• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, August 18, 2009

    श्रीमान्सँग यौनसम्बन्ध नराखे खाना बन्द

    काबुल/ अफगानिस्तानको नयाँ कानुनअनुसार श्रीमान्सँग यौनसम्बन्ध राख्न नमान्ने महिलालाई खानापानी दिन बन्द गर्न सकिन्छ । यो विधेयक सरकारी गजेटमा प्रकाशित भई कानुन भइसकेको छ । यसको पहिलो मूल विधेयकको निकै कडा विरोध भएको थियो । विरोधपछि राष्ट्रपति हमिद काजर्ाईले यस विधेयकलाई फिर्ता लिएका थिए ।

    तर, आलोचकका अनुसार मौजुदा संशोधित विधेयक संशोधनपछि पनि महिलाविरोधी छ । उनीहरूका अनुसार हमिद कर्जाईले अर्काे साता हुने राष्ट्रपति चुनावलाई मध्यनजर गर्दै सिया समुदायको मत हासिल गर्न यो विभेदकारी विधेयक पारित गरेका हुन् । यो कानुन अफगानिस्तानको सिया परिवारमा लागू हुनेछ ।

    यस कानुनको मूल विधेयकअनुसार सिया महिलाले श्रीमान्सँग कम्तीमा पनि सातामा चारपटक यौनसम्पर्क गर्नुपर्छ । यस विधेयकको संशोधित रूप चुपचाप पारित गरिएको छ । राष्ट्रपति हमिद कार्जाईले यसलाई अनुमोदित गरिसकेका छन् । ह्युमन राइट्स वाचका काबुल प्रतिनिधि रिचेल रिड भन्छन्, 'कार्जाई यस कानुनको संशोधनलाई लिएर विश्वभरको दबाबमा छन् ।'

    उनका अनुसार कर्जाईका लागि अफगानिस्तानको कट्टरपन्थीको समर्थन अत्यन्त महत्त्वपूर्ण रहेको छ । यस कानुनअनुसार यदि श्रीमतीले श्रीमान्को यौनसम्बन्धको माग पूरा गरिनन् भने उनलाई खाना बन्द गर्न सकिन्छ । यसबाहेक यस कानुनमा जागिर खानका लागि महिलाले श्रीमान्को अनुमति लिनुपर्ने प्रावधान छ । यस कानुनमा बच्चाको रेखदेखको अधिकार पनि बाबु र बाबुपट्टकिा हजुरबुबालाई दिइएको छ ।


    No comments:

    Post a Comment