Tuesday, July 10, 2012

पन्ध्र वर्षपछि जापानमा फर्केको इज्जत

सन् १९९४ को कुरा हो । इलामका गोविन्दप्रसाद मैनाली रोजगारीको सिलसिलामा पर्यटक भीसाका रुपमा जापान छिरे । जापान गईसकेपछि उनी भारतीय नागरिक मालिक रहेको रेष्टुरेण्टमा काम गर्न थाले । उनी केहि नेपालीहरुसहित टोकियोको शिबुयामा कोठा लिएर बसेका थिए । यसै क्रममा उनको टोकियो पावर कम्पनीको उच्च तहमा काम गर्ने यासुकि वातानावे भन्ने महिलासंग सम्पर्क भयो । ती महिला दिउसो अफिसमा काम गर्ने र राती वेश्यावृत्तिमा पनि संलग्न थिइन् । अरुले झै उनले पनि आफ्ना ग्राहकको यौन सन्तुष्टि मेटाउन पैसा लिएर आफ्नो व्यापार गर्थिन् । गोविन्द पनि ती महिलाको ग्राहक बने । गोविन्दसंग अन्तिमपटक यौन सम्पर्क भएपछिको दशौं दिनमा ती महिलाको रहस्यमय तरिकाले मृत्यु भयो । मृत्यु भएको दशौं दिनमा अर्थात् मार्च १९, १९९७ उनको शव फेला परयो । गोविन्द बस्ने डेरासंगैको अर्को घरमा ती महिला बस्ने गर्थिन् । उनलाई बलात्कारपछि घाटी थिचेर हत्या गरिएको थियो ।
सफाइ पाएर नेपाल फर्कने क्रममा श्रीमतीका साथ जहाजमा गोविन्द
वातानावेको हत्याराको जापान प्रहरीले व्यापक खोजी गर्ने क्रममा प्रहरीको धरपकड बढ्दै गएपछि भीसाको म्याद सकिएका नेपालीहरु आफूहरु पनि पक्राउ पर्ने डरले घटनास्थलवरीपरीबाट भागे । गोविन्दलाई चाहि घरभित्रै प्रहरीले फेला पारयो । त्यतिबेला प्रहरीले गोविन्दसंग सामान्य सोधपुछ गर्दा ती महिलालाई गोविन्दले नचिनेको बताए । तर पछि गोविन्दलाई भीसाको म्याद सकिएको भन्दै प्रहरीले पक्राउ गरयो । पक्राउसंगै वातानावेको हत्यासंग जोडेर उनलाई हेरियो । प्रहरीको प्रारम्भिक आधार के रहयो भने शुरुमा गोविन्दले ती महिलालाई नचिनेको बताएपनि प्रहरीको अनुसन्धानका क्रममा ती महिलासंग तीन पटकसम्म गोविन्दले पैसा तिरेरै यौन सम्पर्क गरेका रहेछन् । यस कुरालाई गोविन्दले पनि स्वीकारेका छन् ।
प्रहरीले लाससंगै ती महिलाकोे शौचालयमा प्रयोग गरेर फालेको कण्डम पनि भेट्यो । कण्डमभित्रको शुक्रकिटको डिएनए परीक्षण गर्दा गोविन्द मैनालीसंग मिलेको पाइयो । गोविन्दले हत्या भएको दश दिनअघि अर्थात् २८ फेब्रुअरीका दिन सोही कोठामा वातानावेस“ग शारिरिक सम्र्पक गरेको प्रहरीस“ग स्वीकारेका भएपनि प्रहरीले भने गोविन्दले लास भेटिएको दश दिन अगाडि अर्थात् ८ मार्चमै वातानावेस“ग संसर्ग गरी हत्या गरेको बतायो । पहिले वातानावेलाई चिन्दिन भन्ने गोविन्दको डिएनए परीक्षणका क्रममा क्रोमोजम मिलेको भनिएपछि जापानी न्याय प्रशासनको नजरमा उनी दोषी ठहरिए । एकातिर हत्या भएकै दिन गोविन्दको ती महिलासंग संसर्ग भएको भन्ने प्रहरीको भनाई र अर्कोतिर हत्या हुनुभन्दा दश दिन पहिलेमात्रै वातानावेसंग संसर्ग भएको भन्ने भनाइले प्रहरी प्रशासनलाई अर्को चुनौति थपियो । यसपछि उनीहरुले मान्छेको वीर्य नष्ट हुने हदबारे सम्बन्धित विज्ञसंग राय मागे । गोविन्दको भनिएको कण्डमभित्रको वीर्यको माथिल्लो र तल्लो भाग टुटेकाले यस्तो विभाजन हुन २० दिनभन्दा बढी समय लाग्ने जापानी विज्ञहरुले बताए । यो तथ्यले गोविन्दको भनाइलाई पुष्टि गरयो । यद्दपि इकोली नामक व्याक्टेरिया र ट्वाइलेट सफाइका क्रममा प्रयोग हुने तरल पदार्थका कारण वीर्य चाडो टुक्रिएको भन्ने प्रहरीको भनाईलाई आधार मानि अदालतले गोविन्दलाई सफाइ दिएन ।
गोविन्दका वकिल पनि हत्या भएको दिन उनको संसर्ग वातानावेसंग भएको थिएन भन्ने आधार खोज्न थाले । यसैबीच, उनीहरुले जापानमा रहेका पा“च नेपालीहरुबाट बीर्य नमुना लिई त्यसलाई कण्डमभित्र हाली ट्वाइलेट बोवलमा राखी एक परिÔण गरे । उक्त परिÔण गर्दा बीर्य २० दिनपछि मात्रै टुटेको पाइयो । यसले के देखायो भने शौचालयमा भेटिएको कण्डम गोविन्दको भएपनि हत्या भएको दिन वातानावेसंग गोविन्दको संसर्ग भएको थिएन । समयक्रमसंगै मृत शरीरमा भेटिएको रौं, रयाल, वीर्य, महिलाले लगाएको भित्री कपडा, घाटी लगायत ४२ वटाको डिएनए परीक्षण गर्दा कुनैपनि गोविन्दसंग मेल खाएन । अन्ततः १५ वर्षपछि उनले सफाइ पाए ।
एउटा निर्दोष नेपाली १५ वर्षसम्म जापानी जेलमा कष्टकर जीवनयापनका साथ रहनु कम्ती चानचुने कुरा होइन । आफूलाई नियम र कानुनको सच्चा पहरेदार ठान्ने जापानजस्तो देशमा पनि यस्तो अमानवीय हर्कत हुनु ज्यादै लाजमर्दो कुरा हो । गोविन्दलाई बचाउ गर्न बनेको समिति ‘जष्टिस फर गोविन्द इन्नोसेन्स एडभोकेसी ग्रुप’ ले आफ्नो तर्फबाट काम गरिरहेको भएपनि जापानमा नेपाल र नेपालीका लागि खोलिएका संघसंस्थाले उनका लागि कामै गरेनन् भन्दा पनि हुन्छ । झन् जापानस्थित नेपाली दूतावास र विदेशमा रहेका नेपालीका बारे चासो राख्ने परराष्ट मन्त्रालयबाट उनका लागि सिन्कोसम्म नभाचिएको यथार्थता हाम्रो सामु छ ।
गोविन्दलाई निर्दोष तुल्याउन र वर्षौदेखि उनका पक्षमा वकालत गर्ने श्रेय बचाउ समितिलाई नै जान्छ । डिएनए परीक्षण गर्दा गोविन्दको संगल्नता नदेखिएपछि र उनी निर्दोष छन् भन्ने संभावना बढ्दै गएपछि जापानका नेपालीहरुले गोविन्दका बारेमा चासो लिन थालेका हुन् ।
गोविन्दका बारेमा समाचार दिने सवालमा पनि जापानकै मिडिया अगाडि देखिए । नेपालका संचारमाध्यम र जापानबाट संचालित नेपाली सामुदायिक संचारमाध्यममा उनका बारेमा समाचार आउन थालेको एक वर्षमात्रै भयो । यद्दपि नेपाली पत्रकारहरुले पनि जापानकै संचारमाध्यममा गोविन्दका बारेमा समाचार आउन थालेपछि मात्रै आफ्ना मिडियामा समाचार दिन थालेका हुन् । मिडियामा समाचार आइसकेपछि पनि जसरी नेपालमा समाचारबारे खासै महत्व नदिने प्रचलन छ, त्यसरी नै जापानमा पनि गोविन्दका बारे महत्व नदिइएको भए गोविन्दलाई सफाइ पाएर नेपाल आउन गाह्रो हुनेथियो ।
नेपालमा कान्तिपुर र जापानबाट संचालित टोकियो नेपाल डट कम चाहि गोविन्दका बारेमा फ्लोअप समाचार दिन अगाडि रहे । यद्दपि यी संचारमाध्यमका कारण नेपालीलाई गोविन्दका बारेमा जानकारी मात्रै गराउने काम भयो । तर सरकारी निकाय, टोकियोको नेपाली दूतावास र जापानस्थित नेपाली संघसंस्थालाई पटक्कै घच्घच्याउने काम गरेन ।
जापानमा नेपाल र नेपालीका लागि भनेर बग्रेल्ती खुलेका संघसस्थाहरु छन् । उनीहरुले त्यहा राजनीतिदेखि समाजसेवाका काम समेत गर्छन् । टोकियोको नेपाली दूतावास जापानमा रहेका नेपालीका बारेमा चासो राख्ने एकमात्र सरकारी निकाय हो । यिनैका निमन्त्रणामा नेपालबाट धेरै उच्च पदस्थ व्यक्ति, राजनीतिक नेता, कलाकार, पत्रकार र समाजसेवीहरु जापान आएर गए । तर कमैले मात्रै गोविन्दलाई भेटेर गए । थोरैले मात्रै गोविन्दका बारेमा चासो देखाएर फर्किए । अरुका त के कुरा गर्ने, जापानमै पनि एउटा निर्दोष नेपालीका विषयमा एनआरएनए जापानले समेत सार्वजनिक कार्यक्रम गर्ने आट गर्न सकेन । जति कार्यक्रम भयो र जति चासो व्यक्त गरियो, त्यो चाहि उनी जेलबाट छुट्दैछन् भन्ने जानकारी पाएपछि मात्रै भएको हो ।
शुरुका दिनमा नेपाली समुदायले यसरी चासो व्यक्त नगर्नुमा स्वयम् जापानका नेपालीहरुको नजरमा गोविन्द अपराधि नै थिए । उनी निर्दोष छन् भन्ने विश्वास गोविन्दका पक्षमा काम गरिरहेको सहयोग समितिबाहेक अरुलाई थिएन । समितिका सदस्य राजन प्रधार्नागले नेपाली समुदायको तत्कालिन भूमिकाबारे भनेका छन्, ‘मर्डर केस रहेछ, त्यसमा सहभागी नहौंहोला भन्दै साथीहरु तकिन्र्थे । कतिपय नेपालीहरुको डिएनए नमुना परिÔण गर्नुपर्ने अबस्था पनि आयो । तर कसैले पनि नमुना दिन मानेनन् ।’ पक्कै गोविन्दको भन्दा पनि जापानको विश्वास माने, नेपालीहरुले । यसो हुनु स्वाभाविक थियो । किनभने जापानजस्तो विकसित देशमा एउटा निर्दोष व्यक्ति यसरी जेल पर्नै सक्दैन भन्ने हाउगुजी उनीहरुको दिमागमा भरिएको थियो । तर गल्ती भगवानले त गर्छन् भने जापानी मान्छे कुनै अलौकिक अवतार थिएनन् । यद्दपि जापानीहरुले गल्ती नै गर्दै गर्दैनन् भन्ने भन्दा पनि कम गर्छन् भनेर बुझ्न सक्नुपर्छ ।
एकपटक दोषी सावित गरिसकेपछि जापानी न्याय प्रशासन पटक्कै आफ्नो निर्णयमा चुक्दैन । जसरी हुन्छ, उसलाई थप दोषी बनाउनपट्टि नै लाग्छ । गोविन्दका विषयमा पनि यहि भएको हो । चाहेको भए उनलाई निर्दोष बनाउन १५ वर्ष कुर्नपर्ने थिएन, जापानी न्याय प्रशासनका लागि । यदि गोविन्दका पक्षमा लड्ने समुदाय नभएको भए र लगातार जापानी मिडिया योमोरी सिम्बुन, जापान दाइम्स र समाचार सस्था क्योदो लगायतले उनका विषयमा समाचार कभरेज नगरेका भए जापानी न्याय प्रशासनको आफ्नै विवेकले गोविन्दले न्याय पाउने थिएनन् । भनिन्छ नि, बोल्नेको पीठो विक्छ । नबोल्नेको चामल पनि बिक्दैन । गोविन्दका लागि जापानी न्याय प्रशासनमा त्यहि भएको हो ।
विश्व मानचित्रमा नेपाल भएर पनि अधिकांश जापानीलाई नेपाल भन्ने देश र नेपालीका बारे थाहा छैन । यस्ता साना, अविकसित र अपरिचित देशका मान्छेले मात्रै गल्ती गर्छन् भन्ने कुरो उनीहरुको दिमागमा भरिएको छ । जापानजस्ता विकसित देशका मान्छेले गल्ती नै गर्दैनन् भन्ने बुझाइ उनीहरुको छ । समुदायमै बस्दा सामान्य फोहोर फाल्ने विषयमा जापानी नागरिकले गल्ती नै गरिहाले पनि नेपालजस्ता अविकसित देशका मान्छेलाई आरोप लगाउने, शंका गर्ने अनि कर्के नजर लगाउने जापानीहरुको स्वभाव नै भईसक्यो । यस्तै अवस्थाले पनि गोविन्दलाई दोषीका रुपमा उनको मुद्धा लम्ब्याइएको हो । मानौं गोविन्दको ठाउमा एउटा अमेरिकी नागरिक परेको भए अवस्था के हुन्थ्यो होला ? जापानको हविगत के हुन्थ्यो ? धन्य, एउटा निर्दोष नेपालीका लागि पनि काम गर्ने जापानी नागरिक नै भेटिए । आखिर ढिलै भएपनि सत्यको जीत भयो, एउटा नेपालीको १५ वर्षपछि खुशी फर्कियो । त्यो नै हाम्रा लागि खुशीको कुरा हो । उनका लागि समय नफर्किएपनि इज्जत फर्कियो, यो नै राम्रो हो ।
गोविन्द मैनालीले अझै पूर्ण रुपमा सफाइ भने पाएका छैनन् । अहिलेसम्म भेटिएका प्रमाणका आधारमा गोविन्दलाई कतैपनि दोषि नभेटिएकाले जेलबाहिरै राखेर उनको मुद्धा अगाडि बढाइएको मात्र हो । पन्ध्र वर्षअघि प्रहरीले पक्राउ गर्दा उनी ओभरस्टे भईसकेकाले उनलाई जापान बसेर मुद्धा लड्न मिल्दैन । कि अध्यागमनभित्रैको जेलमा बसेर मुद्धा लड्न पाईन्छ, कि भीसा भएमा जापानमै बसेर पनि मुद्धा लड्न पाईन्थ्यो । तर अध्यागमनको जेलमा बसिरहनुभन्दा नेपाल आउनु राम्रो भएकाले उनी नेपाल आएका हुन् । उनको अन्तिम सफाइ र क्षतिपूर्तिका लागि जापानमै वकिलहरुले उनका तर्फबाट मुद्धा लडिरहेका छन् ।
अन्तिम सफाइ पाएमा उनले जापानी जेलबस्दाताकाको दैनिक १ हजार यनदेखि १२ हजार यनसम्म क्षतिपूर्ति पाउछन् । यसबारेमा किनारा लाग्न अझै दुई वर्ष जति लाग्छ । अहिलेसम्म जे भयो भयो, गोविन्दका पक्षमा जनमत जुटाएर उनलाई छिटो सफाइ दिलाउन नेपाल सरकारमार्फत जापानको न्याय प्रशासनलाई घच्घच्याउनु आवश्यक छ ।

2 comments:

  1. saayad tesaile pani bhaninchani kanun andho huncha, last ma kanun ko chopiyeko aakha khuleko jasto cha

    ReplyDelete
  2. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

    ReplyDelete