Monday, October 31, 2011

जापान आएको दुई महिनामै नागोयामा नेपालीको मृत्यु


सन्देश पोखरेल
३१ अक्टुवर, नागोया । रोजगारीका लागि जापान आएको दुई महिनामै बाग्लुङ गल्कोटका चन्द्र घर्तिमगरको नागोयामा निधन भएको छ ।
दुई महिनाअघि कुक भिषामा जापान आएका घर्तिमगरलाई सुरुमा ज्वरो आउने र खकारमा रगत देखिने भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । सुरुमा क्षयरोगको आशंका गरिएको गरिएको भएपनि डाक्टरले मुटुको भल्बनै फेर्नुपर्ने बताएका थिए । उनको १८ दिनअघि आइचीकेन अस्पतालमा सल्यक्रिया गरिएको थियो ।
सल्यक्रियापछि पनि अचेत अबस्थामा आईसीयुमा उपचाररत रहेका घर्तिमगरको आइतवार निधन भएको एनआरएन जापान तोकाई होकुरिकुका उपसंयोजक बिष्णुप्रसाद घिमिरेले जानकारी दिनुभयो । उनको उपचारका लागि सहयोग जुटाउन नेपाली समुदाय सक्रिय रहेको अबस्थामा आइतवार अपरान्ह मृत्यु भएको हो ।
उनको मृत्युपछि अस्पतालमा पुगेका नेपालीहरुले मंगलवार अर्थात नोभेम्बर १ तारिख अपरान्ह साढे २ बजे दाहसंस्कार गरिने भएको छ । ३३ बषिर्य घर्तिमगरका तीन छोराछोरी र एक श्रीमति नेपालमै रहेका छन् ।
एनआरएन तोकाई होकुरिकुले नागोया क्षेत्रमा रहेका नेपालीहरुलाई दाहसंस्कारमा उपस्थीत हुन र बेसहारा बनेको घर्ति परिवारलाई सहयोग गर्न आग्रह गरेको छ ।

Monday, October 10, 2011

पत्रकार एकललाई किन एक्ल्याएको ?

विराटनगरका पत्रकार खिलानाथ ढकाल कुटिएको समाचारबारे पक्कै पनि आम नेपाली पाठक जानकार नै छन् । अझै पनि ढकालमाथि भएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथि नै भएको गम्भीर आक्रमणको रुपमा सबैले लिएका छन् र आक्रमणको संस्थागत विरोध पनि भईरहेको छ । यो अझै जारी छ । विरानटगरमा पत्रकार कुटिएकै बेला धादिङमा पनि एकजना पत्रकारमाथि अर्को आक्रमण भयो । सुदुरपश्चिममा आधारभूत पत्रकारिता तालिम संचालन गर्न काठमाडौंबाट हिडेका चितवनका पत्रकार एकल सिलवाल त्यो आक्रमणका शिकार भए । यो समाचारलाई नेपालका संचारमाध्यमले स्थान दिएको मेरो जानकारीमा छैन । न उनीमाथि आक्रमण भएको समाचार बाहिर आयो, न त संचारसम्बद्ध संघसंस्थाहरु र अन्य निकायले पनि यो कुराको विरोध गर्ने साहस नै गर्न सके । संचारमाध्यममा ठाउँ नपाइसकेपछि एकलले आफू कुटिएको विलौना फेसबुक र एउटा ब्लगबाटै सार्वजनिक गरेका थिए ।
पत्रकार ढकाल कुटिएपछि यसको संस्थागत विरोध जायज थियो, यो आगामी दिनमा हुनुपनि पर्छ । देशविदेशमा भएको विरोध कार्यक्रमपछि ढकालले धेरै जनमत पनि बटुले । साथै पत्रकारलाई कुटेपछि गर्नुपर्ने विरोधको सामना सम्बन्धित पक्षले राम्रैसंग बुझ्यो पनि होला । देशविदेशमा रहेका जनमानसले देखाएको यो मायाले पत्रकारका अगाडि अपराधको केहि जोर चल्दैन भन्ने कुरा निर्भिकतापूर्वक काम गर्ने सञ्चारकर्मीहरुले पनि बुझे । उनीहरुलाई पत्रकारिताप्रति झनै उत्साह बढेर अयो । तर जति ढकालको मुद्धा चर्किएर यो अवस्थामा आइपुग्यो, संगसंगै एकलले चाहि किन कसैको सहारा पाउन सकेनन् ? नेपाली मिडिया, मिडियाकर्मी र नागरिक समाजले ढकाललाई जति साथ दिए, एकललाई किन दिन सकेनन् ? आखिर घटना फरक भएपनि कुटाइ पत्रकारले खाएकै हो । दुखाइ फरक भएपनि व्यथा एउटै हो ।
एकलका अनुसार वैशाख २५ गते काठमाण्डौको तीनथानामा महाकाली यातायातको बसको ठक्करबाट धादिङ छत्रे देउरालीकी एक महिलाको ज्यान गएको रहेछ । बस र त्यसका चालकलाई कालिमाटी प्रहरी वृत्तले नियन्त्रणमा लिएछ । पीडित परिवार र बस व्यवसायीका बीच वार्ता पनि भएछ । वार्ता भएपनि पीडितका माग पुरा भएको रहेनछ । माग पूरा गर्न सक्ने शक्तिशाली व्यक्ति वार्तामा नआएको भन्दै पीडितहरु आक्रोशित भएछन् । जेठ ११ गते मागलाई सम्बोधन गर्ने वातावरण मिलाउन महाकाली यातायातको अर्को बसलाई नियन्त्रणमा लिई बसमा सवार यात्रुलाई पीडितहरुले बन्धक बनाए । पत्रकार एकल पनि त्यहि बसमा चढेर सुदुपश्चिममा पत्रकारिता तालिम दिन हिंडेका रहेछन् । यसरी विनाकारण यात्रुलाई बन्धक बनाएको विषय एउटा पत्रकारले टुलुटुलु हेरेर बस्नुपनि भएन । त्यहाँको गतिविधिलाई क्यामरामा कैद गर्दा नाडीमा फलामका सिक्री, औंलामा फलामकै तिखा औंठीहरु र कानमा मुन्द्रा लगाएर सयौंको संख्यामा “पीडित” बनेर आएका स्थानीयहरुले पत्रकार एकललाई मरणासन्न हुनेगरि पिटेका हुन् । त्यहाँ उनलाई “रामधुलाई” मात्रै गरिएन, उनले प्रयोग गरिएको क्यामेरा पनि कामै नलाग्ने गरि तोडफोड भयो । भएको यहि हो । तर अरुले त विरोध किन गर्थे र ? पत्रकार सम्बद्ध निकायले पनि यो घटनालाई विरोध गरि मोफसलमा बसेर पत्रकारिता गरिरहेका एकल जस्ताको आत्मबल बढाउने काम गरेन । यसो भएपछि सर्वसाधारण पनि सधै आफूलाई असुरक्षित ठान्ने नै भए । त्यो दिनको घटनाका प्रत्यक्षदर्शी धादिङको प्रहरीप्रशासन पनि रहेछ । यत्रो घटना हुँदा पनि सञ्चारमाध्यम र आम पत्रकारको साझा संगठन वेखबर जस्तो बन्नुलाई नेपाली जनताले कसरी लिने ? पक्कै एकललाई एक्ल्याइनुका पछाडि उनी कुनै राजनीतिक पार्टीका कार्यकर्ता थिएनन् । अर्को, नेपालमा ठूला भनिएका “ब्रोडसिट” आकारका मिडियाका आधिकारिक पत्रकार पनि थिएनन् उनी । पत्रकार महासंघमा सांगठनिक पहुँच जमाउन पत्रकार सहित राजनीतिक कार्यकर्ता पनि हुनुपर्ने अघोषित नियमको विरुद्ध उभिई उनले महासंघमा दश वर्षसम्म नियमित बनाएको सदस्यतालाई महाधिवेशनताका त्यागेको चर्चा पनि छ । धादिङमा उनीमाथि भएको घटना महासंघको सदस्यता त्यागेपछिको हो । तर उनी पत्रकारितामा निरन्तर अझ बढि क्रियाशिल हुँदै आइरहेका छन् ।
एकलले कुटाई खाएको केहि दिनको फरकमा चितवनमा पत्रकारलाई “अपमान” गरेको सम्बन्धि एउटा अर्को घटना भयो । काठमाडौंका पत्रकार चढेको भाडाका गाडीलाई चितवनको आँपटारीमा रोकेछन् । रोक्नुको कारण बसपार्क शुल्क उठाउन रहेछ । चितवनमा भाडामा यात्रु बोक्ने सवैले बसपार्क शुल्क तिर्नु पर्छ । सवै गाडी बसपार्क भएर जाँदैनन् । अनि त्यस्ता गाडीलाई चेक गर्न भनेर आँपटारी, पुलचोक र गोन्द्राङमा चेक पोष्ट छ । बसपार्क नछिर्ने र बसपार्कको शुल्क नतिरेका भाडाका यात्रु बसलाई ती ठाउँमा दोब्बर शुल्क लिने गरिन्छ । दोब्बर शुल्क जरिवानको रुपमा लिने गरेको हो । बसपार्क शुल्क नतिरी आउँदा यहि शुल्क लिनेबारे पत्रकार र चेकपोष्टमा बसेका कर्मचारीबीच भनाभन चल्यो । पत्रकारमाथि अपशव्द प्रयोग गर्ने काम भएछ । यो घटनालाई चितवनको पत्रकार महासंघले गम्भीर तरिकाले लियो । विवाद बढ्दै गएपछि मुद्धा स्थानीय प्रहरी कार्यालयसम्म पुगेछ । प्रहरी कार्यालयमा पनि कर्मचारीले पत्रकारलाई गालीगलौज गर्न छाडेनछन् । पछि पत्रकार महासंघ चितवनले यो विवादलाई मत्थर पारयो । पत्रकारहरुलाई अपमान गर्ने चेकपोष्टका कर्मचारीले माफी मागे । चितवनदेखि काठमाडौंसम्मका सञ्चारमाध्यममा यो घटनाले राम्रै स्थान पायो, पत्रकारमाथि गरिएको विरोधको रुपमा । पत्रकारमाथि गरिएको अपमानको सबैले खुलेर संस्थागत विरोध जनाउने काम गरे । तर काठमाडौंका पत्रकारका अगाडि बहादुरी देखाउन हतारो गरेको महासंघले चितवनकै सिमानामा पर्ने धादिङमा आफ्नै जिल्लाको पत्रकार मरणासन्न हुनेगरि पिटिदा भने वास्ता गरेन । यी सबै घटनाले नेपाली समाजमा पत्रकारका संघसंस्था पनि हुनेखानेको पछि मात्रै दौडन थालेको हो कि भन्ने संकेत दिएको छ । ठूला भनिएका मिडिया र राजधानीमा बसेर पत्रकारिता गर्नेलाई छिसिक्क केहि हुनेवित्तिकै आन्दोलनको हतारो गरिहाल्ने र त्यो स्थानसम्म पहुँच नजमाएकाहरुलाई केहि भइहाले पनि वास्ता नगर्ने परिपाटी विकसित हुँदै जानु पक्कै राम्रो होइन ।
सबै पेशा हरेक कोणबाट अझै राम्रो बन्न सकिरहेको छैन । पत्रकारिता पेशा पनि यसमा पर्छ । जेसुकै बोल्न, लेख्न र देखाउन परयो भने नेपालमा केहि मान्छेहरु पत्रकार बन्ने चलन मौलाउँदै गएको छ । पत्रकार भईसकेपछि कसैले केहि गर्न नसक्ने, गरिहालेपनि ठूला मिडिया र संघसंस्थाको ओत लागिया भने राम्रैसंग जीवन निर्वाह गर्न सकिने भएकाले ती मान्छे यो पेशाप्रति आकर्षित भइरहेका पनि छन् । जसले गर्दा नेपालमा चाहेर पनि पत्रकारिता र पत्रकार स्वतन्त्र बन्न सकिरहेको छैन । ठूला भनिएका मिडियामा संलग्न नभई स्वतन्त्र पत्रकारिता गर्ने पत्रकारका पछाडि परेको बेलामा बोल्ने न कुनै संगठन छ, न त सञ्चारगृह, नागरिक समाज र सरकार नै । एकललाई परेको मर्काले यहि संकेत गर्छ ।
धादिङमा एकल सिलवाललाई कुट्नेहरुको पहिचान अझै किन हुन सकेको छैन ? त्यस दिन एकल पत्रकार मात्र थिएनन््, एउटा यात्रु पनि थिए । आजभोली वस व्यवसायीले गर्ने गल्ती र गल्तीका विरुद्ध स्थानीय पीडितहरुले राख्ने अनावश्यक मागले राजमार्गमा यात्रा गर्नेहरुले तनाव वेहोर्नु परिरहेको छ । अझ जुनसुकै माग पुरा गर्न राजमार्गमा सवार यात्रुलाई बन्धक बनाउने चलन बढ्दै गइरहेको छ । यसका विरुद्ध लेख्ने र बोल्ने आँट गरेको पत्रकारको पक्षमा राज्यको निकाय मात्र होइन, पत्रकारको संघसंस्था र मूलधारका भनिएका मिडियाले आवाज उठाउने पर्ने होइन र ? तपाईलाई के लाग्छ कुन्नि, मलाई पत्रकार एकललाई एक्ल्याए जस्तो लाग्यो है । कानुनका अगाडि त सबै समान हुनुपर्ने हो नि ।

Sunday, July 31, 2011

मैले बुझेको एनआरएनए जापान

सार्क मुलुकभन्दा बाहिर विभिन्न पेशा, व्यवसाय र अध्ययन गरि बसेका नेपालीलाई एनआरएन अर्थात् गैरआवासीय नेपाली भन्ने गरिन्छ । यसैले जापानमा बसेका नेपाली पनि एनआरएन हुन् । यिनै नेपालीको साझा संस्थालाई एनआरएनए जापान भनेर परिभाषित गरिएको छ । अरु देशमा जस्तै जापानमा पनि लगातार १८२ दिनभन्दा बढि बसिसकेपछि दुई हजार यन सदस्यता शुल्क तिरेर यसको सदस्यता लिन सकिन्छ ।

जापानमा वैध रुपमा बसेका नेपालीको संख्या मात्रै करिब २० हजारको हाराहारीमा छ । गणनामा नआएका नेपालीलाई पनि समेट्ने हो भने यो संख्या अझै बढ्छ । तर एनआरएनए जापानमा आवद्ध नेपालीहरु दुई हजारको हाराहारीमा छन् । संघको वैध सदस्य संख्या धेरै कम छ । जापानमा बसेका नेपालीहरुको संख्यालाई आधार मान्दा एनआरएनए जापानले ज्यादै कम नेपालीलाई मात्रै समेटेको छ । यसरी समेटिएका नेपाली पनि अधिकांश “सुकिलामुकिला” मात्रै छन् । अब प्रश्न उठ्छ, के एनआरएनए जापान आफैमा जापानका नेपालीको अभिभावक हो त ?
आगामी १४ तारिख टोक्योमा हुने अधिवेशनलाई लक्षित गरी यो संघको चर्चालाई उम्मेदवारहरुले चुलीमा पुरयाईदिए । सर्वसम्मत तरिकाले नयाँ नेतृत्व आएको खण्डमा यो संघमा सदस्यहरु बढ्दैनन् । यदि निर्वाचन नै हुने पक्कापक्की भयो भने मात्रै सदस्यहरु ह्वात्तै बढ्ने सम्भावना छ । किनभने यसको नेतृत्व हत्याउने दाउमा लागेकाहरुले आफ्ना नजिकका मान्छे र आसेपासेलाई “भोट ब्याङ्क”को रुपमा सदस्य बनाउन सदस्यता फारम र पैसा खल्तीमा लिएर हिंडेका छन् । निर्वाचनको मुखमा विभिन्न क्षत्रीय अधिवेशनमा बढेको सदस्यको अनुपातले पनि यो कुरालाई पुष्टि गरेको छ ।
विदेशमा रहेका नेपाली संगठित हुनु राम्रो काम थियो । स्वतन्त्र संस्थाका रुपमा “नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ स्थापित भएर अघि बढ्नु आफैमा राम्रो कदम पनि हो । तर समयको क्रमसंगै संघलाई प्रतिष्ठाको विषय बनाउनुभन्दा पनि विदेशमा रहेका नेपालीले यसलाई पद र पैसासंग तुलना गरेर “प्रतिष्ठा”को विषय बनाए । संस्थाप्रतिको लगाव र सम्मानको हिसाब गर्दा जापानका नेपालीले यो संघलाई विश्वास गर्ने आधार भेटिदैन । किनभने संघमा सदस्य बन्ने हैसियत राखेका नेपालीमध्ये दश प्रतिशत नेपालीलाई पनि जापानको एनआरएनएले राम्रोसंग समेट्न सकेको छैन । यो ज्यादै लाजमर्दो कुरा हो । यद्दपि दश जना गैरआवासीय नेपाली मिले भने जापानमा अर्को एनआरएनए जन्मन सक्ने यसको केन्द्रीय विधानमा उल्लेख छ । यसो भयो भने अहिले चिनिएको एनआरएनए कता जाने ? बेलैमा नेतृत्वले सोंच्न जरुरी छ ।
जापानमा रहेका अरु गैरआवासीय नेपालीको त कुरै छाडौ, यसैमा आवद्ध नेपाली को कहाँ कसरी के गरेर बसिरहेका छन् भन्ने बारेमा नेतृत्व मौन छ । उसंग नेपालीका बारेमा प्रष्ट डाटा छैन । जबसम्म जापानमा रहेका नेपालीको स्पष्ट तथ्यांक तयार पारिदैन, तबसम्म नेपाल र नेपालीका लागि केहि गर्न सकिदैन । आफ्नै वरीपरि भएका नेपालीका बारेमा जानकारी नलिइ स्वदेशमा रहेका नेपालीका बारेमा जापानमा चिन्ता लिनु “नजिकको तीर्थ हेलाँ” भनेजस्तै हो ।
विदेश आउनु कसैका लागि रहर हो भने कसैका लागि बाध्यता । विदेश आएकामध्ये धेरै एनआरएनको एउटै उद्देश्य पैसा कमाउनु पनि हो । यसो हुनु हामी र हाम्रो गरिवी नै प्रमुख कारण हो । यसैले विदेश आउने बाटो अर्थात्, भीसालागि लागि जापान आउन नेपालीले अनेक “चोरबाटो” पनि अपनाएका छन् । सफलता पाउनु नपाउनु आफ्नो ठाउँमा छ । तर अनुहार र भीसा स्टाटस हेरेर जापानमा रहेका नेपालीलाई मूल्याँकन गर्ने चलन बढ्दै गएको छ । यहाँ सामान्य तरिकाले आएर सामान्य काम गरिरहेका मान्छेसंग पनि विलक्षण प्रतिभा लुकेको हुन्छ । हाम्रो देश नेपालमा पनि गतिलो तरिकाको शिक्षा, रोजगार र गरिखाने धन्दा भएको भए शायद मान्छेले यसरी जापानलाई आवश्यकता र महत्व दिन्थेनन् होला । यसैले एनआरएनए जापानले आफ्नो क्षेत्रमा रहेका नेपालीको पहिचान गरि जापानबाटै भएपनि देशको लागि गर्न सक्ने योगदानको बहस चलाउनु आवश्यक छ ।
विदेश आएर लामो समय व्यतित गरिसकेपछि आफूले कमाएको केहि अंश खर्च गरेर सामाजिक बन्न चाहनेहरुका लागि एनआरएनए अहिले आएर गतिलो माध्यम भएको छ । नेतृत्वका लागि “सुकिलामुकिला”ले रहर गर्नु यो अर्थमा कुनै नौलो र ठूलो कुरा पनि भएन । यसैले त मान्छेहरु भन्ने गर्छन्, यो गरीवको संस्था होइन, धनी र हुनेखानेहरुको मात्रै संस्था हो । यो नेपालमा बसेका मान्छेले लगाएको आरोप होइन । एनआरएनहरुले एनआरएनएलाई लगाएको यो आरोपको खण्डन व्यवहारमा अझै भएको पाइएको छैन । पैसा नभएकाहरु एनआरएनएमा लाग्न हुँदैन भन्नेहरु नेतृत्वमा छन् । कतिले मिल्दैनसम्म भन्छन् । साथमा पैसा नभइ एकाध तरिकाले छिरेकाहरुको संगठनमा कुनै सुनुवाइ हुँदैन भन्नेहरु पनि छन् । मान्छेको भनाईले मात्रै होइन, व्यवहारले पनि त्यहि देखाउँछ । जापान भनेर के गर्नु ? यहाँ हवाइजहाज किन्ने हैसियत राखेका नेपालीदेखि रेल चढ्ने हैसियत नभएका नेपाली पनि छन् ।
अब एनआरएनए जापानमा छिर्न २००० येन र वार्षिक रुपमा २००० येन नै नविकरण शुल्क तिरेर यसको सदस्यता टिकाइराख्ने सवालमा फरक फरक आर्थिक हैसियत भएका नेपालीलाई एउटै हैसियतमा राख्नु उचित होला त ? ठिकै छ, सदस्य पनि बन्ला , नविकरण पनि गर्ला । तर बेलाबेलामा हुने वैठक भेलामा अझ धेरै खर्च गरेर उपस्थित हुने हैसियत कमै नेपालीको मात्र छ । यसैले पनि पैसा हुनेहरु मात्रै एनआरएनएमा बस्नुपर्छ भन्ने आवाजले ठूलो अर्थ बोकेको छ । यस्ता कुराहरुमाथि एनआरएनए नेतृत्वले छलफल चलाउन जरुरी छ ।
अहिलेको एनआरएनए जापानले चटके निर्णय गरेको रैछ, १४ तारिखको अधिवेशनमा भाग लिन पाँच जना बराबर एक जना मात्रै प्रतिनिधि बन्न पाउने । प्रतिनिधि बन्न कि क्षत्रीय समितिले सिफरिस गर्नुपर्ने, कि त प्रतिनिधि बन्ने व्यक्तिले दुई जना प्रस्तावक र दुइजना समर्थकको हस्ताक्षर सहितको सिफारिस लिएर केन्द्रमा “विन्तीपत्र” चढाउन जाने । यसरी एकपटक प्रतिनिधि, प्रस्तावक र समर्थक बनेको व्यक्ति अर्को व्यक्तिका लागि प्रतिनिधि, प्रस्तावक र समर्थक केहि पनि बन्न नपाउने । यस्तो अव्यवहारिक कदम आफैमा हासउठ्दो त छदैछ, यसले कत्तिको गम्भीर समस्या उत्पन्न गराउँछ भन्ने हेक्का नेतृत्वमा बसेकालाई ज्ञान नभए जस्तो लाग्यो । क्षत्रीय समितिलाई निर्णयको अधिकार दिनु प्रजातान्त्रिक पद्धतिको उपहास त हुँदै हो । किनभने उसले आफूलाई मन परेका मान्छेलाई जिताउनका लागि मात्रै “भोट व्यांक”को सपथ खुवाएर प्रतिनिधि बनाउँछ । प्रस्तावक र समर्थकको सिफारिस लिएर प्रतिनिधिको लागि विन्तीपत्र हाले भने केहि हदसम्म यो प्रजातान्त्रिक हुनसक्ला । तर यसको मापन गर्ने आधार के ? आफ्नै सदस्यहरुको गतिलो तथ्याँक नभएको एनआरएनए जापानसंग अब बन्ने प्रतिनिधि, प्रस्तावक र समर्थकको आधिकारिक हस्ताक्षर कसरी प्रमाणित हुन सक्छ ? यसका लागि बेलैमा क्षेत्रीय भेला बोलाएर सबैका सामु प्रतिनिधि छान्ने व्यवस्था गर्नुपर्छ जस्तो लाग्छ ।
हालै जापानबाट वेवकाष्ट भएको एउटा अनलाइन मिडियामा सुनामी पीडितको सन्दर्भमा आर्थिक अनियमितता भएको कुरा बाहिर आयो । तर टोकियोमा रहेका अधिकांश संघसंस्थाले यसलाई खण्डन गरि “होइन” भने । उनीहरुको विचारमा यो “निराधार आरोप” र “तथ्यहिन समाचार” थियो । एनआरएनए जापानले आफ्नो आधिकारिक वेवसाइडमा राखेको जापानका नेपाली सञ्चारमाध्यम मध्येको एक अनलाइन पोर्टलमा त्यो समाचार उल्लेख थियो । “सञ्चारमाध्यम” मा आएको समाचारलाई “निराधार र कपोलकल्पित” बनाउन जति मिहिनेत गरियो, अहिलेसम्म यसको वास्तविकता र हरहिसाबको आधिकारिक फाँटवारी संस्थागत रुपमा एनआरएनए जापानको नेतृत्वले बाहिर ल्याउन आवश्यक ठानेन । अब यसलाई के भन्ने ? “दालमे कुछ काला हे” त भन्नै परयो । एनआरएनए जापानले आधिकारिक मानेको संचारमाध्यममा प्रकाशित समाचार सही नहुन पनि सक्छ । तर विषय उठिसकेपछि मिहिन तरिकाले आम नेपाली जनतालाई जवाफ दिईयो भने संगठन र नेतृत्वमाथि बारम्बार प्रश्न उठाउने ठाउँ रहँदैन । यस्ता कुराहरुको तथ्यपरक जवाफ दिन सकिएन र ढिला गरियो भने पनि समाचारलाई “कपोलकल्पित” बनाउन बसेको भेलालाई जापानमा रहेका नेपालीले “चोरको खुट्टा काट् भन्दा उचालेको रहेछ” भनि बुझ्नेछन् । यसैले आर्थिक पारदर्शीताका लागि नेतृत्व पंक्तिले गम्भीर भएर सोच्दै यथार्थ के हो ? बाहिर ल्याउन आवश्यक छ ।
यतिबेला “मानवतस्कर” हरुले जापानमा आकर्षक तलब र कामको लोभ देखाएर सोझा र गरीव नेपालीसंग लाखौं रुपैया असुल्दै यहाँ ल्याई अलपत्र पारेको घटना बढ्दै गएको छ । गरीव नेपालीको पैसा, समय र मिहिनेतमा खेलवाड गरि रातारात “धनी” भएकाहरुले कमाइको केहि अंश सामाजिक काममा खर्चेको बहाना बनाएर एनआरएनएलाई आश्रयस्थल बनाएका पनि छन् । यसको छानवीन हुनु जरुरी छ । जापानमा रहेका नेपालीका समस्याका पोका धेरै छन् । समाधान गर्ने जिम्मा एनआरएनएको भने होइन । तर यो संस्थाले धेरै पहल गर्नसक्छ । जापानमा रहेका नेपालीहरुले एनआरएनए जापानलाई आफ्नो कर्मघरको अभिभावक सम्झिसकेपछि यसको नेतृत्व पंक्तिमा भएका र अब आउन चाहनेहरुले यहाँ रहेका हरेक नेपालीका समस्यालाई समाधान गर्न नसकेपनि बुझ्न चाहि सक्नुपर्छ । जापान आएको सक्षम नेपालीले नेपाल र नेपालीका लागि गरेको सहयोग तबमात्रै सार्थक हुन्छ, जब सबै नेपालीले कमाइको सानो अंश नेपाल विकासको लागि खर्चिन सक्छन् ।
समस्या हरेकका आ–आफ्ना छन्, जापानमा । सबैले चाहे भने गर्न नसकिने पनि केहि होइन । नेपालको विकास टाढाको कुरा भयो । सुरु यहिं जापान बसेका नेपालीलाई सहयोग गरेर गर्न सकिन्छ । पहिलो कुरो, जापानमा रहेका सम्पूर्ण नेपालीको तथ्यांक संकलन गरेर उनीहरुको अवस्था बुझ्ने । यसपछि आयश्रोतको आधारमा सदस्यता र नविकरण शुल्क निर्धारण गरेर उनीहरुलाई एनआरएनए जापानको सदस्यता दिलाउन सकिन्छ । नेपालीलाई काम लगाएर श्रम अनुसार ज्याला नदिने “मालिक”हरुको विगवीगी बढ्दो छ । यसलाई तह लगाउन अनुगमनको खाँचो छ । त्यस्ता “मालिक” लाई एनआरएनएको अभियानमा सरिक नगराइदिने हो भने मर्कामा परेका धेरै नेपाली खुशी हुनेथिए । भाषा र जापानी अध्यागमन कानुनको अभावमा नेपालीहरु धेरै अप्ठेरोमा परिरहेका छन् । भाषा र जापानी अध्यागमन कानुनबारे राम्रो ज्ञान भएका एनआरएनहरुले समुह बनाई त्यस्ता नेपालीलाई हप्ताको एकपटक भएपनि प्रशिक्षित गरिदिन सक्छ । नेपालीहरु एकै ठाउँमा भेला भएर कार्यक्रम गर्नु त राम्रो कुरा हो ।
तर जापानमा हुने जुनसुकै कार्यक्रमका सहभागि प्रायः एउटै अनुहारका हुन्छन् भन्दा अत्युक्ति नहोला । समय र पायक मिलाएर हरेक वर्ग र क्षेत्रका नेपालीलाई पनि कार्यक्रममा सहभागि गराए एनआरएनएको गरिमा बढ्न सक्छ । हरेक संस्थाको अधिवेशन भनेको विगतको कार्यसमीक्षा र आगामी कार्ययोजना साथै भावी नेतृत्वका लागि हुनेगर्छ । एनआरएनए जापानको आगामी अधिवेशन पनि यसैमा केन्द्रीत छ । तर अहिलेको चहलपहल हेर्दा भावी नेतृत्वको कसरतले बाँकि काम अधुरा र गौण हुने निश्चित छ । यसैले नेतृत्व चयनका बारे बेलैमा बुद्धि पुरयाउन जरुरी छ । हालै विद्यार्थीहरुको संस्था नेसाजले कम्प्युटर सिस्टमबाट चयन गरेको नेतृत्व प्रकृयालाई एनआरएनएले उपयोग गरयो भने धेरै राम्रो हुनेछ । अनि बल्ल नेपालीका साझा मुद्धामा छलफल गर्न पाइनेछ । एक पटकको नेपाली सधैंको नेपाली बन्न सक्छ । यी भनेको विना पैसामा गर्न सकिने कुरा हुन् । अब हामी सबैले जापानमा हुने विभिन्न भेला, वैठक र कार्यक्रममा लाग्ने समय, पैसा र खानपीनलाई कम गरी नेपाल र नेपालीको विकास जापानबाटै सुरु गरे कसो होला ?

Thursday, July 7, 2011

पत्रकारहरु र आम मान्छे

इन्द्रध्वज क्षेत्री
'सबै जनावर समान छन्, केही बढी समान छन् ।' जर्ज अरवेलको प्रसिद्ध कृति एनिमल फार्मको यो वाक्य समाजमा समानताका नाममा हुने असमानता जनाउन विभिन्न परिस्थितिमा प्रयोग गर्ने गरिन्छ । शीतयुद्धकालमा समाजवादी सोभियत संघसँग आबद्ध गणराज्यहरूमा निर्माण भएको खास कुलीन वर्गलाई देखाएर समाजवादी व्यवस्थामाथि प्रहार गर्न यो वाक्य धेरैले प्रयोग गर्ने गर्थे । सोभियत संघको पतनपछि पनि यो वाक्यले हामीलाई गिज्याउन छाडेको छैन ।
 वास्तवमा यस्ता बढी समानहरू समाजमा विभिन्न परिस्थितिमा निर्माण हुन्छन् । कानुनका अगाडि सबै समान हुने मन्त्र बोक्ने उदार प्रजातान्त्रिक व्यवस्थामा यो समानता केवल दर्शनमा मात्रै सीमित छ । बरु असमानताको निर्माण नै यो व्यवस्थाको मूल लक्ष्य हो । यस्तै बढी समानहरूको निर्माणमा अहिले आवाजविहीनहरूको आवाज भनिने नेपालको पत्रकारिता जगत् पनि रुमल्लिइरहेको छ ।
पत्रकारिताको व्यावसायिक आचारबारे लामो समयसम्म बहस आकषिर्त गर्ने देखिन्छ । प्रसंग हो विराटनगरका पत्रकार लानाथ ढकालमाथि एमालेसंबद्ध युवा संघ मोरङका उपाध्यक्ष परशुराम बस्नेतको निर्देशनमा भएको भनिएको आक्रमणको । घटनामा गम्भीर घाइते भएका ढकाल उपचारपछि घर फर्केका छन्, तर घटना सेलाइसकेको छैन । बरु यसले सञ्चारमाध्यम वा 
त्यही घटनाको केही दिनअघि -जेठ ११ गते) हिमाल खबरपत्रिकाका संवाददाता एकल सिलवाललाई धादिङको जोगीमारामा एउटा भीडले मरणासन्न हुने गरी कुट्यो र क्यामेरा तोडफोडपछि छाडिदियो । उनको वेदना कसैले सुनेन । कुनै साप्ताहिक पत्रिकाले पनि ठाउँ नदिएपछि उनले एउटा ब्लगमा आफ्नो वेदना पोखेका छन् । त्यसबारे पत्रकार महासंघले एउटा विज्ञप्ति पनि निकालेन । अन्य सञ्चारमाध्यम वा उनले काम गर्ने पत्रिकाले पनि यो कुरालाई छापेको छैन । विराटनगर घटनाको ५ दिनपछि जेठ २७ मा बारामा एकजना सरकारी कर्मचारी धिरज महतोको हत्या भयो । त्यो घटनाले पनि सञ्चारमाध्यममा खासै महत्त्व पाउन सकेन ।
यी घटनालाई समग्रमा हेर्दा नेपालको पत्रकारिताले थुप्रै किसिमले 'बढी समान' हरूको निर्माण गरेको स्पष्ट हुन्छ । आम मानिसभन्दा पत्रकार बढी समान छन् । आम मानिसको जीउधनभन्दा पत्रकारको जीउधन बढी महत्त्वपूर्ण छ अर्थात् मानिसको बाँच्न पाउने हकभन्दा प्रेस स्वतन्त्रता बढी महत्त्वपूर्ण हो । अर्कोतर्फ पत्रकारबीच नै पनि केही बढी समानहरू छन् । त्यहाँ यी बढी समानहरूका पनि तह हुन सक्छन् । जस्तैः शक्तिशाली 'ब्रोडसिट' पत्रिकामा काम गर्नेहरू, ठूला दलसँग संबद्धहरू आदि अलि बढी समान हुन् र जिल्लामा काम गर्नेहरू, दलित पत्रकारहरू अथवा कुनै दलको संरक्षण प्राप्त नगर्नेहरू कम समान हुन सक्छन् ।
सञ्चारकर्मीहरूले ढकालमाथि भएको आक्रमणलाई मानिसको सूचनाको हकमाथिको चुनौती र स्वतन्त्र प्रेसमाथिको आक्रमणको रूपमा लिएका छन् । यी दुवै तर्कसँग असहमति हुन सकिँदैन । पत्रकारले निसङ्कोच र निर्भयसाथ काम गर्न पाउनुपर्छ । घटनापछि सञ्चारमाध्यमहरूले गरेको कभरेज हेर्दा यो घटनालाई देशमा संविधान निर्माण र शान्ति प्रक्रियाभन्दा पनि महत्त्वपूर्ण एजेन्डा बनाइएको छ । सबैखाले सञ्चारमाध्यममा यो घटनाको प्रचुर र व्यापक 'कभरेज' भएको छ । तर, कानुनको शासन र जनताको सूचनाको हकका लागि गरिएको भनिएको यो आन्दोलन कतै प्रत्युत्पादक त भएको छैन ? जुन किसिमले पत्रिकाहरूले घटनाका आरोपित भनिएका परशुराम बस्नेत, उनको सम्पत्ति र व्यवहारबारे विवरणहरू बाहिर ल्याएका छन्, ढकालमाथि आक्रमण हुनुअघि नै यी कुरा किन बाहिर आउन सकेनन् ? किन यति धेरै ज्यादतीबारे समाचार लेख्ने प्रयास गरिएन ? यसले एकजना 'गुन्डा' का अगाडि नेपालको समग्र पत्रकारिता नै नतमस्तक हुँदोरहेछ भन्ने देखाउँछ । अहिले आएर फटाफट उनका कर्तुतबारे खोतल्दै जाँदा समग्र पत्रकारिताले आफ्नै कमजोरीप्रति
पनि कुरीकुरी गरिरहेको छ, अरू कति यस्ता 'डन' होलान् जसका क्रियाकलापप्रति नेपालको पत्रकारिताले आँखा चिम्लिरहेको होला ? 
सञ्चारमाध्यमहरू लामो समय एउटै घटना वा व्यक्तिका पछाडि दौडिरहँदा अन्य महत्त्वपूर्ण विषय छुट्ने जोखिम रहन्छ । अर्कोतर्फ राज्य वा अन्य शक्तिशाली निकायले बेलाबेलामा ध्यान अन्यत्रै खिच्न यस्ता मुद्दाहरूको निर्माण गरिदिन्छन् र सञ्चारमाध्यमहरूको ध्यान अन्यत्र मोडिइरहेका बेला आफ्ना खराब क्रियाकलापबारेका समाचारलाई गाड्ने (डम्प गर्ने) गर्छन् । यसले गर्दा झन् जनताको सूचनाको हकमाथि उल्टो आघात पुर्‍याउँछ । यो प्रकरणका कारण पनि यस्तै कुनै घटना भएका छन् कि ? उदाहरण लिऊँ बजेटको मुखमा आएर सञ्चारमाध्यमको ध्यान त्यता मोडिँदा अरबौं रुपैयाँको कर छली प्रकरणको अनुसन्धानमा ढिलाइ पो भइरहेको छ कि ? अथवा उनीहरूलाई सहुलियत दिने गरी बजेट निर्माण पो हुँदै छ कि ? अथवा सेना समायोजन प्रक्रिया अवरुद्ध हुनुका पछाडि सञ्चारमाध्यममार्फत उचित दबाब पो पुगेन कि ?
अब कुरा गरौं पत्रकार महासंघको आन्दोलनको । एउटा कुरा स्पष्ट छ, देशमा कानुनी शासन स्थापनाका लागि हाल सबैभन्दा ठूलो समस्या भनेको संक्रमणकालीन अवस्था हो । जतिसक्दो चाँडो शान्ति प्रक्रिया र संविधान निर्माण पूरा हुन्छ, त्यति नै छिटो यो समस्याको समाधान हुन सक्छ । यस्तो अवस्थामा पत्रकारिता जगत्कै हितका लागि पनि सबैभन्दा महत्त्वपूर्ण कुरा जारी संविधान निर्माण र शान्ति प्रक्रिया पूरा गराउन सकारात्मक हस्तक्षेप जरुरी छ । तर यो आन्दोलनले त यी सबै प्रक्रियालाई ओझेलमा पारेका छन् । कल्पना गरौं त, यी सबै प्रयत्नका बाबजुद परशुराम बस्नेतलाई प्रहरीले पक्राउ गर्न सकेन वा उनी अदालतबाट दोषी किटान हुन सकेनन् भने के होला ? पत्रकार महासंघको यो आन्दोलनको औचित्य के रहला ? अथवा उनी निर्दोष साबित भए भने उनको चुरीफुरी कति बढ्ला ? के यही एउटा घटनालाई आधार बनाएर सरकार समग्र रूपमा असफल भएको भन्ने जनमत सिर्जना गर्न त खोजिँदै छैन ? अब त परशुरामले प्रहरीसमक्ष आत्मसमर्पण नै गरे भने पनि उनी त 'हिरो' बनिसके । उनले चलाइरहेको व्यवसाय (गुन्डागर्दी वा अन्य) आगामी दिनमा झनै बढ्नेछ । समग्र पत्रकारिता जगत् बरु कहीँ न कहीँ जानी वा नजानी कसैको गोटी बन्न पुगेको छ र अभिजातवर्गहरूको निर्माण जारी छ । Source : @kantipur Daily

Wednesday, June 29, 2011

एमाले नेता ज्ञवाली जापान छिर्न नपाउनुको अर्थ

हुन त देवी ज्ञवाली जापान आउन नसक्नुभएको सम्बन्धि आर्टिकल माईसंसारमा आईसकेको छ । प्रारम्भिक चरणमा सम्बन्धित पक्षहरुसंग गरिएको कुराकानीमा आधारित भई त्यो आर्टिकल तयार पारिएको थियो  । माईसंसारमा आईसकेपछि पाठकहरुले दिएको सुझावहरु र आएका नयाँ विषयवस्तुहरुसंग सम्बन्धित रहि सरोकारवाला व्यक्तिहरुसंग फेरि सम्पर्क गरिसकेपछि अपडेट सहित पुन यो आर्टिकल प्रकाशित गरेको जानकारी गराउँछु । पाठकहरुले दिएका विश्वसनीय आधार र सुझावप्रति कृतज्ञ छु ।
कतिबेला आउने होला  ? नागोया एअरपोर्टमा देवी ज्ञवालीको पर्खाईमा
देवी ज्ञवाली जापानको एअरपोर्टबाटै फिर्ता भएको सम्बन्धि विषयवस्तु र समाचार टोक्यो नेपाल डट कम, वीलभ नेपाल डट कम, अनलाइन खबर समुद्रपारी, माईसंसार डट कम, दृष्टि साप्ताहिक, कालिका एफ एम चितवन,  माइसंसार डट कम र नेपाल जापान डट कममा पनि प्रकाशित भईसकेको छ । टोक्यो नेपाल डट कमले समाचार टिप्पणी र एनडिएफ जापानका अध्यक्ष डा. दिलिपचन्द्र घिमिरेको विज्ञप्ति पनि प्रकाशित गरिसकेको छ ।--लेखक 
जुन १६ तारिख विहीवारका दिन नेकपा एमालेका केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवाली जापानका नेपालीले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन नेपालबाट ड्रागन एअरमा हङकङ हुँदै उडे । तर जापानको नागोयास्थित चुबु अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निस्कने क्रममा त्यहाँको अध्यागमनले ज्ञवालीलाई रोक्यो । नेपाली लोकतान्त्रिक मञ्च जापानले आयोजना गरेको “नेपालको दीगो शान्ति स्थापनामा प्रवासी नेपालीहरुको भूमिका” विषयक कार्यक्रममा भाग लिन र यहि संस्थाले प्रकाशन गरेको “सूर्योदय स्मारिका २०६८” विमोचन गर्न प्रमुख अतिथिको रुपमा ज्ञवाली जापान आउन लागेका थिए । लोकतन्त्र, शान्ति र मानव अधिकारका पक्षमा काम गर्ने यो आयोजक संस्थालाई एनडिएफ जापानको नामले पनि चिनिन्छ ।  जापानी समय अनुसार राती ९ः०५ मा ओर्लिएका ज्ञवालीलाई “रिसिभ” गर्न ८ बजे नै एअरपोर्ट गएकाहरु राती १२ बजेसम्म बसेर रित्तो हात फर्किएका थिए ।
सरकारमा रहेको पार्टी एमालेका निर्वाचित केन्द्रीय सदस्य, त्यहिमाथि शालिन र बौद्धिक नेता रुपमा चिनिन्छ नेपाली राजनीतिमा ज्ञवालीलाई । उनी भरतपुर नगरपालिकाका उपमेयर समेत भईसकेका छन् । यद्दपि कार्यक्रमको बहाना बनाएर जापानमा लुकी लुकी पैसा कमाउने उनको उद्देश्य पटक्कै थिएन । किनभने जुन २४ तारिखमा त उनलाई नेपाल जसरी पनि फर्कनु नै थियो ।
नेपालस्थित जापानी राजदूतावासबाट भीसा पाएर पनि जापानको अध्यागमनले ज्ञवालीलाई रोक्नका पछाडि के कारण होला ? यतिबेला आम नेपाली समुदायमा यो चासोको विषय बनेको छ । चिन्ता आयोजकदेखि देवी ज्ञवालीसम्मकालाई परेको छ । विभिन्न चोरबाटो समातेर जापान छिरेका नेपालीहरुको संख्या जापानमा कम छैन । जो वर्षौसम्म पनि अनाधिकृत ढंगले जापानमा बसिरहेका छन् । तर नेपाली समुदायको बीचमा पूर्वघोषित कार्यक्रम सम्पन्न गरी फेरि नेपाल फर्कने पवीत्र उद्देश्यका साथ जापान आउन लागेका ज्ञवालीलाई बीच बाटामै तगारो लगाउनुको अर्थ जापानले नेपाललाई नपत्याएकै हो त ? यो घटनाले आयोजक संस्था नै गलत हो या ज्ञवालीको नियत खराब हो भन्ने कुराको प्रश्न उब्जाएको छ । साथै ज्ञवालीको जापान आगमनका लागि डकुमेण्ट तयार पार्नेदेखि लिएर खर्चको प्रायोजन गर्ने एनडिएफ जापानमाथि पनि प्रश्न तेस्र्याइदिएको छ ।
ज्ञवाली आउने दिन म पनि उनलाई लिन विमानस्थलमा गएको थिएँ । किनभने म आफैले सम्पादन गरेको सूर्योदय स्मारिकाको १९ तारिख आईतबार टोकियोमा भव्य कार्यक्रमको बीच उनैबाट विमोचन हुँदै थियो । एनडिएफ जापानको प्रचार विभाग प्रमुखका हैसियतमा सुरुमा देवी ज्ञवालीलाई जापान ल्याउने प्रस्ताव पनि मैले नै गरेको थिएँ । एअरपोर्ट जाने क्रममा आयोजक संस्थाका अध्यक्ष डा. दिलिपचन्द्र घिमिरे र पत्रकार कविकिरण न्यौपाने पनि संगै थिए । हङकङबाट ज्ञवालीलाई उडाएर ल्याएको क्याथे प्यासिफिक ल्याण्डिङ भईसकेपछि ज्ञवाली निस्कने बाटो ढुकेर हामीले उनलाई कुरिरहेका थियौं । अध्यक्ष डा.घिमिरे फूल लिएर उनलाई स्वागत गर्न तयारी हालतमा थिए । तर करिब ४५ मिनेटपछि दुईजना जापानीज हाम्रो सामु आए । अध्यागमनले ज्ञवालीलाई केरकार गरेको र ज्ञवालीले उपलव्ध गराएको अध्यक्ष घिमिरेको फोन नं.मा फोन नउठेपछि शंकाको घेरामा राखेको ती जापानीजको भनाई थियो । यसैले एकपटक भित्र अध्यागमन विभागमा सम्पर्क गर्न उनीहरुले सुझाव पनि दिए । उनीहरु हङकङबाट ज्ञवालीसंगै आएका रहेछन् । यो जानकारी आएपछि घिमिरे विमानस्थल सोधपुछ शाखा खोज्नपट्टि लागे । यहि बीचमा मेरो मोवाइलमा पनि भित्र अध्यागमनबाट फोन आयो । उसले घिमिरेलाई खोजेपछि मैले उनी यहाँ नभएकोले एकछिनपछि फोन गर्न लगाउँछु भनें । तर एकैछिनमा घिमिरेकै मोवाइलमा अध्यागमनबाट फोन आयो र उनीहरुबीच लामो कुराकानी भयो ।
यतिबेला रातको करिब १० बजिसकेको थियो । जहाज ल्याण्डिङ गरेको करिब एक घण्टाभित्र सबै मान्छे अध्यागमनको फलामे ढोका पार गरेर आफ्नो मान्छेको जिम्मामा आईसक्छन् । तर ज्ञवाली चाहि हाम्रो जिम्मामा आउनुको सट्टा उनकै विषयमा अध्यागमन अधिकारीसंग अध्यक्ष घिमिरेको ट्याकल चलिरह्यो । अध्यागमन अधिकारीहरुसित घिमिरेको फोनमा “ट्याकल” भईरहँदा त्यहिबेला एनडिएफका प्रमुख सल्लाहकार डा. राजेन्द्रप्रसाद पराजुलीले टोकियोबाट मलाई फोन गरे ।
“देवीजी निस्कनुभो बाहिर ?”–उनले सोधे ।
“अँहँ । अझै निस्कनुभा छैन । अल्लि अठ्यारो पार्ला जस्तो लाग्यो इमिग्रेसनले ।”– घिमिरेले फोनमा गरेको एकोहोरो वार्ता सुन्दा उनलाई यो जानकारी दिन मलाई अप्ठ्यारो थिएन । अक्सर फोन हुँदा रमाइला र मीठा कुरा गर्ने डा. राजेन्द्रको आवाज एकाएक नर्भस भएको पाएपछि मैले थपे,– “केहि उपाय लगाउनुपर्ला जस्तो छ ।” देवी ज्ञवालीलाई जापान बोलाएर स्मारिका विमोचन गर्न लगाउने प्रकृयामा उनी पनि निकै खटेका थिए ।
“किन देवी ज्ञवाली नै ल्याउने ? अरु नेता छैनन् र एमालेमा ?” केहि साथीले गर्ने प्रश्नमा उनी देवी ज्ञवालीको पक्षमा तत्काल प्रतिकृया दिने गर्थे, “विदेशमा हुने कार्यक्रममा अवसर नपाएको । भूगोलमा खटेको नेता अनि शालिन र बौद्धिक व्यक्तित्वका धनी । सधैं ठूला पदमा बसेका नेतालाई मात्रै विदेश ल्याउनुपर्छ र ?” डा. पराजुली स्मारिका प्रकाशन समितिका सदस्य पनि हुन् ।
अध्यागमन अधिकारीसंग भएको फोनवार्ता सकिएपछि डा. घिमिरे पनि अल्लि निराश जस्तै देखिए । उनले यतिमात्रै भने,“अझै अनुसन्धान गर्दैछन् । तर सजिलै छोड्ला जस्तो छैन ।” अल्लि अप्ठ्यारो स्थिति सिर्जना भईसकेपछि टोकियोमा रहेका सूर्य पाठक र सुन्दर पौडेल लगायतलाई पनि देवी ज्ञवालीको विषयमा “अपडेट” गर्ने काम भयो । यतिबेला रातको साढे ११ बजिसकेको थियो । राजदूत गणेश योन्जन तामाङलाई फोन गरेको उठेन । पछि उनैले घिमिरेलाई फोन गरेर ज्ञवालीको विषयमा जानकारी मागे । तत्काल राजदूतले अध्यागमनमा फोन गरेर केहि अप्ठेरो भएमा आफ्नो र नेपाली दूतावासको जिम्मामा ज्ञवालीलाई छाडिदिन आग्रह गरे । अध्यागमनबाट सकारात्मक जवाफ आएकोले करिब दश मिनेटपछि ज्ञवाली बाहिर निस्कने राजदूतबाट जानकारी आयो । यो बीचमा अन्य क्षेत्र र तरिकाबाट पनि ज्ञवालीलाई बाहिर निकाल्ने प्रयास जारि रह्यो । साथै भित्र अध्यागमन अधिकारीबाट समेत घिमिरेसंग फोनवार्ता भईरहेको थियो । त्यहिमाथि राजदूतले समेत “देवीजी अब बाहिर निस्कन लाग्नुभएको छ” भनिसकेपछि हामीले समस्या समाधान भईसकेको ठानेका थियौं ।
रातको १२ बज्यो । अन्तर्राष्ट्रिय उडान भरेर यात्रुलाई “रिसिभ” गर्न आएका मान्छेहरु विमानस्थलमा सबै सकिए । रेलसेवा बन्द भईसकेको थियो । हामी तीनजना मात्रै बाँकि थियौं । ज्ञवाली आउने आशा जीवितै भएपनि सबैको अनुहारमा निराशा झल्कन्थ्यो । उनलाई स्वागत गर्न ल्याएको फूल पनि ओइलाइसकेको थियो । यत्तिकैमा विमानस्थल सुरक्षार्थ खटिएको एक जना सेक्युरिटी गार्ड हामी भएतिर आए । आउनुपर्ने जहाजका यात्रु सबै “क्लियर” भएकाले हामीहरु त्यहाँ बस्नुको उद्देश्य ती गार्डलाई जान्न मन लाग्यो । उनलाई सबै कुरा बताएपछि कुरो जे सुकै भएपनि “यो ठाउँ क्लियर” गर्नुपर्ने उनको भनाई थियो । यसैले त्यो ठाउँ छाडेर अल्लि पर अर्कै ठाउँ खोज्नपट्टि लाग्यौं । यति नै बेला अध्यामगनबाट घिमिरेको मोवाइलमा फेरि फोन आयो । किनभने यो विषयमा घिमिरेले नै अध्यागमनसंग डिल गरिरहेका थिए । अध्यागमनले घिमिरेलाई यतिमात्रै भन्यो,“तपाईहरुको आवश्यक कागजात, चित्तबुझ्दो जवाफ र प्रोफाइलप्रति हामी सन्तुष्ट हुन सकेनौं । यसैले हामीले देवी ज्ञवालीलाई जापान छिर्न नदिई नेपाल पठाउने निधो गर्यौं । यो हाम्रो अन्तिम डिसिजन भयो । यसमा ज्ञवाली पनि मञ्जुर हुनुभयो । उहाँ भोली दिउँसोको उडानमा नेपाल फर्कदै हुनुहुन्छ । अब तपाईहरु जान सक्नुहुन्छ ।” अध्यागमनको यो निर्णयले हामी सबै निराश भयौं । केहि समयअघिसम्म ज्ञवालीको विषयमा अपडेट गरिरहेकाहरु चिन्ता मान्न थाले । अध्यागमनलाई चित्त नबुझेपछि जो जसुकैलाई पनि आवश्यक कागजात, चित्तबुझ्दो जवाफ र  प्रोफाइलप्रति असन्तुष्ट भनेर प्रतिकृया दिईन्छ । तर भित्री गुदो कुरोको लागि चाहि आत्मसमीक्षा गर्नैपर्ने हुन्छ ।
 देवी ज्ञवालीलाई प्रमुख अतिथि बनाएर नागोया र टोकियोमा गरिने कार्यक्रमको भव्य तयारी भईसकेको थियो । अतिथिहरुलाई निमन्त्रणा पुगिसकेको थियो । त्यहिमाथि संस्थाले निकाल्न लागेको सूर्योदय स्मारिकाको विमोचनका लागि नेपालबाट ल्याएको किताब र व्यानर समेत उहासंगै थियो । ज्ञवालीलाई बाहिर आउन नदिएपनि त्यो सामान दिनका लागि हामीले गरेको अनुरोध पनि अध्यागमनले मानेन । यति भईसकेपछि लडाईमा हारेर लखतरान भएको सिपाही झैं विमानस्थल छोड्नु बाहेक हामीसंग अर्को विकल्प थिएन । राती नै भएपनि चिन्ता र चासोले गर्दा एनडिएफ जापानका जिम्मेवार पदाधिकारीहरुलाई यी सबै कुराको जानकारी भयो ।
कोठामा पुग्दा रातको २ बजिसकेको थियो । एमाले महासचिव ईश्वर पोखरेल र पत्रकार विष्णु छिमेकीलाई औपचारिक रुपमा यो विषयमा प्रत्यक्ष जानकारी गराईयो । प्रधानमन्त्री झलनाथ खनाल र विदेश विभाग प्रमुख केपी शर्मा वलीसंग सम्पर्क हुन सकेन । यद्दपि उहाँहरुका निकटवर्तीका कारण खबर पुरयाउने काम भने भयो । भोलीपल्ट विहानै भएपनि  एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई जानकारी गराईयो । जापान अध्यामगनले यो डिसिजन गरेपनि उहाँहरुलाई जानकारी गराएको खण्डमा नेपालस्थित जापानी दूतावासबाट देवी ज्ञवालीलाई कार्यक्रममा सहभागि गराउन सकिन्छ कि भन्ने झिनो आशा बाँकि नै थियो हामीमा । रात छिप्पिदै गईसकेकाले यो सम्भव चाहि थिएन । हामी कसैलाई निद्रा त लागेकै थिएन, त्यहिमाथि त्यो रात हामीले नेपाल र जापानमा रहेका धेरै मान्छेका मीठो निद्रा खल्बलाएर अन्याय गरिरहेका थियौं । राजधानी टोकियोमा रहेका संस्थाका पदाधिकारीहरुको हालत पनि उस्तै थियो । एमालेकै कोटामा राजदूत भएर जापान आएकै कारणले होला, राजदूत योञ्जनको तनाव पनि कम्ति थिएन । सबैको तनावले काम गर्न छाडेपछि भोली विहान कुर्नुबाहेक अर्को उपाय भएन । भोलीपल्ट शुक्रबार विहान पनि नेपालदेखि जापानसम्म उहाँलाई छुटाउन निकै पहल भए । तर विहानै जापानी समय अनुसार १०ः१५ को उडानबाट उहाँ जाने पक्का भएपछि थप प्रयास गर्न छाडि यो “युद्ध” हारेको बल्ल स्वीकार गरियो । उहाँको उपस्थितिमा हुने सबै कार्यक्रम “प्राविधिक कारणबश” स्थगित गरेको सूचना जारी भयो । तर यो जारी सूचनासंगै जापानवासी आम नेपालीका माझमा कौतुहलता बढ्दै थियो, आखिर किन यस्तो भयो होला ? भन्ने ।
देवी ज्ञवाली नेपाल फर्किएको पक्का भएपनि उहाँबाटै यो विषयमा आधिकारिक कुरा नआएसम्म खबरलाई सनसनी बनाउनु आवश्यक पनि थिएन । किनभने त्यत्तिको जिम्मेवार नेताले पक्कै अध्यागमन अधिकारीसंग पनि आफ्नै खालको ट्याकल गरेको हुनुपर्छ र सजिलै नेपाल फर्किनुभएको छैन भन्ने हामीलाई लाग्यो । यसको लागि शुक्रबार मध्यरातको समय कुर्नुपर्ने भयो । किनभने उहाँ शुक्रबार रातीमात्रै नेपाल पुग्ने कुरा अध्यागमनबाट जानकारी पाएका थियौं । त्यस रात उहाँको फोन लागेन । जापानी समय अनुसार शनिवार विहान ९ बजे उहाँसंग कुरा भयो । संयोग के परेछ भने कुक भीसामा टोकियो आएका एकजना चितवनका वासिन्दा पनि अर्को ठाउँमा काम गरेवापत अध्यागमन प्रहरीले पक्राउ गरेपछि नेपाल फर्केका रहेछन् । ज्ञवाली र उनको हङकङमा भेट भएको रैछ । यसरी फर्केकाहरु नेपालको अध्यागमनको निगरानीमा समेत पर्दारहेछन् । ती कर्मचारीले उनीहरुको कागजपत्रका आधारमा विदेशमा गरेको गल्तीको कसुर जाँचेपछि मात्रै त्रिभुवन विमानस्थल पार गर्न पाईने रहेछ । राती ती कर्मचारी विमानस्थलमा नभएका कारण ज्ञवाली र अर्का नेपालीको वास त्रिभुवन विमानस्थलमै वित्यो । शनिवार विहान ११ बजे अध्यागमन कर्मचारी आएपछि मात्रै उनीहरु बाहिर निस्केका थिए । पक्कै हङकङदेखि नेपालसम्मको यात्रा, अनि रातभरको विमानस्थलको वसाइका बेला ती नेपालीबाट जापानका नेपालीको अवस्थाबारे धेरै कुरा बुझ्ने अवसर ज्ञवालीले पाए ।
ज्ञवालीका अनुसार सुरुमा आयोजक संस्था र अध्यक्ष घिमिरेको प्रोफाइलमाथि प्रश्न उठाएको अध्यागमनले अन्त्यमा गएर जापानमा रहेका अन्य नेपाली समुदायका गलत क्रियाकलापमाथि बढि चासो देखाउँदै उनलाई पनि त्यहि दर्जामा राखेको प्रष्ट हुन्छ । तर अध्यक्ष घिमिरेले यसरी संस्थाको नाममा कोहि पनि जापानमा लुकिछिपी बसेको आफ्नो जानकारीमा नआएको बताए । एनडिएफ जापान र आफ्नो नाममा जमानी बसेर कोहि पनि यहाँ लुकिछिपि नबसेको घिमिरेको दावी छ । तर अध्यागमनको आशय शुरुमा विभिन्न कार्यक्रमको बहाना बनाएर कुनै संस्थाको आयोजना र प्रायोजनमा नेपाली जापान छिर्दा रहेछन् । अनि केहि समपछि “माओवादी पीडित” या अरु कुनै बहाना बनाएर शरणार्थी बन्ने लहर नै चलेको रहेछ । यस्ता नक्कली शरणार्थीहरुका कारण नै ज्ञवालीलाई जापान छिर्न अल्लि अप्ठेरो भएकै हो । राजदूतका अनुसार पनि जापानमा शरणार्थी मुद्धा लडिरहेका नेपालीको संख्या करिब १७० रहेको छ ।
तर देवी ज्ञवालीको हकमा चाहि जापानको अध्यागमनले एनडिएफ जापानको प्रोफाइललाई गलत ढंगले बुझेको र अध्यागमन कार्यालयमा भाषा अनुवाद गर्नेले त्यहाँका अधिकारीलाई पनि गलत तरिकाले व्याख्या गरेको अध्यक्ष घिमिरेको तर्क छ । अरु सबै कुरामा सम्झौता गर्न सकिएपनि अन्तमा आयोजकसंग पर्याप्त आर्थिक स्रोत नभएको भन्ने कारण देखाउनु भनेको ज्ञवालीलाई जापान छिर्न नदिने अध्यागमनको एउटा बहानाका रुपमा लिन सकिने उनको भनाई छ । उनीसंग रातो पासपोर्ट पनि थिएन ।  साधारण राहदानीका भरमा जापान आउँदा ज्ञवालीसंग भने १ सय ३० अमेरिकी डलर र १० हजार जापानी येन मात्रै थियो आयोजकले खाने, बस्ने र यातायात खर्च बेहोर्ने अवस्थामा देवी ज्ञवालीले आफ्नो साथमा ल्याएको यो रकमलाई पकेट खर्च को रुपमा केहि दिन जापान बस्न पर्याप्त नै मान्नुपर्दछ । ।किनकि ज्ञवालीलाई नेपालबाट बोलाएर जापानमा रहँदा हुने खर्च गर्नका लागि पनि एनडिएफसंग पर्याप्त आर्थिक स्रोत रहेको अध्यक्ष घिमिरे बताउँछन् । साथै पछिल्लो समयमा गएको जनवरीमा पनि एनडिएफकै निमन्त्रणामा एमाले महासचिव ईश्वर पोखरेल, अनेमसंघ सचिवालय सदस्य मीरा ध्वजु, एमाले सम्पर्क विभाग सचिव डा. भीष्म अधिकारी जापानमा कार्यक्रम गरि नेपाल फर्किएका थिए । यसपछि पनि आफ्नो व्यक्तिगत निमन्त्रणामा परिवारका मान्छेहरु जापान आई नेपाल फर्किएको घिमिरेले बताए । त्यसो त डा. घिमिरे पनि जापानमा “प्रोफेसर स्टाटस” भएका मान्छे हुन् । “ज्ञवालीले पनि परिचय खुल्ने सबै कागजात बोकेको, उहाँसंग पनि केहि पैसा रहेको र स्वमय् दुतावास जमानी बसेर नेपाल फर्काउँछु भन्दा पनि अध्यागमन तयार नभएको, ज्ञवालीसंग दुतावास र आयोजकलाई दोहोरो संवाद गर्न नदिएको कारण अध्यागमन र हामीबीचको बुझाइमा केहि समस्या भएकैले उहाँलाई जापान प्रवेश गर्न नदिएको भन्ने तत्कालको हाम्रो बुझाई छ ।” ज्ञवाली नेपाल फर्कनुको कारण प्रष्ट्याउँदै उनले निकालेको विज्ञप्तिमा उल्लेख छ । अहिले सरकारमा रहेको कम्युनिष्ट पार्टीको केन्द्रीय नेताको रुपमा चिनाउँदा अध्यागमनले चाहि ज्ञवालीलाई “माओवादी” का रुपमा बुझेको घिमिरेको भनाई थियो ।
अध्यागमनले धेरै शंका गर्न थालेपछि अन्तिममा फोनमा भएपनि राजदूत र आयोजकलाई भेट्न ज्ञवालीले निवेदन गरे । तर यसो गर्न पनि दिईएन । “त्यसो भए एक घण्टाका लागि मात्रै भएपनि मलाई बाहिर गएर आयोजकलाई भेट्न दिनुहोस्” भन्ने ज्ञवालीको अनुरोध पनि अध्यागमनले मानेन ।
“तपाई जापान छिर्नको लागि अब अपिल गर्नपर्छ ।” अध्यागमनले भन्यो । “अपिलको सुनुवाइ कहिले हुन्छ त ?” ज्ञवालीले प्रश्न गरे । “सामान्यतया छ महिनाभित्र” अध्यागमनबाट जवाफ आयो । त्यसोभए एनडिएफको कार्यक्रममा सहभागी हुन नपाए अपिलको कुनैपनि अर्थ नहुने भन्दै ज्ञवाली नेपाल फर्कन मञ्जुर भएका रहेछन् । किनभने उनलाई तत्काल एमालेकै मिटिंगमा सहभागी हुनुथियो । जापानको त्यो रात ज्ञवालीले अध्यागमनकै एक्लै एउटा कोठामा विताए । उनलाई खानेकुराको व्यवस्था गरिएको थिएन । 
ज्ञवालीलाई फर्काइएको घटनाबाट एनडिएफ जापान जिम्मेवार हुनैपर्छ, यसमा दुईमत छैन । तर राजनीतिक आस्थाका आधारमा यो घटनालाई “खुच्चिङ” भन्नुको चाहि कुनै अर्थ छैन । किनभने यसअघि माओवादी नेता सीपी गजुरेललाइ पनि यसैगरि नागोया विमानस्थलमा रोकिएको थियो, पछि राजदूत नै जमानी बसेर उनलाई छाडेका थिए । देवी ज्ञवालीका लागि पनि राजदूत जमानी बस्न खोजेका हुन् ।
यो समस्या आउनु भनेको नेपालको राजनीतिक नेतृत्वलाई जापान सरकारले हेर्ने दृष्टिकोणमा कमी आएकै हो । नेपालीे राजनीतिमा इमान्दारिता भएको भए नेपालका नेतालाई जापानको यो बेइमानी हुने थिएन । देवी ज्ञवालीले पनि यो कुरो बुझ्नु जरुरी छ । संगसंगै जापानमा रहेका नेपाली समुदायले जापान सरकारको विश्वास नजितेकै हुन् । किनभने नेपालीको समग्र प्रोफाइल पनि सन्तोषजनक छ जस्तो लाग्दैन । जापान बस्नकै लागि नक्कली शरणार्थीको कागज पेश गरेर अध्यागमनलाई छक्याउने खेल त नेपालीबाट भएकै छ, त्यहिमाथि नेपाली तथा इण्डियन रेष्टुरेण्टमा काम गर्ने कामदारहरुले श्रम अनुसारको ज्याला पाएका छैनन् । यस प्रकारका थुप्रै उजुरीहरु एनआरएनदेखि मजदुरका संगठनसम्म आएपनि जापानका “गन्यमान्य” समेत मुछिने डरले सबै मौन छन् । अनि “दले” को फन्दामा परि जापान आउन चर्को पैसा तिर्नेहरुको जमात पनि यहाँ कम छैन । अब यहाँका नेपाली समुदायबाट भएका गल्तीलाई दूतावासको पहलमा बेलैमा समाधान गर्न जरुरी छ । खराब नियतले जापान छिर्नेका लागि “मानव तस्करीहरु” ले अनेक चोरबाटाहरु त रचिहाल्छन् । तर यहि अवस्था रहेमा देवी ज्ञवाली झैं असल नियतले जापान आउन खोज्नेहरुका लागि भने “धान खाने मुसो, चोट पाउने भ्यागुतो” भईरहन्छ । 
नेपालको शान्ति प्रकृयामा जापानमै रहेर विद्यावारिधी गरिरहेका सूर्य पाठक यो घटनाले गरीब र कमजोर देशको नागरिकलाई स्वतन्त्रता र मानव अधिकारको प्रयोग गर्ने अधिकारबाट सभ्य देशले वञ्चित गरिरहेको बताउँछन् । “कमजोर र गरीब देशको नागरिक हुनुको पीडा कस्तो हुन्छ, शायद परदेशमा बसेका नेपालीलाई अनुभूति छ । किनभने ठूला देशको व्यवहारमा नेपाली त नागरिक नै होइनन् जस्तो भईसक्यो ।” एमालेका नेता समेत रहेका पाठकको तर्क छ ।
एनडिएफ जापानभित्र देवी ज्ञवालीको विषयलाई लिएर पदाधिकारीहरुबीच सल्किएको “भुसको आगो” निभाउने पहल कसैबाट भएको छैन । समय बढ्दै जाँदा यसको नैतिक जिम्मेवारी पनि कसैले लिएका छैनन् । अध्यागमनले त देवी ज्ञवालीलाई प्रष्ट कारण सहित फर्काइदिएको छ । कसैलाई एअरपोर्टपाटै फर्काउनु वा भीसा नै नदिनु भनेको सम्बन्धित संस्था र स्पोन्सर गर्ने व्यक्तिको प्रोफाइल गलत हुनु, चित्तबुझ्दो जवाफ अधिकारीलाई दिन नसक्नु र आवश्यक कागजात र पैसाको कमी हुनु नै साझा कारण हो । यसको आधार के त ? आत्मसमीक्षा हुनु जरुरी छ । अध्यागमन अधिकारीको भनाई उद्दृत गर्दै देवी ज्ञवालीले भने “एनडिएफ जापानका अध्यक्षले यस अघि नै अरु कसैलाई बोलाएर जापानमा लुकाइ छिपाइ राखेका रहेछन् । यहि भएर मलाई समेत जापान छिर्न समस्या परयो ।”  साथै घिमिरे र ज्ञवाली स्वयम्ले अध्यागमन अधिकारीलाई चित्तबुझ्दो जवाफ दिन नसकेकै हो ।  यतिसम्म कि जापानमा कहाँ बस्ने, के गर्ने, भन्ने सम्बन्धमा डा घिमिरे ले  “सेड्युल” पेपर बनाएर नपठाउँदा पक्कै दुई जनाबीचको कुरा बाझिएको अनुमान गर्न सकिन्छ । अध्यागमन अधिकारीले देवी ज्ञवालीसंग प्रश्न गरिरहँदा न उनीसंग धेरै पैसा थियो, न त सेड्युल पेपर र होटल बुकिङ अनि क्रेडिट कार्ड नै । पटक पटक विदेश गएको र आर्थिक स्तर राम्रो भएको नेताले यी सबै कुरा आफै जुटाउन सक्थ्यो होला, तर देवी ज्ञवाली जस्ता नेताबाट यो सम्भव पनि थिएन ।

Wednesday, June 8, 2011

एनआरएनका लागि लडाई त विचारको हुनुपर्थ्यो, शरीरको होइन ।

कार्टुन फोटो
चितवनका पत्रकार कविकिरण न्यौपाने लगातार जापानको नागोयामा बसेको दुई वर्ष पुग्यो । नियमले उनी एनआरएन जापानको सदस्य हुनुपर्ने हो, तर छैनन् । सार्क मुलुक बाहेकका देशमा १८२ दिनभन्दा बढि बसेका नेपालीले यसको सदस्य बन्न पाउनुपर्ने नियम छ । जसलाई एनआरएन अर्थात् गैर आवासीय नेपाली पनि भन्ने गरिन्छ । तर जापान बसाईको लामो अवधिसम्म उनले न एनआरएन जापानको सदस्य बन्न ईच्छा जाहेर गरे, न त सम्बन्धित संस्थाले उनलाई सदस्य बनाउन प्रेरित नै गरयो । यो बढेको दुरीसंगै गैर आवासीय नेपालीको संगठनको सदस्यका हैसियतमा नसमेटिएका न्यौपाने जस्ता नेपाली जापानमा प्रशस्तै भेटिन्छन् । यद्दपि उनीहरुको चिन्ता, चासो र भरोसा भने एनआरएनएप्रति बढिरहेको छ ।
यसैक्रममा कविजीले केहि समय अघि नागोया क्षेत्रका नेपालीहरुको सामुहिक मेलमा लेखेको प्रतिक्रियाबाट नागोयाको साधारण नेपाली समाजले एनआरएनएलाई कसरी बुझेका रहेछन् भनेर प्रष्ट हुन्छ । म आफै पनि यो ग्रुपमेलको सदस्य भएका नाताले यसमा हुनेगरेका छलफलका बारेमा मलाई जानकारी पाउन सजिलो हुने नै भयो । न्यौपानेका अनुसार आगामी जुन १२ तारिखमा हुन लागेको  एनआरएन नागोयाको क्षत्रीय अधिवेशनको सवाललाई लिएर यहाँ उपलव्ध नेपालीहरुबीच अल्लि समय पहिले वृहद् छलफल चल्यो । आगामी नेतृत्व कसले लिने भन्ने सम्बन्धमा त्यहाँ जुहारी चलेछ । एकापसमा आरोप प्रत्यारोप बढ्दै गएपछि हात हालाहालको स्थिति उत्पन्न भयो । न्यौपानेले लेखेका छन्,“ अधिवेशनको विषयलाई लिएर जापानमा रहेका पुँजीपति, उद्योगी र बुद्धिजीवीहरुको भेलामा हात हालाहालको स्थिति दुःखलाग्दो र लाजमर्दो कुरा हो ।”
संगसंगै न्यौपानेले एउटा दह्रो कुरो पनि उठाए । त्यो के भने,“ एनआरएनए भनेको धनी र हुनेखानेहरुको संस्था मात्रै हो भन्ने आवाज उठिरहेका बेलामा जापानमा रहेका सबै वर्ग र नेपालीहरुबाट पिल्सिएकाहरु नै यो संस्थामा अटाए राम्रो हुन्थ्यो कि ?”
एनआरएनएका अभियानकर्मीहरुबीचको यो “भीडन्त” लाई  एनआरएन तोकाइ होकुरिकु क्षेत्रीय अध्यक्ष विजयप्रसाद खनालको अर्को इमेल प्रतिक्रियाले झनै पुष्टि गरयो । अध्यक्ष खनालले पनि यो “भीडन्त” सत्य सावित गरिदिए । उनका अनुसार छलफल भनिएपनि त्यहाँ मदिरापान भएछ । मदिराले लठ्टीएपछि हानाहान हुनु स्वाभाविकै थियो । जसका कारण बोत्तलका शिशा फुटेछन्, पछि प्रहरी पनि आएछन् अनि सबै भागाभाग भएछन् । पैसा नहुनेहरुले चुप लागेर सुनिदिने बाहेक अर्को विकल्प नरहेको भन्दै खनालले अब चाहि एनआरएनएलाई सबै मिलेर राम्रो बनाउन लागिपर्ने पनि उल्लेख गरेका छन् । यो सबै “पैसाको कमाल” भएको अध्यक्ष खनालको ठम्याई पनि छ ।
नागोयामा एनआरएन तोकाइ होकुरिकुको १२ गते हुने क्षेत्रीय अधिवेशन यो तेश्रो हो । एनआरएन जापानको नेतृत्व तहमा बसिरहेका, क्षेत्रीय अधिवेशनमा उम्मेदवारी घोषणा गरेका र क्षेत्रीय समितिका पदाधिकारी सम्मिलित “वैठक” मा चलेको यो मारमुङ्ग्रीले आम जनमानसमा पारेको छापलाई पक्कै पनि सकारात्मक ढंगले लिन सकिंदैन । लडाई त विचारको हुनुपर्थ्यो, शरीरको होइन । चुनावी रणनीतिका क्रममा उम्मेदवारी घोषणासंगसंगै नेपाली नेपालीबीच एकापसमा “नाङ्गेझार” पार्ने रणनीतिले कसलाई फाइदा गर्छ र ? पैसाको बलमा नशा र नशाको बलमा दशा निम्त्याउने खेल खेलेर शान्त जापानीका बीचमा “वीर गोर्खाली” बन्ने उनीहरुको कसरतलाई जसो गरेपनि क्षम्य हुन सक्दैन ।
नागोयामा यो विवाद चलिरहँदा एकैछिन सिंगो जापानका नेपालीबीचको कुरो गर्न मन लाग्यो । अहिलेसम्म जापानमा कति नेपाली के गरिरहेका छन् र कस्तो अवस्थामा बसिरहेका छन् भन्ने बारेमा कसैसंग गतिलो तथ्यांक छैन । तर जापानमा रहेका नेपालीहरु तीन वर्गमा विभाजित पक्कै छन् । विद्यार्थी, व्यवसायी र कामदार । विद्यार्थीहरु पनि भाषा पढ्न आएका र विश्वविद्यालयमा अध्ययनरत गरी दुई थरी छन् । धेरै कमाउने र थोरै कमाउनेको नाममा व्यावसायी र कामदार  वर्गिकृत छन् । यी सबैको व्याख्या आ–आफ्नो छ । एकले अर्कोको अस्तित्व स्वीकार्न सकेका छैनन् । कुक भीसामा आएकाको त कुरै छाडौं, उसलाई त कसैले गन्ने नै भएन । जापानमा भाषा पढ्न आउने सामान्य विद्यार्थीले तिरेको खर्चबाट कन्सल्टेन्सीको “मालिक” बन्नेहरुदेखि कुकले जापान आउँदा तिरेको पैसाबाट “रेष्टुरेण्ट व्यावसायी” बनेकाहरुसम्म अहिले एनआरएनएको चर्का नारा लगाउँदै हिड्दा सच्चा एनआरएनए अभियानकर्ता जापानमा खोज्नैपर्ने भईसकेको छ । एनडिएफको प्रकाशोन्मुख स्मारिका “सूर्योदय”मा एनआरएन जापानका उपाध्यक्ष भूषण घिमिरेले जनाएअनुसार जापानमा रहेका १५ हजार दुई सय ५५ जना नेपालीमध्ये सबैभन्दा बढि चार हजार नौसय ७१ जना त कुक भीसामा आएका रैछन् । यो दुईवर्ष अघिको तथ्यांक हो । तर यो वर्ग अझै एनआरएन जापानमा समेटिन सकेको छैन । यद्दपि यसलाई उदाहरणको रुपमा मात्र लिन सकिन्छ ।
समस्या नभएको क्षेत्र त कतै छैन । संगसंगै समाधान पनि छ । जापानमा आएका नेपाली आफ्नो देशबाट पलायन भएका पक्कै होईनन् । लक्षित उद्देश्य प्राप्तिपछि अधिकांश नेपाल पनि फर्कन्छन् । जापान आउने बाटो पहिचानका सन्दर्भमा हरेकको बाटो अर्थात् “भीसा स्टाटस” फरक हुनसक्छ । तर यसैलाई आधार बनाएर जापानका नेपालीलाई वर्गीकरण गरिनुहुँदैन । सामान्य विद्यार्थीदेखि कुकसम्मको लुकेको प्रतिभा पहिचान गर्नका लागि जापानमा लामो समय व्यतित गरेका नेपालीले मद्दत गर्नुपर्ने भईसकेको छ । गतिलो काम नपाइने, पाएपनि श्रमको मूल्य नपाइने समस्या यहाँ झन् विकराल बन्दैछ । आफ्नो “भीसा स्टाटस” बचाउनका लागि रातदिन किचन कुनामा बसेका नेपालीको समस्या बुझ्ने बेला आइसक्यो । जापानीज भाषाको समस्या उस्तै छ, नेपालीबीच । विद्यार्थीहरुको संस्था नेसाजले अब भाषा नजानेका नवप्रवेशी नेपालीहरुलाई समेटेर हप्ताको एक पटक भएपनि भाषा प्रशिक्षण दिने व्यवस्था मिलाए कति राम्रो हुन्थ्यो । जापानी कानुनमा भुक्तभोगी नेपालीले जापानको रहनसहन र कानुनबारे सामान्य जानकारी दिएदेखि जापान आएका नयाँ नेपालीलाई प्रशासनिक कामकाजमा कति सजिलो हुन्थ्यो । समस्त नेपालीका नाममा गरिने अनौपचारिक भेला, रमाइलो र अन्य औपचारिक कार्यक्रमसंगै समस्यामा परेका नेपालीलाई सहयोग गर्ने वातावरण एनआरएनएले मिलाउनुपर्ने हो । तर गरेको भेटिएको छैन । विगतमा जे जस्तो भएपनि आगामी एनआरएन नागोयाको नेतृत्वले सही कार्यदिसा अपनाएर उदाहरणीय क्षत्रीय समिति बनेर देखाउनुपर्ने भईसकेको छ ।
एनआरएन नागोयाको अधिवेशनको म पनि मतदाता नभई शुभचिन्तक मात्र हुँ । किनकि म पनि कविजी जस्तै सदस्य भईसकेको छैन । यद्दपि सौहाद्रपूर्ण वातावरणका बीच आम सहमति र सहकार्यका माध्यमबाट नयाँ नेतृत्व चुनियोस् भन्ने आम नेपालीको मान्यता छ । अधिवेशनको दौरानमा भएगरेका “मारामार” ले एनआरएनएलाई मात्र होइन, यहाँ रहेका समस्त नेपालीलाई विदेशीका सामु लाजै लाग्ने परिस्थिति निम्त्याउँछ । हाम्रो क्रियाकलाप सबैले देखिरहेको हुन्छ । किनभने हामी नेपाली जहाँ भएपनि एउटै आकाशमुनि र यहि धर्तीमाथि अडिएका छौं । अन्त्यमा एनआरएन जापान धनी र हुनेखानेहरुको मात्रै संस्था नबनोस् ।

Wednesday, April 27, 2011

पत्रकार गतिछाडा कि गतिछाडा पत्रकार ?

जापानका मीत्र दिनेशराज ज्ञवालीको रुची साहित्य र फेसबुकमा उत्तिकै छ । अनि नेपाल र नेपाली सम्बन्धित समाचार नियमित जसो पढ्ने हेर्ने र सुन्ने बानी पनि छ उनको । सामाजिक सजालको रुपमा लोकपि्रयता कमाउँदै समसामयिक विषयमा छलफल चल्ने फेसबुकमा म पनि ज्ञवालीको साथी हुँ । गत शनिवार आफ्ना साथीहरुमाझ छलफल चलोस् भन्ने उद्देश्यले ज्ञवालीले फेसबुकमा एउटा 'स्टाटस' लेखे, 'आजकाल पत्रकार गतीछाडा भाका हुन् कि गतिछाडाहरु पत्रकार भाका हुन्' ?पत्रकारितामा वामे सर्दै गरेको बेलामा मीत्र ज्ञवालीबाट आएको यो 'स्टाटस' ले कुनै पनि पत्रकारको मन छुनु स्वाभाविकै हो । मलाई पनि त्यस्तै भयो ।
फेसबुकमा यो छलफल चलिरहँदा देशमा अनुजा प्रकरणको चुली चुलिदै थियो । राम्रो काम गरेवापत सामान्य जनतादेखि राष्टपतिसम्मकाले अनुजालाई बधाई दिईरहेका थिए । ज्ञवाली पनि अनुजाको प्रशंसक थिए । सार्वजनिक वसमा एकानब्बे लाख र हीराको हार भेटाएर पाँच दिनपछि सम्बन्धित धनीलाई आफैले खोजेर फिर्ता दिएको घटनाले अनुजा सबैका सामु हाइ हाइ बनिरहेकि थिईन् । सबैबाट स्यावासी बटुलिरहेकि थिईन् ।
अनुजा प्रकरण चलिरहेका बेला राज्यले दिएको कूटनीतिक राहदानी बेचेर सभासद् पदलाई धन्धाको माध्यम बनाउने दुई सभासद् पक्राउ परेका थिए । अनि विवादास्पद अर्थराज्यमन्त्री ल्हारक्याल लामाले राजनीतिक आवरणमा चलाएको धन्दाको पनि खुलासा यसैबेला भएको थियो । नैतिकतामा खडेरी लाग्ने खालका यस्ता समाचार आईरहेका बेला एक्कासी अनुजा बानियुको इमान्दारिताको समाचार आउँदा यसलाई आमजनताले प्रशंसा गर्न लायक घटनाको रुपमा चर्चा गर्नु पनि स्वाभाविकै हो । 
त्ार अनुजा प्रकरण सबै काल्पनिक रहेछ । अनुजा बानियाँले बसमा एकानब्बे लाख रुपैयाँ र हीराको हार भेटाई पुरुषोत्तम पोखरेललाई फिर्ता दिएको 'स्कूप' समाचार कान्तिपुरले पहिलोपटक प्रकाशित गरेको थियो । त्ार मैले चाहि यो समाचार पहिलोपटक जापानबाटै 'वेवकाष्ट' गरिएको समुद्रपारी डट कम नामक वेवसाइडबाट थाहा पाएको थिएँ । सो वेवसाईडले आफ्नै श्रोतबाट पाएको समाचार भएर हुनसक्छ साभार भनेर कतै उल्लेख गरेको थिएन । त्ार एकैछिनमा अधिकांश मिडियाले कान्तिपुरमा प्रकाशित समाचार 'कपीपेष्ट' गरिसकेका थिए । जसका कारण कान्तिपुर नहेर्ने पाठक पनि यो खबरबाट सुसुचित भए । यतिसम्मकि बीवीसी नेपाली सेवाले समेत समाचारको विश्वसनियताका लागि सम्बन्धित स्रोतसम्म नपुगि यहि समाचारलाई आधारित बनाएर अनुजा बानियाँको लामो अन्तर्वार्ता प्रसारण गर्यो । ज्ासका कारण देशविदेशमा रहेका करोडौं पाठकले गलत समाचार पढ्न हेर्न र सुन्नमा आफ्नो समय खेर फाले । तर पछि कान्तिपुरले नियोजित परिस्थिति र नक्कली पात्रहरुका कारण भ्रमपुर्वक गलत समाचार र विचार सम्प्रेषण हुन गएकामा आफ्ना पाठकसंग क्षमा माग्यो । पत्यारिलो ढंगले उपलव्ध गराईएका समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टि पनि कान्तिपुरले गर्यो ।यो कान्तिपुले देखाएको सही बाटो थियो आम पत्रकारिता जगतका लागि । यी सबै घटनाक्रम हेर्दा नेपालीको जे पनि पत्याइदिने र जे कुरालाइ पनि सहजै लिने प्रवृत्तिले अनुजा प्रकरणमा राम्रैसंग काम गर्यो । यसको गुणदोष सबै मिडियालाई जान्छ । जसले गर्दा समग्र मिडिया र साचारकर्मी बेलाबेलामा आलोचनाको शिकार बनिरहेका छन् । यसैले पत्रकारितामा साच्चै गतिछाडा भएर आइएछ या गतिछाडा हुन पत्रकारितामा छिरिएछ  भन्ने प्रश्न मनमा उव्जिन थालेको छ । पत्रकारितामा देखिएका यी र यस्तै खाले विकृति थाहा पाएर नै ज्ञवालीजीले पत्रकारलाई गतिछाडासंग जोड्नभएको पनि हुनसक्छ । विदेशी पत्रकारिताको कुरा किन गर्नु पर्यो र  नेपाली पत्रकारितालाई गतिछाडा बनाउनमा अनुजा प्रकरणले मात्रै काम गरेको छैन । जसका लागि यसअघिका ऋतिक रोशन काण्ड, रसेन्द्र भट्टराई काण्ड, अनि श्रीषा कार्की काण्ड र भक्तमान अपहरण काण्डसम्मलाई लिन सकिन्छ ।
ऋतिक रोशनले नेपाल र नेपाली राष्टियतामाथि आँच आउने खालको भनाइ एक सार्वजनिक समारोहमा व्यक्त गरेको भन्दै पहिलोचोटि चितवनमा विरोध भयो । यो खबर चितवनकै एक स्थानीय चितवन पोष्ट दैनिकले प्रकाशित गर्यो । यहि समाचार पछि अरु राष्टिय दैनिकले पनि प्रकाशित गरे । चितवनका अखवारमा समाचार प्रकाशित हुँदासम्म केहि भएको थिएन पछि राष्टिय दैनिकहरुले पनि यो खबर महत्वका साथ प्रकाशित गरेपछि देशभर सनसनी भएर फैलियो । जसले पछि साम्प्रदायिक दंगाको रुप लियो । ऋतिक रोशनविरुद्ध मात्रै होइन सम्पूर्ण भारतविरुद्ध नै त्यतिखेर देशमा आगो बल्यो । यतिसम्मकि हिन्दी चलचित्र र गीतका क्यासेट पनि सडकमा फालिए । आन्दोलनले चर्को रुप लिएपछि कैयौ घाइते भए भने केहि आन्दोलनारीको मृत्यु भयो त्यतिबेला । भारतीय साचारमाध्यममा पनि यो खबरले राम्रै स्थान पायो । पछी ऋतिक रोशनको कानमा यो समाचार पुगेपछि थाहा भयो यो सबै काल्पनिक रहेछ । ऋतिक रोशनले नेपाल र नेपालीलाई जोडेर कतै केहि भनेका रहेनछन् ।
आजभन्दा 'आठ वर्ष अगाडि पाँच डलरबाट खर्बपति भए नेपाली' भन्ने शिर्षकमा डा. रसेन्द्र भटराईको विषयमा कान्तिपरले समाचार प्रकाशित गर्यो । समाचार अनुसार उनी विश्वकै धनाढ्य मध्येका एक थिए । एक जना नेपालीको निजी हवाइजहाज एकजुकेटिभ बोइंग बीबी जेट रोयल्स रोयस बीएमडब्लु मसर्िडिज जगवार फरारी आदि कार अनि अमेरिका बेलायत र स्पेन लगायत मुलुकमा आलिसन बंगलाहरु हुनु आफैमा आश्चर्य र नौलो कुरा थियो । त्यहिमाथि तत्कालिन अमेरिकी राष्टपति जर्ज बुश क्लिन्टन संयुक्त राष्टसंघका महासचिव कोफी अन्नान बेलायतका प्रधानमन्त्री टोनी ब्लेयरसंग राम्रो सम्बन्ध भएका व्यक्तिको रुपमा उनलाई चित्रण गरियो । क्यान्सर मृगौला र मुटु रोगको तीनवटा अस्पताल खोल्ने सिलसिलामा काठमाडौंको सोल्टी क्राउन प्लाजामा एक रातको सत्तरी हजार रुपैयाँ तिरेर साठी दिनदेखि रसेन्द्र बसिरहेको समाचारमा उल्लेख थियो । समाचारमा जनाइए अनुसार उनी आफैले प्रयोग गर्ने कपडा इटाली गएर ल्याउँथे भने पफ्र्यूम् लिन पेरिस जान्थे । तर समाचार र यी पात्र नक्कली रहेको तबमात्रै पत्ता लाग्यो जतिबेला उनी सोल्टी होटलमा खाएको र बसेको बिल नतिरेर एकाएक फरार भए । उनको वास्तविकता अझै आएको छैन ।
एकताकाकी चर्चित नायिका श्रीषा कार्कीको विषयमा जनआस्था साप्ताहिकले पत्रकारिताको धर्म निर्वाह नगरि समाचार प्रकाशित गर्दा उनले आत्महत्या गर्न पुगिन् । श्रीषाको मृत्यु भएपछि सम्बन्धित पत्रिकालाई पाठकले हत्यारा भन्नसम्म भ्याए । केहि समय पहिला चितवनका डा भक्तमान श्रेष्ठ अपहरणमा परे । नागरिक दैनिकले विभिन्न स्रोतको हवाला िदंदै अपहरण माओवादीको योजनामा भएको भनि धारावाहिक रुपमा समाचार प्रकाशन गर्यो । पछि भक्तमान अपहरणमुक्त पनि भए । भएको चाहि के भने उनलाई त आपराधिक समुहले पैसाका लागि अपहरण गरेको रैछ । अपहरणमुक्त हुन उनले एक करोड फिरौतीं बुझाएको चर्चा मिडियामा चलेपनि यो कुराको पुष्टि भने हुन सकेन ।
यी केहि उदाहरण मात्रै हुन् । राजनीतिक पार्टी निकट रहेर पत्रकारिता गर्ने मिडियाले त झन् सम्बन्धित पार्टीका नेता कार्यकर्ताबाहेक अरुको विश्वास दिलाउन सकेको छैन । यो अवस्थामा स्वतन्त्र समाचार सम्प्रेषण गर्ने भनि नाम कहलिएका मिडियाको गलत समाचारका कारण समग्र मिडिया क्षेत्रलाई पाठकले हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गईरहेको यथार्थतालाई नकार्न सकिदैन ।
यस्ता समाचारहरु सम्वाददाताको गलत बुझाईका कारण साचारमाध्यममा प्रकाशित/प्रसारित भएर पाठकको कान र आँखासम्म पुगिरहेका हुन्छन् । तर बीचमा ूक्रसचेकू र वास्तविक समाचार स्रोतसम्म पुग्ने काम सम्पादकको हो । अनुजा सम्बन्धित समाचार स्थानीय मिडियामा आएको भए न राष्टपतिले तुरुन्तै फोन गरेर अनुजालाई बधाई दिन्थे न त बीबीसीले नै समाचार पुष्टि नभइ एकाएक अन्तवार्ता नै प्रसारण गथ्र्यो । अनि बाँकि रहेका अन्य साचारमाध्यमले पनि यसरी हुबहु तरिकाले समाचार 'कपीपेष्ट' गरेर आफ्ना मिडियामा हाल्थेनन् । यो हुनुको परिणाम ठूला र नम्बर १ भनिएका मिडियाले गर्ने छाडा पत्रकारिताका उदाहरण हुन् ।
अनुजाले यत्रो हंगामा गरेर चर्चा बटुल्नका पछाडि अनेक पाटा हुन सक्लान् । नेपाली पत्रकारिता जगत्ले सिक्नपर्ने पाठ यो प्रकरणबाट धेरै छन् जस्तो लाग्छ । देशको न्यायपालिका कार्यपालिका र पत्रकारितामा लामो अनुभव बटुलेर सामाजिक प्रतिष्ठा कमाएका व्यक्तित्वहरुलाई एउटा सामान्य युवतीले विभिन्न छद्म भेषमा छक्याइदिनु सामान्य कुरा होइन । कान्तिपुरले आफैले लेखेको समाचारमा आफैले महत्वका साथ क्षमायाचना मागिसकेपछि मलाई पनि अनुजाले यसो गर्नको कारणबारे जिज्ञासा बढेर आयो । सम्पर्क गर्नका लागि उनले आफ्नो फेसबुकमा 'मलाइ बधाइ दिन परेमा यी यी नम्बरमा सम्पर्क गर्नुस' भन्दै दिएका मोवाइल नम्वरहरु काफी थिए । उनी आफैले प्रयोग गर्ने नम्बर चाहि अफ रहेछ । त्यहाँ उपलव्ध नम्वरमध्ये ९८०४३७३९६६ को मोवाइल नम्वरमा फोन लाग्यो । अनुजाको नजिकको मान्छेले फोन उठाए । अनुजा त्यतिबेला तनावमा रहिछन् । उनीसंग कुरा गर्न सकिएन । एकछिन तिनै व्यक्तिसंग कुराकानी भयो । उनले भने 'अनुजाले अहिलेसम्म वयान फेरेकि छैनन् । अझै पनि पैसा भेटाएको र फिर्ता दिएकै हो भनेर भनिरहेकि छन् । अब समाचारको सत्यताबारे कान्तिपुरलाइ नै सोध्दा हुन्छ । पत्रकारले व्यक्तिविशेषको मात्रै करा नसुनी प्रहरीलगायत सबै पक्षबाट समाचार पुष्टि गरेर मात्रै छाप्नपर्ने होइन र?' 
जे होस् ऋतिक रोशन काण्ड श्रीषा कार्की काण्ड रसेन्द्र भटराई काण्ड र भक्तमान अपहरण काण्ड हुदै अनुजा प्रकरणसम्म आइपुग्दा नेपाली मिडियाले आफ्नो साख गिराएको छ भने आफ्ना पाठकबाट गतिछाडाको संज्ञा पनि पाएको छ । यसैले समाजमा अरु केहि गर्न नसकेर गतिछाडा भईसकेपछि पत्रकारको रुप धारण गर्दे हामी फेरि समाजमा आएका हौं या नेपाली पत्रकारितामा छिरिसकेपछि हामी आफै गतिछाडा भएका हौं  फेसबुकमार्फत यो वहस चलाउने जापानका मीत्र दिनेशराज ज्ञवालीजीलाई धेरै धेरै धन्यवाद । तर एकाध व्यक्ति र संस्थाले बाटो विराउँदैमा समग्र मिडिया क्षेत्रलाई दोष लगाउन पनि मिल्दैन । यद्दपि ज्ञवालीजस्ता आमपाठकको चित्त यतिले मात्रै बुझाउन सकिन्न । समग्र मिडिया क्षेत्रले तथ्य सन्तुलन र विश्वसनीय पत्रकारिता नगर्दासम्म हुने गल्तीको परिणामबाट समग्र मिडियालाई बचाउन नभनि नहुने कुरा के हो भने- फूलको आँखामा फूलै संसार, काड़ाको आंखैमा काडै संसार......
अनुजा प्रकरण सम्बन्धि एभेन्यूज़ टेलिभिजनले तयार पारेको विशेष रिपोट हेर्न यहाँ क्लिक गर्नुहोला ।

Monday, April 25, 2011

अनुजा प्रकरणमा कान्तिपुरले क्षमा माग्यो


अनुजा प्रकरणमा कान्तिपुरले क्षमा मागेको छ ।आफैले महत्वकासाथ प्रकाशित गरेको समाचारमा कान्तिपुरले महत्वका साथ क्षमायाचना मागेको छ । पत्यारिलो ढंगले उपलव्ध गराइएको समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टि भएको कान्तिपुरले जनाएको छ । नियोजित परिस्थिति र नक्कली पात्रहरुका कारण भ्रमपूर्ण गलत समाचार र विचार सम्प्रेषण हुन गएको पनि कान्तिपुरको भनाई छ । यसअघि कान्तिपुरमा अनुजा बानियाले बसमा ९१ लाख रुपैयाँ र हीराको हार भेटाई पुरुषोत्तम पोखरेललाई फिर्ता दिएको समाचार छापिएको थियो । अभिमतपत्रले भने उक्त समाचार प्रकाशति हुने वित्तिकै समाचार विश्वसनीय नभएको कुरा तथ्य सहित प्रकाशित गरेको थियो । कान्तिपुरको घैटामा बल्ल घाम लाग्यो । अरु  मीडियाको पालो कहिले आउने हो ? अब राष्टपतिले चाहि कहिले माफ माग्ने हुन् कुन्नि  ??

नक्कली पात्रहरु खडा गरेर पत्रिका, पाठक र राष्ट्रपति लगायतलाई भ्रममा पार्न सफल यी अनुजा बानियाँले कस्तो कारवाही भोग्नेहुन भन्ने बारेमा अन्यौल छ । अहिलेसम्म कसैले पनि उजुरी गर्न नआएकाले अनुसन्धान र कारवाही अगाडी बढाउन नसकिएको सुनसरी प्रहरीले जनाएको छ । एक प्रहरी अधिकृतले भने-’अनुजाले ढाँटेको बिषयमा कि त पत्रिकाले नै उजुरी हाल्नुपर्यो कि त अरु कसैले । पत्रिकामा समाचार छापिएकै आधारमा उनलाई नियन्त्रणमा लिएर छानविन गर्न मिल्दैन, कागजी आधार त चाहियो नी ।’
अनुजाले भने अझैपनि आफ्नो कुरा सही भएको दावी गरिरहेकी छन् । पहिले बधाई दिनेहरुले फोन गरेर अहिले गाली गर्न थालेपछि उनले फोन अफ गरेकी छन् । यो घटनाले अनुजाका आफन्तसमेत हैरान भएका छन् । उनीहरुले यो घटनाबारे अनुसन्धान गरेर सत्यतथ्य सार्बजनिक गर्न माग गरेका छन् । बाहिर निस्कन समस्या भएपछि अनुजा दिनभर दिदी भिनाजुको घरमा सुतेर बिताइन् ।
`मैले पैसा फिर्ता दिएकै हो . यदि दिएको नभए अनुसन्धान मैले गर्ने हो की प्रहरीले गर्ने हो ?` अनुजाले भनेकि छन /

Saturday, April 23, 2011

अनुजा प्रकरण ः पत्याउने कि नपत्याउने ?


राज्यले दिएको कूटनीतिक राहदानी बेचेर सभासदु् पदलाई धन्धाको माध्यम बनाउने दुई सभासद् हालै पक्राउ परे । अनि विवादास्पद अर्थराज्यमन्त्री ल्हारक्याल लामाले राजनीतिक आवरणमा चलाएको धन्दाको पनि खुलासा यसैबेला भयो । जसका कारण उनले आफ्नो पदबाट राजिनामा पनि दिनुपरयो । राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने खालका यो घटनाले सत्ता केन्द्रीत दलहरुमा तरंग पैदा गर्यो । समाचारका लत बसेकाहरुले यो समाचार राम्रैसंग पढे । तर सर्वसाधारण जनताले ूथुइक्कू भन्न लायक घटना थिए यी । यसैगरि आमजनताले प्रशंसा गर्न लायक घटनाको पनि चर्चा भयो, जुन हो अनुजा बानियुको इमान्दारिताको समाचार ।