Thursday, June 21, 2012

अराजक भीडमा जलेको नारायणगढ

गत बुधबार बिहान दस बजेतिर नारायणगढ पुग्दा सहिद चोकस्थित लक्ष्मीनारायण वस्त्रालयवरिपरि मान्छेको भीड थियो । भीड छिचोल्न नसकिएका कारण सवारीसाधनलाई निर्बाध रुपमा सञ्चालन हुनसमेत हम्मेहम्मे भयो ।  वरिपरि प्रहरीको उपस्थिति थियो । अधिकांश रमितेहरु कोही घरका छतबाट त कोही सडकमै बसेर रमिता हेरिरहेका थिए । होहल्लाका बीचमा भर्खरै नारायणगढ छिर्ने जोकोहीलाई यो रमिता केको भनेर छुट्याउन गाह्रो भयो । सहिदचोकमा के भएको हो र के हुँदैछ भन्ने कुरो भीडबाटै सुरू भएर भीडमै हराउँथ्यो ।
लक्ष्मीनारायण वस्त्रालयले राजस्व छली गरेको भन्ने सुराकीको आधारमा राजस्व अनुसन्धान विभागको टोली सो पसलमा आई अनुसन्धान गर्न खोज्दा स्थानीय व्यावसायी, छरछिमेक र उनका आफन्तले विरोध जनाउने क्रममा त्यो भीड जम्मा भएको रै’छ । यही क्रममा विभागको अनुसन्धान टोलीले पसल सिलसमेत गरिदिएछन् । तर यसरी छापा मार्न आउँदा आफूहरुलाई जानकारी गराएर मात्रै आउनु पर्ने र उद्योगी व्यावसायीको संगठन उद्योग वाणिज्य संघसँग समन्वय गरेर मात्रै आउनु पर्ने त्यहाँ उपस्थित व्यावसायीको भनाइ थियो । अझ टोलीले पसलका साहूसँग दस लाख घूस मागेको भन्ने हल्लासमेत भीडमा चल्यो ।

 भीडले पुलचोक पुगेर रोकिराखेको राजस्वको गाडीमा आगजनी गरे
एकछिनसम्म आफैँले सिल गरेको वस्त्रालय र वरिपरिको क्षेत्र अब राजस्वका कर्मचारीको अधीनमा रहेन । व्यापारी र त्यहाँ उपस्थित उद्योग वाणिज्य संघ नारायणगढका केही पदाधिकारीहरुको व्यापक विरोध भएपछि आफैँले लगाएको सिल पनि राजस्वको टोलीले खोलिदियो । नियन्त्रणमा लिएर पोकोपुन्तुरो पारेको कागजात पनि उनीहरुलाई नै जिम्मा लाइदियो । अनि भीडबाट राजस्वका टोलीलाई जिउँदै जलाउने, उनीहरुका घरमा आगो लगाइदिनेसम्मका धम्की आउन थालेपछि टोली त्यहीँ, कतै शरण लिएर बस्यो ।
समय क्रमसँगै भीड बाक्लिँदै थियो । सडक नारायणगढका स्थानीय व्यापारी र बजार गर्न आएका सर्वसाधारणले भरिन थालेपछि प्रहरी पनि सशंकित बन्यो । प्रहरी र राजस्वका टोलीलाई लक्षित गरेर ढुंगा वर्सिन थाले । प्रहरीले पनि अश्रुग्याँस र हवाई फायर गरेर भीडलाई तितरवितर गर्ने प्रयास ग¥यो । त्यो भीडले पुलचोक पुगेर रोकिराखेको राजस्वको गाडीमा आगजनी गरे । गाडीमा जल्दै गरेको आगो निभाउन भरतपुर नगरपालिकाबाट आएको दमकललाई समेत भीडले ढुंगा हानेर लखेट्यो । दमकलसमेत तोडफोड भयो । आगो निभाउन आएका दमकलचालक र त्यहाँका कर्मचारी भीडको ढुंगा खाँदै ज्यान जोगाएर दमकलसहित भागे ।
अनि बजार एक्कासि रणभूमि भयो । सडकभरि ढुंगा÷इँटा छरिन थाले । समाचार संकलन गर्न गएका पत्रकार र घरघरमा बसेका सर्वसाधारण पनि अश्रुग्याँसको प्रहारले आँखा मिच्न थाले । केही बेरपछि गणेश हलनजिकै रहेको प्रहरी बिटमाथि पनि त्यही भीडले रिस पोख्यो । बिट पनि आगोले दनदनी जल्यो । जलेको बिटमाथि पनि भीडले ढुंगा हानिरह्यो । लाग्थ्यो, राजस्वका टोली नै त्यही बिट हो । अनि नारायणगढको बजार नारायणगढकै मान्छेलाई जिम्मा लगाएर प्रहरी भागेपछि स्थिति सम्हालिँदै गयो । यतिबेला चाहिँ नारायणगढ शान्त छ तर एउटा अशान्ति र अराजक शैलीको आलो घाउ लिएर ।
यो घटनाक्रमले के देखायो भने नारायणगढवासीलाई पनि अराजकताले छोएछ । राजस्व विभागको अनुसन्धान गर्ने शैलीको विरोध के आगजनी गरेरै गर्नपर्छ रु कर्मचारीले घूस खाएको र मागेको विरोधको समाधान प्रहरी बिट जलाएर हुन्छ रु अनि सर्वसाधारणलाई सास्ती दिँदैमा र प्रहरीमाथि ढुंगा बर्साउँदैमा राजस्व छलीको आरोप मत्थर पार्न सकिन्छ रु यदि यसो होइन भने त्यो अराजक भीडलाई किन साथ दिए नारायणगढवासीले रु
लक्ष्मीनारायण वस्त्रालयका मालिक लक्ष्मीनारायण श्रेष्ठ नारायणगढका प्रतिष्ठित कपडा व्यापारी हुन् । उनकै पसलबाट धेरै चितवनवासीले कपडा किनेर लगाउँछन् । सर्वसाधारणले कपडा किन्दा त्यो कपडा नारायणगढसम्म ल्याउँदासम्मको बिक्री मूल्य जोडेर पैसा तिर्नपर्छ । कर, घरभाडालगायत अन्य खर्चसमेतलाई जोडेर पसलेले बिक्री मूल्य निर्धारण गर्छन् । नारायणगढमा पाइने नुनदेखि सुनसम्मको भाउ यसरी नै तय गरिन्छ । तर नारायणगढमा पाइने सामानहरु कसरी आएका छन् र यी सामान प्रयोग गरेबापत सर्वसाधारणदेखि मुलुकसम्मलाई के–कस्तो फाइदा भएको छ भन्नेबारे कमैलाई मात्र थाहा छ । हरेक व्यापारीले सामान बेचेर कमाएको नाफा र त्यो सामान पसलसम्म ल्याउँदाको प्रकृया तथा परिणामलाई आधार मानेर राज्यलाई कर बुझाउनुपर्छ । यो हेर्ने निकाय भनेको जिल्लामा आन्तरिक राजस्व कार्यालयले हो, उसले हेर्न नसकेमा केन्द्रमा विभागले हो । यही विवरण हेर्ने सवालमा नै गत बुधबार नारायणगढमा त्यो अराजक स्थितिको सृजना भएको हो ।

विभागका कर्मचारीले छापा मारेको
लक्ष्मीनारायण बस्त्रालयअगाडि जम्मा भएको भीड ।
सर्वसाधारणलाई सामान बेच्ने र सामान ल्याउने सवालमा अधिकांश व्यापारीले राजस्व छल्ने गरेको आरोप लाग्दै आएको छ । राजस्वका कर्मचारी पनि व्यापारीसँग मिलेर यस्तो धन्दामा संलग्न भएको भन्ने सुनिन्छ । जब उनीहरुबीच कुरा मिल्दैन अर्थात् राजस्व छली गरेबापत राजस्वका कर्मचारीले भनेजति रकम व्यापारीले उनीहरुलाई दिन सक्दैनन्, उनीहरु अनुसन्धान र छापाको शैली अपनाएर पसलेहरुमाथि धाबा बोल्छन् अनि यस्ता घटना बाहिर आउँछन् । सकेसम्म कागज मिलाएर व्यापारी र राजस्वका कर्मचारीले राज्यलाई खोक्रो बनाउँछन् । नसके एकापसमा आरोप–प्रत्यारोप गरेर घटना सडकमा निस्कन्छ, सर्वसाधारण जनताचाहिँ सधैंँ मारमा । उनीहरुबीच कुरो मिले आफैँलाई पैसाको घाटा । कुरो नमिलेर घटना बाहिर आयो भने उही सधैँको जस्तो सडक सास्ती ।
लक्ष्मीनारायण वस्त्रालयले राज्यको नीति–नियमअनुसार नियमित कर बुझाइरहेको पनि हुनसक्छ । राजस्वका कर्मचारीले असल नियतले नै वस्त्रालयमाथि शंका गरी अनुसन्धानका लागि सिल लगाएको पनि हुनसक्छ । तर न राजस्वका कर्मचारीको असल नियत सर्वसाधारणले जान्ने मौका पाए, न त वस्त्रालय राज्यका नीति–नियमअनुसार चलेको भन्ने सर्वसाधारणलाई जानकारी प्राप्त भयो । साँच्चै लक्ष्मीनारायणले कर छलेकै थियो भने आफ्नो अनुसन्धानलाई फितलो पार्दै आफैँले लगाएको सिल किन तोडे राजस्वका टोलीले रु अनि लक्ष्मीनारायणको पनि नियत सफा थियो भने राजस्वका टोलीले गरेको अनुसन्धानलाई प्रभावित गर्ने किसिमले आगजनी गर्नेदेखि टोलीलाई बन्धक बनाउने घटनासम्ममा नारायणगढवासी किन साक्षी भए रु
अनुसन्धान र छापा भन्ने कार्य सम्बन्धित व्यापारी र यसका संघसंगठनलाई जानकारी दिएर गरियो भने प्रभावकारी हुँदैन । ‘तँ चोर होस्, तँलाई पक्रन आउँछु’ भनेर प्रहरी आयो भने चोर घरमै बस्छ कि कुलेलम ठोक्छ रु यो सबैले जान्ने कुरो हो । यहाँ भन्न खोजिएको बाजा बजाएर र झ्याली पिटेर गरेको अनुसन्धान पटक्कै प्रभावकारी हुँदैन भन्ने हो । यदि सम्बन्धित व्यापारी र यसका संघसंगठनलाई जानकारी दिएर अनुसन्धान गर्ने शैली राजस्वको छ भने यसो गर्न हुँदैन । यो शैली बदलिनुपर्छ, साथसाथै राजस्वका हरेक निकायका कार्यशैली पनि पारदर्शी हुनुपर्छ । आफ्नो स्वार्थका लागि मात्रै व्यापारी र कर्मचारीबीच कागज मिलाएर खाने प्रवृत्तिको अन्त्य हुनु जरूरी छ । यसो गरियो भने मात्रै व्यापारीले पनि सही तरिकाले व्यापार गर्न सक्छन् अनि राजस्वको अनुसन्धान पनि प्रभावकारी र पारदर्शी बन्न सक्छ ।
घटना घटिसकेपछि उद्योग वाणिज्य संघले आगजनी र तोडफोडमा व्यापारीको संलग्नता नभएको भनिरहँदा यस्तो दण्डहीनतालाई प्रश्रय दिने आफ्नै व्यापारी र भीडको पहिचान गर्न किन सकिरहेको छैन रु किनभने भीडले निकालेका आवाज सधैँ राम्रा र हाम्रा मात्रै होइनन् भन्ने कुरो सच्चा व्यावसायीले बुझ्न सक्नुपर्छ, होइन भने नारायणगढमा भएको अराजकतालाई जिम्मा लिन सक्नुपर्छ ।

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

    ReplyDelete