Wednesday, April 27, 2011

पत्रकार गतिछाडा कि गतिछाडा पत्रकार ?

जापानका मीत्र दिनेशराज ज्ञवालीको रुची साहित्य र फेसबुकमा उत्तिकै छ । अनि नेपाल र नेपाली सम्बन्धित समाचार नियमित जसो पढ्ने हेर्ने र सुन्ने बानी पनि छ उनको । सामाजिक सजालको रुपमा लोकपि्रयता कमाउँदै समसामयिक विषयमा छलफल चल्ने फेसबुकमा म पनि ज्ञवालीको साथी हुँ । गत शनिवार आफ्ना साथीहरुमाझ छलफल चलोस् भन्ने उद्देश्यले ज्ञवालीले फेसबुकमा एउटा 'स्टाटस' लेखे, 'आजकाल पत्रकार गतीछाडा भाका हुन् कि गतिछाडाहरु पत्रकार भाका हुन्' ?पत्रकारितामा वामे सर्दै गरेको बेलामा मीत्र ज्ञवालीबाट आएको यो 'स्टाटस' ले कुनै पनि पत्रकारको मन छुनु स्वाभाविकै हो । मलाई पनि त्यस्तै भयो ।
फेसबुकमा यो छलफल चलिरहँदा देशमा अनुजा प्रकरणको चुली चुलिदै थियो । राम्रो काम गरेवापत सामान्य जनतादेखि राष्टपतिसम्मकाले अनुजालाई बधाई दिईरहेका थिए । ज्ञवाली पनि अनुजाको प्रशंसक थिए । सार्वजनिक वसमा एकानब्बे लाख र हीराको हार भेटाएर पाँच दिनपछि सम्बन्धित धनीलाई आफैले खोजेर फिर्ता दिएको घटनाले अनुजा सबैका सामु हाइ हाइ बनिरहेकि थिईन् । सबैबाट स्यावासी बटुलिरहेकि थिईन् ।
अनुजा प्रकरण चलिरहेका बेला राज्यले दिएको कूटनीतिक राहदानी बेचेर सभासद् पदलाई धन्धाको माध्यम बनाउने दुई सभासद् पक्राउ परेका थिए । अनि विवादास्पद अर्थराज्यमन्त्री ल्हारक्याल लामाले राजनीतिक आवरणमा चलाएको धन्दाको पनि खुलासा यसैबेला भएको थियो । नैतिकतामा खडेरी लाग्ने खालका यस्ता समाचार आईरहेका बेला एक्कासी अनुजा बानियुको इमान्दारिताको समाचार आउँदा यसलाई आमजनताले प्रशंसा गर्न लायक घटनाको रुपमा चर्चा गर्नु पनि स्वाभाविकै हो । 
त्ार अनुजा प्रकरण सबै काल्पनिक रहेछ । अनुजा बानियाँले बसमा एकानब्बे लाख रुपैयाँ र हीराको हार भेटाई पुरुषोत्तम पोखरेललाई फिर्ता दिएको 'स्कूप' समाचार कान्तिपुरले पहिलोपटक प्रकाशित गरेको थियो । त्ार मैले चाहि यो समाचार पहिलोपटक जापानबाटै 'वेवकाष्ट' गरिएको समुद्रपारी डट कम नामक वेवसाइडबाट थाहा पाएको थिएँ । सो वेवसाईडले आफ्नै श्रोतबाट पाएको समाचार भएर हुनसक्छ साभार भनेर कतै उल्लेख गरेको थिएन । त्ार एकैछिनमा अधिकांश मिडियाले कान्तिपुरमा प्रकाशित समाचार 'कपीपेष्ट' गरिसकेका थिए । जसका कारण कान्तिपुर नहेर्ने पाठक पनि यो खबरबाट सुसुचित भए । यतिसम्मकि बीवीसी नेपाली सेवाले समेत समाचारको विश्वसनियताका लागि सम्बन्धित स्रोतसम्म नपुगि यहि समाचारलाई आधारित बनाएर अनुजा बानियाँको लामो अन्तर्वार्ता प्रसारण गर्यो । ज्ासका कारण देशविदेशमा रहेका करोडौं पाठकले गलत समाचार पढ्न हेर्न र सुन्नमा आफ्नो समय खेर फाले । तर पछि कान्तिपुरले नियोजित परिस्थिति र नक्कली पात्रहरुका कारण भ्रमपुर्वक गलत समाचार र विचार सम्प्रेषण हुन गएकामा आफ्ना पाठकसंग क्षमा माग्यो । पत्यारिलो ढंगले उपलव्ध गराईएका समाचार अन्ततः काल्पनिक घटना र नक्कली पात्रमा आधारित रहेको पुष्टि पनि कान्तिपुरले गर्यो ।यो कान्तिपुले देखाएको सही बाटो थियो आम पत्रकारिता जगतका लागि । यी सबै घटनाक्रम हेर्दा नेपालीको जे पनि पत्याइदिने र जे कुरालाइ पनि सहजै लिने प्रवृत्तिले अनुजा प्रकरणमा राम्रैसंग काम गर्यो । यसको गुणदोष सबै मिडियालाई जान्छ । जसले गर्दा समग्र मिडिया र साचारकर्मी बेलाबेलामा आलोचनाको शिकार बनिरहेका छन् । यसैले पत्रकारितामा साच्चै गतिछाडा भएर आइएछ या गतिछाडा हुन पत्रकारितामा छिरिएछ  भन्ने प्रश्न मनमा उव्जिन थालेको छ । पत्रकारितामा देखिएका यी र यस्तै खाले विकृति थाहा पाएर नै ज्ञवालीजीले पत्रकारलाई गतिछाडासंग जोड्नभएको पनि हुनसक्छ । विदेशी पत्रकारिताको कुरा किन गर्नु पर्यो र  नेपाली पत्रकारितालाई गतिछाडा बनाउनमा अनुजा प्रकरणले मात्रै काम गरेको छैन । जसका लागि यसअघिका ऋतिक रोशन काण्ड, रसेन्द्र भट्टराई काण्ड, अनि श्रीषा कार्की काण्ड र भक्तमान अपहरण काण्डसम्मलाई लिन सकिन्छ ।
ऋतिक रोशनले नेपाल र नेपाली राष्टियतामाथि आँच आउने खालको भनाइ एक सार्वजनिक समारोहमा व्यक्त गरेको भन्दै पहिलोचोटि चितवनमा विरोध भयो । यो खबर चितवनकै एक स्थानीय चितवन पोष्ट दैनिकले प्रकाशित गर्यो । यहि समाचार पछि अरु राष्टिय दैनिकले पनि प्रकाशित गरे । चितवनका अखवारमा समाचार प्रकाशित हुँदासम्म केहि भएको थिएन पछि राष्टिय दैनिकहरुले पनि यो खबर महत्वका साथ प्रकाशित गरेपछि देशभर सनसनी भएर फैलियो । जसले पछि साम्प्रदायिक दंगाको रुप लियो । ऋतिक रोशनविरुद्ध मात्रै होइन सम्पूर्ण भारतविरुद्ध नै त्यतिखेर देशमा आगो बल्यो । यतिसम्मकि हिन्दी चलचित्र र गीतका क्यासेट पनि सडकमा फालिए । आन्दोलनले चर्को रुप लिएपछि कैयौ घाइते भए भने केहि आन्दोलनारीको मृत्यु भयो त्यतिबेला । भारतीय साचारमाध्यममा पनि यो खबरले राम्रै स्थान पायो । पछी ऋतिक रोशनको कानमा यो समाचार पुगेपछि थाहा भयो यो सबै काल्पनिक रहेछ । ऋतिक रोशनले नेपाल र नेपालीलाई जोडेर कतै केहि भनेका रहेनछन् ।
आजभन्दा 'आठ वर्ष अगाडि पाँच डलरबाट खर्बपति भए नेपाली' भन्ने शिर्षकमा डा. रसेन्द्र भटराईको विषयमा कान्तिपरले समाचार प्रकाशित गर्यो । समाचार अनुसार उनी विश्वकै धनाढ्य मध्येका एक थिए । एक जना नेपालीको निजी हवाइजहाज एकजुकेटिभ बोइंग बीबी जेट रोयल्स रोयस बीएमडब्लु मसर्िडिज जगवार फरारी आदि कार अनि अमेरिका बेलायत र स्पेन लगायत मुलुकमा आलिसन बंगलाहरु हुनु आफैमा आश्चर्य र नौलो कुरा थियो । त्यहिमाथि तत्कालिन अमेरिकी राष्टपति जर्ज बुश क्लिन्टन संयुक्त राष्टसंघका महासचिव कोफी अन्नान बेलायतका प्रधानमन्त्री टोनी ब्लेयरसंग राम्रो सम्बन्ध भएका व्यक्तिको रुपमा उनलाई चित्रण गरियो । क्यान्सर मृगौला र मुटु रोगको तीनवटा अस्पताल खोल्ने सिलसिलामा काठमाडौंको सोल्टी क्राउन प्लाजामा एक रातको सत्तरी हजार रुपैयाँ तिरेर साठी दिनदेखि रसेन्द्र बसिरहेको समाचारमा उल्लेख थियो । समाचारमा जनाइए अनुसार उनी आफैले प्रयोग गर्ने कपडा इटाली गएर ल्याउँथे भने पफ्र्यूम् लिन पेरिस जान्थे । तर समाचार र यी पात्र नक्कली रहेको तबमात्रै पत्ता लाग्यो जतिबेला उनी सोल्टी होटलमा खाएको र बसेको बिल नतिरेर एकाएक फरार भए । उनको वास्तविकता अझै आएको छैन ।
एकताकाकी चर्चित नायिका श्रीषा कार्कीको विषयमा जनआस्था साप्ताहिकले पत्रकारिताको धर्म निर्वाह नगरि समाचार प्रकाशित गर्दा उनले आत्महत्या गर्न पुगिन् । श्रीषाको मृत्यु भएपछि सम्बन्धित पत्रिकालाई पाठकले हत्यारा भन्नसम्म भ्याए । केहि समय पहिला चितवनका डा भक्तमान श्रेष्ठ अपहरणमा परे । नागरिक दैनिकले विभिन्न स्रोतको हवाला िदंदै अपहरण माओवादीको योजनामा भएको भनि धारावाहिक रुपमा समाचार प्रकाशन गर्यो । पछि भक्तमान अपहरणमुक्त पनि भए । भएको चाहि के भने उनलाई त आपराधिक समुहले पैसाका लागि अपहरण गरेको रैछ । अपहरणमुक्त हुन उनले एक करोड फिरौतीं बुझाएको चर्चा मिडियामा चलेपनि यो कुराको पुष्टि भने हुन सकेन ।
यी केहि उदाहरण मात्रै हुन् । राजनीतिक पार्टी निकट रहेर पत्रकारिता गर्ने मिडियाले त झन् सम्बन्धित पार्टीका नेता कार्यकर्ताबाहेक अरुको विश्वास दिलाउन सकेको छैन । यो अवस्थामा स्वतन्त्र समाचार सम्प्रेषण गर्ने भनि नाम कहलिएका मिडियाको गलत समाचारका कारण समग्र मिडिया क्षेत्रलाई पाठकले हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गईरहेको यथार्थतालाई नकार्न सकिदैन ।
यस्ता समाचारहरु सम्वाददाताको गलत बुझाईका कारण साचारमाध्यममा प्रकाशित/प्रसारित भएर पाठकको कान र आँखासम्म पुगिरहेका हुन्छन् । तर बीचमा ूक्रसचेकू र वास्तविक समाचार स्रोतसम्म पुग्ने काम सम्पादकको हो । अनुजा सम्बन्धित समाचार स्थानीय मिडियामा आएको भए न राष्टपतिले तुरुन्तै फोन गरेर अनुजालाई बधाई दिन्थे न त बीबीसीले नै समाचार पुष्टि नभइ एकाएक अन्तवार्ता नै प्रसारण गथ्र्यो । अनि बाँकि रहेका अन्य साचारमाध्यमले पनि यसरी हुबहु तरिकाले समाचार 'कपीपेष्ट' गरेर आफ्ना मिडियामा हाल्थेनन् । यो हुनुको परिणाम ठूला र नम्बर १ भनिएका मिडियाले गर्ने छाडा पत्रकारिताका उदाहरण हुन् ।
अनुजाले यत्रो हंगामा गरेर चर्चा बटुल्नका पछाडि अनेक पाटा हुन सक्लान् । नेपाली पत्रकारिता जगत्ले सिक्नपर्ने पाठ यो प्रकरणबाट धेरै छन् जस्तो लाग्छ । देशको न्यायपालिका कार्यपालिका र पत्रकारितामा लामो अनुभव बटुलेर सामाजिक प्रतिष्ठा कमाएका व्यक्तित्वहरुलाई एउटा सामान्य युवतीले विभिन्न छद्म भेषमा छक्याइदिनु सामान्य कुरा होइन । कान्तिपुरले आफैले लेखेको समाचारमा आफैले महत्वका साथ क्षमायाचना मागिसकेपछि मलाई पनि अनुजाले यसो गर्नको कारणबारे जिज्ञासा बढेर आयो । सम्पर्क गर्नका लागि उनले आफ्नो फेसबुकमा 'मलाइ बधाइ दिन परेमा यी यी नम्बरमा सम्पर्क गर्नुस' भन्दै दिएका मोवाइल नम्वरहरु काफी थिए । उनी आफैले प्रयोग गर्ने नम्बर चाहि अफ रहेछ । त्यहाँ उपलव्ध नम्वरमध्ये ९८०४३७३९६६ को मोवाइल नम्वरमा फोन लाग्यो । अनुजाको नजिकको मान्छेले फोन उठाए । अनुजा त्यतिबेला तनावमा रहिछन् । उनीसंग कुरा गर्न सकिएन । एकछिन तिनै व्यक्तिसंग कुराकानी भयो । उनले भने 'अनुजाले अहिलेसम्म वयान फेरेकि छैनन् । अझै पनि पैसा भेटाएको र फिर्ता दिएकै हो भनेर भनिरहेकि छन् । अब समाचारको सत्यताबारे कान्तिपुरलाइ नै सोध्दा हुन्छ । पत्रकारले व्यक्तिविशेषको मात्रै करा नसुनी प्रहरीलगायत सबै पक्षबाट समाचार पुष्टि गरेर मात्रै छाप्नपर्ने होइन र?' 
जे होस् ऋतिक रोशन काण्ड श्रीषा कार्की काण्ड रसेन्द्र भटराई काण्ड र भक्तमान अपहरण काण्ड हुदै अनुजा प्रकरणसम्म आइपुग्दा नेपाली मिडियाले आफ्नो साख गिराएको छ भने आफ्ना पाठकबाट गतिछाडाको संज्ञा पनि पाएको छ । यसैले समाजमा अरु केहि गर्न नसकेर गतिछाडा भईसकेपछि पत्रकारको रुप धारण गर्दे हामी फेरि समाजमा आएका हौं या नेपाली पत्रकारितामा छिरिसकेपछि हामी आफै गतिछाडा भएका हौं  फेसबुकमार्फत यो वहस चलाउने जापानका मीत्र दिनेशराज ज्ञवालीजीलाई धेरै धेरै धन्यवाद । तर एकाध व्यक्ति र संस्थाले बाटो विराउँदैमा समग्र मिडिया क्षेत्रलाई दोष लगाउन पनि मिल्दैन । यद्दपि ज्ञवालीजस्ता आमपाठकको चित्त यतिले मात्रै बुझाउन सकिन्न । समग्र मिडिया क्षेत्रले तथ्य सन्तुलन र विश्वसनीय पत्रकारिता नगर्दासम्म हुने गल्तीको परिणामबाट समग्र मिडियालाई बचाउन नभनि नहुने कुरा के हो भने- फूलको आँखामा फूलै संसार, काड़ाको आंखैमा काडै संसार......
अनुजा प्रकरण सम्बन्धि एभेन्यूज़ टेलिभिजनले तयार पारेको विशेष रिपोट हेर्न यहाँ क्लिक गर्नुहोला ।

1 comment:

  1. I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

    DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK

    ReplyDelete