• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, July 27, 2010

    नेपाली राजनीतिको समस्या समाधानका लागि नागोयामा अन्तरकि्रया




    उद्घाटन समारोह विसर्जन गर्दै सभापति विनोद खनाल


    वर्तमान नेपाली राजनीतिक निकासका लागि जापानका नेपालीले  पनि चिन्ता र चासो लिएका छन् । नागॊयामा आईतबार आयोजित एक कार्यक्रममा उपस्थित नेपालीहरुले वर्तमान नेपाली राजनीतिको निकास सहमतीय पद्धतिबाटै अघि बढ्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिईसकेपछि  नया प्रधानमन्त्री चयनका विषयमा राजनीतिक पार्टीहरुबीच यतिबेला बहुमतीय खेल भएकाले यसो गर्न नहुनॆतर्फ उपस्थित नेपालीहरुको जोड थियो ।  
    अन्तरकि्रया कार्यक्रममभा बोल्दै जनसम्पर्क समितिका चोलेन्द्र अधिकारी
    निर्वाचित भएपछि सपथ खादै पदाधिकारीहरु
    अन्तरकि्रया कार्यक्रममा बोल्दै गणतान्त्रिक मोर्चाका प्रकाश न्यौपाने
     एनआरएन जापानका सल्लाहकार डा सुदिपिसंह अधिकारी 
    नेपाली लोकतान्त्रिक मंच जापानद्धारा आयॊजित `वर्तमान नेपाली राजनीति ः समस्या र समाधान` विषयक अन्तर्कियामा बॊल्नेहरुले नेपालका प्रमुख तीन पार्टीहरु एमाले कांग्रेस र माओवादी नमिलेसम्म देशले कहिल्यै पनि राजनीतिक निकास नपाउने राय व्यक्त गरे । कार्यक्रममा राजनीतिक पार्टीका जनवर्गिय संगठनका प्रतिनिधिहरु व्यवसायी विद्यार्थी प्राध्यापक र संचारकर्मी समेत उपस्थित थिए ।  
    निर्वाचित पदाधिकारीहरुलाई गोपनियताको सपथ ख्वाउदै डा किशोरचन्द्र खना
    नेसाज अध्यक्ष सरोज कडेल
    एनडिएफ सल्लाहकार डा किशोरचन्द्र खना
    एनआरएन जापानका सल्लाहकार् डा सुदिपिसंह अधिकारीले एउटा तानाशाहको अन्त्य भईसकेपछि अकॊ्र तानाशाहको जन्म नहोस् भन्नका लागि समेत राजनीतिक पार्टीहरु एक भएर जानैपर्ने बताए । 
    एनडिएफ जापानका सल्लाहकार डा किशोरचन्द्र खनालले भनॆ`जनताका अगाडि एउटा कुरा गर्ने बाहिर अर्को कुरा गरैर देशको भविष्यतर्फ नसोंच्ने नेताहरुलाई अब जनस्तरबाटै बहिष्कार गरिनुपर्छ ।` आफुले आस्था राखेका पार्टीका नेताले गल्ती गरेपनि कार्यकर्ताले ती नेतालाई वहिष्कार गर्न हिम्मत राख्नुपर्ने धारणा उनको थियो । 
    मुलुक बनाउने र विगार्ने पनि राजनीतिक कारण नै भएकाले अब सबैले राजनीतिक पार्टीहरुलाई मिलाएर अघि बढ्न जोड दिनुपर्ने धारणा माओवादी निकट गणतान्त्रिक मोर्चाका प्रतिनिधि प्रकाश न्यौपानेको थियो ।
    जुनसुकै आस्था र विश्वास भएपनि हामी देश बनाउन लाग्नुपर्ने बताउदै कांग्रेस निकट जनसम्पर्क समिति तोकाई होकुरिकुका अध्यक्ष चोलेन्द्र अधिकारीले भने `स्थिर राजनीति नभएसम्म नेपालमा हामी कसैले केहि पनि गर्न सकिदैन ।` 
    नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष सरोज कडेलले मुलुकमा राष्टिय सहमति नभईन्जेल हाम्रो देश सधै अनिर्णयको बन्दी भईरहनेतर्फ संकेत गरे । अन्तरर्किया कार्यक्रमको सभापतित्व एनडिएफ जापानका तोकाइ होकुरिकु क्षेत्रका नवनिर्वाचित अध्यक्ष अंजन खनालले गरेका थिए भने यसको संचालन सहसचिव कोमल लामा र सहभागिहरुलाई स्वागत मन्तव्य उपाध्यक्ष युगल ढकालले दिएका थिए । 
     यसअघि नेपाली लोकतान्त्रिक मंच जापानको तोकाई होकुरिकु क्षेत्रको सम्मेलन सम्पन्न भई तेह्र सदस्यीय नेतृत्व समेत चयन भएको थियो ।
    बन्दसत्रको सम्पन्न गर्दै अध्यक्ष मण्डल
    अंजन खनालको अध्यक्षतामा गठित एनडिएफ जापानको तोकाई होकुरिकु क्षेत्रको, उपाध्यक्षमा युगल ढकाल, सचिव अशोकचन्द्र अधिकारी सहसचिव कोमल लामा र कोषाध्यक्ष ईन्दु बास्तोला रहेका छन् । यसैगरि कार्यसमितिका सदस्यहरुमा कविकिरण न्यौपाने, शिव गिरी, भुमिश्वर शर्मा, शित्तल थपलिया, मधुकर पन्त, गणेश भण्डारी, मनबहादुर थापा र सुमन पौडेल निर्विरोध चयन भएका छन् । नेतृत्व चयनका लागि सम्मेलनको बन्द सत्रले एनडिएफ जापानका सल्लाहकार डा किशॊरचन्द्र खनालको अध्यक्षतामा कोषाध्यक्ष सागर रिजाल र केन्द्रीय सदस्य सुन्दर पौडेल रहेको तीन सदस्यीय अध्यक्ष मण्डल चयन गरेको थियो । नवनिर्वाचित पदाधिकारीहरुलाई एनडिएफ जापानका सल्लाहकार डा किशॊरचन्द्र खनालले पद तथा गौपनियताको सपथ खुवाएका थिए ।  
     सम्मेलनको सभापतित्व विनोद खनालले गरेका थिए । कार्यक्रममा बोल्दै खनालले एनडिएफ जापानको नीति नियम र कार्ययोजनामा सहमत भएर जापानमा रहेका लोकतन्त्रवादी नेपालीहरु यो मंचमा समेटिदै गएकोमा खुशी व्यक्त गरेका थिए । एनडिएफ जापानका अध्यक्ष डा दिलिपचन्द्र घिमिरेले कार्यक्रममा एनडिएफ जापानको बारेमा प्रकाश पारेका थिए । सम्मेलनको उद्घाटन समारोहको संचालन एनडिएफ जापानका केन्द्रीय सचिव मिलन घिमिरेले गरेका थिए । 
    तोकाई होकुरिकु क्षेत्रकोनवनिर्वाचित अध्यक्ष अंजन खनाल आफ्नो मन्तव्य दिदै
    एनडिएफ अध्यक्ष डा दिलिपचन्द्र घिमिरे
    लोकतन्त्र मानव अधिकार शान्ति र सामाजिक न्यायका लागि स्थापित नेपाली लोकतान्त्रिक मंच जापानले जापानमा रहदा नेपाल र नेपालीका समस्या समाधानका पक्षमा गरिने हरेक कि्रयाकलाप र कार्यक्रमहरुमा सबै सदस्यहरुको साथ सहयोग र समर्थन रहिरहने प्रतिवद्धता पनि यो सम्मेलनमार्फत गरेको छ  । 

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete