• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 27, 2009

    छत्रमान जर्सा'ब झन्डै डिस्कोमा छिर्दा

    काठमाडौं। रुक्मांगद कटवालले सेनापति पद नछाडी म्याद थपाउँदै छन् भन्ने ठूलो प्रचारबाजीकै बीच काम छाडेर कटवाल बिदामा बसेपछि कायममुकायम सेनापति बन्नुभएका जर्नेल छत्रमानसिंह गुरुङ अचानक डिस्कोतिर छिर्नुभयो।
    अत्याधुनिक हतियार बोकेको फौजी पोसाककै सुरक्षाकर्मीको टोलीसहित डिस्कोतिर लागेपछि उहाँको अघिपछि भएको जमात पनि छक्क पर्यो । टाइसुटमा सजिएर उहाँ आखिर किन डिस्कोतिर लम्किनुभएको हो भन्ने छुट्याउन एकछिनसम्म कसैले सकेन।
    कुरा गत शुक्रबार साँझको हो। दरबारमार्गस्थित होटल याक एन्ड यतीको प्लाटिनम डिस्कोतिर सेनापति गुरुङ पसेपछि उहाँलाई रोकिएको थियो। अलि परै पुगेपछि एकजना सिभिल ड्रेसका व्यक्तिले बाटो फरक परेको जानकारी दिए। समाचारअनुसार सेनापति गुरुङ सो होटलको रिजेन्सी हलमा आयोजित भोजमा सहभागी हुन त्यहाँ पुग्नुभएको थियो। एउटा ट्रेकिङ एजेन्सीको आयोजनामा भएको र नेपालका अधिकांश उच्चपदस्थलाई निम्त्याइएको भोजमा सहभागी हुने क्रममा बाटो बिराउँदा सेनापति डिस्कोभित्र छिर्नुभएको थियो। अगाडि–पछाडि सैनिक प्रहरीको एस्कर्टिङसहित हिँड्ने सेनापतिको कार्यक्रमस्थलबारे सेनाकै निकायले पहिला नै चासो राख्ने गर्थ्यो। सेनापति कटवाल यस विषयमा निकै सजग थिए, तर गुरुङले त्यस्तो सजगता नअपनाएको सो भोजमा उपस्थित हुँदाको यो घटनाले देखाएको छ। बाटो बिराएका उनलाई फर्काएर बाटो देखाउँदै भोजस्थल पुर्याोइएको थियो।

    No comments:

    Post a Comment