Tuesday, January 19, 2010

महिलाहरुको विदेश यात्रा र सन्तानको भविश्य

तोयानाथ उपेक्षित

नेपालमा अव जन्मने सन्तानहरु झन धेरै अभागी र वेसाहरा हुने छन भन्दा अनौठो अनुमान जस्तो लाग्न सक्छ यसो भनिरहदा वेतुकको कुरा जस्तो हुन सक्छ तर यो यर्थाथ कटु सत्य वन्दै गएको छ ।
विगत केहि वर्ष अघि सम्म प्रवास लागेका युवाको अभावमा हलो जोत्न सम्म पछि नपरेका गृहणीहरु अव चुला चौका छाडेर कोही वन्दुक वोक्ने भए कोही हिमाल टेक्ने त कोही विश्वका कुनाकुना देख्ने भएका छन । खासगरी कमाउन भनी प्रवास गएको श्रीमान फर्केर घर आउन नचाहानेआए पनि धेरै वर्ष पछि मात्र आउनेरित्तो हात आउनेउतै हराउनेजेलमा थुनिने या त अर्की श्रीमती लिएर आउने जस्ता विविध कारणले महिलाहरु अर्धैय बन्दै गएका हुन । जो घरमा छन ती मध्ये अधिकांश वेरोजगारकुसंगतकुलत र अल्छे भएकाले श्रीमतीमाथि शारिरीक एवं मानशिक दवाव वढदै जादा एक प्रकारको अघोषित विद्रोह जसको प्रतिकात्मक जवाफ उनिहरुको वढ्दो विदेश पलायनले देखाउन थालेको छ ।


कसैले माईतमा छाडेका छन साना वच्चाहरुलाईकसैले श्रीमानको घरमा । एकसरो राम्रो लाउन र एकछाक मिठो खान दशैतिहार वा ल्ह्ोसार पर्खनु पर्ने भएपछि प्रवासीने ईच्छा जाग्नु अस्वाभाविक पनि हैन । घरमा सधैको झगडा र श्रीमानको गैह् जिम्मेवारपन र यस्ता अनेकौ कारणले महिलाहरु वढ्दो रुपमा विदेशीन थालेका छन । आखिर विना दोष सजाय भोगिरहेका छन निर्दोष वच्चाहरुले जो आमा वावु दुवै भएर पनि टुहुरा झै भएका छन माया नपाएर रुदै हिडेका छन । यसो हुनृु भनेको दुखद भविश्यको अनिष्ठ संकेत हो ।

अमेरिकावाट प्रकाशित वैज्ञानिक सोधमा आधारित एक पृस्तक थयगच अजबष्मिक दचबष्ल तपाईको वालकको दिमाग ले भन्छ ँवच्चाहरु आमाको गर्भमा रहे देखि पाँच वर्षको हुदा सम्म उसका दिमागी तन्तुहरु कोषहरु को विकाश नब्वे प्रतिशत भईसक्छ भने वाकी दश प्रतिशत उसको जीवन भरमा पनि पुरा हृन्न अतस्प्रत्येक वच्चाहरुको लागि आमा मात्र होईन वावु पनि साथमा रहन त्यति नै जरुरी हुन्छ । वावु साथै रहदा सम्पुर्ण कुरावाट उसले सुरक्षित रहेको अनुभुती गर्ने र आमाको न्यानो माया र ममतावाट उसमा स्नेह र करुणाको भाव विकाश हुने गर्छ । यी दुवै कुराको अनृपस्थितीमा हुर्किएको वच्चा कस्तो होला एउटा कठोर क्रुर सन्तानवाट मुलुकले के अपेक्षा गर्ने हिजोआज विदेशिने रहर कसैका लागि वाध्यता र विवशता भएपनि कसैकसैको शौख वनेको छ । श्रीमानको कमाई केहि राम्रो छ भने छोराछोरीलाई माईतघरआफन्त वा विद्यालयमा वोर्डस गरिदिएर जोइपोई प्रवासमा सँगै बस्ने गरेका छन । अरुका अगाडी उनीहरुले विश्व यात्रा गरेको ठान्लान वा यसलाई एउटा अब्बल दर्जाको सफल जिन्दगी जिएको मान्लान तर त्यहाँ सन्तानमाथि गरेको घोर अन्याय र घमण्ड स्वयमलाई थाहा नै हुन्न न त त्यसरी हुर्किएको वच्चावाट परिवारको सुखद भविश्यको कुनै आशा गर्न सकिन्छ ।

वालअधिकार माहसन्धिले वालवालिकाको वावु आमा सँगै बस्न पाउने अधिकार किन सुरक्षित गरेको छ भन्ने उनीहरुले कहिले बुझ्लान जुन सन्धिमा नेपाल सरकारले पनि धेरै अघि हस्ताक्षर गरीसकेको छ । महिला हकअधिकारको कुरा पनि यस्तै नै हो । नेपाल सरकार विश्वका उच्चतम मानविय कानुन र तिनका घोषणा पत्रहरुमा हस्ताक्षर गर्न चाहि निक्कै हतारो गर्छ तर कार्यान्वाईन भने अत्यान्त्यै फितलो एवं कमजोर छ न की जनचेतना फैलाउने फुस्रद नैै निकालेको देख्न पाइन्छ ।

एउटा खुशीको कुरा नेपालीहरु सात समृन्द्रपार पुगेका छन रोजगारीको निम्ती तर यी अदक्ष कामदारका लागि जहाँ गए पनि चुलो र चौका नै हो । खासगरी अरब मुलुक भन्दा अन्यत्र प्राय हुने खाने र पढे लेखेका महिलाहरुको पहुच रहे पनि खाडी राष्ट्र ती निरिह महिलाहरुको भागमा पर्छ । अर्थात ँस्वर्ग जाने वाटो कसैले छेके पनि नर्क जानवाट कसैले रोक्न सक्दैन भने झै भा छ यीनीहरुलाई । जव खाडी राष्ट्रमा नेपाली महिलाहरु नोकरानी वन्न आइपुग्दछन तव थाह पाउछन नर्क कस्तो हुदो रहेछ । सरकारले शूरुका दिनमा प्रयत्न गर्यो रोक्नलाईउसले कानुनी रुपमा प्रतिबन्धको आदेश जारी गर्दै त्रिभूवन विमान स्थलको गेटमा ढाट लगायो तर दलालहरुलाई दिल्ली र बम्वईले स्वागत गर्र्यो । यस वीच हजारौ नेपाली महिला खाडी छिरे उक्त वाटो छेक्न नेपाल सरकारले चाहेर वा नचाहेर सकेन । आज भोलि खाडी भरिदै गएको छ नेपाली महिलाहरुवाट । यतिवेला नेपाल सरकारले पनि विगतमा लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । पहिले किन प्रतिवन्ध लगाइयो र अहिले किन खोलियो केही प्रष्ट्याएको छैन । देश भित्र नागरिकलाई सुरक्षा र रोजगार दिन नसक्ने सरकारले विदेशमा रहेका लाखौ प्रवासी नेपालीलाई के सुरक्षा र सेवा दिन सक्छ यो आशा कृनै नेपालीले नगरे हुन्छ तर राजदुतावास रहेका खाडी राष्ट्रमा यदी कृटनैतिक पहल र दवाव मित्रवत ढंंगले दिन सके केही न केही त होलाआशावादी वनौ ।
खान पेटभरी पाए मरिन्न कामले भन्ने हाम्रा बुढापाकाको भनाई त्यति नाजायजचाही होइनयहि भनाइलाई आधार मान्दै आधा पेट खाने र एकसरो लगाउने रहर पुरा नभएका तथा परिवारिक वोझ र सन्तानको सुख खोज्दै यहाँ आएका विवाहित वा अविवाहित महिला खाडी राष्ट्रमा जहाँ जुन घरमा काम गर्ने हुन प्राय त्यही घरमा यौन िहंसाको शिकार हुन्छन भन्ने कुरा एकाध घटना नभएर अत्याधिक हुने अपराध मध्येको एक प्रमुख पाटो हो । कतिपयले यस्ता अत्याचारलाई निरिहतापूर्वक स्वीकारेका छन भने कतिपयले स्वीकर नगरे पीडा भोगीरहेका त कतिले स्वीकार गरेर पनि यातना भोग्न वाध्य छन । उनीहरुलाई सरकारले मुलुकवाट लखेट्ने र रिमिटेन्सको रकमले आफ्ना सन्तान दर सन्तानको भविश्य मात्र हेर्ने हैन के गरे आहातवाट वचाएर राहत दिन सकिन्छ भन्ने तर्फ ध्यान दिन जरुरी छ । लाखौ नेपाली चेलीवेटीहरुको चित्कारलाई वेवास्ता गरेर कुनै दुत वा दुतावास वस्नु भनेको अनैतिकता मात्र हुदैन त्यसले उसको अयोग्यता समेत सिद्ध हुन्छ । अत ठोस प्रयत्नको कामना गरौ ।

No comments:

Post a Comment