• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, July 23, 2010

    एनआरएन जापानको चौथो अधिवेशन सम्पन्न

    एनआरएन जापान 
    मिति २२ जुलाई २०१० 
    प्रेस विज्ञप्ति
    एनआरएन जापानको चौथो अधिवेशन आईतबार जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ । अधिवेशनले आगामी दुई वर्षको कार्यकाल रहने गरि लालबहादर केसी रोशनलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । यसैगरि उपाध्यक्षमा भुषण घिमिरे र गोविन्द श्रेष्ठ निर्वाचित भएका छन् । कार्यसमितिको महासचिवमा जिज्ञानकुमार थापा सचिवमा राजेन्द्र भट्टराई र कोषाध्यक्षमा दिनेश गुरुङ चयन हुनुभएको छ ।
    यसैगरि भुपालमान श्रेष्ठ, स्वतन्त्र पौडेल, सुकमान िथंङ तामांङ, सोनाम शेर्पा, युपि प्याकुरेल, केशर गिरी, डिलाराम खरेल, श्याम लामा, लोकनाथ वस्ती एनआरएन जापानको कार्यसमितिमा निर्वाचित भएका छन् । डा राजेन्द्रप्रसाद पराजुलीलाई भने संगठनले प्रवक्तामा चयन गरेको छ । नवगठित कार्यसमितिको कार्यकाल आगामी दुई वर्षसम्मका लागि हुनेछ । कार्यसमितिले निवर्तमान अध्यक्ष भवन भट्ट निवर्तमान उपाध्यक्ष ओम गुरुंङ निवर्तमान महासचिव डा सुदिप अधिकारी र पुर्वअध्यक्ष राजन प्रधानांगलाई सल्लाहकारमा मनोनयन गरेको छ ।
    यसअघि एनआरएन जापानको चौंथो अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो । अधिवेशनको प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा गणेश योन्जन तामांङ हनहन्थ्यो । राजदुत तामांङले  एनआरएनले आफ्नो अभियानलाई नेपाल र नेपालीको सर्वोपरी हितमा उपयोग गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । विशेष अतिथिका रुपमा बोल्दै एनआरएनका केन्द्रीय अध्यक्ष देवमान हिराचनले एनआरएन अभियानका दिशाका भईरहेका पछिल्ला गतिविधिका बारेमा प्रकाश पार्नुभएको थियो । 
    उद्घाटन सत्रमा जापानमा रहेका नेपालीका विभिन्न संघसंस्थाका प्रतिनिधिले पनि शुभकामना मन्तव्य व्यक्त गरेक थिए । यसरी शुभकामना मन्तव्य दिनेहरुमा जापान नेपाल संस्थाका अध्यक्ष मिचुआकी कोजिमा एनआरएन आईसीसी कोरियाका सचिव तेन्जि शेर्पा नेपाली विद्यार्थी समाज नेसाज जापानका अध्यक्ष सरोज कँडेलनेपाली आदिवासी जनजाती महासंघ जापानका केन्द्रीय महासचिव डा दिनेश मानन्धर हुनुहुन्थ्यो । नेपाली लोकतान्त्रिक मंच जापानका अध्यक्ष डा दिलिपचन्द्र घिमिरे नेपाली जनसम्पर्क समिति जापानका उपाध्यक्ष बलराम श्रेष्ठ र नेपाली जनप्रगतिशिल मोर्चा जापानका उपाध्यक्ष बेलु थापाले पनि एनआरएन७३ज्ञद्दद्दडडसजापानको नवगठित कार्यसमितिको कार्यकालको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । अधिवेशनमा एनइए जेसी पिडिएनएफएफजे एनविए दिदी बहिनी समाज जापान तमुधीं जापान मगर सेवा समिति जापान शेर्पा संघ जापान नेवा जागरण मंच जापान नेवा अन्तर्राष्टिय फोरम जापान थकाली सेवा समिति जापान अन्तर्राष्टिय साहित्य समाज जापान आइएनसीजे नाज हातेमालो तामांङ समाज जापान चितवन कल्याण मंच जापान गुल्मेली समाज जापान काभ्रे समाज जापान र गल्कोट समाज जापान लगायतका प्रतिनिधिहरु सहभागि थिए ।  
    सामुहिक राष्टिय गानबाट शुरु भएको सो उद्घाटन सत्रमा अन्तर्राष्टिय नेपाली समाज जापानले प्रकाशित गरेको सौगात स्मारिकाको प्रमुख अतिथि डा गणेश योन्जन तामांङ विशेष अतिथि देवमान हिराचन र अध्यक्ष भवन भट्टले संयुक्त रुपमा विमोचन गर्नभएको थियो ।  
    विधान संशोधन समितिका तर्फबाट भुषण घिमिरेद्धारा प्रस्तुत एनआरएन जापानको संशोधित विधानलाई आवश्यक सुधारसहित संशोधन गरेको छ । यसैगरि अधिवेशनमा निवर्तमान महासचिव डा सुदिप अधिकारीको कार्यप्रगति प्रतिवेदन र  कोषाध्यक्ष शालिकराम भण्डारीको आर्थिक प्रतिवेदन पनि आवश्यक परिमार्जन सहित पारित गरिएको छ । 
    डा राजेन्द्रप्रसाद पराजुली  
    प्रवक्ता 
    एनआरएन जापान  

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete