Saturday, February 22, 2014

‘पारिश्रमिक विनाको परिश्रम’ कहिलेसम्म ?

हरिप्रसाद पोखरेल 
‘एउटा मजदुरले त दिनभर काम गरेपछि सा“झपख मूल्य पाउ“छ, हाम्रो त ज्यालाको पनि भर छैन । यसरी भोको पेटले कहिलेसम्म पत्रकारिता गर्ने ?’ पोखराका सञ्चारकर्मीले एक कार्यक्रममा शनिवार यस्तो दुःखेसो पोखेको कुरा सञ्चारमाध्यममै आयो । देशभरका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको पारिश्रमिक निर्धारण, कार्यान्वयन र अनुगमन गर्न गठित सरकारीस्तरको ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ समक्ष पोखराका सञ्चारकर्मीले देखाएको यो पीडाले अझै पनि नेपाली पत्रकारितामा आर्थिक समृद्धिको आवश्यकता औँल्याएको छ । देशभर सञ्चारमाध्यमको वृद्धिसंगै सञ्चारकर्मीहरु बढेपनि यो पेशामा काम गर्नेहरुको ‘आर्थिक पीडा’ अझै घट्न सकेको रहेनछ भन्ने कुरा पोखरामा देखियो । 
०४६ को बहुदलीय व्यवस्थाको आगमनपछि नेपाली पत्रकारिताको विकासमा पनि उल्लेखनीय वृद्धि भएको छ । पछिल्लो दशक त अत्याधुनिक प्रविधिलाई उपयोग गरेर नेपाली मिडियामा विद्युतीय सञ्चारमाध्यम पनि भित्रिए । तर सञ्चारकर्मीका समस्या भने सुरुदेखि नै रह्यो । पत्रकारिता गरेर ‘जागिर’ पाएपनि ‘तलब’ नपाउने समस्याले पत्रकारहरुलाई पिरोल्यो । यही भएर दश वर्षअघि सञ्चारकर्मीका समस्यालाई समाधान गर्न सरकारी स्तरमा ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ बन्यो । तत्कालीन समयमा समितिका अध्यक्ष सुरेश आचार्य थिए । आचार्यपछि सरकार परिवर्तनसंगै महेन्द्र विष्ट, गोविन्द आचार्र्य, यसका अध्यक्ष बने । अहिले समितिका अध्यक्ष खेम भण्डारी छन् । आचार्यदेखि भण्डारीसम्मका अवधिमा समिति उत्तिकै सञ्चारकर्मीका सवालमा उत्तिकै क्रियाशिल छ, तर समस्या भने समाधान भएका छैनन् । समिति र पत्रकारहरुको छाता संगठनले सञ्चारकर्मीका समस्या समाधान गर्न सबैलाई नियुक्ती पत्र लिई महिनावारी तलब खाएर मात्रै पत्रकारिता गर्न भन्छ । यस्ता नियुक्ति पत्र कागजमा मात्रै सीमित भएका छन् । व्यवहारमा लागु हुन सकेका छैनन् । त्यो पनि सूचना विभागले जारी गर्ने प्रेस प्रतिनिधि परिचय पत्र बनाउने र पत्रकार महासंघको सदस्य बन्नका लागि मात्रै सञ्चारमाध्यमले जारी गर्ने ‘नियुक्ति पत्र’ का लागेको अवस्था छ । तैपनि सूचना विभाग, प्रेस काउन्सिल, पारिश्रमिक निर्धारण समिति र पत्रकार महासंघले गर्ने सबैजसो कार्यक्रममा भने सञ्चारकर्मीका आवाज सधैं समस्याका रुपमा मात्रै प्रस्तुत भईंराखेका छन् । यसो हुनुका पछाडि सम्बन्धित निकायले राम्रोसंग मिडिया अनुगमन गर्न नसकेरै हो । यद्दपि यस्ता संस्थाले दशकसम्म गरेको प्रयास अझसम्म किनारा हुन नसक्नुका पछाडि सञ्चारमाध्यममा काम गर्ने सञ्चारकर्मी आफै सक्षम र दक्ष नभएर पो हो कि भनेर बुझ्न पनि सकिन्छ । अझ पत्रकारितालाई इज्जत र प्रतिष्ठासंग मात्रै तुलना गरिदिनाले यस क्षेत्रमा काम गर्नेहरुको आर्थिक दक्षता बढ्न नसकेको भन्ने कुरामा अब अनुमान लगाउन गाह्रो छैन । यसैले अब व्यवसायिक पत्रकारिताको विकासलाई नयाँ ढंगबाट सोँच्नुपर्ने बेला भईसक्यो ।  
भनिन्छ, पत्रकारिता पेशा सामाजिक उत्तरदायित्वका लागि पनि हो । यसैले हत्तपत्त यसका विकृतिहरु बाहिर आउँदैनन् । तलब र पारिश्रमिक नदिने सञ्चारमाध्यमका विषयमा सञ्चारकर्मीहरु त्यति उग्र हुन सक्दैनन् । सकेसम्म ‘घरभित्रको कुरो घरभित्रै’ भनेझैं आफू समस्यामा परेको विषय गुम्स्याएरै राख्न चाहन्छन् । किनभने आफ्नो सामाजिक उत्तरदायित्वसंग भागेर व्यवस्थापनसंग नराम्रो हुने चाहना अधिकांश सञ्चारकर्मीहरुको नभएरै होला । तर यसको फाइदा अदृष्य रुपमा मिडिया संचालकले लिइराखेका छन् ।
एक वर्षअघि सञ्चार मन्त्रालयले ‘नेपाली सञ्चारमाध्यमलाई सुदृढिकरण कसरी गर्न सकिन्छ’ भन्ने सन्दर्भमा ललितपुरमा जाइकाको सहयोगमा एक कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष एवम् पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण गर्न बनेको उच्चस्तरीय आयोगका अध्यक्ष समेत भईसकेका सुरेश आचार्य पनि थिए । काठमाडौंमा एकजना सम्पादकसंग पत्रकारले पारिश्रमिक माग्दा ‘पत्रकारलाई जागिर र तलब दुवै दिन सकिन्न’ भनि सम्पादकले भनेको सन्दर्भलाई आचार्यले कार्यक्रममा प्रस्तुत गरेका थिए । नेपालमा बढ्दो बेरोजगारीको फाइदा पत्रकारिता पनि यसरी भित्रिएको दशकअघिको यो घटनालाई आचार्यले यसरी व्याख्या गरे । जुन अझैसम्म पनि नेपाली पत्रकारितामा विद्यमान छ । 
एकजना बेरोजगार युवक जागिर खोज्दै काठमाडौंको एक सञ्चारगृहको ढोकामा पुगे । कार्यकक्षमा पत्रिकाका सम्पादक÷प्रकाशक भेटिए । युवकले सम्पादकसंग आफूलाई पत्रिकामा ‘पत्रकार’ भएर काम गर्न मन भएको र जागिर खाने इच्छा व्यक्त गरे । दुवै जनाको एकैछिनको भलाकुसारीपछि सम्पादक ती व्यक्तिलाई जागिर दिन सहमत भए । सम्पादकले ती युवकको बेरोजगारीको फाइदा उठाए । युवकले पनि ‘जागिर’ पाएपछि थप कुरो सोंच्दै सोंचेनन् । जागिर गरिसकेपछि पक्कै तलब पाईन्छ भन्ने युवकलाई लाग्यो । काम गर्दै गए । सम्पादकले जे जे भन्छन्, त्यही गरे । जता जा भन्छन् त्यतै गए । जे लेख्न भन्छन् त्यही लेखे । लेखेका कुरा पत्रिकामा छापिदै गयो । युवक मख्ख परे । सम्पादकले जागिर मात्रै होइन, स्यावासी समेत दिए । 
एउटा बेरोजगार युवक रोजगारी पाएकै कारणले गदगद थियो । घरपरिवार, इष्टमित्र, साथीभाई उ ‘पत्रकार’ बनेकोमा गर्व गर्न थाले । पत्रिकामा उसको नाममा ‘वाइलाइन समाचार’ आयो । उसको खुशीको सिमै रहेन । दिन वित्यो । महिना वित्यो । सधै स्यावासीले मात्रै दिन चल्दो रहेनछ । पत्रिकामा आएको वाइलाइन समाचारले भोको पेट भरिंदो रहेनछ । सम्पादकले तलब दिने लक्षणै देखाएनन् । पछि वाध्य भएर बेरोजगार युवकबाट पत्रकार भएका उनले सम्पादकसंग दुःखको भारी विसाउँदै भने,‘ सम्पादकज्यू, पैसा चाहिएको थियो । घरमा साह्रै समस्या छ ।’ आफै प्रकाशक भएको पत्रिका छाप्न सम्पादकलाई धौ धौ थियो । तनाव वेग्लै थियो । अनि सम्पादकले जवाफ फर्काए,‘ तपाईलाई मैले पत्रकारको जागिर दिएको हो । मैले जागिर र तलब दुवै दिन सक्दिन महोदय ।’ पत्रकारलाई पिरलो प¥यो । सम्पादकले दिएको यो जवाफले अब पत्रकारलाई यो पत्रकारिता पेशा ‘नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाउको अनुहार’ भनेझैं लाग्यो । 
देशभर अहिले बग्रेल्ती खुलेका सञ्चारमाध्यमहरुमा ‘जागिर’ खाने सञ्चारकर्मीहरुको भीड छ । सम्वाददातादेखि सम्पादकसम्म भनेकै पदमा छानीछानी पद दिने सञ्चारमाध्यमहरुको कमी छैन । सञ्चारमाध्यमप्रतिको आकर्षण व्यवसायीदेखि राजनीतिज्ञ हुँदै सामाजिक कार्यकर्तासम्मकालाई छ । पैसा भईभई ‘रहर पत्रकारिता’ गर्नेहरुका लागि सञ्चारमाध्यमबाट पारिश्रमिक पाए पनि नपाए पनि कुनै मतलब हुने कुरै भएन । तर समाचार लेखेकै भरमा जिन्दगी गुजार्नेहरुका लागि भने यो पेशा अभिषाप बन्दै गएको छ । धेरैलाई सत्य तितो लाग्न सक्छ । सञ्चारकर्मी भएर मात्रै बाँच्न अबको समयमा गाह्रो भईसकेको अवस्था हो । 
सधैं काँचको पर्दाअगाडि ‘हामी निरन्तर न्यूजमा छौं.....’ भन्ने काठमाडौंको एक टेलिभिजन च्यानलका सञ्चारकर्मीहरु पछिल्लो समयमा ‘हामी तलबका लागि निरन्तर आन्दोलनमा छौं......’ भन्न वाध्य छन् । अन्ततः टेलिभिजन प्रशासनले सञ्चारकर्मीहरुको माग पुरा गर्न नसकेपछि टेलिभिजनलाई प्राण भन्दा प्यारो ठानि वर्षौदेखि गुणगान गाइरहेकाहरु एकाएक पाखा लागे । कतिलाई त टेलिभिजन प्रशासनले पनि भन्दो हो,–‘हाम्रो काम जागिर दिने हो । तलब दिने होइन ।’ यतिमात्रै होइन, काठमाडौँका ब्रोडसिट आकारका दैनिक पत्रिकादेखि विद्युतीय सञ्चारमाध्यममा पनि सञ्चारकर्मीको समस्या ‘तलब’ मै गएर अड्किन्छ । आफ्ना कामदारलाई तबल दिने कुरा त टाढाको विषय भयो, केही समयअघि दुईवटा राष्ट्रिय टेलिभिजन हाम्रै आँखा अगाडि केही समय बन्द भए । कारण थियो, स्याटेलाइट वापतको रकम तिर्न नसक्नु । यसले के देखाउँछ भने सञ्चारमाध्यमहरु प्राविधिक तयारीविना पनि खुल्दैछन् । समस्या थोपरिएपछि बन्द हुन बेर लाग्दैनन् । 
२०३५ सालमा पत्रकारिता पेशालाई नै आफ्नो व्यवसाय बनाएर हिँडेका एक पत्रकार पछि आएर नारायणगढमा पुस्तक व्यवसायी बनेर चिनिएका छन् । ‘त्यतिबेलाको पारिश्रमिकले मेरो घरमा अभाव थिएन । विस्तारै पत्रकारितामा आर्थिक अभाव हुन थालेपछि पुस्तक पसल सञ्चालन गरेको बताउने उनीसंग कुनै बेला ५ हजार प्रतिसम्म एकै दिन साप्ताहिक पत्रिका बेचेको अनुभव छ । बिडम्बना, यति धेरै परिणाममा विक्री हुने साप्ताहिक पत्रिकाहरुको उपस्थिति भने बजारमा अहिले कतै देखिंदैन । नारायणगढको पुलचोकमा पत्रिका बेचेर मात्रै घरपरिवारको जीविका सन्तोषजनक ढंगले चलाएका एक व्यवसायी पत्रिका व्यवसायबाट जीवन धान्न सक्ने अवस्था नभएपछि अहिले ‘तास पसल’ खोलेर बसेका छन् । यी दुवै व्यवसायीको अनुभवमा उतिबेला पत्रकारितामा देखिने धेरै अनुहार अहिले पत्रकारितामा छैनन् । भएकाले पनि पत्रकारितालाई ‘सम्मानजनक सहभागिता’ को लोभका लागि मात्रै उपयोग गरिरहेका छन् । ‘पाका पत्रकार’को अनुभवमा कुनैबेला पत्रकारितालाई समस्याग्रस्त भनिएपनि सम्मानजनक चाहि थियो । तर यतिबेला उनीहरुकै अनुभवमा यो पेशा न सम्मानजनक बन्न सकेको छ, न त आर्थिक रुपमा नै अगाडि बढ्न सकेको छ । 
पछिल्लो दश वर्ष यता नेपाली मिडियामा आश्चर्यजनक भीड बढ्यो । जसलाई नेपाली समाज र नेपालको मिडिया व्यवसायले थेग्न सकेन । हुँदा हुँदा अधिकांश मिडियामा बोल्ने सुनाउने, हेर्ने देखाउने, र लेख्ने पढाउने पात्रहरु एउटै भए । जुन रेडियोले बोल्यो, उही रेडियोकाले मात्रै सुन्ने भए । जुन टेलिभिजनले प्रसारण ग¥यो, उसैका मान्छेले मात्रै हेर्ने भए । जे पत्रिकामा छापियो, उसैका परिवारले मात्रै पढ्ने भए । मिडिया र मिडियाकर्मी नयाँ जन्मिएपनि उसले नयाँ पाठक, श्रोता र दर्शक जन्माउन सकेन । जसको परिणाम समग्र मिडिया व्यवसायलाई नै धक्का लाग्यो र अहिले आएर समग्र सञ्चारकर्मी समेत आर्थिक मारमा परिरहेका छन् । भनिन्छ, ‘अकबरी सुनलाई कसी लाउन पर्दैन ।’ राम्रा मिडिया बनाउन सके पत्रिकाका ग्राहकलाई,‘पत्रिका मागेर होइन, किनेर पढ है’ भन्दै अर्ती दिन आवश्यक छैन । यसैले आफू संलग्न मिडियालाई आफू छइञ्जेल कसरी राम्रो बनाउन सकिन्छ भन्नेतर्फ लाग्नु आम सञ्चारकर्मीको दायित्व पनि हो । 
अझै पनि पत्रिका, रेडियो र टेलिभिजन दर्ता गर्न नेपालमा समस्या छैन । अति नै न्यूनतम शुल्कमा सञ्चारमाध्यम दर्ता गर्न सकिन्छ । तर यसको ‘अपरेटिङ खर्च’ को हेक्का नहुँदा र यसप्रति गहन चिन्तन नगर्नाले धेरैलाई अन्यौलमा पारिदिएको छ । ‘मिडिया हाउस’ लाई नयाँ मान्छे काममा लगाउन गाह्रो छैन । मिडियामा काम गर्न पाएपछि आजका युवाहरु ‘रहर’ मै पत्रकारितामा प्रवेश गर्छन् । बढिमा दुई वर्ष जसोतसो काम गर्छन् । जब यो क्षेत्रमा केहि देख्दैनन्, अनि भाग्छन् । फेरि अर्को समूह उसैगरि पत्रकारितामा प्रवेश गर्छ । उनीहरुको पनि हविगत उही हुन्छ । यति भएपछि मिडिया मालिकहरुले पनि ‘यूज एण्ड थ्रो’ गर्न पाइहाले । श्रमजीवि पत्रकारका नाममा भजन गाउनेहरुलाई यस्ता कुरामा के मतलब ? यसका लागि त मिडियामा आउनेले धेरै कुरा सोँचेर आउन जरुरी छ, काम लगाउनेले पनि उसको स्थायित्वको सवाललाई बेलैमा नजरअन्दाज गर्न आवश्यक छ । 
यसो भन्दैमा नेपाली पत्रकारितामा समस्या मात्रै होइन, समाधान पनि छ । भएका सञ्चारमाध्यम जोगाउने र यो क्षेत्रमा काम गरिरहेकालाई टिकाउन ‘मिडिया संचालक’ ले अब वर्षदिन भरि आफ्नो मिडिया सञ्चालनको आधार प्रष्ट गर्न सक्नप¥यो । अब ‘आसे विज्ञापन’का भरमा मात्रै मिडिया चलाउनेका दैलामा श्रमजीवि पत्रकारले शुरुमै पाइला टेक्न हुँदैन । शुरुमै बुद्धि पु¥याइयो भने पछि दुःख पाइदैन । पत्रकारिता पढेर यसैमा जीवन समर्पित गर्छु भन्दै लागेका युवाहरु पनि छन् अहिले । विगतबाट पाठ सिक्दै उनीहरुको भावनामा ठेस पु¥याउन नदिन अब ‘पाका पत्रकार’ ले सोंच्नैपर्ने भएको छ । यससंगै नेपाली समाजले कति मिडिया थेग्न सक्छ भन्ने हिसाब गरेर मात्रै मिडिया सञ्चालन गर्नु आवश्यक छ । दर्ता भई सञ्चालनमा आइसकेका मिडियालाई सोझै बन्द गर्नुभन्दा ‘मिडिया मर्ज’ को नीति ल्याएर यसलाई टिकाउन सकिन्छ । अहिले संकटग्रस्त भएका सहकारी र बैंकहरुलाई सरकारले मर्ज गरेर सञ्चालन अनुमति दिएजस्तै नेपाली मिडियामा पनि यो ‘मर्ज नीति’ ल्याउन सके समस्यामा कमी आउने थियो । अनि पत्रकारले जागिर र तलब दुवै पाउने थिए । होइन भने सधैंभरि नेपाली पत्रकारहरु ‘पारिश्रमिक विनाको परिश्रम’ गर्न वाध्य भईरहने छन् । सञ्चारमाध्यम पनि ‘मूर्दामाथिको लाश’ झैं घिटिघिटि पाराले तुलसीको मोठ ढुकेर बसिरहनुपर्ने वाध्यता पर्ने छैन । अहिलेसम्म कागजमा सीमित ऐन कार्यान्वयन गर्न पेशागत संघ संगठनले पनि उत्तिकै आवाज उठाउनु जरुरी छ । यसो भनिरहँदो आफ्नो व्यवसायिक दक्षता बढाएर मात्रै सञ्चारकर्मी बन्न सकियो भने यो पेशामा टिक्न भने समस्या छैन । 
Source (Sancharpatra Daily)

2 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. तपाईं कुनै पनि वित्तीय कठिनाइ हुनुहुन्छ? तपाईं आफ्नो ऋण खाली गर्न एक ऋण चाहिन्छ? तपाईं आफ्नो आर्थिक वृद्धि गर्न जाँदै हुनुहुन्छ? तपाईं आफ्नो / उनको कम्पनी विस्तार गर्न चाहने एक व्यापार व्यक्ति हुन्। एतद्द्वारा तिमी एक असली नायक, भरोसा र प्रभावकारी उधारो कम्पनी क्रेडिट ऋण सम्पर्क गर्नुपर्छ। म सिकेका कसरी हाम्रो उच्च दक्षता लागि व्यक्तिगत र सरकार।

    सेवा समावेश:
    * व्यक्तिगत ऋण (सुरक्षित र असुरक्षित)
    * व्यापार ऋण (सुरक्षित र असुरक्षित)
    * घर सुधार
    * आविष्कारक ऋण
    * स्वतः ऋण
    आदि ..

    कृपया हामीलाई constantloanfirm@gmail.com मार्फत, तपाईं इच्छुक हुनुहुन्छ भने प्राप्त अथवा मार्फत यो नम्बर मलाई WhatsApp: +2348162022629

    ReplyDelete