• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, January 28, 2010

    पेरिसडाँडामा बबाल

    काठमाडौं। 'युद्धमा लडियो, खुट्टा गुमाइयो, म सहिदपरिवारको मानिस पनि हुँ, पछि उहाँसँग विवाह भयो, त्यसपछि जनदिशामा काम गर्न थालेँ, तर पार्टीभित्रको अन्तरसंघर्षको सिकार बनाइयो र जनदिशाबाट निकालियो, पछि यो बच्चा पाउने वेला काठमाडौंमा हाम्रो राम्रो कोठासमेत थिएन, त्यहीकारण बच्चा जन्माउनासाथ म माइती गएर बस्नुपर्योे तर, पार्टीले कुनै वास्ता गरेन।' यति भनिसक्दा नसक्दै उनको आँखाबाट आँशु थामिन सकेन। उनी हिँक्कहिँक्क गर्दै रुन थालिन्। संयोग पनि कस्तो पर्यो  भने, उनको काखमा रहेको बच्चा पनि त्यही वेला रुन थाल्यो। आमा र बच्चा सँगै रुन थालेपछि अध्यक्ष प्रचण्डसमेत भावुक भए। धेरैका आँखाबाट आँशु झरेको देखियो।  
    गत पुस २२ गते पेरिसडाँडास्थित माओवादी मुख्यालयको हलमा देखिएको भावुक दृश्य हो यो। एकीकृत नेकपा (माओवादी) को प्रकाशन राज्यसमितिमा संगठित पत्रकारहरूले कुरा राख्ने क्रममा सुनीता रेग्मी (योजना) ले यसरी आफूले भोग्नुपरेका दुःख र व्यथा बताएर सबैलाई भावुक बनाएकी थिइन्। १० वर्षे जनयुद्धक्रममा जनमुक्ति सेनामा भर्ती भएर कम्पनी कमान्डरको जिम्मेवारी सम्हालेकी योजनाले लमजुङको बाहुनडाँडास्थित रिपिटर टावरमाथिको आक्रमणको क्रममा एउटा खुट्टा गुमाएकी थिइन्। उनी उपचारको क्रममा रहेका वेला उनका जीवनसाथी तथा वासुस्मृति ब्रिगेडका सहकमान्डर वसन्त (प्रकाश रिजाल) ले रोल्पामा सहादत प्राप्त गरेका थिए।  
    लोकतन्त्र पुनर्स्थापनापछि जनमुक्ति सेनाको जिम्मेवारी छाडेर जनादेशमार्फत पत्रकारिता सुरु गरेकी योजनाले त्यसपश्चत् जनदिशामा काम गर्न थालेकी थिइन्। त्यसै क्रममा उनको जनादेशमै पत्रकारिता गरिरहेका ध्रुव अधिकारी (राजन) सँग बिहे भयो। अघिल्लो वर्ष बालाजुमा सम्पन्न विस्तारित बैठकदेखि नै पार्टीभित्र अन्तरसंघर्ष देखिनथालेपछि डा. बाबुराम भट्टराई पक्षधर भएको आरोप लगाउँदै योजनालाई जनदिशाबाट निकालिएको बताइन्छ। अन्तरसंघर्षकै कारण धु्रव पनि जनदिशामा बस्न नसकेको र छाडेको स्रोतको दाबी छ। गहभरि आँशु पार्दै र हिक्हिकाउँदै आ136ना दुःखका कथा राख्न थालेपछि त्यहाँ आँशु नझार्ने कोही थिएन।  
    प्रकाशन राज्यसमितिमा रहेका सबै पत्रकारले पुस ११ गते कुरा राख्न समय नपाएपछि त्यसकै निरन्तरतास्वरूप पुस २२ गते फेरि भेला बोलाइएको थियो। भेला सुरु नहुँदै जनआस्थामा पुस ११ को भेलामा राखिएका कुराहरू जस्ताको त्यस्तै प्रकाशित भएको कुराप्रति छानबिन गरेर कारबाही गर्नुपर्छ भन्दै आक्रोश पोखेपछि क्रान्तिकारी पत्रकार संघको अध्यक्षसमेत रहेका माओवादी केन्द्रीय सदस्य, प्रकाशन राज्यसमिति सचिव महेश्वर दाहालले 'जनआस्थामा समाचार गएको आखिर हामीभित्रैबाट हो कसले कसलाई कारबाही गर्ने?' भन्दै बैठक सुरुवात गरेका थिए। यति भन्दै दाहालले बोल्नका लागि '136लोरओपन' गरेपछि लालरक्षकको सम्पादक रहेका निर्मल ज्ञवालीले बोल्न सुरु गरेका थिए।  
    अध्यक्ष प्रचण्डका अलावा उनले 'यहाँ रहनुभएका जनआस्थाका रिपोर्टरज्यू' भन्दै आ136नो कुरा राखेका थिए। त्यसअघि र पछि बोल्ने अधिकांशले जस्तै उनले पनि इन्चार्ज एवं पार्टी प्रवक्ता दीनानाथ शर्माप्रति तीव्र आक्रोश पोखे। 'यहाँ मैले यो कुरा राख्दा अन्यथा नसोचियोस्, हामीलाई युद्धको वेला प्रयोग गरियो, तर अहिले पार्टीले वास्ता गर्न छाडेको छ,' उनको भनाइ थियो, 'त्यसैले, मैले आ136नो जीविकोपार्जनका लागि नाइट ट्याक्सी चलाउन थालेको छु।' विभाग इन्चार्ज शर्मा नालायक भएको बताउँदै उनले शर्माको राजीनामा माग गरे। अघिल्लो बैठकको समाचार जनआस्थामा कसरी गयो भन्नेसम्बन्धमा छानबिन गरी दिनेलाई गद्दार घोषणा र पार्टीबाट कारबाही गर्नुपर्ने उनको माग थियो। उनले बोल्दै गर्दा कतिपयले चाहिँ लालरक्षकबाट २० हजार तलब खान्छ, अहिले नाइट ट्याक्सी चलाउन थाल्या'छु भनेर खोक्छ' भन्दै उनको आलोचनासमेत गरेका थिए।  
    रेडियो मिर्मिरेमा कार्यरत 'प्रज्वल' ले चाहिँ रेडियोमा कहिले 'किरण' को र कहिले 'बाबुराम' को मान्छे भन्दै पार्टीमै काम गर्ने पत्रकारहरूलाई पेल्ने गरिएको गुनासो पोखेका थिए। दिन–रात काम गरे पनि काठमाडौंको महँगीमा जीवनयापनका लागि आवश्यक पर्ने तलब नदिइएको भन्दै दुःखका कुरा सुनाउने क्रममा आँशु थाम्न सकेनन्, उनी पनि रोए। पार्टीभित्रैबाट गोप्यताहरू कसरी लिक हुन्छन् भन्ने सम्बन्धमा उनले प्रचण्ड प्रधानमन्त्री हुँदाताकाका प्रेस सल्लाहकार ओम शर्मालाई पनि मुछे। उनले भने, 'चीनले गोप्यरूपले दिएको शान्ति तथा मैत्री सन्धिको मस्यौदा ओम शर्माजीबाट पहिला लिक भएको हो।' चीनलेे सन्धिको मस्यौदा बुझाएको समाचार प्रकाशन भएपछि प्रधानमन्त्री प्रचण्डका वैदेशिक सल्लाहकार हीराबहादुर थापाले जर्मनीका लागि राजदूत बनाइएका सुरेश प्रधानले सार्वजनिक गरेको आरोप लगाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी दिएका थिए।  
    रेडियो मिर्मिरेमै कार्यरत अर्का सञ्चारकर्मीको प्रस्तुति अझ कडा थियो। उनले शान्तिप्रक्रियामा आएपछि पार्टी प्रवक्ता दीनानाथ शर्माले आ136ना छोरी–ज्वाइँ र छोराहरूलाई जागिर खुवाउन मिडियामा गोप्य लगानी गरेको दाबी गरेका थिए। 'जनयुद्धका लागि हामी जनताका छोराछोरीले लड्ने,' नजिकै रहेका शर्माका छोरा राजनलाई चोरऔँलाले देखाउँदै उनले भने, 'तर शान्तिप्रक्रियामा आएपछि नेताहरूले आ136ना छोरी–ज्वाइँ र छोराहरूलाई जागिर खुवाउनका लागि गोप्य रूपले मिडियामा लगानी गर्ने?' आ136ना नातेदारहरूलाई जागिर खुवाउन नेताहरूले यसरी लगानी गर्दा पार्टीसम्बद्ध जनदिशा, जनादेशलगायतका पत्रिकाचाहिँ बन्द हुने स्थितिमा रहेको पनि उनले बताएका थिए।  
    'पहिले पार्टीकै मुखपत्र संश्लेषणमा काम गरियो, तर पछि के भयो, थाहै नदिई त्यहाँबाट नाम हटाइयो' उनको थप भनाइ थियो– 'जनयुद्धका क्रममा गोली खाइयो, तर पार्टीमा काम गर्दा यस्तो व्यवहार भयो।' उनले माओवादी सञ्चारसंस्थाहरूमा बराबर काम–बराबर तलबको नीति लागू गर्नुपर्ने माग पनि गरेका थिए। आफूहरूले पाउने तलबको कुरा गर्दा उनले पनि आँशु थाम्न सकेनन्। 'जाबो पाँच हजारले के गर्ने' भन्दै उनले आ136नो संस्थामा एक घन्टा काम गर्नेले पनि पाँच हजार र अन्यत्र काम गरेर आउनेले पनि पाँच हजार पाउने गरेको बताउँदै धेरै काम गर्नेलाई धेरै र थोरै काम गर्नेलाई सोहीअनुसार तलबको व्यवस्था गर्नुपर्ने माग गरेका थिए। मिर्मिरेमै कार्यरत अर्का पत्रकारले चाहिँ 'राज्यसमिति स्तरका पत्रकारहरूको भेला भनिए पनि जिल्ला समितिमा समेत नपुगेकाहरूलाई आ136नो पकेटको मान्छे भएको आधारमा बैठकमा ल्याएको भन्दै आपत्ति जनाएका थिए। 
    रेडियो मिर्मिरेमै कार्यरत अरुणा रायमाझी पनि आर्थिक अभावका कारण सिर्जित दुःख सुनाउने क्रममा रोएकी थिइन्। 'हामी बलिदान दिन भनेर जनयुद्धमा लागेका हौँ, तर अहिले हामीलाई काम दिइएको छैन, नालायक नेतृत्वका कारण यस्तो स्थिति सिर्जना भयो, हामीलाई पेन्डुलम बनाइयो' भन्दै उनले प्रकाशन राज्यसमितिका इन्चार्ज (दीनानाथ शर्मा) र सचिव (महेश्वर दाहाल) दुवैको नेतृत्व आफूहरूले नमान्ने चेतावनी दिइन्। 'तपाईं (दीनानाथ र महेश्वर) दुईजना दुईतिर (क्रमशः डा. बाबुराम र किरण) तिर भएर गुटबन्दी गर्नुभएको छ, हामी तपाईंहरूको नेतृत्व मान्दैनौँ' उनले माग गरिन्, 'दुवैजनालाई यो जिम्मेवारीबाट निकालेर कि नयाँ नेतालाई यो जिम्मेवारी दिनुपर्यो , कि अध्यक्ष कमरेड आफैँले प्रकाशन राज्यसमितिको नेतृत्व गर्नुपर्योट।' 
    कडा अभिव्यक्ति दिनेमध्येमा संकटकालताका धादिङको बैरेनी ब्यारेक ब्रेक गरेर निस्केका राजु क्षेत्री पनि थिए। जनादेशमा कार्यरत उनले आ136नै पत्रिकाका व्यवस्थापक (अर्जुन थपलिया) को कडा आलोचना गरेका थिए। 'जनादेशका व्यवस्थापकलाई पत्रिकामा काम गर्ने साथीहरूले खान पाएका छन् कि छैनन्, कोठाभाडा तिर्न सकेका छन् कि छैनन् भन्ने कुराको कुनै वास्ता छैन' आक्रोश पोख्दै उनले भने, 'हाम्रो स्थिति यस्तो छ, उहाँलाई भने विभिन्न व्यापारीलाई भेट्दैमा फुर्सद छैन।' माओवादी पत्रकारहरूमा आर्थिक रूपले उनको पनि अवस्था नाजुक रहेको बताइन्छ। आ136नो छोराको कानको अपरेसन भर्खरै गरिएको, तर तिर्ने पैसा नभएको बताउँदै उनले प्रचण्डसँग भने, 'सारा जीवन पार्टीलाई दिएको छु, अपरेसन गर्दा २५ हजार खर्च भयो, बिल यहीँ लिएर आएको छु, यो बिल अध्यक्ष कमरेडलाई दिउँ्क कि के गरौँ?'  
    भेलालाई नै स्तब्ध बनाउने योजना (सुनीता रेग्मी) का श्रीमान् धु्रव अधिकारी (राजन) ले युद्धको वेला प्रचारयुद्धमा सफलता पाए पनि शान्तिकालमा राम्रो व्यवस्थापन नगर्दा पार्टी पछिपरेको बताएका थिए भने संगीता खड्काले पनि जनआस्थामा समाचार आएकोमा आपत्ति जनाउँदै पार्टीभित्र महिला पत्रकारहरू उपेक्षित भएको बताएकी थिइन्। 'हिजो कठिन स्थितिमा ज्यान हत्केलामा राखेर काम गरियो, तर अहिले पार्टीले हाम्रो वास्ता गर्न छाडेको छ,' उनको दुःखेसो थियो, 'पार्टीमा यो नेताको र त्यो नेताको भनेर विभाजन गर्न थालिएको छ, एउटासँग बोल्यो अर्काले चित्त दुखाउँछ, ज्यादै अप्ठ्यारो स्थितिको सिर्जना भएको छ।'  
    बोल्ने सबैले प्रकाशन राज्यसमितिको नेतृत्व नालायक भएको बताउँदै हटाएर नयाँ नेतृत्व राख्न माग गर्नुका साथै जनआस्थामा समाचार आएकोमा दिनेको खोजबिन गरी कारबाही गर्नुपर्ने माग गरेका दिए। कतिपयले चाहिँ पार्टी अध्यक्ष प्रचण्डले नै पार्टी पक्षधर मिडियाहरूलाई बेवास्ता गरेकोमा आलोचना गरेका थिए। खासगरी रेडियो मिर्मिरेमा कार्यरतहरूले यस्तो आरोप लगाएका थिए। 'अध्यक्षको अन्तर्वार्ता अरू मिडियामा आइरहेको हुन्छ, तर पार्टीसँग सम्बद्ध मिडियाले भेट्न खोज्दा समय पाइन्न,' उनीहरूको भनाइ थियो। प्रचण्ड आफू र दीनानाथ शर्माप्रति सहभागीहरूले आक्रोश व्यक्त गर्दा घरी हाँस्थे भने पत्रकारहरू रुँदा भावुक बन्थे।  
    करिब दर्जनजति पत्रकारले बोलिसकेपछि फेरि अर्काे दिन पनि अध्यक्षलाई नै राखेर बैठक गर्ने भन्दै त्यसदिनको भेला स्थगित गरिएको थियो। 'तपाईंहरू सबैका कुरा स्वयं अध्यक्षले नै एक–एक गरी सुन्न चाहनुभएको छ, तर आज थप समय छैन, फेरि अर्काे दिन गर्ने' भन्दै महेश्वर दाहालले अर्काे भेला पुस २६ गते गर्ने निर्णय सुनाएका थिए। तर, हलबाट त्यसदिन संघीयताको विरोधमा मोहनविक्रम सिंहहरूले काठमाडौं बन्द गरेको कुरा उठेपछि बैठक अघिल्लो दिन (पुस २५ गते) का लागि सारिएको थियो। तर, के कारणले हो, २५ गतेको कार्यक्रम पनि सारियो।  --जनआस्था

    No comments:

    Post a Comment