कम्युनिष्ट नेता माओत्सेतुङले आफ्ना अनुयायीलाई सधैं भन्ने गर्थे–‘जबर्जस्ती चन्दाका नाममा जनताका घरबाट सियो पनि लिनुहुँदैन ।’ यो माओवाणी भने यतिबेला उनैका अनुयायीहरुले बिर्सिएका छन् । सर्वहारा वर्गको नेतृत्व गर्ने ‘एमाओवादी’का कार्यकर्ताले यो माओवाणीलाई व्यवहारमा उतारेका भए ‘वाईसीएल’को चन्दा प्रकरणबाट यो हप्ता चितवन वन्द हुनेथिएन । पछिल्लो समय फेरि बन्दका नाममा चितवनका जनता सास्तीका साक्षी बन्ने थिएनन् । अन्ततः आफ्ना माग पुरा गर्ने नाममा वाईसीएलले गरेको बन्दका कारण यहाँका शिक्षण संस्था, उद्योग कलकारखाना, यातायात र व्यापार व्यवसाय पहिलेकै परिपाटीमा बन्द भए । सास्ती आम जनताले पाए । बन्दबाट एउटा चरणको अन्त्य भएपनि प्रवृत्तिको अन्त्य भने भएन । पटक पटक भईरहने बन्दबाट सरोकारवालाहरुका बीचमा क्षणिक समाधान देखिएपनि प्रवृत्तिको अन्त्य नहुँदा फेरि अबका दिनमा यसैगरि बन्द नहोला भन्न पनि सकिन्न ।
साउन १५ गते मंगलबार नारायणगढको पुतलीबजारमा एमाओवादी निकट वाईसीएलका कार्यकर्ताहरु आफ्नो जिल्ला सम्मेलनका लागि चन्दा उठाउन एक व्यापारीकहाँ गए । साउन ७ गते निर्वाचन आचारसंहिता लागु भईसकेको थियो । मंसिर ४ गते संविधानसभाको निर्वाचन भयरहित वातारणमा सम्पन्न गर्नका लागि एमाओवादी अध्यक्षले काठमाडौंमा निर्वाचन आचारसंहिताको स्वागत गरेका थिए । उनी भन्दै थिए,‘एमाओवादीले हारे केही छैन । तर मंसिर ४ को चुनाव चाहिँ जसरी पनि सफल हुनुपर्छ ।’ प्रचण्डले भनेझैं मंसिर ४ को निर्वाचन साच्चै सफल गराउन त निर्वाचन आयोगले लागु गरेको आचारसंहिता सबै राजनीतिक पार्टीले अक्षरस पालना गर्नैपर्ने हुन्छ । काठमाडौंमा प्रमुख राजनीतिक पार्टीहरुलाई साक्षाी राखेर निर्वाचन आयोगलाई आचार संहिता पालना गर्ने पं्रतिवद्धता जनाएको केही दिनमै उनका कार्यकर्ता व्यापारीसंग चन्दा असुल्न गए । ती व्यापारीले ‘स्वेच्छिक’ रुपमा आफूखुशी सक्दो सहयोग गर्न चाहन्थे । तर वाईसीएलका कार्यकर्ताले मानेनन् । उनीहरुले जिल्ला सम्मेलनका लागि ‘जवर्जस्ती’ बढि चन्दाको माग गरे । व्यापारीले दिन सकेनन् । यो कुरा ‘गोप्य सूचना’का आधारमा प्रहरी प्रशासनले थाहा पायो । प्रहरी त्यहाँ पुगेर ‘जवर्जस्ती चन्दा’ असुलिरहेका वाईसीएल कार्यकर्तालाई समात्यो । अन्ततः प्रहरीको घेराभित्र उनीहरु परे । प्रहरीले समातेर लगेको रिसमा प्रहरी कार्यालयको हाताभित्रै प्रहरीसंग उनीहरुको घम्साघम्सी प¥यो । प्रहरीले वाईसीएलको मुक्का खाए । प्रहरी सहायक निरीÔक हेमन्तकुमार सिंह र प्रहरी जवान मनोजकुमार चौहान गम्भीर घाईते भए ।
वाईसीएल कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यालय लगियो । योे खबर सनसनी भएपछि प्रहरी कार्यालय हाताबाहिर वाईसीएलका थप जवानहरु आइपुगे । आफ्ना साथीहरुलाई छुटाउन उनीहरुले भरमग्दुर प्रयार गरे । केन्द्रबाट नेताको फोन सिफारिस गरे । तर कसैको केही लागेन । भोलीपल्ट बुधबार पनि कार्यकर्ता नछुटेपछि अनिश्चितकालीन भन्दै चितवन वन्दको आयोजना भयो । तर अचानक गरिएको बन्द २ घण्टाभन्दा बढि टिक्न सकेन । प्रहरी प्रशासन अझ आक्रामक भएजस्तो देखियो । उता वाईसीएलले गरेको पत्रकार सम्मेलनमा जिल्ला इञ्चार्जले भने–‘चन्दा उठाउँदा हाम्रा साथीलाई प्रहरीले लग्यो भन्दैमा अरु पार्टीले खुच्चिङ नभने हुन्छ । उनीहरुलाई पनि व्यापारीको चन्दा चाहिन्छ । उनीहरुको पनि पालो आउँछ ।’ योसंगै बुधबार साँझसम्म आफ्ना कार्यकर्ता नछाडे बिहीबारबाट भने अनिश्चितकालका लागि वाईसीएलले चितवन बन्द गर्नेभयो । तर प्रशासनले वाईसीएलका कार्यकर्तामध्ये ४ जनालाई चन्दा ऐन र २ जनालाई सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्धा दर्ता गरिसकेको थियो । अवस्था यस्तो बन्यो कि प्रहरी प्रशासनले चाहेर पनि कार्यकर्ता छुट्न सकेनन् । वाईसीएलले चाहेर पनि वन्दलाई अगाडि बढाउन सकेनन् ।
बिहीबारको चितवन बन्द भने सुरु भयो । जर्वजस्ती चन्दा उठाउ“दै हिंडेका आफ्ना कार्यकर्तालाई रिहाइका लागि दवाव दिन एकीकृत माओवादीका कार्यकर्ताले चितवनका विभिन्न कार्यालयमा तोडफोड गरी बन्दको सुरुवात गरे । चितवन भएर देशभर आवातजावत गर्ने सवारी साधन चल्न नसक्दा यात्रु मारमा परे । बजार पसल, र शैÔिक संस्था बन्द गराए । चन्दा नपाउँदा उत्पनन विवादले गरिएको बन्दमा अन्ततः ‘स्कूले भुरा’ देखि आमजनता पेलिए । हाकिमचोकमा बिरामी बोकेको एउटा एम्बुलेन्स समेत तोडफोड भयो । सुत्केरी व्यथाले च्यापेर अस्पताल आएकी ती बिरामी वाईसीएलको एम्वुलेन्स तोडफोडले अत्तालिइन् । कार्यालय बन्द गराउंदै हिंडेका कार्यकर्ताले रत्ननगर नगरपालिकास्थित नेपाल टेलिकमको शाखा कार्यालय तोडफोड गरे । विद्युत प्राधिकरण टां“डी शाखाको कार्यालयमा जबरजस्ति प्रवेश गरी कागज पत्र नियन्त्रणमा लिएर च्यातिदिए । प्रहरीले तोडफोडमा संलग्न थप १५ जना वाईसिएल कार्यकर्तालाई पक्राउ ग¥यो । एकछिनसम्म कसैको दवाव र प्रभावमा नपरेको प्रहरी प्रशासन साँझ भने प्रभावमा परिहाल्यो । सार्वजनिक अपराधमा मुद्धा दर्ता भएका कार्यकर्ता बिहीबार नै छुटे । अरुलाई ‘कागज मिलाएर’ भोली पल्ट छाड्ने प्रमुख जिल्ला अधिकारीले बचन दिए । अदालत पुगिसकेको मुद्धा पनि दवाव र प्रभावमा साम्य भयो । अर्थात् वाईसीएलको चन्दा प्रकरणले प्रहरी प्रशासन र वाईसीएल कार्यकर्ताबीच अघोषित सम्बन्ध बन्यो–‘तँ रोएजस्तो गर । म कुटेजस्तो गर्छु ।’
वाईसीएलका कार्यकर्ता छुटाउन २ जनाले जनही १ हजार र ४ जनाले जनही ५ सय धरौटी बुझाउनुपर्ने भयो । यो धरौटी बुझाएर छुटेपछि नारायणगढमा विजय जुलुस निस्कियो । प्रहरी प्रशासनमा परेका कार्यकर्ताहरु ‘विजयी’ बने । सरकारी निकाय हा¥यो । व्यवसायीलाई भने झनै त्रसित बनाउने वातावरणको सिर्जना भईदियो । डेढ दिनको चितवन बन्दको जरिवाना ४ हजार बुझाएर वाईसीएल कार्यकर्ताले छुटकारा पाएजस्तै भयो । अघिल्लो दिनसम्म राज्यले ‘अपराधि’ भनेकाहरु भोलिपल्ट राजनीतिक आडमा ‘बाघ’ जस्ता भए । लाग्दैछ, अब उनीहरुलाई कसैले पनि छुन सक्दैन । समाजमा जस्ता गल्ती गरेपनि राजनीतिक आडमा छुटकारा पाइने रहेछ । अरु पार्टीका मान्छे पनि यसमा खासै विरोध गर्दारहेनछन् । किनभने वाईसीएल इन्चार्जले भनेझैं ती पार्टीका पनि अधिवेशन आउँछन् । सम्मेलनमा कार्यकर्तालाई मासुभात खुवाउन परिहाल्यो । परिआए ‘भाडाका कार्यकर्ता’ पनि बनाउनुपर्छ । अनि यसका लागि पैसो हो । त्यो पैसो दिने व्यवसायी हुन् । अहिले वाईसीएललाई चन्दा दिनेहरुबाट आफूले पनि कुम्ल्याउनैपर्छ । यसैले व्यवसायीको विरोध गरेर पनि काम छैन । वाईसीएलको समर्थन गरेर पनि अर्थ छैन । मौन बस्यो, आनन्दै । संस्कृतमा भनेझैं ‘मौनम् सम्मत्ति लक्षणम्.....।’ अर्थात्, मौन बस्नु नै स्वीकृतिको लक्षण हो । यसपालि चितवनका राजनीतिक दल र उसका भातृसंगठनले त्यही गरे ।
निर्वाचन आचारसंहिता लागु भईसकेपछि चन्दा उठाउनु हुन्थेन । काठमाडौंमा प्रचण्डले आचारसंहितालाई ताली बजाएर स्वागत गरिसकेपछि आफ्ना कार्यकर्तालाई पनि यो कुरा बुझाएर ताली बजाउन लगाउनुपथ्र्यो । तर चितवनमा यसको विपरित भयो । अझ कतिपय अन्य ठाउँमा अरु पार्टीले पनि सहजै व्यापारीसंग चन्दा उठाएका होलान् । चितवनमा प्रहरीले थाहा पायो । अनि कारवाहीको दायरामा ल्याउने आँटसम्म ग¥यो । चितवन प्रहरीलाई यसका लािग धन्यवाद दिनैपर्छ । तर यसपछिका घटनाक्रममा अदालत र स्वयम् प्रहरी प्रशासनलाई स्वतन्त्रतापूर्वक काम गर्ने वातारणमा राजनीतिक पार्टीबाट अवरोध आइदिंदा मंसिर ४ को चुनावसम्म अब कस्तो निष्पक्ष र भयरहित चुनावको अपेक्षा गर्न सकिएला ? के यस्ता घटनाले प्रहरी प्रशासन सक्रिय हुन्छ ? रमाइलो त आफ्नै कार्यकक्ष र कार्यालयमा धमाधम ‘युद्धकाल’ मा झैं आँखै फुटिनेगरि पिंटिदा समेत प्रहरी मुकदर्शक बनेर बस्नुपरेको छ । चन्दा प्रकरणमा वाईसीएलका कार्यकर्ता मात्रै दोषी छैनन् । दोषी त ती हुन्, जसले राजनीतिक भ¥याङका रुपमा सधैं युवाहरुलाई प्रयोग गर्छन् । एकातिर राज्यसंग सम्झौताको नाटक गरेर हात मिलाउँछन । अर्कोतिर आफ्ना कार्यकर्तालाई त्यही सम्झौताको विरोधमा उक्स्याउँछन् र चितवनमा झैं निर्वाचन आचारसंहिताविरुद्ध व्यापारीकहाँ चन्दा उठाउन अभिप्रेरित गर्छन् । ‘जस्तासुकै अपराध गर, छुटाउने त हामी छँदैछौं’ भनि युवाहरुलाई अपराधतर्फ उन्मुख गर्छन् ।
मंसिर ४ मा हुने भनिएका निर्वाचन नजिकिएको छ । निर्वाचन आयोगले धेरै आचारसंहिता बनाएको छ । आचारसंहिता उल्लंघन गरेको अवस्थामा निर्वाचन कार्यक्रमबाट वञ्चित गराउनेसम्मका अधिकार आयोगको छ । तर यसपालि वाईसीएलले जस्तै अबका दिनमा चितवनमै अन्य राजनीतिक दल र उसका भातृसंगठनले चन्दा नउठाउला भन्न सकिन्न । वाईसीएलले जस्तै एमालेको युवा संघ र कांग्रेसको तरुण दलले व्यापारीबाट चन्दा उठाएको थाहा पाएपछि उनीहरुलाई थुन्ने अनि सार्वजनिक अपराध र चन्दा ऐन अन्तर्गत कारवाही साहस चितवन प्रहरीसंग छ कि छैन ? अहिलेका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले वाईसीएललाई झैं कारवाही गरी अर्को चितवन वन्दको सामना गर्न तयार छन् कि छैनन् ? प्रहरी भएपछि जस्तोसुकै सामना र साहस गर्न पनि सक्षम हुनुपर्छ । कार्की पनि त्यही भन्छन् । राजनीतिक आडमा हुने गुण्डागर्दीसंग उनी निकै परिचित छन् । शान्ति सुरक्षाका सवालमा कोहि कसैसंग सम्झौता गर्न नहुने पक्षमा छन् । यसैले तत्काल चितवनमा रहेका राजनीतिक पार्टीहरुसंग उनले बेलैमा छलफल गरुन् । अबका दिनमा कसैसंग जवर्जस्ती चन्दा उठाउन नहुने र उठाएमा जस्तोसुकै कारवाही गर्न सक्ने अधिकार आफूलाई भएको कुरा ती राजनीतिक दललाई उनले बुझाउनु जरुरी छ । अन्यथा फेरि पनि अरु दलले चन्दा उठाउनेछन् । प्रहरीको फन्दामा नपरे त भैगो । फन्दामा परिहाले चितवन प्रहरी प्रशासन र यहाँका जनताले फेरि बन्दको सामना गर्नपर्ला ।
विराटनगरमा पत्रकार खिलानाथलाई कुटेको आरोपमा त्यहाँका ‘डन’ भनिने पर्शुराम बस्नेतलाई ‘तह’ लगाउने अहिलेको चितवन प्रहरी प्रमुख प्रद्युम्न कार्की हुन् । चितवनमा शान्ति सुरक्षा विग्रँदा यहाँका राजनीतिक दलहरुले उनै कार्कीलाई सम्झन्थे । समयक्रमसंगै कार्की १४ गते सोमबारबाट चितवन आए । तर भोलीपल्टदेखि नै कार्कीलाई ‘पहिलो गाँसमै ढुंगा’ लाग्यो । यो ढुंगा उनले निल्न पनि सकेका छैनन् । ओकल्न पनि सकेका छन् । यद्दपि अपराध र राजनीतिलाई फरक ढंगले हेर्ने उनको नजर व्यवहारमा लागु हुनु आवश्यक छ । वाईसीएलको चन्दा प्रकरणमा खस्किएको उनको अडान सधैं कायम हुने हो भने अर्को राजनीतिक दलको युवा संगठनले फेरि उही कुरा दोहो¥याउँछ । उसैगरि चितवनका जनता बन्दका शिकार हुनेछन् । व्यापारीहरु चन्दा दिएरै रित्तिनेछन् । विद्यार्थीहरुले पढ्न पाउनेछैनन् । काम गर्नेले काम गरेर माम खान पाउँदैनन् । अन्ततः चितवनको शान्ति सुव्यवस्थाले झनै भताभुङ्गको उपहार पाउनेछ ।
२०७० साउन २२ गते मंगलबार चितवन पोष्ट दैनिकमा प्रकाशित ‘अभिमत’बाट
nice
ReplyDeleteम श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete