• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, January 28, 2010

    पचास हजार घर भाडा तिरेर बस्छन् प्रचण्ड

    काठमाडौं। माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री हुनुभन्दा अगाडि र प्रधानमन्त्रीबाट राजीनामा दिएपछि पनि बस्दै आएको नयाँबजारस्थित भाडाको घर छाड्ने मुडमा रहे पनि अन्ततः अब त्यो सोचाइबाट पछि हटेका छन्।
    प्रचण्ड परिवार घरबेटीले मागेबमोजिम भाडा तिरेर त्यही घरमा बस्ने राजी भएको छ।
    त्यसोभए प्रचण्डले त्यो घरको भाडा कति तिर्छन् होला त? प्रचण्डजस्ता नेतालाई घरधनीले २०/२५ हजारमा घर दिएका होलान् भन्ने तपाईंहरूले सोच्नुभएको होला। तर, प्रचण्डले भाडाबापत योभन्दा झन्डै दोब्बर तिर्न थालेका छन्। पछिल्लोपटक उनको घरको भाडा बढेर ५० हजार पुगेको छ।
    माओवादी स्रोतका अनुसार, प्रचण्ड सोही घरमा पहिलोपटक बस्दा भाडा ४० हजार तोकिएको थियो। सुरुमा घरधनी घर दिन खुसीसाथ राजी भए पनि प्रचण्ड प्रधानमन्त्री भएपछि भने उनीहरूले घर खाली गराइदिन आग्रह गरेका थिए। प्रचण्डका लागि बालुवाटारस्थित सरकारीनिवास भए पनि उनको सुरक्षामा रहेका जनसेनाका लागि भने बस्ने स्थान थिएन।
    त्यसैले, घर सर्ने भनेर माओवादी कार्यकर्ताले काठमाडौंको विभिन्न स्थानमा घर खोजी गरे, तर फेला परेन। उता, बस्नका लागि नयाँ घर खोज्दा खोज्दै प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने परिस्थितिको सिर्जना भयो। तर, प्रचण्ड नयाँबजार सरेपछि पनि घरधनीले घर खाली गरिदिन अप्रत्यक्षरूपले आग्रह गरिरहे। स्रोतका अनुसार, भाडा बढाउनुपर्ने आशयका साथ घरधनीले घर खाली गरिदिन भनेका थिए।
    'कति खोज्दा पनि नयाँ घर नभेटिएपछि बरु बढी भाडा दिएर उहाँ (प्रचण्ड) हरू त्यही घरमा राजी हुनुभयो,' स्रोतले भन्यो, 'त्यसपछि पहिलेको भाडामा रु. १० हजार आफँैले थपिदिएर त्यही घरमा बस्न थाल्नुभएको छ।'  --
    जनआस्था

    No comments:

    Post a Comment