• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, January 30, 2010

    परदेशीलाई यो कस्तो विपत्ती :घर फर्कंदा न स्वास्नी, न सम्पत्ति


    रवीन्द्र भट्टराई
    राजधानीसँग जोडिएको धादिङ जिल्लाको जोगीमारा गाविसमा एक साधारण परिवारमा मेरो जन्म भएको हो। आर्थिक रूपमा कमजोर पारिवारिक पृष्ठभूमिकै कारण मैले पढाइ पनि बीचमै छोड्नुपर्यो । एसएलसी पास गरेपछि प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दागर्दै आर्थिक अभावले सताएपछि जागिरको खोजीमा भौँतारिने क्रममा पढाइ छुटेको पत्तै भएन। अनेक प्रयत्नपछि धादिङ जोगिमाराको गोइराङ प्राथमिक विद्यालयमा पढाउने मौका पाएँ। त्यसै क्रममा ०४५ सालमा मेरो प्रेमविवाह भएको र ५–७ वर्षका दौरानमा दुई छोराको बाबुसमेत बनेँ म।
    समय, परिवेश यही हो, हरेक क्षेत्रमा होडबाजी छ– विश्वभर नै। आर्थिक समृद्धिका सवालमा पछिपरे पनि खर्च गर्ने, नयाँ–नयाँ फेसन अपनाउने र देखासिकी गर्ने कुरामा नेपाली समाज निकै अगाडि छ। यस्तै प्रवृत्तिको सिकार त म बनिना तर आफ्ना चाहना दबाएर, खुसी वा सुखलाई कुल्चिएर भए पनि छोराहरूलाई समयानुकूल प्रतिस्पर्धी बन्न सक्षम तुल्याउनुपर्छ भन्ने सोच मलाई त्यसैबेला आयो। छोराहरूलाई राम्रो स्कुलको शिक्षा दिलाउनकै लागि चितवन भरतपुर गएर डेरा लिई बस्न थालियो। घरायसी खर्चमा जतिसुकै कन्ट्रोल गरे पनि महागो बोर्डिङको शुल्क र सहर–बजारको दैनिकी हुनाले सानो कमाइले धान्न सकेन। त्यसपछि श्रीमती र मबीच खर्चको जोहो कसरी गर्ने भन्ने विषयमा छलफल भयो। अन्तमा, आमनेपाली युवाले अपनाएकै बाटो अपनाएर रोजगारीका लागि म विदेश जाने र श्रीमतीले सन्तानका पढाइको हेरविचार गर्ने एवम् घरव्यवहार सम्हाल्ने निधो भयो।
    मेरी श्रीमती उर्वशी (नाम परिवर्तन) त्यसबेला अत्यन्त सहृदयी, मेरो दुःख र पारिवारिक अवस्था बुझ्ने, पतिव्रता, कसैले नराम्रो नजरले हेरेको फिटिक्कै मन नपराउने र कसैप्रति नराम्रो दृष्टि नराख्ने सोझो प्रकृतिकी थिइन्। सात जुनीसम्म खोजे पनि फेला पार्न नसकिने सुन्दर र सुशील पत्नी फेला परेकोमा म आफैंलाई भाग्यशाली सम्झन्थेँ, अरू कुरामा दुःख भोगे पनि। आखिर जति नै माया–पे्रम भए पनि, सागै जिउने इच्छा भए पनि परिस्थितिको प्रहार त सहनैपर्ने रहेछ। कामका लागि म कतार जाने भएँ। पारिवारिक वियोग सहनैपर्ने भयो।
    ०५९ साल माघ महिनामा कतार प्रस्थान गर्ने उद्देश्यले म काठमाडौं लागेँ। तामाका मुनाजस्ता स–साना दुई छोरा र मेरी आँखाकी नानी उर्वशी पनि मलाई बिदा गर्न अन्तर्राष्ट्रिय विमानस्थलमा उपस्थित थिए। मुटु गाँठो पारी भक्कानिएर आँसु खसाल्दै सलले मुख छोपेर उनले मलाई बिदा गरेको क्षण अहिले पनि झल्झली म सम्भि्करहेछु।
    कतारको केबीकेएस कन्स्ट्रक्सन कम्पनीमा साइट सुपरभाइजरका रूपमा पसिना बगाउने दिनचर्या सुरु भयो कतारमा मेरो। त्यहाँको हावापानीको कुरा गर्ने हो भने वैशाख–जेठ महिनाबाट खप्नै नसकिनेगरी एकैपटक सातवटा सूर्य लागेकोजस्तो ४० देखि ६० डिग्रीसम्म तापक्रम हुने र त्यो क्रम असोजसम्म कायम रहने रहेछ। उराठलाग्ने मरुभूमि, त्यसमाथि पनि सडकको काम बिहानदेखि बेलुकी ६–७ बजेसम्म साइटमा एकछत्र खट्नुपर्ने। बिहानदेखि दिउँसोसम्म आवश्यक अक्सिजन नपाएर मानिसहरू रोडमै बेहोस भएर ढल्थे भने सो क्रममा कतिले ज्यानै गुमाउँथे। म पनि कामको दौरानमा पटक–पटक त्यसरी बेहोस भएर ढलेँ, तर ‘कठै’ भनेर दया देखाउनेसम्म पनि कोही नहुँदा साह्रै नरमाइलो लाग्थ्यो। काल नआइपुगेकोले पटक–पटक मर्ने र बाँच्ने क्रम चलिरह्यो मेरो। जब असैह्य हुन्थ्यो आफ्ना लालाबाला र प्राणप्रिय पत्नीलाई सम्झेर, उनीहरूको भावी सुख–सुविधाको मीठो कल्पना गरेर चित्त बुझाउने कोसिस गर्थें म। कुलरमा राखिएको चिसो पानी बिहानदेखि दिउँसोसम्ममा करिब चालीस लिटरजति पिउँथेँ तर त्यति गर्दा पनि १२ घन्टामा एकपटक पिसाब हुन मुस्किल पर्थ्यो। पिसाब लागिहाले पनि केही थोपा तिरिक्क, त्यो पनि रगतजस्तो रातो हुन्थ्यो। यसप्रकारले वर्षा मौसम गुजारेपछि फेरि मङ्सिरदेखि समुद्री हावा २४ सै घन्टा चिसो बहने भित्र चार–पाँच पत्र टि–सर्ट लगाएर बाहिर बाक्लो ज्याकेट लगाउँदा पनि दिनभर थरथरी काँप्नुपर्ने हुन्थ्यो। हावाले मरुभूमिको धुलो उडाएर आँखा जोगाउनै गाह्रो पर्ने। यसरी ६० डिग्रीको तापमान भएको बेला होस् या रोडा उडाउने हावा चल्ने मौसम, हामी दुःखीया विदेशी कामदारले तोकिएको समय पूरै एकनास खट्नैपर्ने ड्राइभर, अपरेटर, लेबर आदिले सानो मिस्टेक गरे पनि दोष र समस्याजति सुपरभाइजरको नाताले मेरै टाउकोमा आउँथ्यो। आफूमाथिका ठूला भनाउँदाहरूको तथानाम गाली सहनुपर्थ्यो। दिनभर यस्तो कष्ट झेलिसकेपछि पनि आराम गर्ने फुर्सद मिल्दैनथ्यो। साँझ ७ बजे क्याम्प फर्केपछि दिनभर पसिनाले भिजेको कपडा धुने, खानपिनको व्यवस्थालगायतका काम गर्नुपर्थ्यो। यसो गर्दा आरामले सुत्ने त २ घन्टा मात्र फेरि बिहान ४ बजे नै साइड जाने गाडी पक्रिहाल्नुपर्ने यसरी घडीको सुईजस्तै रुटिन थियो, कुनै अवस्थामा पनि छुट नपाइने– काममा जोतिनैपर्ने यस्तो अकल्पनीय दुःखको जिन्दगीबाट गुज्रनुपर्दा पनि म एउटै कुरा सोचेर आफैंलाई ढाडस दिन्थेँ– ‘मैले यसरी केही वर्ष दुःख गरेपछि त सुखका दिन आइहाल्छ, छोराहरूको भविष्य बन्छ, श्रीमतीले सुखमा दिन बिताउन पाउने छिन् केही पैसा जम्मा गरेर स्वदेश फर्कन्छु र आफ्नै मुलुकमा केही काम गरेर भविष्य गुजार्छु।’
    मस्एक–दुईपटक बीचमा छुट्टी मिल्दा म घर नआएको पनि होइन, आउँदा सबै ठीकै चलिरहेकोजस्तो लाग्दथ्यो। ०५९ माघदेखि ०६६ कात्तिमसम्मको सातवर्षे लगातारको ‘जोताइ’बाट मैले छोराहरूको पढाइ स्कुल तहबाट ‘प्लस टु’मा पुर्या६एँ भने रत्ननगर–१३ (चितवन) मा घर–घडेरीसमेत जोड्न सफल भएँ। मेरो तलब २५०० रियाल थियो। आफू सुखद् भविष्यका लागि हरदम काम गर्ने र पैसा जम्मा गर्ने सोचाइमा हुन्थेँ। नेपालमा घरजग्गा किन्नेदेखि छोराहरूको देखभाल गर्ने आदि काम उर्वशीले गरिरहेकै छिन् भन्नेमा ढुक्क भएर मैले सबै पैसा र अचल जायजेथा पनि उनकै नाममा गरिदिएको थिएँ। यतिसम्म सबै ठीकै महसुस गरिरहेको म अभागीमाथि अचानक नसोचेको बज्रपात आइपर्योि।
    गत कात्तिकमा सात वर्ष दुःखले विदेशमा बिताएर अब विदेश नजाने निर्णयका साथ म नेपाल आएँ। मलाई रिसिभ गर्न काठमाडौं आएकी श्रीमतीले अनौठो कुरा गरिन्। उनी मलाई चितवन घर लिएर नजाने कोसिस गर्दै थिइन्। भनिन्, ‘हाम्रो खर्च पनि ठूलो छ, आश गर्नेहरू धेरै छन् त्यहाँ, यसो हुनाले घर जानुभन्दा काठमाडौंमै केही दिन बसेर फेरि कुनै अर्को देशमा ट्राई गरेर विदेश नै जाँदा राम्रो हुन्छ। यतिका वर्ष बितिहाल्यो अब अरू २/४ वर्ष विदेश बसेर के बिगे्रला र?’ उनको यो कुरा सुनेर नरमाइलो त लाग्यो तर म हुस्सुले उनको त्यो प्रस्तावको आशय या चलाखीचाहिँ त्यतिखेर पटक्कै बुझ्न सकिना या बुझ्ने कोसिस नै गरिना। विदेशबाट ल्याएका केही सामान, नगदहरू हात पारेर ‘लौ, काम मिलेपछि खबर गरेर विदेश उड्नुअघि २–३ दिनका लागि घर आउनू’ भन्ने आदेश फर्माएर श्रीमती फर्किइन्। मैले यति मात्र भनेँ, ‘ठीकै छ, फेरि उड्नुपर्ने भयो भने आवश्यक पर्छ, रकम जतन गरेर राख है।’ सुनेको नसुन्यै गर्दै उनी ट्याक्सी चढेर हुइँकिइन्।
    राति लजमा मलाई निद्रा परेन। मलाई त्यसरी माया गर्ने श्रीमतीले कस्तो रुखो व्यवहार गरेकी भन्ने लागेर मनमा छटपटी चलिरह्यो। त्यत्तिका समयपछि विदेशबाट आएको लोग्नेलाई काठमाडौंमा छोडेर पैस्ँँ र सरसामान मात्रै लिएर कसरी घर फर्कन सकेको? अनि २/४ दिनका लागि पनि घर जान नदिएर फेरि विदेश जानु भनी कसरी भन्न सकेको? होइन यसमा कुनै रहस्य त पक्कै होला यस्ता तर्कना रातभर चल्यो। भोलिपल्ट उज्यालो भएपछिचाहिँ ‘मिल्छ भने फेरि बाहिरका लागि किन ट्राई नगर्ने त?’ भन्ने आफैंलाई पनि लाग्यो। एक अफ्रिकी मुलुकका लागि प्रोसेस सुरु पनि गरेँ मैले, चिनजानको साथीमार्फत। सोही क्रममा झन्डै एक महिना काठमाडौंमै बित्यो।
    एकैचोटि मङ्सिर २८ गते म चितवन पुगेँ। घर गएपछि पापको घैंटो फुट्न बेर लागेन। यताउताबाट कुरा पनि सुनिन थाले। मैले जसलाई एकलौटी विश्वास र माया गरेँ, जसको सुख या खुसीका लागि ज्यान बाजीमा हालेर रगत–पसिना बगाएँ, उनै श्रीमती त दुई वर्ष अघिदेखि नै परपुरुष चाखेर हिँड्ने भइसकेकी रहिछिन्। छरछिमेकले नै देख्नेगरी घरमा पुरुष–साथी भित्याएर रासलीला मच्चाउनसमेत उनी पछि परेकी रहिनछिन्। छोराहरू स्कुल–कलेज गएपछि दिनभर उनको चर्तिकला चल्दोरहेछ। पछिल्लो चरणमा आफू उनान्चालीस वर्ष पुगेकोसमेत बिर्सिएर उनले आफूभन्दा १० वर्ष कान्छो रत्ननगरमै कार्यरत एक प्रहरी जवानसँग हिमचिम बढाएकी रहिछिन्। उक्त प्रहरीकी श्रीमतीले दुःखेसो पोखेपछि त म छर्लङ्ग भएँ। उनैको नाममा किनिदिएको घर पनि बैंकमा बन्धकी राखेर ऋण लिएको र त्यो सबै सिध्याएको, उताबाट मासिक रूपमा पठाएको रकमले पनि नपुगेर ऋणैऋण थोपरेको, छोराहरूको ख्याल नगरिदिँदा उनीहरूको पनि पढाइ र आनीबानी बिग्रिएकोलगायतका यथार्थ बुझेपछि म छाँगाबाट खसेझैं भएँ। यस्तो के गरेको? मेरो विश्वासमा किन घात गरेको? छोराहरूमाथि किन यसरी अन्याय गरेको? भनी मैले प्रश्न गर्दा उल्टै मलाई तथानाम गाली गरेर हातै हाल्नसमेत तम्सिएपछि पहिलेकी उर्वशी र अहिलेकी पतित श्रीमतीबीचको भिन्नता छुट्याउन नसकेर म बेहोसतुल्य भएँ। त्यसको भोलिपल्ट त उही प्रहरी जवानसँग उनी घरबार, छोराहरू र मसमेतलाई छोडेर भागिहालिन्।
    मेरै धेरै साथीहरूको पनि यस्तै कहानी सुनेको थिएँ। विदेशमा काम गर्न जाने पुरुषहरूमध्ये करिब ९० प्रतिशतको कहानी यस्तै हो भन्ने सुने–बुझेको थिएँ। त्यति हुँदा पनि आफ्नी पत्नीमाथिचाहिँ मैले कहिल्यै अविश्वास र शङ्का गर्न सकिना। केवल अलिअलि कमाएको पैसाले अब यहीँ कुनै राम्रो व्यवसाय गरेर बाँकी जीवन सुखसाथ कटाउने सोचमै म मग्न रहेँ। तर, मेरो विश्वास र सपनामाथि आज क्रूर प्रहार भएको छ, निष्ठुरी ईश्वरले आफ्नी अर्धाङ्गिनी भनाउँदीलाई नै हतियार बनाएर ममाथि प्रहार गरेका छन्। आज न मसँग श्रीमती रहिन् न त धन–सम्पत्ति नै रहे फगत ऋणको बोझ, पढ्दै गरेका छोराहरूको बेडा पार गर्नुपर्ने दायित्व र रित्तो जीवनबाहेक बाँकी केही रहेन मसँग बुझ्दै जाँदा मलाई जस्तो अरू थुपै्र युवाहरूलाई पनि परेको रहेछ। के आफ्नो देशमा रोजगारी नपाएर विदेशी भूमिमा रगत–पसिना बगाउनुपर्ने नियति लिएर आएका मजस्ता वैदेशिक रोजगारका लालसी नेपाली पुरुष सबैको दुर्दशा यस्तै नै हो त? यो सम्झेर म हिजोआज कहालिने गरेको छु।
    ( कुराकानीमा आधारित साभारः घटना र विचार)

Thursday, January 28, 2010

हैरान भए केटीहरु प्रचण्डका सेनाले जिस्काउदा


जतिसुकै ठुल्ठूला संघर्ष र उपलब्धिको अगुवाइ गरेको किन नहोस्, संसारमा चरित्र सफा नहुँदा त्यस्ता थुप्रै व्यक्ति नांगिएका छन्। आ136नो मात्र कुरा होइन, वरिपरिका सहयोगी खराब हुँदा पनि नेताको इज्जत ध्वस्त हुन्छ। अहिले राजधानीको नयाँबजारस्थित प्रचण्डनिवासमा त्यस्तै भइरहेको छ। 

राजधानी छिरेदेखि नै प्रचण्डको सुरक्षार्थ उनको निवासमा जनसेनाका जवान तैनाथ छन्। घर छाडेर नेता र पार्टीको सुरक्षामा उनीहरू वर्षौंदेखि त लागेकै छन्, तर मुख्य कुरामा चुक्दा गम्भीर प्रश्न जन्मिएका हुन्। माओवादी पार्टीभित्र यौनको सुविधा छैन। प्रेम गर्ने छुट त कसैले रोक्नै नसक्ने विषय भयो, तर यौनका नाममा प्रेम त्यहाँ स्वीकार्य छैन। हरपल नेताको सुरक्षार्थ गेट कुर्नुपर्ने सेनाका जवानले राजनीतिक मोर्चाका कार्यकर्ताजस्तो अनेकन मान्छे भेट्ने, संगठन गर्ने, जनतामाझ स्थापित हुने चिन्ता पनि गर्नुपरेन। जो खुला रूपमा काम गर्छन्, तिनले अनेक मान्छे भेट्छन् र आ136ना व्यक्तिगत चाहना पनि कुनै न कुनै रूपमा पूरा गरेकै हुन्छन्। तर, नयाँबजारका सैनिकहरूको दुःख बेग्लै छ। 
खुसीबु, नयाँबजार, सोह्रखुट्टेतिरका युवतीलाई सोध्यो भने जनसेनाका ती दुःख आक्रोश बनेर अभिव्यक्त हुने गरेका छन्। प्रचण्ड निवासअघिल्तिर पुग्दा युवतीलाई हेर्दैै कहिले सिठ्ठी फुक्ने त कहिले 'आहा, कस्तो लचकदार बाकस' भन्दै जिस्क्याइमा पर्ने गरेका छन्, युवतीहरू। यस्तो समस्यालाई धादिङ घर भई ताहाचल क्याम्पसमा स्नातकतहमा अध्ययनरत ज्योति शर्मा र सर्लाही घर भई ताहाचलमै शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर गर्दै रहेकी राधिका खतिवडाहरूले नजिकबाट अनुभूति गरेका छन्। उसो त, धादिङकी ज्योति आफैँ भने त्यस्तो समस्यामा परेकी छैनन्। तर, प्रचण्डनिवास नजिकै डेरा बस्ने ज्योतिले आफूभन्दा जुनियर युवतीहरूको समस्यालाई आफैँले देख्न र भोग्न पाइन्। ताहाचलमै प्रमापणपत्र तहमा अध्ययनरत केही युवती ज्योति बसेकै घरमा डेरा बस्छन्। प्रचण्डनिवासको सुरक्षार्थ तैनाथ जनसेनाले युवती जिस्क्याएको घटना ज्योतिले ५/६ महिना पहिल्यैबाट देख्दै थिइन्। उनलाई लाग्यो, उरन्ठेउलाहरू यस्तै हुन्। तर, जब आफू बसेकै घरमा बस्ने युवतीहरूमाथि त्यस्तो समस्या आयो, तब उनले भनिन् पनि, 'माओवादीको जंगली स्वभाव अझै गएको रहेनछ।' तर, जनसेनाको जिस्क्याइ खेप्ने ती युवतीहरू आफैँ पनि माओवादीसम्बद्ध अखिल (क्रान्तिकारी) सित आबद्ध रहेछन्। उनीहरूले ज्योतिलाई भने, 'हैन, दिदी यही कुरामा पार्टीलाई नै जोड्नुपर्ने कारण त छैन।' यस्तो संवाद भएको दुई/चार दिनपछि फेरि ज्योति र जुनियर युवतीहरू त्यही बाटो हिँड्दै थिए। सिनेमाको कास्टिङमा कामुक नायिका देखापर्दा अल्लारेहरूले हलमा सिठ्ठी बजाएजस्तो प्रचण्डनिवासबाट सिठ्ठीका आवाज सुनिए। ज्योतिले तत्कालै त्यहाँ भएका पार्टीका मान्छेसित कुरा राखिन्। 'जनसेनालाई हामी सम्झाउँछौँ' भन्नु त कता–कता, उल्टै ती युवतीहरूले भड्किलो पोसाक लगाएको आरोप खेपे। 'यही उमेरमा यसरी कम्मर हल्लाएर हिँडेपछि कसले जिस्क्याउँदैन त, पहिला आफू पो गतिलो हुनुपर्छ,' माओवादी कार्यकर्ताको जवाफ उद्धृत गर्दै ज्योतिले जनआस्थालाई सुनाइन्।  
यो समस्यालाई नजिकबाट बुझ्ने नुवाकोटकी उषाकिरण तिमल्सेनाले माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईका सहयोगी विश्वदीप पाण्डेलाई नजिकबाट चिनेकी थिइन्। एकदिन ज्योति र उषाले विश्वदीपलाई बागबजारको एउटा चियापसलमा बोलाएर यस विषयमा जानकारी पनि दिए। विश्वदीपले त्यस्तो कामलाई 'घृणित' र 'निन्दनीय' को संज्ञा दिए। तर, उपाध्यक्षको पिएले संज्ञा दिएर के गर्नु, अध्यक्षका गार्डले कुनै टेरपुच्छर लाएका छैनन्। --जनआस्था

पेरिसडाँडामा बबाल

काठमाडौं। 'युद्धमा लडियो, खुट्टा गुमाइयो, म सहिदपरिवारको मानिस पनि हुँ, पछि उहाँसँग विवाह भयो, त्यसपछि जनदिशामा काम गर्न थालेँ, तर पार्टीभित्रको अन्तरसंघर्षको सिकार बनाइयो र जनदिशाबाट निकालियो, पछि यो बच्चा पाउने वेला काठमाडौंमा हाम्रो राम्रो कोठासमेत थिएन, त्यहीकारण बच्चा जन्माउनासाथ म माइती गएर बस्नुपर्योे तर, पार्टीले कुनै वास्ता गरेन।' यति भनिसक्दा नसक्दै उनको आँखाबाट आँशु थामिन सकेन। उनी हिँक्कहिँक्क गर्दै रुन थालिन्। संयोग पनि कस्तो पर्यो  भने, उनको काखमा रहेको बच्चा पनि त्यही वेला रुन थाल्यो। आमा र बच्चा सँगै रुन थालेपछि अध्यक्ष प्रचण्डसमेत भावुक भए। धेरैका आँखाबाट आँशु झरेको देखियो।  
गत पुस २२ गते पेरिसडाँडास्थित माओवादी मुख्यालयको हलमा देखिएको भावुक दृश्य हो यो। एकीकृत नेकपा (माओवादी) को प्रकाशन राज्यसमितिमा संगठित पत्रकारहरूले कुरा राख्ने क्रममा सुनीता रेग्मी (योजना) ले यसरी आफूले भोग्नुपरेका दुःख र व्यथा बताएर सबैलाई भावुक बनाएकी थिइन्। १० वर्षे जनयुद्धक्रममा जनमुक्ति सेनामा भर्ती भएर कम्पनी कमान्डरको जिम्मेवारी सम्हालेकी योजनाले लमजुङको बाहुनडाँडास्थित रिपिटर टावरमाथिको आक्रमणको क्रममा एउटा खुट्टा गुमाएकी थिइन्। उनी उपचारको क्रममा रहेका वेला उनका जीवनसाथी तथा वासुस्मृति ब्रिगेडका सहकमान्डर वसन्त (प्रकाश रिजाल) ले रोल्पामा सहादत प्राप्त गरेका थिए।  
लोकतन्त्र पुनर्स्थापनापछि जनमुक्ति सेनाको जिम्मेवारी छाडेर जनादेशमार्फत पत्रकारिता सुरु गरेकी योजनाले त्यसपश्चत् जनदिशामा काम गर्न थालेकी थिइन्। त्यसै क्रममा उनको जनादेशमै पत्रकारिता गरिरहेका ध्रुव अधिकारी (राजन) सँग बिहे भयो। अघिल्लो वर्ष बालाजुमा सम्पन्न विस्तारित बैठकदेखि नै पार्टीभित्र अन्तरसंघर्ष देखिनथालेपछि डा. बाबुराम भट्टराई पक्षधर भएको आरोप लगाउँदै योजनालाई जनदिशाबाट निकालिएको बताइन्छ। अन्तरसंघर्षकै कारण धु्रव पनि जनदिशामा बस्न नसकेको र छाडेको स्रोतको दाबी छ। गहभरि आँशु पार्दै र हिक्हिकाउँदै आ136ना दुःखका कथा राख्न थालेपछि त्यहाँ आँशु नझार्ने कोही थिएन।  
प्रकाशन राज्यसमितिमा रहेका सबै पत्रकारले पुस ११ गते कुरा राख्न समय नपाएपछि त्यसकै निरन्तरतास्वरूप पुस २२ गते फेरि भेला बोलाइएको थियो। भेला सुरु नहुँदै जनआस्थामा पुस ११ को भेलामा राखिएका कुराहरू जस्ताको त्यस्तै प्रकाशित भएको कुराप्रति छानबिन गरेर कारबाही गर्नुपर्छ भन्दै आक्रोश पोखेपछि क्रान्तिकारी पत्रकार संघको अध्यक्षसमेत रहेका माओवादी केन्द्रीय सदस्य, प्रकाशन राज्यसमिति सचिव महेश्वर दाहालले 'जनआस्थामा समाचार गएको आखिर हामीभित्रैबाट हो कसले कसलाई कारबाही गर्ने?' भन्दै बैठक सुरुवात गरेका थिए। यति भन्दै दाहालले बोल्नका लागि '136लोरओपन' गरेपछि लालरक्षकको सम्पादक रहेका निर्मल ज्ञवालीले बोल्न सुरु गरेका थिए।  
अध्यक्ष प्रचण्डका अलावा उनले 'यहाँ रहनुभएका जनआस्थाका रिपोर्टरज्यू' भन्दै आ136नो कुरा राखेका थिए। त्यसअघि र पछि बोल्ने अधिकांशले जस्तै उनले पनि इन्चार्ज एवं पार्टी प्रवक्ता दीनानाथ शर्माप्रति तीव्र आक्रोश पोखे। 'यहाँ मैले यो कुरा राख्दा अन्यथा नसोचियोस्, हामीलाई युद्धको वेला प्रयोग गरियो, तर अहिले पार्टीले वास्ता गर्न छाडेको छ,' उनको भनाइ थियो, 'त्यसैले, मैले आ136नो जीविकोपार्जनका लागि नाइट ट्याक्सी चलाउन थालेको छु।' विभाग इन्चार्ज शर्मा नालायक भएको बताउँदै उनले शर्माको राजीनामा माग गरे। अघिल्लो बैठकको समाचार जनआस्थामा कसरी गयो भन्नेसम्बन्धमा छानबिन गरी दिनेलाई गद्दार घोषणा र पार्टीबाट कारबाही गर्नुपर्ने उनको माग थियो। उनले बोल्दै गर्दा कतिपयले चाहिँ लालरक्षकबाट २० हजार तलब खान्छ, अहिले नाइट ट्याक्सी चलाउन थाल्या'छु भनेर खोक्छ' भन्दै उनको आलोचनासमेत गरेका थिए।  
रेडियो मिर्मिरेमा कार्यरत 'प्रज्वल' ले चाहिँ रेडियोमा कहिले 'किरण' को र कहिले 'बाबुराम' को मान्छे भन्दै पार्टीमै काम गर्ने पत्रकारहरूलाई पेल्ने गरिएको गुनासो पोखेका थिए। दिन–रात काम गरे पनि काठमाडौंको महँगीमा जीवनयापनका लागि आवश्यक पर्ने तलब नदिइएको भन्दै दुःखका कुरा सुनाउने क्रममा आँशु थाम्न सकेनन्, उनी पनि रोए। पार्टीभित्रैबाट गोप्यताहरू कसरी लिक हुन्छन् भन्ने सम्बन्धमा उनले प्रचण्ड प्रधानमन्त्री हुँदाताकाका प्रेस सल्लाहकार ओम शर्मालाई पनि मुछे। उनले भने, 'चीनले गोप्यरूपले दिएको शान्ति तथा मैत्री सन्धिको मस्यौदा ओम शर्माजीबाट पहिला लिक भएको हो।' चीनलेे सन्धिको मस्यौदा बुझाएको समाचार प्रकाशन भएपछि प्रधानमन्त्री प्रचण्डका वैदेशिक सल्लाहकार हीराबहादुर थापाले जर्मनीका लागि राजदूत बनाइएका सुरेश प्रधानले सार्वजनिक गरेको आरोप लगाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी दिएका थिए।  
रेडियो मिर्मिरेमै कार्यरत अर्का सञ्चारकर्मीको प्रस्तुति अझ कडा थियो। उनले शान्तिप्रक्रियामा आएपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले आ136ना छोरी–ज्वाइँ र छोराहरूलाई जागिर खुवाउन मिडियामा गोप्य लगानी गरेको दाबी गरेका थिए। 'जनयुद्धका लागि हामी जनताका छोराछोरीले लड्ने,' नजिकै रहेका शर्माका छोरा राजनलाई चोरऔँलाले देखाउँदै उनले भने, 'तर शान्तिप्रक्रियामा आएपछि नेताहरूले आ136ना छोरी–ज्वाइँ र छोराहरूलाई जागिर खुवाउनका लागि गोप्य रूपले मिडियामा लगानी गर्ने?' आ136ना नातेदारहरूलाई जागिर खुवाउन नेताहरूले यसरी लगानी गर्दा पार्टीसम्बद्ध जनदिशा, जनादेशलगायतका पत्रिकाचाहिँ बन्द हुने स्थितिमा रहेको पनि उनले बताएका थिए।  
'पहिले पार्टीकै मुखपत्र संश्लेषणमा काम गरियो, तर पछि के भयो, थाहै नदिई त्यहाँबाट नाम हटाइयो' उनको थप भनाइ थियो– 'जनयुद्धका क्रममा गोली खाइयो, तर पार्टीमा काम गर्दा यस्तो व्यवहार भयो।' उनले माओवादी सञ्चारसंस्थाहरूमा बराबर काम–बराबर तलबको नीति लागू गर्नुपर्ने माग पनि गरेका थिए। आफूहरूले पाउने तलबको कुरा गर्दा उनले पनि आँशु थाम्न सकेनन्। 'जाबो पाँच हजारले के गर्ने' भन्दै उनले आ136नो संस्थामा एक घन्टा काम गर्नेले पनि पाँच हजार र अन्यत्र काम गरेर आउनेले पनि पाँच हजार पाउने गरेको बताउँदै धेरै काम गर्नेलाई धेरै र थोरै काम गर्नेलाई सोहीअनुसार तलबको व्यवस्था गर्नुपर्ने माग गरेका थिए। मिर्मिरेमै कार्यरत अर्का पत्रकारले चाहिँ 'राज्यसमिति स्तरका पत्रकारहरूको भेला भनिए पनि जिल्ला समितिमा समेत नपुगेकाहरूलाई आ136नो पकेटको मान्छे भएको आधारमा बैठकमा ल्याएको भन्दै आपत्ति जनाएका थिए। 
रेडियो मिर्मिरेमै कार्यरत अरुणा रायमाझी पनि आर्थिक अभावका कारण सिर्जित दुःख सुनाउने क्रममा रोएकी थिइन्। 'हामी बलिदान दिन भनेर जनयुद्धमा लागेका हौँ, तर अहिले हामीलाई काम दिइएको छैन, नालायक नेतृत्वका कारण यस्तो स्थिति सिर्जना भयो, हामीलाई पेन्डुलम बनाइयो' भन्दै उनले प्रकाशन राज्यसमितिका इन्चार्ज (दीनानाथ शर्मा) र सचिव (महेश्वर दाहाल) दुवैको नेतृत्व आफूहरूले नमान्ने चेतावनी दिइन्। 'तपाईं (दीनानाथ र महेश्वर) दुईजना दुईतिर (क्रमशः डा. बाबुराम र किरण) तिर भएर गुटबन्दी गर्नुभएको छ, हामी तपाईंहरूको नेतृत्व मान्दैनौँ' उनले माग गरिन्, 'दुवैजनालाई यो जिम्मेवारीबाट निकालेर कि नयाँ नेतालाई यो जिम्मेवारी दिनुपर्यो , कि अध्यक्ष कमरेड आफैँले प्रकाशन राज्यसमितिको नेतृत्व गर्नुपर्योट।' 
कडा अभिव्यक्ति दिनेमध्येमा संकटकालताका धादिङको बैरेनी ब्यारेक ब्रेक गरेर निस्केका राजु क्षेत्री पनि थिए। जनादेशमा कार्यरत उनले आ136नै पत्रिकाका व्यवस्थापक (अर्जुन थपलिया) को कडा आलोचना गरेका थिए। 'जनादेशका व्यवस्थापकलाई पत्रिकामा काम गर्ने साथीहरूले खान पाएका छन् कि छैनन्, कोठाभाडा तिर्न सकेका छन् कि छैनन् भन्ने कुराको कुनै वास्ता छैन' आक्रोश पोख्दै उनले भने, 'हाम्रो स्थिति यस्तो छ, उहाँलाई भने विभिन्न व्यापारीलाई भेट्दैमा फुर्सद छैन।' माओवादी पत्रकारहरूमा आर्थिक रूपले उनको पनि अवस्था नाजुक रहेको बताइन्छ। आ136नो छोराको कानको अपरेसन भर्खरै गरिएको, तर तिर्ने पैसा नभएको बताउँदै उनले प्रचण्डसँग भने, 'सारा जीवन पार्टीलाई दिएको छु, अपरेसन गर्दा २५ हजार खर्च भयो, बिल यहीँ लिएर आएको छु, यो बिल अध्यक्ष कमरेडलाई दिउँ्क कि के गरौँ?'  
भेलालाई नै स्तब्ध बनाउने योजना (सुनीता रेग्मी) का श्रीमान् धु्रव अधिकारी (राजन) ले युद्धको वेला प्रचारयुद्धमा सफलता पाए पनि शान्तिकालमा राम्रो व्यवस्थापन नगर्दा पार्टी पछिपरेको बताएका थिए भने संगीता खड्काले पनि जनआस्थामा समाचार आएकोमा आपत्ति जनाउँदै पार्टीभित्र महिला पत्रकारहरू उपेक्षित भएको बताएकी थिइन्। 'हिजो कठिन स्थितिमा ज्यान हत्केलामा राखेर काम गरियो, तर अहिले पार्टीले हाम्रो वास्ता गर्न छाडेको छ,' उनको दुःखेसो थियो, 'पार्टीमा यो नेताको र त्यो नेताको भनेर विभाजन गर्न थालिएको छ, एउटासँग बोल्यो अर्काले चित्त दुखाउँछ, ज्यादै अप्ठ्यारो स्थितिको सिर्जना भएको छ।'  
बोल्ने सबैले प्रकाशन राज्यसमितिको नेतृत्व नालायक भएको बताउँदै हटाएर नयाँ नेतृत्व राख्न माग गर्नुका साथै जनआस्थामा समाचार आएकोमा दिनेको खोजबिन गरी कारबाही गर्नुपर्ने माग गरेका दिए। कतिपयले चाहिँ पार्टी अध्यक्ष प्रचण्डले नै पार्टी पक्षधर मिडियाहरूलाई बेवास्ता गरेकोमा आलोचना गरेका थिए। खासगरी रेडियो मिर्मिरेमा कार्यरतहरूले यस्तो आरोप लगाएका थिए। 'अध्यक्षको अन्तर्वार्ता अरू मिडियामा आइरहेको हुन्छ, तर पार्टीसँग सम्बद्ध मिडियाले भेट्न खोज्दा समय पाइन्न,' उनीहरूको भनाइ थियो। प्रचण्ड आफू र दीनानाथ शर्माप्रति सहभागीहरूले आक्रोश व्यक्त गर्दा घरी हाँस्थे भने पत्रकारहरू रुँदा भावुक बन्थे।  
करिब दर्जनजति पत्रकारले बोलिसकेपछि फेरि अर्काे दिन पनि अध्यक्षलाई नै राखेर बैठक गर्ने भन्दै त्यसदिनको भेला स्थगित गरिएको थियो। 'तपाईंहरू सबैका कुरा स्वयं अध्यक्षले नै एक–एक गरी सुन्न चाहनुभएको छ, तर आज थप समय छैन, फेरि अर्काे दिन गर्ने' भन्दै महेश्वर दाहालले अर्काे भेला पुस २६ गते गर्ने निर्णय सुनाएका थिए। तर, हलबाट त्यसदिन संघीयताको विरोधमा मोहनविक्रम सिंहहरूले काठमाडौं बन्द गरेको कुरा उठेपछि बैठक अघिल्लो दिन (पुस २५ गते) का लागि सारिएको थियो। तर, के कारणले हो, २५ गतेको कार्यक्रम पनि सारियो।  --जनआस्था

पचास हजार घर भाडा तिरेर बस्छन् प्रचण्ड

काठमाडौं। माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुनुभन्दा अगाडि र प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पनि बस्दै आएको नयाँबजारस्थित भाडाको घर छाड्ने मुडमा रहे पनि अन्ततः अब त्यो सोचाइबाट पछि हटेका छन्।
प्रचण्ड परिवार घरबेटीले मागेबमोजिम भाडा तिरेर त्यही घरमा बस्ने राजी भएको छ।
त्यसोभए प्रचण्डले त्यो घरको भाडा कति तिर्छन् होला त? प्रचण्डजस्ता नेतालाई घरधनीले २०/२५ हजारमा घर दिएका होलान् भन्ने तपाईंहरूले सोच्नुभएको होला। तर, प्रचण्डले भाडाबापत योभन्दा झन्डै दोब्बर तिर्न थालेका छन्। पछिल्लोपटक उनको घरको भाडा बढेर ५० हजार पुगेको छ।
माओवादी स्रोतका अनुसार, प्रचण्ड सोही घरमा पहिलोपटक बस्दा भाडा ४० हजार तोकिएको थियो। सुरुमा घरधनी घर दिन खुसीसाथ राजी भए पनि प्रचण्ड प्रधानमन्त्री भएपछि भने उनीहरूले घर खाली गराइदिन आग्रह गरेका थिए। प्रचण्डका लागि बालुवाटारस्थित सरकारीनिवास भए पनि उनको सुरक्षामा रहेका जनसेनाका लागि भने बस्ने स्थान थिएन।
त्यसैले, घर सर्ने भनेर माओवादी कार्यकर्ताले काठमाडौंको विभिन्न स्थानमा घर खोजी गरे, तर फेला परेन। उता, बस्नका लागि नयाँ घर खोज्दा खोज्दै प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने परिस्थितिको सिर्जना भयो। तर, प्रचण्ड नयाँबजार सरेपछि पनि घरधनीले घर खाली गरिदिन अप्रत्यक्षरूपले आग्रह गरिरहे। स्रोतका अनुसार, भाडा बढाउनुपर्ने आशयका साथ घरधनीले घर खाली गरिदिन भनेका थिए।
'कति खोज्दा पनि नयाँ घर नभेटिएपछि बरु बढी भाडा दिएर उहाँ (प्रचण्ड) हरू त्यही घरमा राजी हुनुभयो,' स्रोतले भन्यो, 'त्यसपछि पहिलेको भाडामा रु. १० हजार आफँैले थपिदिएर त्यही घरमा बस्न थाल्नुभएको छ।'  --
जनआस्था

बेलायतका नेपाली विद्यार्थीबीच रुवाबासी

नवीन पोखरेलनवीन पोखरेल

लन्डन-, २०६६ माघ ९ - 
यूके बोर्डर एजेन्सी (यूकेबीए) ले नियम उल्लंघन गरेर 'करोडौं कुम्ल्याउन उद्यत' भन्दै ६७ कलेज निलम्बन गरेपछि त्यहाँ अध्ययनरत हजारौं नेपालीको उच्च शिक्षा लिने सपना चकनाचुर भएको छ । लाखौं खर्चेर बल्लतल्ल आएका नेपाली विद्यार्थीबीच रुवाबासी नै चलेको छ । 
यूकेबीएको यस निर्णयले मुख्यतः ती कलेजमार्फत यूके आउन आवेदन दिइरहेका अन्तर्राष्ट्रिय विद्यार्थीको प्रक्रिया र यूकेमै रहेका विद्यार्थीको भिसा अवधि थप्ने प्रक्रिया दुवै स्थगित हुनेछ । 
होम अफिसको नियम मिच्ने ती कलेज यो साता निलम्बनमा परेपछि नेपाली विद्यार्थी मानसिक तनावमा छन् । निलम्बित कलेज सदाका लागि बन्द भए अर्को नयाँ खोज्न उत्तिकै रकम जुटाउनुपर्ने र भिसा थप्ने प्रक्रियासमेत अवरुद्ध हुने भएपछि विद्यार्थी समस्यामा परेका हुन् । नेपालीद्वारा सञ्चालित दुई कलेजसमेत निलम्बनमा परेका छन्, जहाँ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत थिए । 'यूके उत्रेकै साता कलेज निलम्बनमा परेछ, तिरेको ४ हजार पाउन्ड डुब्ने पो चिन्ता भयो,' साउथ इस्ट लन्डनस्थित नेपालीको कलेजमा अध्ययनरत एक विद्यार्थीले गुनासो गरे, 'अब काम नपाउनुको पीडाभन्दा कलेजको टेन्सनले रुनु न हाँस्नु भएको छु ।'
यूकेबीएले लाइसेन्स लिँदा गरेका सर्तहरू पूरा नगरे कलेजको 'स्पोन्सरसिप लाइसेन्स' खारेज गरिदिन सक्छ । मापदण्डविपरीत कोटाभन्दा बढी विद्यार्थी झिकाउने, आफ्नो छडकेमा शैक्षिक संस्थाको आधारभूत संरचना र पठनपाठन सन्तोषजनक एवं विद्यार्थीको रेकर्ड दुरुस्त नदेखे लाइसेन्स खोस्ने वा रद्द गर्ने अधिकार यूकेबीएलाई छ । निलम्बित ह्यामरस्मिथ कलेजमा पढ्ने केसी थरकी एक विद्यार्थीले भनिन्, '८ लाख ऋण खोजेर ५ महिनाअघि यूके आएको । काम छैन, त्योमाथि कलेज बन्द भएर थप मर्माहत हुनुपर्‍यो ।' अढाइ वर्षअघि बेलायत आएकी अल्फा मेरिडियन कलेज लन्डनमा व्यवस्थापन विषय अध्ययनरत ठकुरीलाई भने भिसा थप्ने बेलैमा कलेज निलम्बनको खबरले विक्षिप्त बनाएको छ । 'भिसा पठाउने बेला यस्तो खबर सुनियो, अब के पो हुने हो ?' उनले दुखेसो गरिन् ।
बीएलजे सोलिसिटर्सका लिगल कन्सल्टेन्ट महेश दाहालले निलम्बनलगत्तै विद्यार्थी आत्तिँदै आफ्नो र्फममा आएको बताए । 'लाखौं खर्चेर यूके आएका विद्यार्थीमा रुवाबासी नै चलेको छ । सबैजना अब के हुने हो भनेर अन्योलमा छन्,' दाहालले भने, 'नेपालका कन्सल्टेन्सीले विद्यार्थीका कागजात हाई कमिसन पठाउनुअघि होम अफिसको आधिकारिक वेबसाइट हेरेर मात्र अघि बढेमा धेरैको हित हुने देखिन्छ ।' 
यूकेबीएको तर्फबाट आएका 'भिजिटिङ अफिसियल' ले त्यस्ता शैक्षिक संस्थालाई के कारण 'सस्पेन्ड' गरिएको हो भन्नेछन् र २८ दिनभित्र यूकेबीएले दिएको पत्रको लखित प्रमाणसहित प्रत्युत्तर दिनुपर्नेछ । प्रत्युत्तर सन्तोषजनक नआए सदाका लागि कलेज नै बन्द गरिदिनेछ । २८ दिनभित्र जवाफ दिन नसक्ने अवस्था भए निलम्बित कलेजले थप समय माग गर्न सक्नेछन् । टियर ४ अन्तर्गत लाइसेन्स सस्पेन्ड भएको अवस्थामा कुनै पनि 'सस्पेन्डेड' कलेजले विद्यार्थीका लागि नयाँ भिसा लेटर वा 'सीएएस' जारी गर्न नमिल्ने प्रावधान छ । 
'लाइसेन्सप्राप्त शैक्षिक संस्थाले आफ्नो काम, कर्तव्य र अधिकार उल्लंघन गरेमा र त्यसबाट अध्यागमन नियन्त्रणमा खतरा भएमा यूकेबीएले निलम्बन गर्न सक्छ,' बि्रटेन नेपाल लयर्स एसोसिएसनका अध्यक्ष एवं सोलिसिटर राजु थापा भने । 'त्यस्ता कलेजलाई स्पोन्सर रजिस्टर्डबाट हटाउनेछ र निलम्बन अवधिभर कुनै पनि विद्यार्थीलाई अध्ययनका लागि भिसा लेटर वा सेन्टर सीएएस जारी गर्न रोक लगाउनेछ । सस्पेन्ड कलेजले कुनै पनि विद्यार्थी अध्ययनका लागि भिसा लेटर वा सीएएस जारी गरे यूकेबीएले थप कारबाही गर्नेछ,' उनले भने ।
कलेज सञ्चालक भने निलम्बनको खबरलाई सामान्य भन्दै यो निर्णय केही समयका लागि मात्र भएकाले संयमता अपनाउन सुझाव दिएर विद्यार्थीको आक्रोश शान्त पार्न खोजिरहेका छन् । 'हाम्रो २८ दिनका लागि लाइसेन्स दिने अधिकार मात्र गुमेको हो, पढाइ त सुचारु नै छ,' निलम्बित लन्डन कलेज अफ ल एन्ड म्यानेजमेन्टका ओटिएचएम डिपार्ट हेड शेखजियल हकले कान्तिपुरसँग भने, 'भिसा अवधि थप्न लागेका विद्यार्थीले केही समय कुर्नुपर्ने भो । वास्तवमा विद्यार्थीलाई भन्दा हामीलाई बढी चिन्ता छ, पुनः लिने प्रक्रिया अघि बढाइसकेका छौं ।'
विद्यार्थीसँग कलेज सस्पेन्ड हुनु अगाडिको भिसा लेटर छ र बि्रटिस हाई कमिसनले अध्ययनका लागि 'इन्ट्री क्लियरेन्स्' दिए पनि कलेजका समस्या समाधान नभइन्जेल बेलायत नआउन सुझाव दिन्छन् थापा । 'इमिग्रेसन अफिसरले त्यस्ता विद्यार्थीलाई प्रवेश दिनसमेत रोक लगाउन सक्नेछन् । त्यसैले विद्यार्थीले होम अफिसको वेबसाइटमा कलेजहरू रजिस्टर्ड छन्/छैनन् समयमै जानकारी लिएर मात्र आउन उचित हुनेछ,' उनले सुझाए ।
नेपालमा कन्सल्टेन्सीहरूको झूटा आश्वासन, विद्यार्थी पनि कलेजबारे बेखबर, अध्ययनभन्दा रोजगारी बढदो प्राथमिकता, आवेदन दिँदा यथेष्ट रकम भएको पुष्टि गर्ने तर बेलायत प्रवेश गरेपछि यूकेबीएले निर्दिष्ट गरेको 'मेन्टिनेन्स् फन्ड' आफ्नो खातामा नहुँदा विद्यार्थीले समस्या भोगिरहेका छन् । कलेज सस्पेन्ड, लाइसेन्स रद्द आदि कारण विद्यार्थीले तिरेको ट्युसन शुल्कसमेत गुमाउँदैछन् ।

सजिलो छैन अमेरिकामा काम गर्दै पढ्न

विजय घिमिरे/ज्योति देवकोटा, वासिङ्टन डिसी, माघ १४- प्लस टु सकेर नर्सिङ पढ्न अमेरिका आएकी रेजिना बस्नेत दुई महिनाको छुट्टीमा काम खोज्दै छिन्। गएको वर्ष यहाँ आउँदा उनको साथमा १० हजार डलर थियो। वर्षदिनमै सबै सकिएपछि उनलाई पढाइ खर्च जुटाउन धौधौ परेको छ।
'यहाँ विद्यार्थीले काम पाउन सजिलो रहेनछ,' अमेरिकाको दुर्गम मानिने साउथ डकोटाबाट कामको खोजीमा डिसी आएकी रेजिना भन्छिन्, 'नेपालबाट ल्याएको पैसाले धान्न सकिँदैन, यहाँभन्दा त उतै पढ्न सजिलो र सस्तो थियो।'
काम गर्दै पढ्छु भनेर अमेरिका आएका धेरै नेपाली विद्यार्थीको यही हाल छ।
पहिले मिचिगनमा पढेका विकास भण्डारी पनि काम खोज्दै सान फ्रान्सिस्को बस्ने आफन्तकहाँ आइपुगेका छन्। 'त्यहाँ काम नपाएर कलेजको फि उठाउनधरी सकिएन,' उनी भन्छन्, 'अब यतै काम गर्ने र कम्युनिटी कलेज भर्ना हुने विचार छ।'
तर, कुन कम्युनिटी कलेज भर्ना हुने उनलाई थाहा छैन। यत्ति थाहा छ- विश्वविद्यालयको तुलनामा कम्युनिटी कलेज सस्तो हुन्छ, पढाइको स्तर कम भए पनि।

उच्च शिक्षाका लागि विदेश जान चाहने अधिकांश नेपाली विद्यार्थीको पहिलो रोजाइ संयुक्तराज्य अमेरिका हो। काठमाडौंस्थित अमेरिकी दूतावासमा विद्यार्थी भिसाका लागि पर्ने संख्याले यही देखाउँछ। तर, अमेरिकामा काम गरेर खर्च जुटाउँदै तोकिएको समयमा पढाइ सिध्याउन सजिलो छैन।

ल्याएको पैसा सकिएपछि सुरुमा भर्ना भएको कलेज वा विश्वविद्यालय छोडेर कामको खोजीमा लागेका नेपाली विद्यार्थीहरू न्यूयोर्क, बाल्टिमोर, सान फ्रान्सिस्को, वासिङ्टन डिसी लगायत ठूला सहरमा प्रशस्त भेटिन्छन्।
खासगरी नेपालबाट प्लस टु वा प्रमाणपत्र तह पास गरेपछि आफ्नै खर्चमा अमेरिका पढ्न आउने र यहीँ कमाएर खर्च पुर्‍याउनुपर्ने विद्यार्थी बढी समस्यामा छन्। तीमध्ये धेरै त खर्च जुटाउन नसकेर पढाइ छाडेर काममै मात्र लाग्छन्।


'अमेरिकामा काम गरेर खर्च जुटाउँदै पढ्नसक्ने सम्भावना कम छ,' अमेरिकामै पढेका नेपाली राजदूत शंकर शर्मा भन्छन्, 'सकेसम्म छात्रवृत्ति नै खोज्नुपर्छ। आफ्नै खर्चमा आउने विद्यार्थीको न्यूनतम पढाइ शुल्क अभिभावकले बेहोर्छन् भने ठिकै छ, नभए समस्या पर्छ।'

सन् २००९ मा १० हजारभन्दा बढी नेपाली विद्यार्थीले अमेरिका आउने भिसा पाएका थिए। धेरै विद्यार्थी आउने २० देशमा नेपाल पनि पर्छ। प्लस टु वा प्रमाणपत्र तह पास गरेर अन्डरग्र्याजुयट भर्ना हुन आउने नेपाली विद्यार्थीको संख्या बढी छ।
अमेरिकामा विद्यार्थीले बाहिर काम गर्न पाउँदैनन्। कलेजले साताको २० घन्टा काम दिनसक्छ। घन्टाको ८ अमेरिकी डलरसम्म पाइन्छ। यसअनुसार साताको १ सय ६० डलर कमाउँदा मुस्किलले खानबस्न पुग्छ। पढाइ शुल्क कलेजअनुसार फरक भए पनि समान्यतया वर्षको करिब १० हजार डलर पर्छ। 'यहीँ काम गरेर यति पैसा जम्मा गर्न कठिन छ,' राजदूत शर्मा भन्छन्।
अमेरिकामा खानेकुरा नेपालभन्दा सस्तो भए पनि बस्ने कोठाभाडा महँगो हुन्छ। साथीहरूसँग मिलेर बस्दा पनि २० घन्टाको आम्दानीले खर्च जुटाउन मुस्किल पर्छ। अमेरिकी कानुनअनुसार २१ वर्ष पूरा नभई बाहिर काम गर्न पाइँदैन।
अधिकांश कलेजमा अन्तर्राष्ट्रिय विद्यार्थीले साताको चार दिन कक्षामा हाजिर भएर पढेकै हुनुपर्छ। विदेशी विद्यार्थीको मुख्य समस्या नै तोकिएको हाजिरी पूरा गर्नु हो। पढाइ हुँदाहुँदै कक्षा छाडे वा जाँदै नगए 'आउट अफ स्ट््याटस' को सूचीमा परिन्छ। यसमा पर्नु भनेको गैरकानुनी आप्रवासी हुनु सरह हो। पढाइभन्दा कामतिर बढी लागेका कैयौं विद्यार्थी यस्तो सूचीमा परेका छन्।

यहाँ प्रायः नेपाली विद्यार्थी एसियाली देशका नागरिकले चलाएका रेस्टुरेन्ट, ग्यास स्टेसन लगायतमा काम गर्छन्। यस्ता ठाउँमा काम गर्नेले नगद पैसा पाउँछन् तर त्यो नियमअनुसार पाउनेभन्दा थोरै हुन्छ। त्यति पैसाले पढाइ खर्च पुग्दैन। भर्खर प्लस टु सकेर आउने प्रायः विद्यार्थीले नेपालमा कडा परिश्रमिक गरेका हुँदैनन्। तिनका लागि काम र पढाइ सँगसँगै लैजानु ज्यादै कठिन हुन्छ।

अहिले आर्थिक मन्दीले यस्तो काम पाउन झनै मुस्किल छ। त्यसमाथि धेरै कलेज र विश्वविद्यालयले पढाइ शुल्क बढाएका छन्। यसको सबभन्दा बढी मार काम गर्दै पढ्ने विद्यार्थीलाई परेको छ।

स्नातकोत्तर र पिएचडी गर्न आउने विद्यार्थीका लागि भने केही सजिलो छ। तिनले कलेजमा छात्रवृत्ति पाउँछन्। काम पाउन पनि सजिलो हुन्छ। साइन्स पढ्ने वा प्रतिभाशाली विद्यार्थीलाई पनि सजिलो हुन्छ।

अमेरिकी विश्वविद्यालय र कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई स्वागत गर्छन्, तर पढ्ने शुल्क स्थानीयले भन्दा कम्तिमा तीन दोब्बर बढी तिर्नुपर्छ। अन्तर्राष्ट्रिय विद्यार्थी भनेका कलेज वा विश्वविद्यालयका लागि आम्दानीका स्रोत पनि हुन्। त्यही भएर उनीहरू बाहिरका विद्यार्थीलाई भिसा दिन अमेरिकी सरकारलाई दबाब दिइरहेका हुन्छन्।
ठूला सहरका विश्वविद्यालय र कलेजभन्दा अलि टाढाका कलेजमा पढाइ शुल्क सस्तो हुन्छ। तर, त्यहाँ बस्ती र बजार कम हुने हुँदा सजिलै काम पाइँदैन। त्यही भएर बिदाको समय सदुपयोग गर्न नेपाली विद्यार्थीहरू कामको खोजीमा ठूला सहर पस्छन्। रेजिना र विकासको अवस्था झन्डैझन्डै त्यही हो।


उत्कृष्ट शिक्षकलाई जापान भ्रमण

- छविलाल तिवारी
सरकारी विद्यालयको गुणस्तर सुधार्न यहाँको एक संस्थाले उत्कृष्ट शिक्षकलाई जापान भ्रमण गराउने घोषणा गरेको छ। यो घोषणाअनुसार सामुदायिक विद्यालयमा अध्यापनरत् जिल्लाका उत्कृष्ट शिक्षकमध्ये यसै वर्ष ५ जनालाई त्यहाँ पठाइनेछ।
पर्वतमा स्थापना भएको सामाजिक परिवर्तन तथा कल्याण प्रतिष्ठान नेपालले निजीको तुलनामा पछि परेकाले सामुदायिक विद्यालयहरुको गुणस्तरमा वृद्धि गराउन यस्तो कदम चालेको हो। जापान भ्रमणका लागि भए पनि शिक्षकबीच प्रतिष्पर्धा हुने र यसबाट स्तर सुध्रने विश्वासका साथ यस्तो घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष वसन्तबहादुर सिकेले बताए।
सरकारले ल्याएको शैक्षिक स्तरीकरणमा छुट्न गएका बुँदालाई पनि थपेर बनाइने निर्देशिकाअनुसार जिल्लाका सामुदायिक विद्यालयहरुबाट सर्वोत्कृष्ट शिक्षकलाई संस्थाले जापानको भ्रमण गराउने निर्णय गरेको सिकेले बताए।
'समाज परिवर्तनका लागि पहिलो केन्द्र नै शिक्षा भएकाले शैक्षिक गुणस्तर बढाउन संस्थाले अभियान चलाएको हो', अध्यक्ष सिकेले भने– उत्कृष्ट शिक्षकलाई यस्ता अवसर उपलब्ध गराउँदा अन्य शिक्षकले पनि पढाउन मेहनत गर्नेछन्। 
प्रतिष्ठानले यसअघि जापानमा बस्दै आएका संस्थाका संरक्षक महेशकुमार श्रेष्ठको सहयोगमा जिल्लाका ५ विद्यालयमा ८ वटा कम्प्युटर तथा प्रिन्टरसमेत वितरण गरिसकेको छ। 

के गर्दै छन् पञ्चायती प्रधानमन्त्रीहरू ?


भुवन शर्मा
तालतालको जीवन बिताइरहेका छन् पञ्चायतकालका प्रधानमन्त्रीहरू । उनीहरू प्रायः राजनीतिबाट विरक्तिएका छन्, त्यसैले दिल बहलाउने लतमा लागेका छन् 
पञ्चायतकालका ६ प्रधानमन्त्रीमध्ये तीनजना मरिचमानसिंह श्रेष्ठ, कीर्तिनिधि विष्ट र तुलसी गिरी राजनीतिबाट पलायन भएका छन् भने लोकन्द्रबहादुर चन्द पनि राष्ट्रिय राजनीतिमा छैनन् । नगेन्द्रप्रसाद रिजालको मृत्यु भइसकेको छ । सूर्यबहादुर थापा मात्र सक्रिय राजनीतिमा छन् 
पञ्चायतकालीन प्रधानमन्त्रीमध्ये मरिचमानले धेरै वर्षसम्म कुखुरा फार्म चलाए । धापासीस्थित आफ्नै घरपरिसरमा उनको फार्म थियो । तर, प्रधानमन्त्रीमा जस्तै कुखुरा व्यवसायमा पनि असफल भएपछि उनले फार्म हटाएका छन् 
त्यसो त उनले खोलेको सेभ द नेसन पार्टीले पनि केही गर्न सकेन । त्यसैले सबै छोडेर उनी पुराना साथीहरूसँग कोठेगफमै सीमित छन् । कोठेगफमा पनि उनीहरूबीच कुनै योजना बन्दैन, बसिबियाँलो मात्रै हुन्छ 
साँझमा कहिलेकाहीँ दारु खाने मरिचमान चुरोट भने निरन्तर पिइरहन्छन्, चिया पनि पिइरहन्छन् । 'चुरोट छाड्नैपर्‍यो भनेर डाक्टरले पटक-पटक भने, तर के गरौँ, छोड्नै सक्दिनँ,' उनले नयाँ पत्रिकासित भने 
स्वास्थ्यप्रति उति उदासीन भने उनी होइनन् । 'म त योगा गर्छु, रामदेवको योगाले निक्कै फाइदा पनि भएको छ,' उनले भने । बाँकी समयमा उनी पत्रपत्रिका पढ्छन्, टेलिभिजन हेर्छन् 
सूर्यबहादुर थापा पनि ८४ वर्षका भए, तर समकालीनहरूभन्दा उनी बढी फूर्तिला र सक्रिय छन् । उनको खाना खाने स्टाइल पनि गजबको छ । 'वरिपरि आठ/दसजना कार्यकर्ताको मण्डली राख्ने र गफ गर्दै खाने उहाँको बानी छ, कार्यकर्ता चिया पिउँछन्, उहाँ -थापा) रमाइलो गर्दै खानुहुन्छ,' राप्रपा नेता खेमराज पण्डित भन्छन् । पण्डित पनि कुनैवेला थापाको खानामण्डलीका सदस्य थिए 
खाना खाँदा थापा कार्यकर्ताहरूसँग राजनीतिक ठट्टा गर्छन् । 'व्यंग्य गर्दै मनोरञ्जन गर्ने र त्यही लयमा खाना खाने उहाँको अनौठो बानी छ,' पण्डितले भने 
जनशक्ति अध्यक्षसमेत रहेका थापा भने राजनीतिक भेटघाट र छलफलमै समय बिताउँछन् । उनी प्रायः हरेक दिन बिहान साढे चार बजे ब्युँझन्छन् र ओछ्यानबाट निस्केपछि करिब एक घन्टा घरको कम्पाउन्डवरिपरि मर्निङवाक गर्छन् 
'मर्निङवाक'लगत्तै थापा आफ्नै घरसँगै जोडिएको कान्छीबहिनीको घरमा गएर चिया पिउँछन् । बहिनीको घरैमा पत्रपत्रिका पढ्छन् र टेलिभिजन हेर्छन् 
बहिनीको घरबाट फर्केपछि साढे एघार-बाह्र बजेतिर खाना खान्छन् । खाना खाइसकेपछि करिब एक घन्टा सुत्छन् । उठेपछि राजनीतिक कार्यक्रममा सहभागी हुन्छन् 
उनलाई भने सरकारले स्कर्टिङसहितको सुरक्षा दिएको छ । कृष्ण सिटौला गृहमन्त्री भएको वेलादेखि यस्तो सुविधा दिन थालिएको हो 
लोकेन्द्रबहादुर चन्दले राजनीतिकभन्दा धार्मिक कार्यक्रममा बढी चासो राख्न थालेका छन् । उनी बिहान कम्तीमा एक घन्टा पूजाआजा गर्छन् भने जोगीहरूको कार्यक्रम र संगतमा बढी नै सहभागी हुन्छन् 
उनी राप्रपा संसदीय दलका नेता हुन्, तर राजनीतिक कार्यक्रममा खासै देखिँदैनन् । 'उहाँ धार्मिक कार्यक्रमतिर निकै आकषिर्त हुन थाल्नुभएको छ,' छोरा जयन्त चन्दले भने । जयन्त पनि राप्रपाका केन्द्रीय सदस्य हुन् 
अब राजनीतिबाट सन्न्यासै लिएर धार्मिक गतिविधिमै लीन हुने सोचाइ बनाएका छन् । 'राजनीतिबाट सन्न्यास लिने सोचाइ बनाएको छु, तर अझै घोषणा भने गरिहालेको छैन,' चन्दले भने 
सरकारप्रति चन्दको गुनासो पनि धेरै छ । सरकारले आर्थिक व्यवस्था गरिदिएन, सुरक्षामा पनि चासो दिएन भन्ने उनको गुनासो छ । 'पूर्वप्रधानमन्त्रीले आयआर्जनको काम गर्न सक्दैनन्, त्यसैले सरकारले जीवननिर्वाहको जिम्मा लिनुपर्छ,' उनले भने । अन्य देशमा पनि यस्तो चलन भएकोले नेपालमा पनि लागू गर्नुपर्ने उनको तर्क छ 
७० वषर्ीय चन्द पञ्चायतकालमा दुईपटक र संसदीयकालमा दुईपटक प्रधानमन्त्री भएका हुन् । तर, अहिले हेपिएको महसुस गर्छन् । 'हामी त अपांगजस्तै भयौँ । केही गर्न सक्दैनौँ । अनि कसरी जीवनयापन गर्ने ?' चन्दले प्रश्न गरे, 'देशका लागि हामीले गरेको लगानीको मूल्यांकन खोइ ?'
पूर्वप्रधानमन्त्रीमध्ये पनि थापाको सुरक्षाका लागि 'स्कर्टिङ' छ । चन्द, विष्ट, गिरी र सिंहलाई त्यस्तो व्यवस्था छैन । त्यसमा पनि चन्दको गुनासो छ । 'पूर्वप्रधानमन्त्रीहरूको सुरक्षाको जिम्मा त राज्यले लिनुपर्ने हो, तर यहाँ त अनुरोध गर्दा पनि पाइएको छैन,' उनले भने । कृष्ण सिटौला गृहमन्त्री भएको वेला फोन गरेर स्कर्टिङ पठाइदिन्छु भनेको तर कहिल्यै नपठाएको पनि उनले बताए 
आठ महिनाअघि मण्डिखाटारमा घर किनेरै बसेका डा. तुलसी गिरी मिडियाको सम्पर्कमा आउनै चाहँदैनन् । शाहीकालीन मन्त्री टंक ढकालको सहयोगमा नयाँ पत्रिकासँग सम्पर्कमा आएका गिरीले सुरुमा सरकारसँग आक्रोश पोखे । उनलाई पनि चिन्ता सुरक्षाकै रहेछ । 'के हामी पूर्वप्रधानमन्त्री होइनौँ ? राज्यका लागि गिरिजाप्रसाद कोइराला र म बरारबर हौँ,' उनले भने, 'तर यो भेदभाव किन ? सरकारले अझै पनि सक्छ भने गिरिजाप्रसाद कोइरालालाई दिएको सुविधा र सुरक्षा मलाई पनि देओस् ।'
श्रीमती सहाना योञ्जनसँग बस्दै आएका डा. गिरी अब भारत नजाने बताउँछन् । 'म किन भारत जाने ? नेपालमै बस्छु,' गिरी भन्छन् 
राजाको प्रत्यक्ष शासनमा उपाध्यक्ष बनाउन उनलाई बेंग्लोरबाट बोलाइएको थियो । पञ्चायतकालमा पनि उनी ०३० देखि ०३२ सम्म प्रधानमन्त्री भएका थिए । तर, राजतन्त्र जोगाउने उनको पछिल्लो प्रयास असफल भयो । 'राजा आफैंले खुट्टा कमाए, हामीले थेगेर के गर्नु ?' उनी कोठेगफमा यस्तै प्रतिक्रिया दिन्छन् । गफमा शाहीकालीन मन्त्री र पूर्वअञ्चलाधीशहरू पनि हुन्छन् । शाहीकालीन मन्त्रीहरूमा पनि टंक ढकाल गिरीका सबैभन्दा नजिकका मान्छे हुन् 
तर, सार्वजनिक कार्यक्रममा भने गिरी कतै देखिँदैनन् । पूर्वराजासँग पनि उनको भेट हुँदैन 
८५ वर्षका गिरीको बिहान उठ्नेबित्तिकै व्यायाम, योगा गर्ने र पत्रपत्रिका पढ्ने बानी छ । निकट स्रोतका अनुसार मण्डिखाटारको घर बेचेर बुढानीलकण्ठमा किन्ने तयारी भइरहेको छ 
पञ्चायतका अर्का प्रधानमन्त्री कीर्तिनिधि विष्ट त नामी जुवाडे हुन् । 'पार्टनर' पाउनेबित्तिकै उनी जुवामा नारिन्छन् । देवकीनन्दन सुरेखा उनका 'पार्टनर' हुन् । एक जमानामा पूर्वअञ्चलाधीश जनकबहादुर शाह उनका 'पार्टनर' थिए । 'अहिले पार्टनर घटे, उमेर बढ्यो, त्यसैले खेल पनि कम भएको छ,' उनको पारिवारिक स्रोतले भन्यो 
विष्ट अहिले पनि हरेक दिन 'मर्निङवाक' गर्छन् । ज्ञानेश्वरबाट रातोपुल, गौशाला हुँदै पशुपति मन्दिर पुगेर र्फकंदा उनलाई डेढ घन्टाजति लाग्छ 
८४ वषर्ीय विष्ट बूढो भएकाले राजनीतिबाट टाढिएको बताउँछन् । 'यो उमेरमा म के गर्न सक्छु र ? तैपनि आफ्ना विचार त व्यक्त गरिरहेको छु,' उनले भने । पेटको क्यान्सरबाट पीडित उनी केही समयअघि मात्र घर फर्किएका हुन्, उनको औषधि चलिरहेको छ 
सुरक्षा र सुविधा नदिएकोमा विष्ट पनि सरकारसँग आक्रोशित छन् । 'हामीलाई जस्तो विभेद र अन्याय तपाईंले कहीँ देख्नुभएको छ ? पञ्चायतकालका प्रधानमन्त्री भनेर यस्तो विभेद गरिएको हो, तर प्रधानमन्त्री त प्रधानमन्त्री नै हो नि,' उनको भनाइ छ 
फरक-फरक प्रधानमन्त्रीलाई फरक-फरक सुविधा
पञ्चायतकालीन प्रधानमन्त्रीलाई राज्यले फरक-फरक सुविधा दिएको छ । पाँचजना पूर्वप्रधानमन्त्रीमध्ये सूर्यबहादुर थापाले बहुदलकालीन प्रधानमन्त्रीसरह सुविधा पाएका छन् भने अरूले पाएका छैनन् 
सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले सरकारी गाडी र गाडीका लागि तेल सुविधा पाएका छन् । यी दुई प्रधानमन्त्रीलाई सरकारले सुरक्षाको व्यवस्था गरेको छ । थापाका सुरक्षाकर्मीको गाडीका लागि महिनाको सय लिटर थप तेल उपलब्ध गराइन्छ । तर, थापालाई स्कर्टिङको सुविधा छ भने चन्दलाई त्यो सुविधा छैन 
पञ्चायतकालीन दुईजना प्रधानमन्त्री कीर्तिनिधि विष्ट र तुलसी गिरीले राज्यबाट गाडी र सुरक्षाकर्मी केही पनि पाएका छैनन् । मरिचमान सिंहको सुरक्षाका लागि भने असईको नेतृत्वमा चारजना प्रहरी खटाइएको छ । उनलाई अन्य कुनै सुविधा छैन
मन्त्रिपरिषद्को १६ मंसिरको बैठकले पूर्वप्रधानमन्त्री तथा पूर्वमन्त्रीको सुरक्षा तथा सुविधाको व्यवस्था गर्न गृहसचिवको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेको छ, कार्यदलले काम सकेको छैन 
गृह मन्त्रालयको शान्ति-सुरक्षा शाखाका उपसचिव एकमनि नेपाल पूर्वप्रधानमन्त्रीहरूले सुरक्षाको माग गरे वा उनीहरूप्रति खतरा रहेको सूचना पाएको अवस्थामा गृह मन्त्रालयले सुरक्षा दिने बताउँछन् । 'तर सुरक्षा चाहियो भने त उनीहरूले पनि माग गर्नुपर्‍यो नि,' नेपाल भने 
सुरक्षाको स्थिति हेरेर फरक-फरक व्यक्तिलाई फरक-फरक सुरक्षा दिनु स्वाभाविक रहेको उनको भनाइ छ । ०४६ सालपछिका सबै प्रधानमन्त्रीलाई सुरक्षा दिइएको तर त्यसअघिकालाई अवस्था हेरेर मात्र व्यवस्था गर्ने उनले बताए 

Thursday, January 21, 2010

बन्दविरुद्ध अघि सरे ओली

एक समय थियो, बन्द र हड्ताल गराउनेमा राजनीतिक दल या समूहकै अग्रसरता हुन्थ्यो । त्यस्तो बन्द कार्यक्रमको अन्तर पनि लामै हुन्थ्यो । तर, पछिल्लो समयमा एउटा सामान्य कार्यक्रम बन्न थाल्यो र त्यसलाई पेसाकर्मीसहितका गैरराजनीतिक समूहहरूले पनि प्राथमिकतामा राख्ने क्रम बढ्दै गएपछि राजनीतिक नेतृत्वबाटै बन्दविरोधी अभियान सञ्चालन गर्नु अनिवार्य बन्यो ।
आफ्नो माग पूरा गराउन बन्दलाई नै प्राथमिकता दिँदै आएको एमालेकै शर्ीष्ानेता केपी शर्मा ओलीले बुधबार र्सार्वजनिक कार्यक्रममार्फ बन्द निरुत्साहित गर्ने अभियानको घोषणा गरेका हुन् । सो अभियान सफल पार्न ओलीले हालै गठित मदन भण्डारी स्पोर्र्टर्स फाउन्डेसन नामको संस्थालाई साधन बनाउने भएका छन् । 
'बन्दलाई सदाका लागि बन्द गर्न उद्योगी, बुद्धिजीवी, नागरिक समाज, वकिल, पत्रकार, धार्मिक व्यक्तित्व र पेसाकर्मीले पनि शान्ति अभियान सञ्चालन गर्नुपर्छ,' फाउन्डेसनद्वारा आयोजित सम्मान कार्यक्रममा ओलीले भने, 'शान्तिका पक्षमा जनमत जुटाउन आयोजना गरिएको पिस म्याराथुन पर्ूण्ा सफल भएको घटनाले पनि उत्साह थपेको छ ।' 
ओलीको सक्रियतामा गत १७ पुसमा आयोजना गरिएको 'काठमाडौं पिस म्याराथुन'मार्फ बन्दविरोधी अभियान सुरु गरिएको थियो । 'बन्द, हड्ताल र अराजकताले कुनै समस्या समाधान हँुदैन,' ओलीले भने, 'बन्द, हडताल गर्नु भनेको देशको अर्थतन्त्र ध्वस्त पार्नु, शिक्षण संस्था बन्द गरेर मुलुकको भविष्य नै अन्धकारतिर लैजानु हो ।' 
माओवादी बन्दतर्फलक्षित ओलीको भनाइ थियो, 'एक दर्ुइ घन्टाको बन्द पो सहन सकिन्छ, अनिश्चितकालीन कसरी सहन सकिन्छ -' चौथो चरणको आन्दोलनअर्न्तर्गत माओवादीले १० माघदेखि अनिश्चितकालीन आमहडतालको घोषणा गरिसकेको छ ।
डरत्रासकै कारण बाध्य भएर आमनागरिकले बन्द सहेको कथन ओलीको थियो । 'महाभारतमा अर्जुनले शिखण्डीलाई अघि सारेर भीष्म पितामहमाथि शस्त्र चलाएजस्तै माओवादीले बन्दको बहानामा अराजक र हिंसालाई प्रश्रय दिएका छन्,' ओलीले भने ।
प्रेमिकासँग बिछोड गराएको विरोधमा पनि एक व्यक्तिले तीन घन्टासम्म राजमार्ग बन्द गराएको प्रसंग स्मरण गर्दै ओलीले थपे, 'आफ्नो सामान्य माग पूरा गराउन डक्टरसमेत इमरेजेन्सी सेवा बन्द गरी आन्दोलनमा उत्रने गरेका छन्, त्योभन्दा बढी अराजक के हुन सक्छ -' ओलीको प्रश्न थियो । बन्दविरुद्धको अभियानलाई सशक्त बनाउन १५/२० दिनभित्र सबै सरोकारवालासँग छलफल देशव्यापी लैजाने जानकारी उनले गराए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पर्ूवअध्यक्ष चण्डीराज ढकालले दलहरूबाटै बन्द नगर्ने साझा प्रतिबद्धता आउनुपर्ने बताए । ढकालले भने, 'उद्योगीकै सुरक्षा नभएपछि कसरी उद्योग सञ्चालन गर्न सकिन्छ -' बन्दले मुलुकको आर्थिक क्षेत्र धराशायी बनाएको गुनासो पनि उनले पोखे ।
राजधानी दैनिक एवं अंग्रेजी सहप्रकाशन न्युजप|mन्टका प्रधानसम्पादक युवराज घिमिरेले आन्दोलनकर्ताहरूलाई भौतिक क्षतिको जिम्मेवार ठहर्‍याउनुपर्ने बताए । शिक्षण संस्थालाई शान्ति क्षेत्र घोषणा गरेर बालबालिकालाई विद्यालय पुग्नबाट अवरोध पुग्ने कुनै पनि गतिविधिलाई दण्डनीय मान्नुपर्ने घिमिरेको भनाइ थियो ।
निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सनका वरिष्ठ उपाध्यक्ष लक्ष्यबहादुर केसीले यो वर्ष२३ दिन विद्यालय बन्द गर्नुपरेको बताए । भिक्षु आनी छोइङले आफूभन्दा अरूका लागि सोच्नुपर्ने आग्रह गरिन् ।
सो अवसरमा उपभोक्तावादी ज्योति बानियाँ, धर्मोदय सभाका लक्ष्मीनारायण मानन्धर, मानवअधिकारकर्मी कपिल श्रेष्ठ, सञ्चारकर्मी देवप्रकाश त्रिपाठीलगायतले बोलेका थिए ।-राजधानी

Tuesday, January 19, 2010

चार पेग रक्सीको कमाल : अंगालोमा प्रचण्ड र माधव

राजेन्द्र फुयाल

नेपाली राजनीतिमा चर्चामा आइरहने यी चार पात्रबीच आपसमा गजबको सम्बन्ध छ । फरक फरक दल, दलभित्र पनि परस्परविरोधी ध्रुवमा उभिएका भनेर चिनिन्छन् उनीहरू । यद्यपि यो धु्रवीकरण स्थायी होइन, परिस्थितिअनुसार फेरिइरहन्छ । सार्वजनिक रूपमा एकअर्काको कटु आलोचना गरे पनि गोप्य जमघटमा भने उनीहरू मजैले खुल्छन् । तस्बिरले पनि त्यस्तै देखाउँछ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले गत पुस ७ मा बानेश्वरमा सरकार र सत्तारूढ दलहरूलाई 'नोकर' र नयाँदिल्लीलाई 'मालिक' को संज्ञा दिँदै चर्को भाषण गरेकै साँझ प्रधानमन्त्री माधवकुमार नेपालले धुम्बाराहीमा मिलाएको रात्रीभोजमा खिचिएको तस्बिर हो यो । एक एमाले शुभेच्छुकको घरमा आयोजित भोजमा नेपालसाथ एमाले महासचिव ईश्वर पोखरेल थिए भने दाहालसँग वरिष्ठ उपाध्यक्ष मोहन वैद्य । 
भोलिपल्ट संसदमा प्रधानमन्त्री नेपालले अध्यक्ष दाहाललाई एउटा सानो पोका दिए । के थियो त्यसमा ? अन्य धेरैलाई जस्तै सभामुख सुवास नेम्बाङलाई पनि खुल्दुली भयो । पछि थाहा भयो, त्यो रहेछ अघिल्लो साँझ धुम्बाराही भोजमा छुटेको दाहालको चस्मा ।
दाहाल र नेपालको सम्बन्ध नयाँ होइन । माओवादीविरुद्ध संकटकाल र 'रेडकर्नर नोटिस' जारी भएका बेला पनि दाहालसँग वार्ता गर्न नेपाल आफैं कहिले भारतको सिलीगुडी पुग्थे त कहिले लखनउ । खुला राजनीतिमा पनि उनीहरूको सम्बन्ध कहिले सौहार्द देखिन्छ त कहिले तिक्त । व्यक्तिगत रूपमा एकअर्काप्रति नरम हुँदाहुँदै पनि संविधानसभा निर्वाचनमा उनीहरूको सहकार्य सम्भव भएन । दाहाल प्रधानमन्त्री हुँदा नेपाललाई बालुवाटार जानु परेन, बरु दाहाल कोटेश्वर जाने गरे । अहिले दाहाल बालुवाटार जाँदैनन्, नेपालले पनि बाहिरै कतै उनलाई भेट्ने गर्छन् । 
दाहालकै प्रस्तावमा नेपाल चुनाव हारेर पनि संविधानसभा सदस्य भए, जसको परिणाम अहिले प्रधानमन्त्री छन् । तर जब प्रधानमन्त्री बने, सार्वजनिक रूपमा दाहालले 'हरुवा' भन्दै हुर्मत लिइरहेका छन् । संवैधानिक समितिको सभापतिको प्रस्ताव गर्ने पनि दाहाल नै हुन् । पछि उनले नेपाललाई 'अमृत भनी रोपेको विष परेछ' भन्न पछि परेनन् । 
पार्टीभित्र दाहालका गुरु हुन् वैद्य । तत्कालीन मशालको विवादास्पद 'सेक्टर कान्ड' मा सबै नेताको एक तह घटुवा गर्ने निर्णयसँगै २०४६ सालमा तत्कालीन महामन्त्री वैद्यलाई प्रतिस्थापन गरेका थिए दाहालले । त्यसयता उनी कहिले वैद्य निकट हुन्छन् त कहिले टाढा । पार्टी संगठनमा बलियो पकड राख्ने वैद्य दाहालको व्यक्तित्व र नेतृत्व कौशलको खुलेर प्रशंसा गर्छन् तर कार्यनीतिक मुद्दामा प्रायः अलग धारको नेतृत्व गर्छन् । गत वर्ष मंसिरमा फरक प्रतिवेदन पेस गरी चुनौती दिएका वैद्य हाल भने शीर्ष बैठकमा दाहालसँगै जान्छन् ।
माओवादीभित्र अनुदारवादी छवि बनाएका वैद्य व्यक्तिगत रूपमा नेपाललाई नराम्रो ठान्दैनन् । नेपाललाई राष्ट्रपति बनाउने पक्षमा आफूहरू भएको तर एमालेकै नेतृत्वले त्यसो हुन नदिएको टिप्पणी वैद्यले गरिसकेका छन् ।    
प्रधानमन्त्री नेपालका पुराना सहयोगी र विश्वासपात्र हुन्, महासचिव पोखरेल । नेपालले १५ वर्ष पार्टीको नेतृत्व गर्दा संगठनमा पोखरेल नजिक थिए । नेपालले पार्टी प्रमुखबाट राजीनामा गरेपछि भने उनी पार्टी अध्यक्ष झलनाथ खनाल नजिक पुगे । तर व्यक्तिगत रूपमा प्रधानमन्त्री नेपालसँग पनि उत्तिकै घनिष्ठ छन् । अध्यक्ष खनाल बिरलै देखिने बालुवाटारमा पोखरेल झुल्किरहन्छन् । किनभने नेपालले महत्त्वपूर्ण परामर्शहरूमा प्रायः उनैलाई सहभागी गराउँछन् ।

विदेशबाट पैसा पठाएर मात्रै पत्नी खुसी हुँदैनन् !

'पत्नीको यौनमनोविज्ञानलाई सम्मान नगर्नेको घर बिग्रेको छ '
गाँस, बास, कपासबाहेक सहबास पनि अति आवश्यक
सुरज कुँवरसुरज कुँवर
काठमाडौ, २०६६ माघ ४ - 
पति कमाउन विदेश जाने तर यताचाहिं पत्नीले अर्कैसँग बिहे गर्ने प्रवृत्ति बढ्दै गएको छ । साउनयता महानगरको कानुन महाशाखामा दर्ता भएका सम्बन्धविच्छेदका अधिकांश मुद्दामा यस्तै विषयमा दर्ता भएका छन् । 
पत्नीबाट पीडित भई सम्बन्धविच्छेदका लागि दर्ता भएका ३० वटा मुद्दामध्ये अधिकांश वैदेशिक रोजगारसँग जोडिएका छन् । महाशाखाका अनुसार भर्खरै बिहे गरी रोजगारीका लागि जापान बसेका सामाखुसीका एक युवकले १२ वर्षको सम्बन्धपछि रेमिटान्सले जोडेको घरजग्गा मात्रै होइन, पत्नी र छोरो पनि गुमाउनुपर्‍यो । उनीसँग यतिबेला बिहेपछि २/४ पटकमात्रै बसेको सम्झना र केही तस्बिरबाहेक अरू केही रहेन ।
महाशाखाका कानुन अधिकृत वसन्त आचार्यका अनुसार युवकले काठमाडौं पुग्नुभन्दा अघिल्लो दिन फोनबाट मायालु लवजमा एयरपोर्टमा लिन आउने वाचा गरेकी पत्नीले आवारा परिचालन गरी निर्ममतापूर्वक कुटलन् भन्ने कल्पना गरेका थिएनन् । तर यस्तै दुःखदायी घटना भयो । प्रेम सम्बन्धपछि मागीबिहे गरेका उनले पत्नी र उनले परिचालन गरेका  कुटाइ खानुपर्‍यो ।
विदेश बसेर दैनिक पत्नीसँगँ मोबाइल र च्याटमार्फत संवाद गरिरहने युवकले यता त पत्नी अर्कै केटासग बिहे गरी बसेको भेटे । सामाखुसीको घरमा जब उनी पुगे त्यहा अर्कै केटो फेला पर्‍यो । टोलका छरछिमेकले वास्तविक पति देखेपछि चकित बने । कुटाइबाट पीडित बनेका उनी अन्तमा दसी जुटाउन लम्जुङको ससुराली पुगी ससुरालाई ल्याए । कन्यादान गरी बिदाइ गरिएकी युवतीका बुबाले सामाखुसीमा छोरीको सम्बन्ध अर्कैसँग देखेर मुर्छा परे । आफ्ना तर्फबाट छोरीसँगको नाता टुटेको घोषणा गरी उनले वास्तविक ज्वाइँसँग माफी मागे । 
महानगरमा मेलमिलाप हुन नसकेपछि यो मुद्दा अन्तमा काठमाडौं अदालतमा सम्बन्धविच्छेदका रूपमा टुंगियो । महाशाखाका अधिकृत शरदबाबु पाण्डेका अनुसार युवकले सामाखुसीको घर छोरा, पत्नी र आफ्नो गरी तीन भागमा बाँडे र अर्को बिहे गरे ।
यो एउटा नमुना घटना हो । बेलायत, अस्ट्रेलियालगायत खाडी मुलुकमा धन कमाउन गएका केही युवकले पनि काठमाडौंमा रहेकी पत्नीले रेमिटान्स सकेर अर्कै युवकसँग सम्बन्ध बाँधेको प्रमाण जुटाई महानगरमा सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् । अधिकांश युवकले पत्नीसँग अर्कै पुरुषले अंकमाल गरेका नग्न अवस्थाका तस्बिर र भिडियोसहितका प्रमाण बुझाएका छन् । महानगरमा वाषिर्क सरदर ५० मुद्दा दर्ता हुन्छन् । यसमा पत्नीको आचरणका कारण अलग्गिने पतिको संख्या बढी छ । 


कानुनले महिलालाई पतिसँग सम्बन्धविच्छेद गर्नुपरे सोझै अदालत जाने बाटो खुला गरेको छ तर पुरुषहरूले पत्नीसँग अलग हुनुपरे स्थानीय निकायमा मुद्दा दर्ता गनर्ुपर्छ ।  
९ वर्षदेखि महानगरमा पीडित पतिका मुद्दा मेलमिलाप गराउने जिम्मा पाएका कानुन अधिकृत आचार्यका अनुसार पछिल्ला दिनमा पत्नीपीडित पतिको संख्या बढ्दो 
छ । 'सुरुका वर्ष पत्नीहरू पीडित देखिन्थे, अहिले पीडित पति बढी छन्,' उनले भने । 
महानगरका कानुनी सल्लाहकारसमेत रहेका आचार्यका अनुसार यस्ता मुद्दामा अधिकांश पत्नीलाई एक्लै छाडेर विदेश भासिएका पति बढी छन् । त्यसैगरी अधिकाशं मुद्दा अन्तरजातीय मागी/प्रेम बिहेमा आधारित छन् । त्यस्तै ९ वर्षअघि सम्बन्धविच्छेद गराउने ज्वाइँ सम्मानपूर्वक अलगिन्थे तर अहिले महानगर मुद्दा दर्ता गराउने 'ज्वाइँसाप' माथि मेलमिलाप केन्द्रभित्रै आक्रमण र दुव्र्यवहार हुन्छ । 
कानुनी अधिकृत आचार्य पति र पत्नीबीच गाँस, बास, कपासबाहेक सहबास पनि अति आवश्यक रहेको बताउँछन् । उनी भन्छन्, 'पति र पत्नीबीच दिनको एकपटक शारीरिक भेट अति आवश्यक छ,' उनले थपे, 'पत्नीलाई स्वदेशमा छाडेर दैनिक फोन र च्याट गर्दै महिलाको मनोवैज्ञानिक आवश्यकता पूर्ति हुँदैन ।'
प्रेमी र प्रेमिकाको हकमा पनि यो नियम लागू हुन्छ तर बिहेपछि पत्नीलाई एक्लै छाड्नु झन् खतरा रहेको उनको भनाइ छ । नौ वर्षे अनुभव सुनाउँदै उनले आइतबार कान्तिपुरलाई भने, 'पत्नीको यौनमनोविज्ञानलाई सम्मान नगर्नेको घर बिग्रेको छ ।' 

महिलाहरुको विदेश यात्रा र सन्तानको भविश्य

तोयानाथ उपेक्षित

नेपालमा अव जन्मने सन्तानहरु झन धेरै अभागी र वेसाहरा हुने छन भन्दा अनौठो अनुमान जस्तो लाग्न सक्छ यसो भनिरहदा वेतुकको कुरा जस्तो हुन सक्छ तर यो यर्थाथ कटु सत्य वन्दै गएको छ ।
विगत केहि वर्ष अघि सम्म प्रवास लागेका युवाको अभावमा हलो जोत्न सम्म पछि नपरेका गृहणीहरु अव चुला चौका छाडेर कोही वन्दुक वोक्ने भए कोही हिमाल टेक्ने त कोही विश्वका कुनाकुना देख्ने भएका छन । खासगरी कमाउन भनी प्रवास गएको श्रीमान फर्केर घर आउन नचाहानेआए पनि धेरै वर्ष पछि मात्र आउनेरित्तो हात आउनेउतै हराउनेजेलमा थुनिने या त अर्की श्रीमती लिएर आउने जस्ता विविध कारणले महिलाहरु अर्धैय बन्दै गएका हुन । जो घरमा छन ती मध्ये अधिकांश वेरोजगारकुसंगतकुलत र अल्छे भएकाले श्रीमतीमाथि शारिरीक एवं मानशिक दवाव वढदै जादा एक प्रकारको अघोषित विद्रोह जसको प्रतिकात्मक जवाफ उनिहरुको वढ्दो विदेश पलायनले देखाउन थालेको छ ।


कसैले माईतमा छाडेका छन साना वच्चाहरुलाईकसैले श्रीमानको घरमा । एकसरो राम्रो लाउन र एकछाक मिठो खान दशैतिहार वा ल्ह्ोसार पर्खनु पर्ने भएपछि प्रवासीने ईच्छा जाग्नु अस्वाभाविक पनि हैन । घरमा सधैको झगडा र श्रीमानको गैह् जिम्मेवारपन र यस्ता अनेकौ कारणले महिलाहरु वढ्दो रुपमा विदेशीन थालेका छन । आखिर विना दोष सजाय भोगिरहेका छन निर्दोष वच्चाहरुले जो आमा वावु दुवै भएर पनि टुहुरा झै भएका छन माया नपाएर रुदै हिडेका छन । यसो हुनृु भनेको दुखद भविश्यको अनिष्ठ संकेत हो ।

अमेरिकावाट प्रकाशित वैज्ञानिक सोधमा आधारित एक पृस्तक थयगच अजबष्मिक दचबष्ल तपाईको वालकको दिमाग ले भन्छ ँवच्चाहरु आमाको गर्भमा रहे देखि पाँच वर्षको हुदा सम्म उसका दिमागी तन्तुहरु कोषहरु को विकाश नब्वे प्रतिशत भईसक्छ भने वाकी दश प्रतिशत उसको जीवन भरमा पनि पुरा हृन्न अतस्प्रत्येक वच्चाहरुको लागि आमा मात्र होईन वावु पनि साथमा रहन त्यति नै जरुरी हुन्छ । वावु साथै रहदा सम्पुर्ण कुरावाट उसले सुरक्षित रहेको अनुभुती गर्ने र आमाको न्यानो माया र ममतावाट उसमा स्नेह र करुणाको भाव विकाश हुने गर्छ । यी दुवै कुराको अनृपस्थितीमा हुर्किएको वच्चा कस्तो होला एउटा कठोर क्रुर सन्तानवाट मुलुकले के अपेक्षा गर्ने हिजोआज विदेशिने रहर कसैका लागि वाध्यता र विवशता भएपनि कसैकसैको शौख वनेको छ । श्रीमानको कमाई केहि राम्रो छ भने छोराछोरीलाई माईतघरआफन्त वा विद्यालयमा वोर्डस गरिदिएर जोइपोई प्रवासमा सँगै बस्ने गरेका छन । अरुका अगाडी उनीहरुले विश्व यात्रा गरेको ठान्लान वा यसलाई एउटा अब्बल दर्जाको सफल जिन्दगी जिएको मान्लान तर त्यहाँ सन्तानमाथि गरेको घोर अन्याय र घमण्ड स्वयमलाई थाहा नै हुन्न न त त्यसरी हुर्किएको वच्चावाट परिवारको सुखद भविश्यको कुनै आशा गर्न सकिन्छ ।

वालअधिकार माहसन्धिले वालवालिकाको वावु आमा सँगै बस्न पाउने अधिकार किन सुरक्षित गरेको छ भन्ने उनीहरुले कहिले बुझ्लान जुन सन्धिमा नेपाल सरकारले पनि धेरै अघि हस्ताक्षर गरीसकेको छ । महिला हकअधिकारको कुरा पनि यस्तै नै हो । नेपाल सरकार विश्वका उच्चतम मानविय कानुन र तिनका घोषणा पत्रहरुमा हस्ताक्षर गर्न चाहि निक्कै हतारो गर्छ तर कार्यान्वाईन भने अत्यान्त्यै फितलो एवं कमजोर छ न की जनचेतना फैलाउने फुस्रद नैै निकालेको देख्न पाइन्छ ।

एउटा खुशीको कुरा नेपालीहरु सात समृन्द्रपार पुगेका छन रोजगारीको निम्ती तर यी अदक्ष कामदारका लागि जहाँ गए पनि चुलो र चौका नै हो । खासगरी अरब मुलुक भन्दा अन्यत्र प्राय हुने खाने र पढे लेखेका महिलाहरुको पहुच रहे पनि खाडी राष्ट्र ती निरिह महिलाहरुको भागमा पर्छ । अर्थात ँस्वर्ग जाने वाटो कसैले छेके पनि नर्क जानवाट कसैले रोक्न सक्दैन भने झै भा छ यीनीहरुलाई । जव खाडी राष्ट्रमा नेपाली महिलाहरु नोकरानी वन्न आइपुग्दछन तव थाह पाउछन नर्क कस्तो हुदो रहेछ । सरकारले शूरुका दिनमा प्रयत्न गर्यो रोक्नलाईउसले कानुनी रुपमा प्रतिबन्धको आदेश जारी गर्दै त्रिभूवन विमान स्थलको गेटमा ढाट लगायो तर दलालहरुलाई दिल्ली र बम्वईले स्वागत गर्र्यो । यस वीच हजारौ नेपाली महिला खाडी छिरे उक्त वाटो छेक्न नेपाल सरकारले चाहेर वा नचाहेर सकेन । आज भोलि खाडी भरिदै गएको छ नेपाली महिलाहरुवाट । यतिवेला नेपाल सरकारले पनि विगतमा लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । पहिले किन प्रतिवन्ध लगाइयो र अहिले किन खोलियो केही प्रष्ट्याएको छैन । देश भित्र नागरिकलाई सुरक्षा र रोजगार दिन नसक्ने सरकारले विदेशमा रहेका लाखौ प्रवासी नेपालीलाई के सुरक्षा र सेवा दिन सक्छ यो आशा कृनै नेपालीले नगरे हुन्छ तर राजदुतावास रहेका खाडी राष्ट्रमा यदी कृटनैतिक पहल र दवाव मित्रवत ढंंगले दिन सके केही न केही त होलाआशावादी वनौ ।
खान पेटभरी पाए मरिन्न कामले भन्ने हाम्रा बुढापाकाको भनाई त्यति नाजायजचाही होइनयहि भनाइलाई आधार मान्दै आधा पेट खाने र एकसरो लगाउने रहर पुरा नभएका तथा परिवारिक वोझ र सन्तानको सुख खोज्दै यहाँ आएका विवाहित वा अविवाहित महिला खाडी राष्ट्रमा जहाँ जुन घरमा काम गर्ने हुन प्राय त्यही घरमा यौन िहंसाको शिकार हुन्छन भन्ने कुरा एकाध घटना नभएर अत्याधिक हुने अपराध मध्येको एक प्रमुख पाटो हो । कतिपयले यस्ता अत्याचारलाई निरिहतापूर्वक स्वीकारेका छन भने कतिपयले स्वीकर नगरे पीडा भोगीरहेका त कतिले स्वीकार गरेर पनि यातना भोग्न वाध्य छन । उनीहरुलाई सरकारले मुलुकवाट लखेट्ने र रिमिटेन्सको रकमले आफ्ना सन्तान दर सन्तानको भविश्य मात्र हेर्ने हैन के गरे आहातवाट वचाएर राहत दिन सकिन्छ भन्ने तर्फ ध्यान दिन जरुरी छ । लाखौ नेपाली चेलीवेटीहरुको चित्कारलाई वेवास्ता गरेर कुनै दुत वा दुतावास वस्नु भनेको अनैतिकता मात्र हुदैन त्यसले उसको अयोग्यता समेत सिद्ध हुन्छ । अत ठोस प्रयत्नको कामना गरौ ।