• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, April 25, 2011

    अनुजा प्रकरणमा कान्तिपुरले क्षमा माग्यो


    अनुजा प्रकरणमा कान्तिपुरले क्षमा मागेको छ ।आफैले महत्वकासाथ प्रकाशित गरेको समाचारमा कान्तिपुरले महत्वका साथ क्षमायाचना मागेको छ । पत्यारिलो ढंगले उपलव्ध गराइएको समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टि भएको कान्तिपुरले जनाएको छ । नियोजित परिस्थिति र नक्कली पात्रहरुका कारण भ्रमपूर्ण गलत समाचार र विचार सम्प्रेषण हुन गएको पनि कान्तिपुरको भनाई छ । यसअघि कान्तिपुरमा अनुजा बानियाले बसमा ९१ लाख रुपैयाँ र हीराको हार भेटाई पुरुषोत्तम पोखरेललाई फिर्ता दिएको समाचार छापिएको थियो । अभिमतपत्रले भने उक्त समाचार प्रकाशति हुने वित्तिकै समाचार विश्वसनीय नभएको कुरा तथ्य सहित प्रकाशित गरेको थियो । कान्तिपुरको घैटामा बल्ल घाम लाग्यो । अरु  मीडियाको पालो कहिले आउने हो ? अब राष्टपतिले चाहि कहिले माफ माग्ने हुन् कुन्नि  ??

    नक्कली पात्रहरु खडा गरेर पत्रिका, पाठक र राष्ट्रपति लगायतलाई भ्रममा पार्न सफल यी अनुजा बानियाँले कस्तो कारवाही भोग्नेहुन भन्ने बारेमा अन्यौल छ । अहिलेसम्म कसैले पनि उजुरी गर्न नआएकाले अनुसन्धान र कारवाही अगाडी बढाउन नसकिएको सुनसरी प्रहरीले जनाएको छ । एक प्रहरी अधिकृतले भने-’अनुजाले ढाँटेको बिषयमा कि त पत्रिकाले नै उजुरी हाल्नुपर्यो कि त अरु कसैले । पत्रिकामा समाचार छापिएकै आधारमा उनलाई नियन्त्रणमा लिएर छानविन गर्न मिल्दैन, कागजी आधार त चाहियो नी ।’
    अनुजाले भने अझैपनि आफ्नो कुरा सही भएको दावी गरिरहेकी छन् । पहिले बधाई दिनेहरुले फोन गरेर अहिले गाली गर्न थालेपछि उनले फोन अफ गरेकी छन् । यो घटनाले अनुजाका आफन्तसमेत हैरान भएका छन् । उनीहरुले यो घटनाबारे अनुसन्धान गरेर सत्यतथ्य सार्बजनिक गर्न माग गरेका छन् । बाहिर निस्कन समस्या भएपछि अनुजा दिनभर दिदी भिनाजुको घरमा सुतेर बिताइन् ।
    `मैले पैसा फिर्ता दिएकै हो . यदि दिएको नभए अनुसन्धान मैले गर्ने हो की प्रहरीले गर्ने हो ?` अनुजाले भनेकि छन /

    1 comment:

    1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

      DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

      ReplyDelete