• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 27, 2009

    'गरिब युवा बिहे नगर !’

    image

    टोकियो/ जापानका प्रधानमन्त्री तारो आसोले आफ्नो देशका गरिब युवालाई बिहे नगर्न सुझाब दिएका छन् । यहाँ अब हुने आमनिर्वाचन अभियानका क्रममा उनले यस्तो सुझाब दिएका हुन् ।

    सर्वेक्षणले उनको लिबरल डेमोक्रेटिक पार्टी हार्ने देखाएका छन् र यसमा आंशिक रूपमा बेरोजगारीको स्तर पनि जिम्मेवार देखिन्छ । यस निर्वाचनको महत्त्वपूर्ण मुद्दामा रोजगारीको सुरक्षाको प्रश्न पनि छ र धेरै मतदाता बढ्दो अल्पकालीन रोजगारीबाट क्रुद्ध छन् ।

    आसोलाई गरिबीका कारणले नै ढिलो विवाह गर्न लगाएको र जापानको निम्न जन्मदर निम्त्याएको त होइन भनी सोधिएको थियो । प्रत्युत्तरमा प्रधानमन्त्रीले भने, 'थोरै पैसा छ भने तपाईंहरूले बिहे नगर्नु नै बेस होला ।' साथै उनले भने, 'तलब नहुनेलाई आदरसम्मान हुन्छ होला भन्ने कुरा सोच्नु मेरा लागि अप्ठ्यारो छ ।'

    रोजगारी सुरक्षाको कमी तथा अधिकांश जनता अल्पकालीन रोजगारमा भएको बेला हुँदै गरेको यस निर्वाचनमा आसोबाट यस्तो सुझाब आउनुलाई दुर्भाग्यपूर्ण मानिएको छ । यस्तो अल्पकालीन रोजगारीको उठान आसोकै लिबरल डेमोक्रेटिक पार्टीको श्रम सुधार कार्यक्रमका कारण भएको विश्वास गरिन्छ ।

    प्रधानमन्त्री तारो आसो भन्न नहुने कुरा भनिदिने व्यक्तिका रूपमा प्रसिद्ध छन् । एकपल्ट उनले जापानी डाक्टरहरूलाई सामान्य चेतसमेत नभएका भनी टिप्पणी गरेर खिन्न तुल्याइदिएका थिए । त्यस्तै, एकपटक शिक्षक-शिक्षिकालाई सम्बोधन गर्दै छु भन्ठानेर उनले बालबालिकालाई गाली गर्नुको साटो आमाबाबुलाई पो गाली गर्नुपर्ने हो भनिदिएर असहज स्थिति खडा गरिदिएका थिए । वास्तवमा उनी विद्यार्थीका अभिभावकलाई नै सम्बोधन गरिरहेका थिए ।


    No comments:

    Post a Comment