• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Thursday, January 21, 2010

    बन्दविरुद्ध अघि सरे ओली

    एक समय थियो, बन्द र हड्ताल गराउनेमा राजनीतिक दल या समूहकै अग्रसरता हुन्थ्यो । त्यस्तो बन्द कार्यक्रमको अन्तर पनि लामै हुन्थ्यो । तर, पछिल्लो समयमा एउटा सामान्य कार्यक्रम बन्न थाल्यो र त्यसलाई पेसाकर्मीसहितका गैरराजनीतिक समूहहरूले पनि प्राथमिकतामा राख्ने क्रम बढ्दै गएपछि राजनीतिक नेतृत्वबाटै बन्दविरोधी अभियान सञ्चालन गर्नु अनिवार्य बन्यो ।
    आफ्नो माग पूरा गराउन बन्दलाई नै प्राथमिकता दिँदै आएको एमालेकै शर्ीष्ानेता केपी शर्मा ओलीले बुधबार र्सार्वजनिक कार्यक्रममार्फ बन्द निरुत्साहित गर्ने अभियानको घोषणा गरेका हुन् । सो अभियान सफल पार्न ओलीले हालै गठित मदन भण्डारी स्पोर्र्टर्स फाउन्डेसन नामको संस्थालाई साधन बनाउने भएका छन् । 
    'बन्दलाई सदाका लागि बन्द गर्न उद्योगी, बुद्धिजीवी, नागरिक समाज, वकिल, पत्रकार, धार्मिक व्यक्तित्व र पेसाकर्मीले पनि शान्ति अभियान सञ्चालन गर्नुपर्छ,' फाउन्डेसनद्वारा आयोजित सम्मान कार्यक्रममा ओलीले भने, 'शान्तिका पक्षमा जनमत जुटाउन आयोजना गरिएको पिस म्याराथुन पर्ूण्ा सफल भएको घटनाले पनि उत्साह थपेको छ ।' 
    ओलीको सक्रियतामा गत १७ पुसमा आयोजना गरिएको 'काठमाडौं पिस म्याराथुन'मार्फ बन्दविरोधी अभियान सुरु गरिएको थियो । 'बन्द, हड्ताल र अराजकताले कुनै समस्या समाधान हँुदैन,' ओलीले भने, 'बन्द, हडताल गर्नु भनेको देशको अर्थतन्त्र ध्वस्त पार्नु, शिक्षण संस्था बन्द गरेर मुलुकको भविष्य नै अन्धकारतिर लैजानु हो ।' 
    माओवादी बन्दतर्फलक्षित ओलीको भनाइ थियो, 'एक दर्ुइ घन्टाको बन्द पो सहन सकिन्छ, अनिश्चितकालीन कसरी सहन सकिन्छ -' चौथो चरणको आन्दोलनअर्न्तर्गत माओवादीले १० माघदेखि अनिश्चितकालीन आमहडतालको घोषणा गरिसकेको छ ।
    डरत्रासकै कारण बाध्य भएर आमनागरिकले बन्द सहेको कथन ओलीको थियो । 'महाभारतमा अर्जुनले शिखण्डीलाई अघि सारेर भीष्म पितामहमाथि शस्त्र चलाएजस्तै माओवादीले बन्दको बहानामा अराजक र हिंसालाई प्रश्रय दिएका छन्,' ओलीले भने ।
    प्रेमिकासँग बिछोड गराएको विरोधमा पनि एक व्यक्तिले तीन घन्टासम्म राजमार्ग बन्द गराएको प्रसंग स्मरण गर्दै ओलीले थपे, 'आफ्नो सामान्य माग पूरा गराउन डक्टरसमेत इमरेजेन्सी सेवा बन्द गरी आन्दोलनमा उत्रने गरेका छन्, त्योभन्दा बढी अराजक के हुन सक्छ -' ओलीको प्रश्न थियो । बन्दविरुद्धको अभियानलाई सशक्त बनाउन १५/२० दिनभित्र सबै सरोकारवालासँग छलफल देशव्यापी लैजाने जानकारी उनले गराए ।
    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पर्ूवअध्यक्ष चण्डीराज ढकालले दलहरूबाटै बन्द नगर्ने साझा प्रतिबद्धता आउनुपर्ने बताए । ढकालले भने, 'उद्योगीकै सुरक्षा नभएपछि कसरी उद्योग सञ्चालन गर्न सकिन्छ -' बन्दले मुलुकको आर्थिक क्षेत्र धराशायी बनाएको गुनासो पनि उनले पोखे ।
    राजधानी दैनिक एवं अंग्रेजी सहप्रकाशन न्युजप|mन्टका प्रधानसम्पादक युवराज घिमिरेले आन्दोलनकर्ताहरूलाई भौतिक क्षतिको जिम्मेवार ठहर्‍याउनुपर्ने बताए । शिक्षण संस्थालाई शान्ति क्षेत्र घोषणा गरेर बालबालिकालाई विद्यालय पुग्नबाट अवरोध पुग्ने कुनै पनि गतिविधिलाई दण्डनीय मान्नुपर्ने घिमिरेको भनाइ थियो ।
    निजी विद्यालय सञ्चालकहरूको छाता संगठन प्याब्सनका वरिष्ठ उपाध्यक्ष लक्ष्यबहादुर केसीले यो वर्ष२३ दिन विद्यालय बन्द गर्नुपरेको बताए । भिक्षु आनी छोइङले आफूभन्दा अरूका लागि सोच्नुपर्ने आग्रह गरिन् ।
    सो अवसरमा उपभोक्तावादी ज्योति बानियाँ, धर्मोदय सभाका लक्ष्मीनारायण मानन्धर, मानवअधिकारकर्मी कपिल श्रेष्ठ, सञ्चारकर्मी देवप्रकाश त्रिपाठीलगायतले बोलेका थिए ।-राजधानी

    No comments:

    Post a Comment