• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, August 18, 2009

    प्रधानमन्त्रीसँग ७० जना भारत भ्रमणमा

    उनीहरूको लुगा–भत्ताबापत आठ हजार रुपैयाँ र होटल खर्च सरकारले नै व्यहोर्नेछ भने दैनिक एक सय ७५ डलर भत्तासमेत पाउनेछन्।

    लोकमणि राई

    काठमाडौं, प्रधानमन्त्री माधवकुमार नेपाल साढे पाँच दर्जन सदस्य सामेल जम्बो टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा जाँदैछन् । यो संख्या सोमबारसम्म बढेर ७० पुग्न सक्ने प्रधानमन्त्री निकट स्रोतको दाबी छ ।

    परराष्ट्र मन्त्रालय प्रोटोकल डिभिजनका एक अधिकारीका अनुसार आइतबारसम्म टोलीका ५७ सदस्यको नाम तय भइसकेको छ भने ९ जनाको तय हुने निश्चित भइसकेको छ । भ्रमण टोलीमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीबाहेक १८ जनाभन्दा बढी पत्रकार, ६ मन्त्री, मुख्य सचिव, ६ सचिव, सात उद्योगी व्यवसायी र पाँच सभासद छन् ।

    भ्रमण टोलीमा रहेका अन्य सदस्यहरूमा प्रधानमन्त्रीका तीन सल्लाहकार, पत्नी गायत्री नेपाल, प्रधानमन्त्री कार्यालयका जनसम्पर्क सल्लाहकार कल्याणी खड्का, परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव भरत सापकोटा, परराष्ट्रका दक्षिण एसिया तथा सार्क डिभिजन प्रमुख प्रद्युम्नविक्रम शाह, प्रोटोकल डिभिजन प्रमुख मोहनकृष्ण श्रेष्ठ, दुई सहसचिव र एक अधिकृत छन् । त्यसबाहेक दुई सुरक्षाकर्मी पनि टोलीमा समावेश छन् ।

    प्रोटोकल डिभिजनका अनुसार यति ठूलो भ्रमण टोली भारत जान लागेको पहिलो पटक हो । यसअघि ठूलो भ्रमण टोली बनाएकामा आलोचना खेपेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको टोली संख्या

    ४३ थिए ।

    भ्रमण टोलीका सदस्यहरू

    प्रधानमन्त्री माधवकुमार नेपाल

    प्रधानमन्त्री पत्नी गायत्री नेपाल

    राजनीतिक सल्लाहकार रघुजी पन्त

    परराष्ट्र सल्लाहकार राजन भट्टराई

    प्रेस सल्लाहकार विष्णु रिजाल

    प्रधानमन्त्री कार्यालयका जनसम्पर्क सल्लाहकार कल्याणी खड्का

    परराष्ट्रमन्त्री सुजाता कोइराला

    अर्थमन्त्री सुरेन्द्र पाण्डे

    उद्योगमन्त्री महेन्द्र राय यादव

    वाणिज्यमन्त्री राजेन्द्र महतो

    ऊर्जामन्त्री प्रकाशशरण महत

    पर्यटनमन्त्री शरतसिंह भण्डारी

    श्रममन्त्री मोहम्मद अफ्ताव आलम

    मुख्य सचिव माधवप्रसाद घिमिरे

    परराष्ट्र सचिव ज्ञानचन्द्र आचार्य

    अर्थ सचिव कृष्णहरि बाँस्कोटा

    उद्योग सचिव प्रतापकुमार पाठक

    वाणिज्य सचिव पुरुषोत्तम ओझा

    ऊर्जा सचिव शंकरप्रसाद कोइराला

    श्रम सचिव बाबुराम आचार्य

    पर्यटन सचिव नगेन्द्र घिमिरे

    सुरेन्द्रवीर मालाकार, अध्यक्ष नेपाल चेम्बर अफ कमर्स, कुशकुमार जोशी, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ, विनोद चौधरी, अध्यक्ष, नेपाल उद्योग परिसंघ, अरुण चौधरी, अध्यक्ष, नेपाल भारत उद्योग वाणिज्य महासंघ, लता प्याकुरेल, व्यवसायी, नरेन्द्र बस्नेत उपाध्यक्ष, नेपाल भारत उद्योग वाणिज्य महासंघ, प्रसिद्धबहादुर पाण्डे, अध्यक्ष, होटल एसोसिएसन अफ नेपाल, परराष्ट्रमन्त्रीका प्रमुख स्वकीय सचिव भरत सापकोटा, परराष्ट्र मन्त्रालय, दक्षिण एसिया तथा सार्क डिभिजन प्रमुख प्रद्युम्नविक्रम शाह, परराष्ट्र मन्त्रालय, प्रोटोकल डिभिजन प्रमुख मोहनकृष्ण श्रेष्ठ, परराष्ट्र मन्त्रालय, दुई उपसचिव प्रकाश सुवेदी र ऋषिराम घिमिरे, परराष्ट्र मन्त्रालयका एक अधिकृत पाँच सभासद, अठार पत्रकार

    सरकारी भत्तामा डेढ दर्जन पत्रकारको सयर
    काठमाडौं। प्रधानमन्त्री माधवकुमार नेपालको भारत भ्रमणमा जाने पत्रकारहरूको जम्बो टोलीका केही सदस्यहरू दुई दिनअघि नै दिल्ली पुगेका छन्। प्रधानमन्त्री नेपाल भदौ २ गते नयाँदिल्ली जाँदैछन् तर वरिष्ठ पत्रकार कनकमणि दीक्षित, नागरिक दैनिकका सम्पादक नारायण वाग्ले र प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजाल, रिपब्लिकाका सम्प्ाादक अमित ढकाल, कान्तिपुरका सुधीर शर्मा, दी हिमालयन टाइम्सका अजयभद्र खनाल र दी काठमान्डू पोष्टका अखिलेश उपाध्याय साउन ३२ गते नै दिल्ली पुगिसकेका छन्। रिजाल नयाँदिल्लीस्थित पाँचतारे होटल ओवरायमा बसेका छन् भने नेपालबाट जाने अन्य पत्रकारहरूका लागि होटल क्ल्यारिजमा व्यवस्था गरिएको छ। प्रधानमन्त्रीको भ्रमणदलमा यसपालि पत्रकारहरूको ठूलै टोली सामेल छ। साउन ३२ गतेसम्म स्वीकृत अन्तिम नामावलीअनुसार राजधानीका सम्पादक युवराज घिमिरे, हिमालका प्रकाशक कनकमणि दीक्षित, साप्ताहिक/पाक्षिक राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी, प्रेस चौतारीका अध्यक्ष शम्भु श्रेष्ठ, नागरिक दैनिकका सम्पादक नारायण वाग्ले, नेपाल समाचारपत्रका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठ, दी काठमान्डू पोष्टका सम्पादक अखिलेश उपाध्याय, रिपब्लिकाका सम्पादक अमित ढकाल, कान्तिपुरका सम्पादक सुधीर शर्मा, दी हिमालयन टाइम्सका सम्पादक अजयभद्र खनाल, हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपाल, नेपाल पत्रकार महासंघका महासचिव पोषण केसी, रेडियो नेपालका समाचार निर्देशक खगेन्द्र खत्री, प्रेस चौतारीका महासचिव गगन विष्ट, नेपाल टेलिभिजनका बालकृष्ण प्रसाद, गोरखापत्रका रमेश तिवारी भ्रमण टोलीमा परेका छन्। प्रधानमन्त्रीको भारत भ्रमणको समाचार संकलनका लागि राष्ट्रिय समाचार समितिबाट भने कसैलाई पनि समावेश गरिएको छैन। तर राससले आफ्नै खर्चमा निर्मला आचार्यलाई पठाउने भएको छ। निजी खर्चबाट कान्तिपुर र एभिन्युज टेलिभिजनले पनि पत्रकार पठाउने भएका छन्। कान्तिपुर टीभीबाट हरहरि उपाध्याय र राजु तिमल्सिना जाने भएका छन्। प्रधानमन्त्रीको भ्रमणमा जाने पत्रकारहरूले पनि कूटनीतिक राहदानी रातो पासपोर्ट पाउँछन् भने सरकारको विशिष्ट श्रेणीका कर्मचारीले पाएसरह दैनिक भ्रमण–भत्तासमेत पाउँछन्। उनीहरूले लुगा–भत्तासमेत पाउने बुझिएको छ। उनीहरूको लुगा–भत्ताबापत आठ हजार रुपैयाँ र होटल खर्च सरकारले नै व्यहोर्नेछ भने दैनिक एक सय ७५ डलर भत्तासमेत पाउनेछन्।

    No comments:

    Post a Comment