• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 27, 2009

    यसरी ठोक्कियो विमानस्थलमा हेलिकोप्टर

    Click on the slide!

    खस्यो पखेँटा

    सुर्खेत विमानस्थलमा रोकिराखेको सिम्रिक एयरको हेलिकोप्टरलाई ठक्कर दिएपछि क्षतिग्रस्त बनेको श्री एयरको हेलिकोप्टर। तस्विरः कलेन्द्र सेजुवाल

    कलेन्द्र सेजुवाल, सुर्खेत भदौ १०- सुर्खेत बिमानस्थलमा पार्किङ गरिराखेको सिम्रिक एयरको हेलिकोप्टरमा बुधबार दिउँसो अवतरणका क्रममा श्री एयरको हेलिकोप्टर ठोक्किएको छ। ठक्करबाट श्री एयरको नाइन-एन-एडीडी हेलिकोप्टरको टेल रोटर पुछारको भाग भाँचिएको छ। पार्किङ गरिराखिएको सिम्रिक एयरको नाइन-एन-एडीटी हेलिकोप्रको एउटा पंखामा क्षति पुगेको छ।

    दुर्घटनाबाट मानवीय क्षति भने भएको छैन।

    विश्व खाद्य कार्यक्रमको चामल हुम्ला सदरमुकाम सिमिकोट पुर् याएर फर्किएको श्री एयरको हेलिकोप्टर दिउँसो २:५० मा सिम्रिक एयरसँग ठोक्किएको थियो। नेपाल नागरिक उड्ययन प्राधिकरणको सुर्खेत कार्यालयले पार्किङ क्षेत्र साँघुरो भएकोले दुर्घटना भएको प्रारम्भिक प्रतिक्रिया दिएको छ। कार्यालयका निमित्त प्रमुख आनन्ददेव भट्टले दुई दिनदेखि बिमानस्थलमा पार्किङ गर्ने हवाई साधनहरुको संख्या बढेकोले हवाई पार्किङ र अवतरणमा कठिनाई भएको बताए। उनले भने 'क्षमताभन्दा बढी हेलिकोप्टर र हवाईजहाज भएका कारण पार्किङ र अवतरणको व्यवस्थापनमा निकै समस्या भएको थियो।' सुर्खेत बिमानस्थलबाट बुधबारमात्र ३५ वटा उडान भएका थिए।


    दैनिक सरदर पाँचवटा हवाईसाधन पार्किङ हुने सुर्खेत बिमानस्थलमा मंगलबारदेखि १० वटा पार्किङ हुने गरेका छन्। श्री एयरका तीन विश्व खाद्य कार्यक्रमका दुई र सिम्रिक एयरको एक गरी ६ वटा हेलिकोप्टर र यति एयरका दुई नेपाली सेना र काष्ठमण्डपको एक÷एक गरी चारवटा हवाईजहाज पार्किङमा छन्। हेलिकोप्टरसम्वद्ध अधिकारीहरु एउटा हेलिकोप्टर वा हवाईजहाजलाई करिब ५० मिटर पार्किङ क्षेत्र आवश्यक पर्ने बताउँछन्। तर सुर्खेत बिमानस्थलमा राखिएका हवाईसाधनहरु एउटाले सरदर २० मिटर क्षेत्र ओगटेका छन्। ठक्करबाट क्षतिग्रस्त सिम्रिक एयरका सुर्खेत प्रतिनिधि कमल गौतलमले भने, 'हेलिकोप्टर र हवाईजहाजहरु बढे पनि एयरपोर्टको क्षेत्र बिस्तार नहुँदा यस्तो समस्या आएको हो।' एक हजार ४० मिटर लामो धावनमार्ग भएको सुर्खेत बिमानस्थलको पार्किङ क्षेत्र बढीमा तीन सय मिटरमात्र हुनुले पनि गौतमको भनाईलाई पुष्टि गर्छ ।


    अनुभवी पाइलटबाटै दुर्घटना !

    सिमिकोटमा चामल खसालेर फर्केको हेलिकोप्टरमा चालक दलका चार सदस्यबाहेक अरु यात्रु थिएनन्। नेपाली सेनाका अवकाशप्राप्त महासेनानी फुल कर्णेल मदन केसीले प्रमुख क्याप्टेनको रुपमा उडानको नेतृत्व गरेका थिए। आर शर्माले सहायक चालक को-पाइलट भूमिका निर्बाह गरेका थिए। त्यस्तै हेलिकोप्टरमा पुलाइट इन्जिनियर काजुरा रसियन नागरिक र चार्टर एकाउण्टेन्ट जीवन मगैयाँ पनि रहेको श्री एयरका सुर्खेतस्थित स्टेसन मेनेजर नारायण गोर्खालीले बताए।

    प्रमुख चालक केसी हेलिकोप्टर उडानमा निकै अनुभवी मानिन्छन्। उनले नेपाली सेनाको हवाई बिभागमा रहेर करिब दुई दशकसम्म हेलिकोप्टर उडान गरेका थिए। उनले सिम्रिक एयरमा सेवा सुरु गरेको चार बर्ष भएको श्रोतले बताएको छ।


    केसीको अनुभवकै कारण अप्रि क्षति हुनबाट रोकिएको श्री एयरसम्वद्ध पदाधिकारी बताउँछन्। तर नागरिक उड्ययन कार्यालयका अधिकारीहरु भने अवतरणमा पनि 'हाईस्पिड' भएकोले क्षति भएको बताउँछन्। हवाई प्राविधिकका अनुसार हेलिकोप्टर आकाशमा उडिरहेको बेला ११० नटिकल माइल पर आवर र अवतरणको बेला बढीमा २० नटिकल पर आवरको गतिमा हुनुपर्छ। तर पार्किङ गरिराखिएको हेलिकोप्टरमा ठोक्किएको श्री एयरको हेलिकोप्टर भने २० भन्दा बढीको गतिमा रहेको नागरिक उड्ययन प्राधिकरणका कर्मचारीको भनाई छ। यद्यपि यसबारे बुभुन खोज्दा प्रमुख चालक केसीसँग सम्पर्क हुन सकेन।नागरिक


    No comments:

    Post a Comment