• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, September 22, 2009

    जापान सरकारले बच्चा जन्माउने लाई विशेष सुविधा दिने


    टोकियो/ जापानका एक चौथाइ महिला वृद्धा भएको सरकारी तथ्यांकले देखाएको छ । सरकारी अनुमानअनुसार एक करोड ६० लाख जापानी महिला ६५ वर्ष वा त्यसभन्दा बढी उमेरका छन् । यो संख्या सन् १९५० यता सबैभन्दा धेरै हो । यसैगरी, २० प्रतिशतभन्दा बढी जापानी पुरुष ६५ वर्ष वा त्यसभन्दा बढी उमेरका छन् ।
    वृद्ध जनसंख्या बढी भएका कारण जापानमा कामदारको कमी हुने अनुमान गरिएको छ ।
    जापानमा दुई करोड ९९ लाख ८० हजार वृद्धवृद्धा छन् । जापानको कुल जनसंख्या १२ करोड ७० लाख रहेको छ । गत वर्षको भन्दा यस वर्ष वृद्धवृद्धाको जनसंख्या आठ लाख वृद्धि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ६५ वर्ष वा त्यसभन्दा बढी उमेरलाई वृद्धवृद्धा भनिन्छ ।
    जापानको नयाँ सरकारले बच्चा जन्माउने दम्पतीलाई विशेष सुविधा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    No comments:

    Post a Comment