Thursday, June 21, 2012

कसले जोगाउने जातीय पहिचान ?

जन्मकै आधारमा म समाजमा बाहुन भनेर कहलिएको छु । यसबाहेक मलाई बाहुन किन भनियो, म आफैँलाई थाहा छैन । तर संस्कृति र कर्मका हिसाबले मेरो दैनिक कार्य समाजमा बाहुन भनेर चिनिएकाको नित्य कर्मभन्दा धेरै फरक छ । अर्थात् बाहुन भन्ने बित्तिकै माछामासु नखाने, सधैँ धर्मकर्ममा लाग्ने, टुप्पी पाल्ने, धार्मिक ग्रन्थहरु पढ्ने र पण्डित्याइँ गर्ने भन्ने कर्म जुन समाजले बुझिरहेको छ, त्योभन्दा मेरो परिवेश निकै फरक छ । यही कर्म मात्रै बुझेर मान्छेलाई बाहुन बनाइन्छ भने म बाहुन पटक्कै होइन । त्यससँगै अन्य जातजातिहरुलाई सदियौँदेखि थिच्दै, मिच्दै र पेल्दै आएको जात बाहुन भनेर परिभाषित गरिँदा समेत त्यो अर्थमा म आफैँलाई बाहुन हो भन्ने लाग्दैन । किनभने मैले अहिलेसम्म अरु जात त के, आफ्नै जात बाहुनलाई समेत थिचोमिचो गरेको छैन । जातका आधारमा गरिने विभेद मलाई पटक्कै मन पर्दैन । यसैले बाहुनले खेप्दै आएको सामाजिक आरोप मलाई किमार्थ स्वीकार्य छैन । तर समाजमा शोषक वर्ग बाहुनमा मात्रै होइन, अन्य जातजातिमा छ भन्नेमा चाहिँ म विश्वस्त छु । बाहुनदेखि दलितसम्म, आदिवासीदेखि जनजातिसम्म र मधेसीदेखि थारुसम्मका समुदायका जातजातिहरुभित्र शोषक वर्ग छैनन् भन्न सकिन्न ।
अब बाहुन समुदायकै कुरा गरौँ । सन्दर्भ विद्यालय पढ्दाताकाको हो, हाम्रो पारिवारिक संरचना धार्मिक आस्थामा अडिएकाले संगत पनि सानोमा त्यस्तैको भयो । पारिवारिक संरचनाका कारण पनि मन्दिरमा हुने दिनहुँको पूजापाठ, आरति, भजन–कीर्तन र चोखो निष्ठामा संलग्न हुनैपथ्र्यो । बालकुमारी स्कुल पढ्दा गैँडाकोटस्थित एक मन्दिरमा कोठा भाडामा लिएर बसियो । त्यहाँ एक जना बाबा थिए, नामचाहिँ टाटम्बरी । उनको अगाडि अंग्रेजी पढ्न हुँदैनथ्यो । उनले सुन्ने गरी अंग्रेजी पढियो भने मेरो अगाडि गाईखाने भाषा पढ्ने होइन भनेर बेस्सरी हकार्थे । संस्कृतलाई भगवान्को भाषा बताउने उनी अंग्रेजीको बेस्सरी निन्दा गर्थे । आफूले भगवान् मानेको गाईलाई काटेर खानेहरुको भाषा अंग्रेजी भएकैले यो भाषालाई उनी घृणा गर्थे । यसैले अंगेजीलाई उनीहरु गाईखाने भाषा भन्थे ।
त्यतिबेला हामी देवघाट बसिन्थ्यो । घर जानेक्रममा रात परेकाले नारायणगढमै बास बस्नुपर्ने भयो । होटलको बसाइँ र खुवाइ चोखो नहुने भएकाले एक मन्दिरमा बास बस्न गइयो । हामी बाहुन नै भए पनि मन्दिरका मान्छेले हामीलाई निकै छोइछिटो गरे । उनीहरुले खान दिए र बस्न पनि तर मन्दिरका मान्छेले हामीलाई यसक्रममा गरेको व्यवहार पशुलाई भन्दा तल्लोस्तरको थियो । यतिसम्म कि हामीलाई पानी खान दिइएको अंखोरा उनीहरुले शौचालय जाँदा प्रयोग गर्ने रहेछन् ।
देवघाट बसाइँका क्रममा धेरै भक्त÷भक्तिनीहरुसँग संगत भयो । मठ–मन्दिरको दर्शन पनि दिनहुँ हुन्थ्यो । देवघाटको सीताराम मा।वि। पढ्दा संस्कृत भाषामै बिहानको प्रार्थना हुन्थ्यो । संस्कृत मा।वि। भएकाले संस्कृतका थप विषय पनि पढाइ हुन्थे । यद्यपि केही संस्कृतका विषय त्यही स्कुलमा दलित, जनजातिले अप्ठ्यारो हुने भएकाले पढ्न सक्दैनथे । देवघाटमा दलितहरुलाई मन्दिर प्रवेश हुन्थेन । बाहुनले गर्ने चोखो निष्ठा गरिएन भने हामी पनि मन्दिर प्रवेश गर्न पाइँदैनथ्यो ।
माथिका सबै प्रसंगहरु जातीय आधारमा एउटै जातिमा पनि कति विभेद छ भन्ने देखाउन खोजिएको हो । एउटा जातिले अर्को जातिलाई गर्ने विभेदलाई छाड्ने हो भने पनि हामीभित्रैको यो विभेदमात्र कम भएको होला तर सकिएको चाहिँ छैन । विद्यालयदेखि कलेज पढ्दासम्म मैले देखेको, भोगेको र सुनेको कुरालाई आधार मान्ने हो भने अपवादबाहेक शैक्षिक प्रगति गर्नेमा बाहुनहरु नै अगाडि भए । तर अवसरचाहिँ माथिल्लो जाति भनिएका बाहुन÷क्षेत्रीले प्रतिस्पर्धा गरेरै प्राप्त गरे भने महिला, दलित, आदिवासी र जनजातिले प्रतिस्पर्धासहित आरक्षणका भरमा समेत गरे । यस्ता जात र लिंगकै आधारमा गरिने अवसर अरु क्षेत्रमा ठिकै पनि थियो होला तर प्रविधि र चिकित्सा क्षेत्रमा समेत जातका आधारमा गरिएको आरक्षणका व्यवस्थाले गतिलो सामाजिक संरचना बन्न सकेन ।
तर यतिबेला जातीय पहिचानको माग चर्को रुपमा उठेको छ । बाहुन÷क्षेत्रीले सर्वस्व नै पारे भन्ने भ्रम फैलाइएको पनि छ । आफ्नो पहिचान खोसेको भन्ने आरोपसमेत उनीहरुलाई लगाइएको छ । आदिवासी जनजातिहरुले आफ्नो पहिचान खोसेको र सबल अनि सफल नागरिक बन्न नदिएको भन्ने आरोप लगाएर आन्दोलन गर्दै आएका छन् । बाहुन, क्षेत्री, दशनामी र दलितसमेत एउटै मोर्चामा उभिएर आफ्नो पहिचानका लागि संघर्षरत छन् । तर एकापसमा आन्दोलन गरेर आफ्नो पहिचान स्थापित हुन्छ जस्तो मलाई लाग्दैन । कसले कसको पहिचान खोसेको छ र नेपालमा रु सबैलाई आफ्नो पहिचान र धर्म–संस्कृतिमा हिँड्न कसैले छेकेको छैन । के हो जातीय पहिचान भनेको र किन यसो गरिँदैछ भन्ने ठोस उत्तर कसैसँग छैन ।
आफ्नो धर्म अरुले मान्नैपर्छ भन्ने छैन । एउटा जातको पोशाक अर्कोले लगाउँदैमा जातीय पहिचान स्थापित हुने होइन । एकापसमा बोलिने भाषा आफ्नै जात र सम्प्रदायको भइदिए हुन्थ्यो भनियो भने अर्को जातलाई अन्याय हुन्छ । एउटाको भाषा, पोशाक, धर्म, संस्कृति, रीतिरिवाज र सामाजिक संरचना लागू गर्न अर्कोलाई बाध्य पारियो भने उनीहरुप्रति पक्कै अन्याय हुन्छ ।
संविधान र संघीय राज्य बन्ने कता हो कता, यतिबेला जात र भूगोलका आधारमा राज्य माग्ने काम भएको छ । यसरी राज्य माग्नेहरुले बुझ्नैपर्ने एउटा कुरा के हो भने पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका सबै जातजाति नेपाली हुन् । नाम र भूगोलले कहिल्यै पनि जातीय पहिचान स्थापित हुने होइन । सबैभन्दा पहिलो कुरो सबैलाई नेपाली बनाउन सक्नुप¥यो । यदि सकिँदैन भने र साँच्चै आफ्नो जातीय पहिचान नै स्थापित गर्नु नै छ भने आफ्नै जातका मान्छेलाई भाषा, संस्कृति र रीतिरिवाज सिकाइयो भने स्वतः जातीय पहिचान माथि उठ्छ । पहिलो पहिचान भनेको भाषा, संस्कृति र रीतिरिवाज नै हो, किनभने कतिपय जनजातिलाई आफ्नै भाषा आउँदैन । कतिपय आदिवासीलाई आफ्नै धर्म–संस्कृति थाहा छैन । यसैले गाईलाई देउता मान्नेहरुलाई तर्साउन गाई काटेर खाँदैमा आफ्नो जातीय पहिचान माथि उठ्ने होइन । तल्ला जात भनिएकाहरुलाई छोइछिटो गर्दैमा माथिल्ला जातको जातीय पहिचान स्थापित हुने पटक्कै होइन । जात र भूगोललाई आधार बनाएर कसले, कहाँनेर, कतिबेला, कसरी, कसलाई पछाडि पा¥यो भन्ने गतिलो विवरण कसैसँग छ जस्तो लाग्दैन । कुनै बेला यस्तो अवस्था पनि थियो, राज्यले पनि यस कुरामा विभेद गरेको थियो तर अहिले अवस्था पहिलेको जस्तो छैन । विभेदका सम्बन्धमा अरुका त के कुरा गर्ने, बाहुनहरुकै बीचमा पनि थियो । अब आएर उतिबेला यस्तो थियो भनेर पुरानै ढर्राको कुरा मात्रै गरेर हुन्छ त रु
आज सबै बाहुनले अंग्रेजी पढ्न पाएका छन् । संस्कृत पढ्न बाहुन नै हुनुपर्छ भन्ने छैन । आ–आफ्नो धर्म र सम्प्रदायमा संस्कृति खुलेरै उपभोग गर्न पाइन्छ । आफ्नो धर्म मान्ने अधिकार सबैलाई छ, मात्र आफ्नो धर्म मान्न, आफ्नो भाषा बोल्न, आफ्नो संस्कृतिमा हिँड्न जान्नुप¥यो । मिलेर बसियो भने नेपालभित्र सबैले आफ्नो जातीय पहिचान स्थापना गर्न सक्छन् ।
एउटै धाराको पानी खाएका, एउटै वनजंगलमा घाँसदाउरा गरेका, अन्न उब्जाउन सँगै मेलापात र झरी÷बादल खेपेका फरक जातका छिमेकीलाई अब जातकै आधारमा एकापसमा बाधक बनाएर छुट्याउन खोजियो भने त्योभन्दा ठूलो दुर्भाग्य के होला १
कुनै बेला नेपालमा जनजाति, दलित, मधेसी, महिला, सीमान्तकृत र अल्पसंख्यकहरु पछि परेका थिए । राजनीतिक मूल प्रवाहमा उनीहरु आउन सकेका थिएनन् तर अहिले अवस्था त्यस्तो छैन । यतिबेला गाउँको सानो आकारको समितिदेखि विघटित संविधानसभासम्म गठन गरिएका समिति धेरै समावेशी बन्दै गएका छन् । सामाजिक संरचना पनि उस्तै हिसाबले निर्माण हुँदै गएको छ । अब यसैलाई संस्थागत गर्ने कि पहिलेकै संरचनालाई सम्झँदै वर्तमानका बाहुन÷क्षेत्रीलाई सरापेर बस्ने र ? अब त जातीय संविधान र व्यवस्था होइन, राष्ट्रिय राज्य निर्माण गर्ने बेला हो । हिजो निषेधमा परियो भन्दैमा अरुलाई पनि निषेधको नीति अपनाउनु सान्दर्भिक हुँदैन ।
जातीय नामले पनि कोही अस्तित्वमा आउने होइन । गरिबलाई धनबहादुर नाम राखेर धनी भएको भेटिएको छैन भने बलवान्हरु बलबहादुर नाम राखेपछि मात्रै बलिया भएका होइनन् । नेपालको नाम फेरेर जापान राख्दैमा जापानजस्तै होला त नेपाल ? अब जातीय आन्दोलनमा लागेका नेताहरुले सम्बन्धित पार्टी र समाजबाट आफ्नो पहिचान स्थापित गर्ने सवालमा कहाँनेर अप्ठ्यारो महसुस गरे ? नेपाली समाजलाई भन्न जरूरी छ । होइन भने आफू त्यही संस्था र समाजको नेतृत्वमा रहदँ ासम्म कहे ी नगर्न े अनि अहिले आएर आफ्नो पहिचान अरुले मेटाइदिए भन्ने आरोप लगाउनु न्यायोचित हुन सक्दैन, चाहे त्यो जुनसुकै जात र सम्प्रदायका किन नहोस् !

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

    ReplyDelete