, पेरसिडाँडा, बालुवाटार र अन्य ठाउँमा । र, पत्रकारको समाचार हेरेर, पढेर मात्र होइन, उनीहरूको दिनचर्या देखेर दर्शक/श्रोता/पाठकले कम रमाइलो मानेका छैनन् ।

    राजनीतिक दलहरूमा पत्रकारलाई जति कुराउन सक्यो, त्यति आफूलाई 'ठूलो' ठान्ने प्रवृत्ति हाबी छ । राजनीतिक दलको बैठक कति बेला चल्छ र कतिबेला टुङ्गिन्छ, थाहा हुँदैन । बैठकपछि पत्रकारहरू नदेख्दा नेताहरूलाई नरमाइलो लाग्छ रे ।

    kantipur

    No comments:

    Post a Comment