आम्मै के सुन्न परेको होला ? सिडिओलाई गालामा चड्काएपछि राज्यमन्त्री करिना वेगमलाई कारवाहि हौला भन्ने लागेको थियो । तर उल्टै मन्त्रीबाट सिडिओले नराम्रो आरोप खेपेका छन् । आफ्नो संवेदनशील अंग छन खोजेकोले पसा्रका सिडिओलाई चड्काईदिएकौ राज्यमन्त्रीको भनाई छ । मन्त्री बाठी भएकि हन् कि ? सिडिओलाई अझै निरिह बनाउन खोजिएको हो ?
कृषि तथा सहकारी राज्यमन्त्री करिमा वेगमले पसा्र जिल्लाका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई कार्यालय परिसरमै गएर पाच पाच थप्पड हानिन् । सिडियो भण्डारी निरिह बने । उनको गल्ती रहेछ मन्त्रीलाई राम्रो स्वागत गर्न नसक्नु र सिमरा एअरपोर्टबाट वीरगंजसम्म आउदा नया गाडी उपलव्ध गराउन नसक्नु । मन्त्री वेगमले सिडियोलाई पिट्नुको कारण पनि यहि भएको जनाएकि थिइन् । तर नेपालका मन्त्री न परे आफ्ना कुरा फेरिरहन्छन् । उनले यतिबेला सिडियोलाई पिट्नुको कारण फेरेकि छन् । सिडिओलाई पिटेपछि उनलाई कारवाही गर्ने माग उठिरहेका बेला। सिडियोले नै आफ्नो संवेदनशील अंंगमा गिद्धे नजर लगाएपछि झापट हानेको दावी पो गर्न थालेकि छन् मन्त्रीले त । यसको आशय करणीको महल अनसार ती निरिह सिडियोलाई कारवाही गर्नुपर्ने माग।पो मन्त्रीको छ । अब नेपालको कानुन दैवले जानुन् भनेर्झै वकिलहरुलै कानुन घुमाएर चोरलाई साधु र साधुलाई चोर बनाउन त सकिहाल्छन् । तैपनि सिडियोका अंगरक्षकले मन्त्रीको विरुद्धमा जिल्ला प्रहरी कार्यालय पसा्रमा सार्वजनिक मद्धा दायर गरेका छन् । निजामति कर्मचारीहरु पनि मन्त्रीलाई कारवाहि गर्नपर्ने भन्दै सडकमा ओर्लिएका छन् । मन्त्री न परिन् । उनलाई कारवाहि गर्ने आट कसको पसा्र प्रहरीले काठमाडौं प्रहरी कार्यालयलाई मन्त्रीलाई पक्रन पर्यो भनेर चिठी पठाएको छ । तर मन्त्री भने सिमराबाट प्लेनमा चढैर काठमाडौंमा झण्डावाल गाडीमा घमिरहेकि छन् । प्रहरीले पक्रन सकेको छैन ।
मन्त्री बन्न नपाए पार्टी अध्यक्ष बिजयकुमार गच्छदारको घरमा पासो लगाएर मर्ने धम्की दिएर पछिल्लो पटक चर्चामा आएकी बेगमलाई वीरगन्जमा रंगीला नेतृ भनेर चिन्ने गरिन्छ । मन्त्रीको पिटाइ खाने यी भँडारी सीडियो पनि कमका मान्छे चाँहि होइनन् रे . उनले पनि सिन्धुलीमा सीडियो भएका बेला धेरै महिलालाई यौन शोषण गरैको जनआस्थाका पत्रकार अरुण बरालले आफ्नो फेसबक स्टाटसमार्फत जानकारी दिएका छन् । पछि एउटी महिलाले घटना उजागर गरिदिएपछि ती भण्डारी सिडिओ पनि जिल्ला छाडेर भागेको उनको भनाई छ ।
जे होस् सरसर्ती हैर्दा सिडिओलाई मन्त्री जस्तो मान्छेले जस्तो विराम गरेपनि कुटि हाल्न चाहि नहुने हो है । सिडिओले गल्ती नै गरेको भए कानुनी बाटो थप्रै छ उनलाई कारवाहि गर्न । हैन र यसअघि एकजना स्थानिय विकास अधिकारीलाई मन्त्री मातृका यादवले शौचालयमै थुनेर कारवाहि गरेका थिए । मातृकालाई केहि भएन त्यतिखेर । यसैले मन्त्री र नेता भएपछि नेपालमा जसलाई जे गरेपनि हुन्छ भन्ने भाडराज चलिरहेको छ ।
तैपनि नैतिक रुपमा राजिनामा गर्न लगाउने प्रयास फोरम लोकतान्त्रिकले थालेको रैछ । फोरमले यस विषयमा छानवीन समिति बनाउदैछ । यो सराहनीय पनि छ । मानवअधिकारवादीहरुले पनि यो विषयमा चिन्ता जाहेर गरेका छन् । प्रहरीले पक्राउ पुर्जी जारि गरिसकेपछि पनि उच्च सरकारी अधिकारी भन्दै उनलाई पक्राउ गर्न नमिल्ने बहस पनि चलेको छ । उनलाई पक्रन र मुद्धा दर्ता गर्न पनि व्यवस्थापिका संसदको सदस्य भएको नाताले सभामुखको र कार्यपालिका सदस्य भएको नाताले प्रधानमन्त्रीको आदेश चाहिने कानन रैछ नेपालमा । तर यो सरकार वादि हुने फोजदारी मुद्धा हो भनेर एकथरि कानुन व्यवसायीले व्याख्या गरेका छन् । नेपालको अन्तरिम संविधानको धारा ७७ को उपधारा ५ बमोजिम संविधान सभाको कुनैपनि सदस्यलाई संविधान सभाको कार्यकालभित्र पक्राउ गर्न नमिल्ने तर फौजदारी अभियोगमा कुनै सदस्यलाई पक्राउ गर्न यस उपधाराले कुनै वाधा व्यवधान नगर्ने उल्लेख छ ।
तर करिमा वेगमलाई पक्रन चाहि गाह्रै छ है । पक्राउ गरेर कारवाहि चलायो भने पनि माधव नेपाल आफै अप्ठ्यारोमा पर्नेवाला निश्चित छ । किनभनै ती मन्त्रीमा राजनीतिक विचार पनि छैन ।
३३ वरषकी करिमा बेगम पसा्र क्षत्र नं। १ बाट निर्वाचित भएकी हुन् । मधेसी जनअधिकार फोरमबाट उनले प्रत्यक्षमा चुनाव जितेकी हुन् । २०६१ सालमा नेपाल सदभावना पार्टीबाट राजनीतिक जीवन प्रारम्भ गरेकी थिइन् उनले । तर राजनीतिक सकि्रयता भने २०६२ सालदेखि शुरु भएको हो । यसबीच उनी पाँच पटक पक्राउ परिसकेकि रैछन् । सदभावना पार्टी महिला माचका वीरगाज नगर अध्यक्ष रहिसकेकी बेगम मधेसी जन अधिकार फोरमका केन्न्द्रीय उपाध्यक्ष हुन् । भारतबाट माध्यमिक तहसम्मको अध्ययन गरेकी बेगमका ३ छोरा १ छोरा छन् । आफ्नो यौनतृष्ण मेट्नका लागि कैटा फेर्दै हिड्ने आदत छ रे उनको । उनको व्यक्तित्व भनेको यत्ति हो । सरकारले कारवाहि गरेर आफ्नो मन्त्री पद फुस्कने वित्तिकै उनी अर्कै राजनीतिक पार्टीमा पौइला जान बेर मान्दिनन् । उपेन्द्र यादवको फोरममा जान सक्छिन् उनी । यसपछि माधव नेपालको सत्ता समिकरण पनि अप्ठ्यारोमा पर्न सक्छ । यसैले मन्त्रीलाई कारवाहि गर्ने आट कसको होला र खै ? उनले गृहमन्त्रालय मातहतको सिडियोलाई थप्पड हानेर गृहमन्त्रीलाई पनि चुनौति दिईरहेकि छन् । यो थप्पड एमालेका गृहमन्त्री भीम रावलका लागि पनि हो ।
यसैले हे माधव नेपाल । तिम्रा लागि सिडियो ठुलो कि सिडिओ पिट्ने मन्त्री ठुलो हो कि मन्त्रीलाई कारवाही गर । कि सिडिओलाई । त्यसै भनेका रैनछन् तिमीलाई माओवादीले कठपुतली ।
मन्त्री र सिडिओको यस घटनाका सम्बन्धमा फरक फरक भनाई छन् । नयाँ पत्रिका दैनिकमा आएको समाचार अनसार लौ हेर्नस् राज्यमन्त्री वैगम र सिडियोसाबको भनाई ।
मैले दुई चड्कन हानेँ : राज्यमन्त्री करिमा बेगम
यो सिडिओ आएदेखि नै पर्साका जनताले चयनको सास फेर्न पाएका छैनन् । हत्या, हिंसा र अपहरणका घटना दिन दुईगुना रात चौगुना बढेका छन् । एक महिनामै चारवटा जघन्य घटना भए, अझ कतिपय घटनामा त प्रहरी-प्रशासनकै मान्छे पनि संलग्न भएको देखियो ।
म राज्यमन्त्री भएपछि धेरै जिल्ला गएँ, मन्त्री आउने थाहा पाएपछि सिडिओ फूलमाला लिएर 'एअरपोर्ट' आउँछन् । अरू मन्त्रीका पनि यस्तै अनुभव सुनेकी छु । तर, आफ्नै गृहजिल्लाको सिडिओ मात्तिएको पर्यो । एकपटक पनि एअरपोर्ट आएन, जनतालाई हैरान पार्यो, मलाई अपमान गर्यो ।
'एअरपोर्ट' मा स्वागत गर्न आएन । ठीकै छ भनेर मैले उसलाई पटक-पटक फोन गरेँ । जतिपटक म जिल्ला आएँ, उतिपटक फोन गरेँ । म गृहजिल्ला आएकी छु, भेट्न आउनोस् भनेर बोलाएँ । तर, उसले कहिले विराटनगर छु, कहिले काठमाडौं छु भनेर जवाफ दियो ।
जिल्लामा शान्ति छैन, मन्त्री आउँदा पनि सिडिओले 'रेस्पोन्स' गर्दैन । यस्तो के सिडिओ राखेको होला भनेर म आफैँ आश्चर्यमा थिएँ । केही दिनअघि प्रधानमन्त्रीले मन्त्री, राज्यमन्त्री र सहायक मन्त्रीको बैठक डाक्नुभएको थियो । मैले गृहमन्त्रीलाई भनेँ, 'पर्सामा त्यस्तो के सिडिओ राख्नुभएको हो ? त्यसले त न जनताको मान गर्छ न मन्त्रीको ?' मेरो कुरा सुनेर गृहमन्त्रीले भन्नुभएको थियो, 'ठीक छ, म त्यसलाई कारबाही गर्छु ।'
गृहमन्त्रीले कारबाही गर्छु भन्नुभएको थियो, तर कारबाही भएको छैन । कारबाही होला भन्ने आशा थियो । यहीबीच मंगलबार गरिब तथा जहेनदार विद्यार्थीका लागि एउटा कार्यक्रम आयोजना भयो । प्रमुख अतिथिका रूपमा मलाई बोलाइयो, आफ्नै जिल्लामा हुने सामाजिक कामको उद्घाटन गर्ने अवसर मैले चुकाउने कुरै भएन ।
बिहान नौ बजे विमानस्थल पुगेकी थिएँ, तर गुण एअरको विमान १५ मिनेट 'डिले' भयो । सबा नौ बजे जहाज उड्यो । १० बजे विराटनगर पुगियो । विमानस्थलमा मेरा कार्यकर्ता थिए, तर सिअिडो थिएनन्, उनी आउलान् भन्ने आशा पनि थिएन यसपालि ।
म सरासर आफ्नै घर गएँ । घर पुगेर सिडिओलाई फोन गरेँ । मलाई कार्यक्रममा जानु थियो । मन्त्री आउँदा गाडी त जिल्ला-प्रमुखले नै मिलाउने हो । मैले त्यही आशा गरेँ । तर, फोन गर्दा सिडिओले अन्टसन्ट कुरा गरे । अन्तिममा एउटा गाडी पठाइदिए । तर, त्यो गाडी यति थोत्रो रहेछ कि चढ्दा मन्त्रीकै बेइज्जत हुने, देशकै बेइज्जत हुने ।
थोत्रो गाडी देखेर मैले सिडिओलाई फोन गरेँ । 'तपाईं कहाँ हुनुहुन्छ ?' मेरो प्रश्न थियो । 'म त बाहिर छु,' उनले जवाफ दिए । 'तपाईं बाहिरै भए पनि ठीकै छ, तर म तपाईंको कार्यालय आउँदै छु' यति भनेर म जिल्ला प्रशासन कार्यालय गएँ ।
जिल्ला प्रशासन कार्यालय परिसरमा एकजना उभिएका थिए । मैले उनलाई सोधेँ, 'सिडिओ खोइ ?' मैले जसलाई सोधेँ सिडिओ उनै रहेछन् । उनी नम्र थिएनन् । मै हुँ सिडिओ, किन खोज्नुभयो भन्दै ठाड्ठाडो कुरा गर्न थाले ।
वादविवाद हुँदै हामी उनको कार्यकक्षमा गयौँ । 'तपाईंले मन्त्रीलाई गर्ने व्यवहार यही हो ?' मैले प्रश्न गरिरहेँ । तर, उनी मन्त्रीसन्त्री यस्तै हुन् भन्दै मुखमुखै लागिरहे । मेरो प्रश्नको जवाफ दिएनन्, उल्टै थर्काउन खोजे ।
उनले मलाई पटक-पटक आँखा देखाए । मैले आँखा नदेखाउनोस् भनेर चेतावनी दिएँ । उनले पटक-पटक औँला ठड्याए । मैले औँला नठड्याउनोस् भनेर चेतावनी दिएँ । मैले चार-पाँचपटक चेतावनी दिँदा पनि उनले टेरेनन् । मुख-मुखमा औँला ल्याए । मैले त्यसपछि आफूलाई थाम्न सकिनँ, औँला च्याप्प समातेर निमोठिदिएँ, झपाझप दुई झापड चड्काइदिएँ ।
म आवेगमा थिएँ, दुई झापड हान्दा पनि मेरो रिस अझै मरेको थिएन । तर, मलाई मेरा कार्यकर्ताले समाते । छोडिदिनुहोस् भनेर सम्झाए, बाहिर ल्याए । नत्र अझै बबाल हुन्थ्यो ।
मैले गाडीका लागि हात उठाएँ, त्यो त एउटा मात्र कारण भयो । तर, मुख्य कारण त्यो होइन । खासमा त पर्साका जनता असुरक्षित छन्, सिडिओलाई मतलबै छैन । जनताको कुरा सिडिओ सुन्दैनन् । मन्त्रीको पनि सुनेनन् । त्यसैले चड्कन खाए ।
आफ्ना हाकिम कुटिएको भनेर कर्मचारीले आन्दोलन गर्ने भनेका छन् । म त जनप्रतिनिधि, जनताका तर्फबाटै सिडिओ कुटेकी हुँ । माफी माग्ने कुरै छैन । परेको बेहोर्छु ।
यस घटनापछि प्रधानमन्त्री, गृहमन्त्रीसँग कुरा भएको छैन । हाम्रो पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले फोन गर्नुभएको थियो । के गर्नुभयो तपाईंले यस्तो भनेर रिसाउनुभयो । उहाँ मेरो अध्यक्ष, डाँट्नु (झपार्नु) भयो । त्यो ठीकै छ । तर, कर्मचारीको दबाबमा म माफी माग्दिनँ । मैले जे गरेँ, ठीक गरँ ।
कारबाही नभएसम्म आन्दोलन हुन्छः सिडिओ
करिमा बेगम पर्साबाट सभासद् बन्नुभयो, मन्त्री पनि बन्नुभयो । सबै कुरा ठीकै थियो । तर, जतिपटक उहाँ जिल्ला आउनुहुन्छ, सिडिओ एअरपोर्टमै आओस् भन्ने उहाँलाई लाग्दोरहेछ । मन्त्री आएपछि सम्मान र सुरक्षा दिने हाम्रो काम हो । तर, एअरपोर्ट गएर चाकडी गर्ने काम हाम्रो होइन । करिमा मात्र होइन, जोसुकै मन्त्री आए पनि एअरपोर्ट गइएको छैन, जाने कुरै छैन ।
कृषिराज्यमन्त्री करिमा बेगम मंगलबार वीरगन्ज आउने कुरा थियो । त्यसका लागि मैले गाडी पठाइदिएको थिएँ । उहाँलाई रोजीको गाडी चाहिने सधैँ । तर, हामीसँग धेरै गाडी नै हुँदैनन् । एउटा जिल्लामा कति नै गाडी हुन्छन् र ?
उहाँलाई जहिले पनि जिविसको गाडी चाहिने । तर, यसपालि एलडिओ काठमाडौं जानुभएकाले जिविसको गाडी उतै छ । नारायणी सिँचाइको गाडी फिल्डमा गएको थियो । कृषि अनुसन्धानको गाडी खाली रहेछ । त्यो पनि चानचुने होइन, मित्सुबिसी गाडी हो । तर, त्यो गाडी देखेर उहाँलाई पारो चढेछ । सरकारले जिल्लालाई कति गाडी दिएको छ भन्ने नबुझेर मन्त्री रिसाउन मिल्छ ? जिल्ला प्रशासनको मातहतमा नभएका गाडी कहाँबाट खोजेर ल्याउने मैले ।
गाडी थोत्रो भयो भन्दै राज्यमन्त्रीले फोन गर्नुभयो । मैले हामीसँग त्यही गाडी छ, अरू त उपाय छैन भनेर जवाफ दिएँ । त्यसो भए म तपाईंको कार्यालयमै आउँछु, भेटेरै कुरा गरौँला भनेर फोन राखिदिनुभयो । मैले हुन्छ भनेँ ।
राज्यमन्त्री आउने भनेपछि म आफ्नो चेम्बरबाट निस्किएर कार्यालयको प्रांगणमा गएँ । कार्यकर्ताको लावालस्करका साथ उहाँ आउनुभयो । मैले उहाँलाई बाहिरै स्वागत गरेँ । भित्र जाऊँ भनेर कार्यकक्षमा लगेँ ।
मलाई हेप्ने, मन्त्रीलाई हेप्ने, तिमी को हौ भन्दै उहाँले झम्टिनुभयो । मुलुकको एउटा मन्त्री, दसौँ हजार विवेकशील जनताको मत पाएर निर्वाचित जनप्रतिनिधि गुन्डागर्दीमा उत्रनुहोला भनेर सोचेको पनि थिइनँ । तर, उहाँले मलाई झापडमाथि झापड हान्नुभयो । मेरो चस्मा फुट्यो, चस्माले आँखाको किनारमा चोट पनि लाग्यो ।
पछि-पछि कार्यकर्ता थिए । तिनैका बलमा राज्यमन्त्रीले कार्यालयमै सिडिओमाथि आक्रमण गर्नुभयो । तर, राज्यमन्त्रीभन्दा कार्यकर्ता विवेकी रहेछन् । उनीहरूले तपाईंले यस्तो गर्न सुहाउँदैन भन्दै सम्हालेर उहाँलाई बाहिर लगे । अचम्म लाग्यो, कार्यकर्ताको जति पनि विवेक छैन देशकी मन्त्रीको ।
कार्यकर्ताले नरोकेका भए राज्यमन्त्रीको ताण्डव अझ बढ्ने थियो । म पनि संयमित भएँ । आफ्नै कार्यकक्षमा हातपात हुँदा पनि मैले हात फर्काइनँ । हात नफर्काएकामा मलाई पछुतो छैन । मैले आफ्नो धर्म पूरा गरेँ ।
ममाथि कुटपिट हुँदा पत्रकार साथीहरू पनि हुनुहुन्थ्यो । उहाँहरू पनि आश्चर्यमा पर्नुभयो । मैले पत्रकारहरूसँग कुरा गरेँ । तर, त्यसभन्दा ठुल्ठूलो स्वरमा उहाँले गफ दिनुभयो ।
पहिले गाडी राम्रो भएन भनेर ममाथि आक्रमण गर्नुभयो । निहुँ त्यही मात्र हो । हामीसँग योभन्दा राम्रो गाडी छैन भनेर मैले राम्रोसँग भन्न पनि पाइनँ । तर, आफ्नो गल्ती ढाकछोप गर्न पर्साका जनता असुरक्षित छन्, त्यसैले सिडिओलाई हातपात गरेँ पनि भन्नुभएछ । म यहाँ आएको नौ महिनामा शान्ति-सुरक्षा सुधि्रएको छ, त्यो सबैलाई थाहा छ । मेरो कमजोरी भएको छ भने पनि नियमसंगत कारबाही भए सहन तयार छु । तर, मन्त्री नै आएर सिडिओमाथि हातपात गर्छन् भने यसको चिन्ता मैले मात्र गरेर पुग्दैन, सारा कर्मचारी, जनता र नेपाल सरकारले गर्नुपर्छ ।
ममाथि कार्यकक्षमै हातपात भएपछि मैले गृहमन्त्रीज्यूलाई सम्पर्क गरेँ । उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ । यस विषयलाई मन्त्रिपरिषद्मा लगेर छलफल गराउँछु भन्नुभएको छ । गृहमन्त्रीज्यूको भनाइमा म आशावादी छु । तर, राज्यमन्त्री करिमा बेगमलाई कारबाही नभएसम्म कर्मचारी काममा नर्फकने अडानमा छन् । हुन पनि सिडिओ नै असुरक्षित छन् भने कर्मचारी सुरक्षित कसरी होलान् । आफ्नो सुरक्षाका लागि कर्मचारीको आन्दोलन स्वाभाविक हो ।