Monday, October 10, 2011

पत्रकार एकललाई किन एक्ल्याएको ?

विराटनगरका पत्रकार खिलानाथ ढकाल कुटिएको समाचारबारे पक्कै पनि आम नेपाली पाठक जानकार नै छन् । अझै पनि ढकालमाथि भएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथि नै भएको गम्भीर आक्रमणको रुपमा सबैले लिएका छन् र आक्रमणको संस्थागत विरोध पनि भईरहेको छ । यो अझै जारी छ । विरानटगरमा पत्रकार कुटिएकै बेला धादिङमा पनि एकजना पत्रकारमाथि अर्को आक्रमण भयो । सुदुरपश्चिममा आधारभूत पत्रकारिता तालिम संचालन गर्न काठमाडौंबाट हिडेका चितवनका पत्रकार एकल सिलवाल त्यो आक्रमणका शिकार भए । यो समाचारलाई नेपालका संचारमाध्यमले स्थान दिएको मेरो जानकारीमा छैन । न उनीमाथि आक्रमण भएको समाचार बाहिर आयो, न त संचारसम्बद्ध संघसंस्थाहरु र अन्य निकायले पनि यो कुराको विरोध गर्ने साहस नै गर्न सके । संचारमाध्यममा ठाउँ नपाइसकेपछि एकलले आफू कुटिएको विलौना फेसबुक र एउटा ब्लगबाटै सार्वजनिक गरेका थिए ।
पत्रकार ढकाल कुटिएपछि यसको संस्थागत विरोध जायज थियो, यो आगामी दिनमा हुनुपनि पर्छ । देशविदेशमा भएको विरोध कार्यक्रमपछि ढकालले धेरै जनमत पनि बटुले । साथै पत्रकारलाई कुटेपछि गर्नुपर्ने विरोधको सामना सम्बन्धित पक्षले राम्रैसंग बुझ्यो पनि होला । देशविदेशमा रहेका जनमानसले देखाएको यो मायाले पत्रकारका अगाडि अपराधको केहि जोर चल्दैन भन्ने कुरा निर्भिकतापूर्वक काम गर्ने सञ्चारकर्मीहरुले पनि बुझे । उनीहरुलाई पत्रकारिताप्रति झनै उत्साह बढेर अयो । तर जति ढकालको मुद्धा चर्किएर यो अवस्थामा आइपुग्यो, संगसंगै एकलले चाहि किन कसैको सहारा पाउन सकेनन् ? नेपाली मिडिया, मिडियाकर्मी र नागरिक समाजले ढकाललाई जति साथ दिए, एकललाई किन दिन सकेनन् ? आखिर घटना फरक भएपनि कुटाइ पत्रकारले खाएकै हो । दुखाइ फरक भएपनि व्यथा एउटै हो ।
एकलका अनुसार वैशाख २५ गते काठमाण्डौको तीनथानामा महाकाली यातायातको बसको ठक्करबाट धादिङ छत्रे देउरालीकी एक महिलाको ज्यान गएको रहेछ । बस र त्यसका चालकलाई कालिमाटी प्रहरी वृत्तले नियन्त्रणमा लिएछ । पीडित परिवार र बस व्यवसायीका बीच वार्ता पनि भएछ । वार्ता भएपनि पीडितका माग पुरा भएको रहेनछ । माग पूरा गर्न सक्ने शक्तिशाली व्यक्ति वार्तामा नआएको भन्दै पीडितहरु आक्रोशित भएछन् । जेठ ११ गते मागलाई सम्बोधन गर्ने वातावरण मिलाउन महाकाली यातायातको अर्को बसलाई नियन्त्रणमा लिई बसमा सवार यात्रुलाई पीडितहरुले बन्धक बनाए । पत्रकार एकल पनि त्यहि बसमा चढेर सुदुपश्चिममा पत्रकारिता तालिम दिन हिंडेका रहेछन् । यसरी विनाकारण यात्रुलाई बन्धक बनाएको विषय एउटा पत्रकारले टुलुटुलु हेरेर बस्नुपनि भएन । त्यहाँको गतिविधिलाई क्यामरामा कैद गर्दा नाडीमा फलामका सिक्री, औंलामा फलामकै तिखा औंठीहरु र कानमा मुन्द्रा लगाएर सयौंको संख्यामा “पीडित” बनेर आएका स्थानीयहरुले पत्रकार एकललाई मरणासन्न हुनेगरि पिटेका हुन् । त्यहाँ उनलाई “रामधुलाई” मात्रै गरिएन, उनले प्रयोग गरिएको क्यामेरा पनि कामै नलाग्ने गरि तोडफोड भयो । भएको यहि हो । तर अरुले त विरोध किन गर्थे र ? पत्रकार सम्बद्ध निकायले पनि यो घटनालाई विरोध गरि मोफसलमा बसेर पत्रकारिता गरिरहेका एकल जस्ताको आत्मबल बढाउने काम गरेन । यसो भएपछि सर्वसाधारण पनि सधै आफूलाई असुरक्षित ठान्ने नै भए । त्यो दिनको घटनाका प्रत्यक्षदर्शी धादिङको प्रहरीप्रशासन पनि रहेछ । यत्रो घटना हुँदा पनि सञ्चारमाध्यम र आम पत्रकारको साझा संगठन वेखबर जस्तो बन्नुलाई नेपाली जनताले कसरी लिने ? पक्कै एकललाई एक्ल्याइनुका पछाडि उनी कुनै राजनीतिक पार्टीका कार्यकर्ता थिएनन् । अर्को, नेपालमा ठूला भनिएका “ब्रोडसिट” आकारका मिडियाका आधिकारिक पत्रकार पनि थिएनन् उनी । पत्रकार महासंघमा सांगठनिक पहुँच जमाउन पत्रकार सहित राजनीतिक कार्यकर्ता पनि हुनुपर्ने अघोषित नियमको विरुद्ध उभिई उनले महासंघमा दश वर्षसम्म नियमित बनाएको सदस्यतालाई महाधिवेशनताका त्यागेको चर्चा पनि छ । धादिङमा उनीमाथि भएको घटना महासंघको सदस्यता त्यागेपछिको हो । तर उनी पत्रकारितामा निरन्तर अझ बढि क्रियाशिल हुँदै आइरहेका छन् ।
एकलले कुटाई खाएको केहि दिनको फरकमा चितवनमा पत्रकारलाई “अपमान” गरेको सम्बन्धि एउटा अर्को घटना भयो । काठमाडौंका पत्रकार चढेको भाडाका गाडीलाई चितवनको आँपटारीमा रोकेछन् । रोक्नुको कारण बसपार्क शुल्क उठाउन रहेछ । चितवनमा भाडामा यात्रु बोक्ने सवैले बसपार्क शुल्क तिर्नु पर्छ । सवै गाडी बसपार्क भएर जाँदैनन् । अनि त्यस्ता गाडीलाई चेक गर्न भनेर आँपटारी, पुलचोक र गोन्द्राङमा चेक पोष्ट छ । बसपार्क नछिर्ने र बसपार्कको शुल्क नतिरेका भाडाका यात्रु बसलाई ती ठाउँमा दोब्बर शुल्क लिने गरिन्छ । दोब्बर शुल्क जरिवानको रुपमा लिने गरेको हो । बसपार्क शुल्क नतिरी आउँदा यहि शुल्क लिनेबारे पत्रकार र चेकपोष्टमा बसेका कर्मचारीबीच भनाभन चल्यो । पत्रकारमाथि अपशव्द प्रयोग गर्ने काम भएछ । यो घटनालाई चितवनको पत्रकार महासंघले गम्भीर तरिकाले लियो । विवाद बढ्दै गएपछि मुद्धा स्थानीय प्रहरी कार्यालयसम्म पुगेछ । प्रहरी कार्यालयमा पनि कर्मचारीले पत्रकारलाई गालीगलौज गर्न छाडेनछन् । पछि पत्रकार महासंघ चितवनले यो विवादलाई मत्थर पारयो । पत्रकारहरुलाई अपमान गर्ने चेकपोष्टका कर्मचारीले माफी मागे । चितवनदेखि काठमाडौंसम्मका सञ्चारमाध्यममा यो घटनाले राम्रै स्थान पायो, पत्रकारमाथि गरिएको विरोधको रुपमा । पत्रकारमाथि गरिएको अपमानको सबैले खुलेर संस्थागत विरोध जनाउने काम गरे । तर काठमाडौंका पत्रकारका अगाडि बहादुरी देखाउन हतारो गरेको महासंघले चितवनकै सिमानामा पर्ने धादिङमा आफ्नै जिल्लाको पत्रकार मरणासन्न हुनेगरि पिटिदा भने वास्ता गरेन । यी सबै घटनाले नेपाली समाजमा पत्रकारका संघसंस्था पनि हुनेखानेको पछि मात्रै दौडन थालेको हो कि भन्ने संकेत दिएको छ । ठूला भनिएका मिडिया र राजधानीमा बसेर पत्रकारिता गर्नेलाई छिसिक्क केहि हुनेवित्तिकै आन्दोलनको हतारो गरिहाल्ने र त्यो स्थानसम्म पहुँच नजमाएकाहरुलाई केहि भइहाले पनि वास्ता नगर्ने परिपाटी विकसित हुँदै जानु पक्कै राम्रो होइन ।
सबै पेशा हरेक कोणबाट अझै राम्रो बन्न सकिरहेको छैन । पत्रकारिता पेशा पनि यसमा पर्छ । जेसुकै बोल्न, लेख्न र देखाउन परयो भने नेपालमा केहि मान्छेहरु पत्रकार बन्ने चलन मौलाउँदै गएको छ । पत्रकार भईसकेपछि कसैले केहि गर्न नसक्ने, गरिहालेपनि ठूला मिडिया र संघसंस्थाको ओत लागिया भने राम्रैसंग जीवन निर्वाह गर्न सकिने भएकाले ती मान्छे यो पेशाप्रति आकर्षित भइरहेका पनि छन् । जसले गर्दा नेपालमा चाहेर पनि पत्रकारिता र पत्रकार स्वतन्त्र बन्न सकिरहेको छैन । ठूला भनिएका मिडियामा संलग्न नभई स्वतन्त्र पत्रकारिता गर्ने पत्रकारका पछाडि परेको बेलामा बोल्ने न कुनै संगठन छ, न त सञ्चारगृह, नागरिक समाज र सरकार नै । एकललाई परेको मर्काले यहि संकेत गर्छ ।
धादिङमा एकल सिलवाललाई कुट्नेहरुको पहिचान अझै किन हुन सकेको छैन ? त्यस दिन एकल पत्रकार मात्र थिएनन््, एउटा यात्रु पनि थिए । आजभोली वस व्यवसायीले गर्ने गल्ती र गल्तीका विरुद्ध स्थानीय पीडितहरुले राख्ने अनावश्यक मागले राजमार्गमा यात्रा गर्नेहरुले तनाव वेहोर्नु परिरहेको छ । अझ जुनसुकै माग पुरा गर्न राजमार्गमा सवार यात्रुलाई बन्धक बनाउने चलन बढ्दै गइरहेको छ । यसका विरुद्ध लेख्ने र बोल्ने आँट गरेको पत्रकारको पक्षमा राज्यको निकाय मात्र होइन, पत्रकारको संघसंस्था र मूलधारका भनिएका मिडियाले आवाज उठाउने पर्ने होइन र ? तपाईलाई के लाग्छ कुन्नि, मलाई पत्रकार एकललाई एक्ल्याए जस्तो लाग्यो है । कानुनका अगाडि त सबै समान हुनुपर्ने हो नि ।

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

    ReplyDelete