• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Sunday, July 25, 2010

    नेपाली लोकतान्त्रिक मंच जापानद्धारा एनआरएन नेतृत्वलाई बधाई

    नेपाली लोकतान्त्रिक मंच जापान
    NDF Japan
    मिति २३ जुलाई २०१० 
    प्रेस विज्ञप्ति 
    नेपालीका नेपाली भन्ने मुल नाराका साथ स्थापित गैर आवासीय नेपाली संघ जापानको चौंथो अधिवेशन गत आईतबार जापानको राजधानी टोकियोमा सफलताका साथ सम्पन्न भएकोमा नेपाली लोकतान्त्रिक मंच जापानले पनि गौरवको महशुस गरेको छ । अधिवेशन विवादरहित ढंगले सफलताका साथ सम्पन्न गर्न सकेकोमा आयोजकलाई धैरै धेरै धन्यवाद र बधाई व्यक्त गर्न चाहन्छौं । 
    अधिवेशनबाट निर्विरोध तरिकाले एनआरएन जापानको नया नेतृत्वमा  आगामी कार्यकालको लागि अध्यक्षमा चयन हुनुभएका लालबहादर केसी रोशन उपाध्यक्षद्धय भुषण घिमिरे र गोविन्द श्रेष्ठ महासचिव जिज्ञानकुमार थापा , सचिव राजेन्द्र भट्टराई र कोषाध्यक्ष दिनेश गुरुङलाई एनडिएफ जापानको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं । यसैगरि प्रवक्ता राजेन्द्रपसाद पराजुली र कार्यसमितिको सदस्यमा निर्वाचित हुनुभएका भुपालमान श्रेष्ठ, स्वतन्त्र पौडेल, सुकमान िथंङ तामांङ, सोनाम शेर्पा, युपि प्याकुरेल, केशर गिरी, डिलाराम खरेल, श्याम लामा, लोकनाथ वस्ती लगायतलाई पनि हार्दिक बधाई ज्ञापन गर्दै उहाहरुको कार्यकाल सफलताका साथ सम्पन्न होस् भन्ने हाम्रो कामना छ ।
    लोकतन्त्र मानव अधिकार शान्ति र सामाजिक न्यायका लागि स्थापित नेपाली लोकतान्त्रिक मंच जापान र एनआरएन जापानका बीच विगतमा झैं आगामी दिनमा पनि असल सम्बन्ध र आपसी सरसहयोग भईरहने छ भन्ने हामीले आशा र विश्वास लिएका छौं । यसैगरि प्रवासमा रहदा नेपाल र नेपालीका समस्या समाधानका पक्षमा गरिने एनआरएन जापानको हरेक कि्रयाकलाप र कार्यक्रमहरुमा एनडिएफ जापान लगायत हाम्रा सबै पदाधिकारी र सदस्यहरुको साथ सहयोग र समर्थन रहिरहने विश्वास पनि दिलाउन चाहन्छौं । 

    हार्दिक अभिबादन सहित !
    हरिप्रसाद पोखरेल                                                                                                डा दिलिपचन्द्र घिमिरे 
    संयोजक, प्रकाशन तथा प्रचार विभाग                                                                                 अध्यक्ष 
    एनडिएफ जापान                                                                                                     एनडिएफ जापान 

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete