• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, July 4, 2010

    जापानमा बेरोजगारी दर बढ्यो

    विश्वको दोस्रो ठूलो औद्योगिक राष्ट्र जापानको बेरोजागारी दर अनपेक्षित रूपमा बढेको छ । औद्योगिक उत्पादनमा भारी गिरावट, घरेलु सामग्रीको कमजोर बजार र आन्तरिक मागको कमीले गर्दा गत मे महिनामा बेरोजगारी दरमा वृद्धि भएको हो ।
    हालै सार्वजनिक तथ्यांकले नवनियुक्त जापानी प्रधानमन्त्री नाओतो कानका लागि झन् ठूलो चुनौती थपिएको देखाएको छ । औद्योगिक राष्ट्रका नामले चिनिने जापानमा पछिल्लो आर्थिक मन्दीयता ऋणको भार पनि चुलिँदै गएको छ भने सरकारी घाटाको मात्रामा पनि वृद्धि हुने क्रम जारी रहेको छ । आगामी जुलाई महिनामा हुने चुनावमा अकासिएको सरकारी ऋण समस्या विपक्षीहरूका लागि मुख्य एजेन्डा बन्ने देखिएको छ ।
    त्यसैगरी कर वृद्धिको योजनामा विवाद उत्पन्न हुने सम्भावना बढेको छ । मन्दीले कमजोर बनेको जापानको अर्थतन्त्रमा धेरै महत्वपूर्ण भूमिका खेलेको विदेश निर्यातमा कमी आउन थालेको छ । युरोपमा बढेको वित्तीय संकट र राहत प्याकेजको अन्त्य गर्नेजस्ता निर्णयले पनि जापानको विदेश निर्यात प्रभावित भएको हो ।
    गत अप्रिल महिनामा कायम रहेको ५.१ प्रतिशतको बेरोजगारी दर न्यून हुने अपेक्षा गरिएको थियो, तर त्यसो हुन सकेन । मे महिनामा बेरोजगारी दरमा ०.१ प्रतिशतले वृद्धि भई ५.२ प्रतिशत कायम भएको छ ।
    यसले गर्दा जापानको आर्थिक सुधारको गतिमा कमी आउने तथा आन्तरिक माग अझ बढी प्रभावित हुने अनुमान गरिएको छ । तथ्यांकले मे महिनामा सक्रिय कामदारको संख्यामा आएको कमी विगत २० वर्ष यताकै सबैभन्दा खराब अवस्थामा रहेको देखाएको छ । मे महिनामा घरेलु सामग्रीको खपतमा पनि ०.७ प्रतिशतले कमी आएको सरकारी तथ्यांकले देखाएको छ । आन्तरिक बजार मागमा ०.५ प्रतिशतले कमी आएको छ, जसका कारण मुद्रा अवमूल्यनको अवस्था सिर्जना भएको छ ।
     http://karobardaily.com/?p=8446

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete