• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, January 28, 2010

    हैरान भए केटीहरु प्रचण्डका सेनाले जिस्काउदा


    जतिसुकै ठुल्ठूला संघर्ष र उपलब्धिको अगुवाइ गरेको किन नहोस्, संसारमा चरित्र सफा नहुँदा त्यस्ता थुप्रै व्यक्ति नांगिएका छन्। आ136नो मात्र कुरा होइन, वरिपरिका सहयोगी खराब हुँदा पनि नेताको इज्जत ध्वस्त हुन्छ। अहिले राजधानीको नयाँबजारस्थित प्रचण्डनिवासमा त्यस्तै भइरहेको छ। 

    राजधानी छिरेदेखि नै प्रचण्डको सुरक्षार्थ उनको निवासमा जनसेनाका जवान तैनाथ छन्। घर छाडेर नेता र पार्टीको सुरक्षामा उनीहरू वर्षौंदेखि त लागेकै छन्, तर मुख्य कुरामा चुक्दा गम्भीर प्रश्न जन्मिएका हुन्। माओवादी पार्टीभित्र यौनको सुविधा छैन। प्रेम गर्ने छुट त कसैले रोक्नै नसक्ने विषय भयो, तर यौनका नाममा प्रेम त्यहाँ स्वीकार्य छैन। हरपल नेताको सुरक्षार्थ गेट कुर्नुपर्ने सेनाका जवानले राजनीतिक मोर्चाका कार्यकर्ताजस्तो अनेकन मान्छे भेट्ने, संगठन गर्ने, जनतामाझ स्थापित हुने चिन्ता पनि गर्नुपरेन। जो खुला रूपमा काम गर्छन्, तिनले अनेक मान्छे भेट्छन् र आ136ना व्यक्तिगत चाहना पनि कुनै न कुनै रूपमा पूरा गरेकै हुन्छन्। तर, नयाँबजारका सैनिकहरूको दुःख बेग्लै छ। 
    खुसीबु, नयाँबजार, सोह्रखुट्टेतिरका युवतीलाई सोध्यो भने जनसेनाका ती दुःख आक्रोश बनेर अभिव्यक्त हुने गरेका छन्। प्रचण्ड निवासअघिल्तिर पुग्दा युवतीलाई हेर्दैै कहिले सिठ्ठी फुक्ने त कहिले 'आहा, कस्तो लचकदार बाकस' भन्दै जिस्क्याइमा पर्ने गरेका छन्, युवतीहरू। यस्तो समस्यालाई धादिङ घर भई ताहाचल क्याम्पसमा स्नातकतहमा अध्ययनरत ज्योति शर्मा र सर्लाही घर भई ताहाचलमै शिक्षाशास्त्र संकायतर्फ स्नातकोत्तर गर्दै रहेकी राधिका खतिवडाहरूले नजिकबाट अनुभूति गरेका छन्। उसो त, धादिङकी ज्योति आफैँ भने त्यस्तो समस्यामा परेकी छैनन्। तर, प्रचण्डनिवास नजिकै डेरा बस्ने ज्योतिले आफूभन्दा जुनियर युवतीहरूको समस्यालाई आफैँले देख्न र भोग्न पाइन्। ताहाचलमै प्रमापणपत्र तहमा अध्ययनरत केही युवती ज्योति बसेकै घरमा डेरा बस्छन्। प्रचण्डनिवासको सुरक्षार्थ तैनाथ जनसेनाले युवती जिस्क्याएको घटना ज्योतिले ५/६ महिना पहिल्यैबाट देख्दै थिइन्। उनलाई लाग्यो, उरन्ठेउलाहरू यस्तै हुन्। तर, जब आफू बसेकै घरमा बस्ने युवतीहरूमाथि त्यस्तो समस्या आयो, तब उनले भनिन् पनि, 'माओवादीको जंगली स्वभाव अझै गएको रहेनछ।' तर, जनसेनाको जिस्क्याइ खेप्ने ती युवतीहरू आफैँ पनि माओवादीसम्बद्ध अखिल (क्रान्तिकारी) सित आबद्ध रहेछन्। उनीहरूले ज्योतिलाई भने, 'हैन, दिदी यही कुरामा पार्टीलाई नै जोड्नुपर्ने कारण त छैन।' यस्तो संवाद भएको दुई/चार दिनपछि फेरि ज्योति र जुनियर युवतीहरू त्यही बाटो हिँड्दै थिए। सिनेमाको कास्टिङमा कामुक नायिका देखापर्दा अल्लारेहरूले हलमा सिठ्ठी बजाएजस्तो प्रचण्डनिवासबाट सिठ्ठीका आवाज सुनिए। ज्योतिले तत्कालै त्यहाँ भएका पार्टीका मान्छेसित कुरा राखिन्। 'जनसेनालाई हामी सम्झाउँछौँ' भन्नु त कता–कता, उल्टै ती युवतीहरूले भड्किलो पोसाक लगाएको आरोप खेपे। 'यही उमेरमा यसरी कम्मर हल्लाएर हिँडेपछि कसले जिस्क्याउँदैन त, पहिला आफू पो गतिलो हुनुपर्छ,' माओवादी कार्यकर्ताको जवाफ उद्धृत गर्दै ज्योतिले जनआस्थालाई सुनाइन्।  
    यो समस्यालाई नजिकबाट बुझ्ने नुवाकोटकी उषाकिरण तिमल्सेनाले माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टराईका सहयोगी विश्वदीप पाण्डेलाई नजिकबाट चिनेकी थिइन्। एकदिन ज्योति र उषाले विश्वदीपलाई बागबजारको एउटा चियापसलमा बोलाएर यस विषयमा जानकारी पनि दिए। विश्वदीपले त्यस्तो कामलाई 'घृणित' र 'निन्दनीय' को संज्ञा दिए। तर, उपाध्यक्षको पिएले संज्ञा दिएर के गर्नु, अध्यक्षका गार्डले कुनै टेरपुच्छर लाएका छैनन्। --जनआस्था

    No comments:

    Post a Comment