• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, July 4, 2010

    जापानको व्यँवसायिक विश्वासमा वृद्धि

    एएफपी, टोकियो, १७ असार
    विगत दुइ वर्षको अवधिमा जापानको व्यावसायिक विश्वास उच्च तहमा पुगेको छ । खराब विश्वव्यापी आर्थिक मन्दीबाट माथि उठ्न सुरु गरेलगत्तै जापानको व्यवसायिक विश्वासमा पनि वृद्धि भएको हो । बैंक अफ जापानले बिहीबार व्यावसायिक विश्वासका केही सूचकांक सार्वजनिक गर्दै यसबारेमा थप जानकारी दिएको छ ।
    प्रमुख निर्माण कम्पनीहरूको सूचकांकमा पनि मार्चको ऋणात्मक १४ को अवस्थाबाट जूनमा १ विन्दुले वृद्धि भएको छ । यो तथ्यांक केन्द्रीय बैंकको प्रत्यक्ष निगरानीमा रहेका ११ हजारभन्दा बढी फर्ममा गरिएको सर्वेक्षणमा आधारित छ । यो परिणामअनुसार प्रमुख जापानको आर्थिक वातावरण सन् २००८ को जूनदेखि निराशावादीभन्दा पनि आशावादी देखिएको छ र यो परिणामले ऋणात्मक ४ को अनुमानलाई झूटो सावित गरेको छ ।
    जूनको सर्भेक्षणले बढ्दो अवस्थताको संकेत गरेको छ । कम्पनीहरूले प्लान्ट र उपकरणमा खर्च बढाउने योजना बनाए पनि नाफा बढ्ने अनुमान नगरेको देखिएको छ ।
    यो तथ्यांकलाई जापानका प्रधानमन्त्री नाओटो कानको सरकारले स्वागत गरेको छ । उनको सरकारले जापानको बिग्रिएको वित्त र विश्वको सबैभन्दा ठूलो सरकारी ऋण भएको अवस्थाबाट बाहिर आउन ल्याइएको एजेन्डामा आर्थिक अनुशासनका कुरा पनि समावेश छ । यो सफलताले आगामी चुनावमा उनको सरकारलाई सहयोग हुने विश्वास गरिएको छ ।
    निर्यातले मन्दीबाट देशलाई सुधारको बाटोतिर सञ्चालित गरेको छ, तर हालैको तथ्यांकले आन्तरिक अवस्थालाई कमजोर स्थितिमा देखाएको छ । मे मा बेरोजगारीको अवस्था ५.२ प्रतिशत पुगेकाले अर्थशास्त्रीहरूले देशको आन्तरिक अवस्था कमजोर भएको विश्लेषण गरेका छन् ।
    वस्तु तथा सेवाको मूल्यमा आएको गिरावट र कमजोर घरेलु माग लगातार बोझका रूपमा रहेको छ, जसले भविष्यमा मूल्य घट्न सक्ने आशामा उपभोक्ताहरू कुनै पनि सामान किन्न चाहिरहेका छैनन् । सरकारले सन् २०११ को आर्थिक वर्षबाट वस्तु तथा सेवाको मूल्यमा सुधार गर्ने उद्देश्य लिएको बताएको छ ।
    यद्यपि हालसालैको तथ्यांकले आत्मनिर्भर सुधारलाई गति दिन सक्नेप्रति जापानले आशा जगाएको विश्लेषकहरूले बताएका छन् ।
    “निर्यातले सञ्चालन गरेको जापानको आर्थिक सुधार सीधा रूपमा गैरनिर्मिण उद्योगतिर विस्तार भइरहेको छ”, मोनेक्स सेक्युरिटिजका प्रमुख अर्थशास्त्री नाओकी मुराकामीले भनेका छन् ।
    प्रमुख निर्माता कम्पनीहरूको गत वर्षको समीक्षात्मक अवधिमा १६.६ प्रतिशतको नाफाबाट चालू आर्थिक वर्षमा खुद नाफा १ सय ६१ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।
    जापानको निर्माण कम्पनी र गैरनिर्माण कम्पनीले चालू वर्षमा एकैसाथको ६८.१ प्रतिशत नाफा लिने उद्देश्य लिएका छन् ।
    “तर हामीले विश्वव्यापी अर्थतन्त्रप्रतिको चासोलाई पनि ध्यान दिनुपर्छ । जापानी निर्यातको गतिमा मन्दी पनि आउन सक्छ”, मुराकामीले भने ।
    जापानको निर्यातमा आधारित अर्थव्यवस्थाको खतरालाई घटाउन विश्वव्यापी रूपमा फिर्ता गरिएको प्रोत्साहन प्याकेजले सहयोग गरेको छ, तर खर्च कटौती र युरोपको ऋणले समुद्रपारको निर्यातमा असर पु¥याउन सक्छ ।
    निर्यातकर्ताहरूले युरोपको अवस्थालाई सावधानीका साथ हेरिरहेका छन् । उनीहरूको डरको विषय भनेको येनमा हुने वृद्धिले निर्यातकर्ताहरूलाई असर पु¥याउन सक्छ ।
    http://karobardaily.com/?p=8452

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete