• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, August 27, 2009

    चितवनमा डण्डीबियो प्रतियोगिता हुने

    चितवन, १० भदौ - नेपालमा हराउँदैगएको राष्ट्रिय खेल डण्डीबियो प्रतियोगिता चितवनमा आयोजना गरिने भएको छ। चितवनको भरतपुरस्थित हाम्रो एफएमको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना हुने सो खेलमा स्थानीय सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूले सहभागिता जनाउने छन्।

    वार्षिकोत्सको अवसरमा गरिनलागेको विभिन्न कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले एफएमद्वारा नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा सो कार्यक्रमको जानकारी गराएको हो।

    खेलको नियमबारे आधिकारिक जानकारी नभएकाले खेल सुरु हुनु केही दिनअगाडि राष्ट्रिय खेलाडी तथा प्रशिक्षकलाई चितवनमा ल्याई सञ्चारकर्मीहरूलाइ प्रशिक्षण दिएरमात्र कार्यक्रम गरिने आयोजकले जनाएको छ।

    त्यस्तै वार्षिकोत्सवको अवसरमा नै अन्तरकर्मचारी व्याडमिन्टन प्रतियोगिता, घैँटो फुटाउने खेल, स्लो मोटारसाइकल प्रतियोगिता, हाजिरीजवाफ, लोकदोहोरीलगायतका खेल सञ्चालन गरिने बताइएको छ।

    No comments:

    Post a Comment