उद्घाटन समारोह विसर्जन गर्दै सभापति विनोद खनाल |
वर्तमान नेपाली राजनीतिक निकासका लागि जापानका नेपालीले पनि चिन्ता र चासो लिएका छन् । नागॊयामा आईतबार आयोजित एक कार्यक्रममा उपस्थित नेपालीहरुले वर्तमान नेपाली राजनीतिको निकास सहमतीय पद्धतिबाटै अघि बढ्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिईसकेपछि नया प्रधानमन्त्री चयनका विषयमा राजनीतिक पार्टीहरुबीच यतिबेला बहुमतीय खेल भएकाले यसो गर्न नहुनॆतर्फ उपस्थित नेपालीहरुको जोड थियो ।
अन्तरकि्रया कार्यक्रममभा बोल्दै जनसम्पर्क समितिका चोलेन्द्र अधिकारी |
निर्वाचित भएपछि सपथ खादै पदाधिकारीहरु |
अन्तरकि्रया कार्यक्रममा बोल्दै गणतान्त्रिक मोर्चाका प्रकाश न्यौपाने |
एनआरएन जापानका सल्लाहकार डा सुदिपिसंह अधिकारी |
नेपाली लोकतान्त्रिक मंच जापानद्धारा आयॊजित `वर्तमान नेपाली राजनीति ः समस्या र समाधान` विषयक अन्तर्कियामा बॊल्नेहरुले नेपालका प्रमुख तीन पार्टीहरु एमाले कांग्रेस र माओवादी नमिलेसम्म देशले कहिल्यै पनि राजनीतिक निकास नपाउने राय व्यक्त गरे । कार्यक्रममा राजनीतिक पार्टीका जनवर्गिय संगठनका प्रतिनिधिहरु व्यवसायी विद्यार्थी प्राध्यापक र संचारकर्मी समेत उपस्थित थिए ।
निर्वाचित पदाधिकारीहरुलाई गोपनियताको सपथ ख्वाउदै डा किशोरचन्द्र खनाल |
नेसाज अध्यक्ष सरोज कडेल |
एनडिएफ सल्लाहकार डा किशोरचन्द्र खनाल |
एनआरएन जापानका सल्लाहकार् डा सुदिपिसंह अधिकारीले एउटा तानाशाहको अन्त्य भईसकेपछि अकॊ्र तानाशाहको जन्म नहोस् भन्नका लागि समेत राजनीतिक पार्टीहरु एक भएर जानैपर्ने बताए ।
एनडिएफ जापानका सल्लाहकार डा किशोरचन्द्र खनालले भनॆ`जनताका अगाडि एउटा कुरा गर्ने बाहिर अर्को कुरा गरैर देशको भविष्यतर्फ नसोंच्ने नेताहरुलाई अब जनस्तरबाटै बहिष्कार गरिनुपर्छ ।` आफुले आस्था राखेका पार्टीका नेताले गल्ती गरेपनि कार्यकर्ताले ती नेतालाई वहिष्कार गर्न हिम्मत राख्नुपर्ने धारणा उनको थियो ।
मुलुक बनाउने र विगार्ने पनि राजनीतिक कारण नै भएकाले अब सबैले राजनीतिक पार्टीहरुलाई मिलाएर अघि बढ्न जोड दिनुपर्ने धारणा माओवादी निकट गणतान्त्रिक मोर्चाका प्रतिनिधि प्रकाश न्यौपानेको थियो ।
जुनसुकै आस्था र विश्वास भएपनि हामी देश बनाउन लाग्नुपर्ने बताउदै कांग्रेस निकट जनसम्पर्क समिति तोकाई होकुरिकुका अध्यक्ष चोलेन्द्र अधिकारीले भने `स्थिर राजनीति नभएसम्म नेपालमा हामी कसैले केहि पनि गर्न सकिदैन ।`
नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष सरोज कडेलले मुलुकमा राष्टिय सहमति नभईन्जेल हाम्रो देश सधै अनिर्णयको बन्दी भईरहनेतर्फ संकेत गरे । अन्तरर्किया कार्यक्रमको सभापतित्व एनडिएफ जापानका तोकाइ होकुरिकु क्षेत्रका नवनिर्वाचित अध्यक्ष अंजन खनालले गरेका थिए भने यसको संचालन सहसचिव कोमल लामा र सहभागिहरुलाई स्वागत मन्तव्य उपाध्यक्ष युगल ढकालले दिएका थिए ।
यसअघि नेपाली लोकतान्त्रिक मंच जापानको तोकाई होकुरिकु क्षेत्रको सम्मेलन सम्पन्न भई तेह्र सदस्यीय नेतृत्व समेत चयन भएको थियो ।
बन्दसत्रको सम्पन्न गर्दै अध्यक्ष मण्डल |
अंजन खनालको अध्यक्षतामा गठित एनडिएफ जापानको तोकाई होकुरिकु क्षेत्रको, उपाध्यक्षमा युगल ढकाल, सचिव अशोकचन्द्र अधिकारी सहसचिव कोमल लामा र कोषाध्यक्ष ईन्दु बास्तोला रहेका छन् । यसैगरि कार्यसमितिका सदस्यहरुमा कविकिरण न्यौपाने, शिव गिरी, भुमिश्वर शर्मा, शित्तल थपलिया, मधुकर पन्त, गणेश भण्डारी, मनबहादुर थापा र सुमन पौडेल निर्विरोध चयन भएका छन् । नेतृत्व चयनका लागि सम्मेलनको बन्द सत्रले एनडिएफ जापानका सल्लाहकार डा किशॊरचन्द्र खनालको अध्यक्षतामा कोषाध्यक्ष सागर रिजाल र केन्द्रीय सदस्य सुन्दर पौडेल रहेको तीन सदस्यीय अध्यक्ष मण्डल चयन गरेको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई एनडिएफ जापानका सल्लाहकार डा किशॊरचन्द्र खनालले पद तथा गौपनियताको सपथ खुवाएका थिए ।
सम्मेलनको सभापतित्व विनोद खनालले गरेका थिए । कार्यक्रममा बोल्दै खनालले एनडिएफ जापानको नीति नियम र कार्ययोजनामा सहमत भएर जापानमा रहेका लोकतन्त्रवादी नेपालीहरु यो मंचमा समेटिदै गएकोमा खुशी व्यक्त गरेका थिए । एनडिएफ जापानका अध्यक्ष डा दिलिपचन्द्र घिमिरेले कार्यक्रममा एनडिएफ जापानको बारेमा प्रकाश पारेका थिए । सम्मेलनको उद्घाटन समारोहको संचालन एनडिएफ जापानका केन्द्रीय सचिव मिलन घिमिरेले गरेका थिए ।
तोकाई होकुरिकु क्षेत्रकोनवनिर्वाचित अध्यक्ष अंजन खनाल आफ्नो मन्तव्य दिदै |
एनडिएफ अध्यक्ष डा दिलिपचन्द्र घिमिरे |
लोकतन्त्र मानव अधिकार शान्ति र सामाजिक न्यायका लागि स्थापित नेपाली लोकतान्त्रिक मंच जापानले जापानमा रहदा नेपाल र नेपालीका समस्या समाधानका पक्षमा गरिने हरेक कि्रयाकलाप र कार्यक्रमहरुमा सबै सदस्यहरुको साथ सहयोग र समर्थन रहिरहने प्रतिवद्धता पनि यो सम्मेलनमार्फत गरेको छ ।
म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।
ReplyDeleteव्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।