• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, April 23, 2011

    अनुजा प्रकरण ः पत्याउने कि नपत्याउने ?


    राज्यले दिएको कूटनीतिक राहदानी बेचेर सभासदु् पदलाई धन्धाको माध्यम बनाउने दुई सभासद् हालै पक्राउ परे । अनि विवादास्पद अर्थराज्यमन्त्री ल्हारक्याल लामाले राजनीतिक आवरणमा चलाएको धन्दाको पनि खुलासा यसैबेला भयो । जसका कारण उनले आफ्नो पदबाट राजिनामा पनि दिनुपरयो । राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने खालका यो घटनाले सत्ता केन्द्रीत दलहरुमा तरंग पैदा गर्यो । समाचारका लत बसेकाहरुले यो समाचार राम्रैसंग पढे । तर सर्वसाधारण जनताले ूथुइक्कू भन्न लायक घटना थिए यी । यसैगरि आमजनताले प्रशंसा गर्न लायक घटनाको पनि चर्चा भयो, जुन हो अनुजा बानियुको इमान्दारिताको समाचार ।

    सुनसरीकी एक आम नागरिक अनुजा बानियाँसंग सम्बन्धित समाचारको सार सरसर्ती केलाउन जरुरी छ पहिले । कान्तिपुरमा प्रकाशित समाचार अनुसार उनले २६ चैतमा इटहरीबाट धरान जाँदा सार्वजनिक बसको सिटमा बेवारिसे अवस्थामा कालो झोला देखिन् । झोला कसको हो ?  भन्दा कोहि बोलेन । नेपालतिर सिट रोक्नका लागि पनि यसरी झोला राखेर मान्छे एकातिर लाग्छन् । पक्कै यहि होला भन्ने उनको ठम्याई रह्यो । तर निकै बेरसम्म झोला लिन कोहि नआएपछि सरासर उनले त्यो झोला आफ्नो घर लगिन् । झोला त्यत्तिकै राखेर उनी आफ्नो कामधन्दातिर लागिन् । कामबाट फर्केर आएपछि झोला हेर्दा झोलामा एक्कासी हजार हजारका बीटा देखेर झस्किन् । झोलामा जम्मा रकम ९१ लाख र हिराको हार समेत रहेछ । पचास लाख रुपैयाँसम्म आफैले गनेपछि अरु पैसा उनले गन्न सकिनन् । झोलामा रहेको परिचयपत्र हेर्दा त्यो झोला काठमाडौंका पुरुषोत्तम पौडेलको रहेछ । त्यहाँ उनको सम्पर्क नं। पनि रहेछ । अनुजाले तीन दिनसम्म आफैले त्यो पैसा राखि पौडेललाई फोन गरेर पैसा र हिराको हार फिर्ता दिईन् । त्यसबापन पौडेलले अनुजालाई २ लाख रुपैयाँ इनाम दिन खोजे । तर उनले मानिननु् । हीराको हार दिन खोजे त्यो पनि मानिनन् ।  बरु उल्टै चिसो खुवाएर पठाईदिइन् । पौडेलले आफ्नो छोरीको जग्गाको कारोवार गर्न अमेरिकाबाट मगाएको पैसा थियो त्यो । त्यो पैसा पहिले काठमाडौं आएको थियो । भोलिपल्ट आएर उनैले बुझ्ने गरि पौडेलले पैसा इटहरि पठाएका थिए । इटहरिबाट झोलामा पैसा लिएर धरान गइसकेपछि बसबाट उत्रने क्रममा झोला छुटेको हो उनको । पछि यो खबर समाचारमा आएपछि राष्ट्रपति रामवरण यादवले समेत अनुजालाई फोनबाटै बधाई दिए । अहिले अनुजाको इमान्दारीको बखान गर्दै देशविदेशबाट उनलाई धन्यवाद दिनेको लर्को छ । अहिले सर्वत्र प्रकाशित समाचारको सार यहि हो ।मोबाइलमा आउने फोन र भेट गर्न आउने पत्रकार तथा आफन्तको भीड उनको वरिपरि हुन्छ । अनुजा बानियाँलाई अहिले भ्याइनभ्याइ छ । 
    विकसित देशमा भएको भए यसले खासै महत्व पाउँथेन होला । तर नेपालमा इमान्दारीताको खडेरी परिरहेका बेला  अनुजाको इमानको  बखान राम्रैसंग भएको हुनुपर्छ । त्यसमाथि नेपालको नंं। १े राष्ट्रिय दैनिक कान्तिपुरमा छापिएको समाचार पढेर गणतान्त्रिक नेपालका राष्ट्रपति रामवरण यादवले समेत स्यावासी दिन आफै फोन गरिदिएपछि चर्चाको चुली चुलिने नै भयो । समाचार र यो प्रकरण सही हो या गलत ? त्यो त अनुजालाई मात्रै थाहा छ । अरु त सबै रे रे भरमा कुदिरहेका छन् । अनुजाले भनिन् भन्दैमा यो कुरो कति पत्याउने ?  कति नपत्याउने ? अनि अनुजाको भनाईमा आधारित समाचारको विश्वसनियता के हो  ? यो विषयको वहस हुनु जरुरी छ । यदि साँच्चै यो प्रकरण सही हो भने पर्दाभित्रका खेलाडीहरुलाई अब नेपाली समाजले कसरी बुझ्ने  ? आउनुस् एकपटक चर्चा गरौं ।
    घटना सही हुनपनि सक्छ । यो लेखको आशय रत्तिभर अनुजाको इमान्दारीतामाथि प्रश्न चिन्ह उठाउने हिसाबले अभिप्रेरित पटक्कै छैन । तर घटनासंग जोडिएको अवस्था र पात्रहरुको चर्तीकला हेर्दा विश्वास गर्ने आधारहरु गुम्दै गएका छन् । कतिपय घटनापछि अनुसन्धानका पाटा केलाउँदै जाँदा साधुहरु चोर बनेका चोरहरु साधु बनेका उदाहरण पनि छन् । तर घटना सत्य होस् र अनुजालाई सधैं इमान्दारी भएको देख्न र सुन्न पाइयोस ।
    अब घटना भईसकेपछि सुनसरीमा भएको अर्को पक्षलाई पनि चर्चा गरौं । घटनापछि एकातिर अनुजामाथि बधाईको ओइरो आईरहेको छ भने अर्कोतर्फ सुनसरी प्रहरीले सुक्ष्म अध्ययन पनि गरिरहेको छ । अहिलेसम्म प्रहरीले पैसा धनी पुरुषोत्तम पौडेललाई फेला पार्न सकेको छैन । न त उनको वास्तविक परिचय नै पत्ता लागेको छ । काठमाडौंबाट उक्त दिन इटहरि पैसा पठाएको भनिएपनि आइएमइका अनुसार पौडेलको नाममा कुनै कारोवार भएको छैन । पैसा हराएपछि सिधै काठमाडौं आएका पौडेल पाँच दिनपछि धरान पुगेर अनुजासंग पैसा बुझि फर्किएको अनुजाले बताएकि छिन् । तर समाचार यति फैलिएर अनुजाको मात्रै चर्चा भईरहँदा पौडेल वेखबर छन् । पौडेललाई सम्पर्क गर्न प्रहरीले अनुजासंग नम्बर माग्दा उनले असावधानीबश फोन नं। डिलिट भएको बताएकि छिन् । ूकोही व्यक्ति करोडौं रुपैयाँ बोकेर बसमा िहंड्नु र झोला छाडेर जानु आफैमा आश्चर्य हो ।ू धरान प्रहरीको निष्कर्ष छ । यसैले घटना कपोलकल्पित भएको भन्दै यतिबेला अनुजामाथि सुनसरी प्रहरीले समेत अनुसन्धान थालेको रहेछ ।
    तेत्रो पैसा हराएपछि पौडेलले कुनै पनि प्रहरी निकायमा खबर गरेका थिएनन् । ९१ लाख रुपैयाँले भरेको झोला कत्रो होला ? नेपालमा हजारभन्दा ठूला नोठ छैनन् । हजारकै नोठ भएपनि यसको तौल करिब २० किलो हुन्छ । झोला वेवारिसे अवस्थामै भएपनि कोहि इमान्दार मान्छेले २० किलोको झोला बोकेर घर जान्छ कि प्रहरीलाई खबर गर्छ ?
    आइएमइको नाममा यत्रो कारोवार भएको समाचार आएपछि कार्यकारी निर्देशक योग्यश्वर ढकालले समेत अनुसन्धान थाले । ढकालका अनुसार त्यो दिन काठमाडौं धरान र इटहरीमा न पुरुषोत्तम पौडेलको नाममा कारोवार भएको छ न त अरु कुनै व्यक्तिको नाममा तेत्रो रकम कारोवार भएको छ । फरक फरक व्यक्तिका नाममा कारोवार गरेर आइएमइलाई समेत गुमराहमा पारेको भए फरक कुरा हो । हिजो विहिवार मात्रै सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले घटनाको अनुसन्धान गर्न धरान प्रहरीलाई निर्देशन समेत दिएका छन् । एकाएक धरानमा अनुजामाथि इमान्दारी बन्न भ्रम रचेको आरोप लागेको छ । पैसा धनी पुरुषोत्तम पौडेल सम्पर्कमा नआएका कारण घटनालाई झनै कपोलकल्पित बनाउन सहयोग पुगेको छ ।
    घटना सही भएपनि अनुजादेखि राष्ट्रपति यादवसम्मको गल्ती छताछुल्ल बाहिर आएको छ । इमान्दार नागरिक बन्ने हो भने सर्वप्रथम आफूले भेटेको वेवारिसे झोला अनुजाले घर लैजानु गल्ती हो । यसलाई प्रहरी या सम्बन्धित यातायात व्यवसायीको हातमा दिनुपथ्र्यो । यसो गर्दा हराएको सामान खोज्न सम्बन्धित धनीलाई सजिलो हुन्छ । प्रहरी र यातायात व्यवसायीको विश्वास नलागेर झोला घर लगिएको भएपनि सम्बन्धित धनी भेटिसकेपछि प्रहरी प्रशासनको रोहवरमा जिम्मा लाउनुपथ्र्यो । राष्ट्रपतिले पनि समाचार पढेकै आधारमा एक्कासी अनुजालाई बधाई दिन भन्दा घटनालाई नेपाल सरकारबाटै पुष्टि गराएर सरकारकै तर्फबाट बधाई दिन लगाएको भए राम्रो हुन्थ्यो । नेपालीको जे पनि पत्याइदिने र जे कुरालाइ पनि सहजै लिने प्रवृत्तिले अनुजा प्रकरणमा काम गरेको छ । यसैले त राष्ट्रपतिले अनुजालाई स्यावासी दिएको समाचार पढेपछि सुनसरीका प्रजिअ रामप्रसाद थपलियाले पनि फोनबाटै स्यावासी दिए । तर अहिले आएर उनलाई पनि घटना कपोलकल्पित जस्तो लाएरै होला उनले फेरि अनुजालाई फोन गरेर भनेूहेर नानी तिमीले साँचो बोलेको हो भने त धेरै महान काम गरयौ । त्यसको सम्मान पनि पाउनुपर्छ । तर झूट बोलेकि भए त फँस्यौ है नराम्रोसंग ।ूयी चलखेलहरुबाट मलाई चाहि अनुजाको चर्चामा आउने बहाना जस्तो लाग्यो । तपाईहरुलाई चाहि के लाग्छ नि ?

    1 comment:

    1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

      DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

      ReplyDelete