• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, August 18, 2009

    हात्ती पाल्न साँच्चै गाह्रो

    दीपेन्द्र बडुवाल

    सौराहा -चितवन, हात्ती दौड प्रतियोगितामा दुईपटक च्याम्पियन बनेको 'जंगबहादुर' को अचानक मृत्युपछि त्यसका मालिक व्यवसायी दामोदर रेग्मीको लाखौं डुब्यो । उनले 'जंगबहादुर' लाई केही वर्षअघि १८ लाखमा भारतबाट किनेर ल्याएका थिए । अहिले हात्तीको बजार मूल्य २३ लाख रहेको छ । बजारमा १४/१५ लाखमा सुविधासम्पन्न कार पाइन्छ तर हात्ती कारभन्दा महँगा छन् । हात्तीमाथि लाखौं लगानी गरे पनि मुलुकमा पशुधन बिमा नीति नहुँदा व्यवसायीहरू जोखिममा छन् ।

    जंगबहादुरको मृत्युपछि लाखौं घाटाको चोटले घाइते भएका रेग्मी हात्तीको पनि बिमा कसरी गर्न सकिन्छ भन्नेमा लागिपरेका छन् । 'ठूलै रकम खर्च गर्न तयार छौं तर बिमा गर्न पाए हुन्थ्यो,' उनले भने, 'कारको बिमा हुन्छ तर त्योभन्दा धेरै महँगा हात्तीको किन नहुने ?' उनले पशुधन बिमा नीति नहुँदा निजी क्षेत्रका हात्तीमा गरिएको लगानी जोखिममा परेको बताए ।

    सौराहामा मात्रै निजी क्षेत्रका ३४ हात्ती छन् । निकुञ्जभित्रका सात ठूला होटलमा अन्य ८० हात्ती

    छन् । हालसम्म तिनको बिमा गरिएको छैन । 'जंगल गइरहनुपर्ने भएकाले ठूलो र महँगो प्राणी

    -हात्ती) को सम्पत्ति सुरक्षा चाहेका छौं,' व्यवसायी रामप्रसाद रिजालले भने, 'किनेर ल्याएका हात्ती ७५ वर्षसम्म बाँच्छन् ।' हात्तीको औसत आयु ८० देखि सय वर्ष हो । हात्ती राष्ट्रिय पशु भएका कारण मरेपछि त्यसको अखेटोपहार सरकारले लग्ने गरेको छ । 'हात्तीका लागि बिमा नीति त के, निकुञ्जको घाँससमेत सरकारले दिँदैन,' उनले भने, 'हरियो घाँसको साटो पराल खुवाएर पालेका छौं ।' निजी हात्तीको बिमाका लागि व्यवसायीले दबाब दिन थालेको ७/८ वर्ष भइसकेको छ । उनीहरूले राष्ट्रिय बिमा संस्थानदेखि निजी कम्पनी धाइसकेका छन् । क्षेत्रीय होटल एसोसिएसनका अध्यक्ष हरिभक्त घिमिरेले व्यवसायीे समूह बिमाका लागि विभिन्न कम्पनीमा पुगेको जनाए । जिल्लामा ४० वर्षअघि ठूला होटल स्थापनासँगै निजी क्षेत्रमा हात्ती पाल्न थालिएको हो ।

    नारायणगढस्थित एनएलजी इन्स्योरेन्सका प्रमुख भरत मल्लले कम्पनीले अहिलेसम्म निजी जीवन बिमा मात्रै गरेको जनाए । यहाँस्थित बिमा संस्थान प्रमुख शिशिरचन्द्र देवकोटाले मुलुकमा पशुधन बिमाको व्यवस्था नभएको बताए । बैंकको लगानी सुरक्षाका लागि कर्जा सुरक्षणम निगमले केही समय गाईभैंसीको बिमा गरेको उल्लेख गर्दै उनले भने, 'हाल त्यो नीति कार्यान्वयनमा छैन

    No comments:

    Post a Comment