• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, April 23, 2010

    जाइका स्वयंसेवा ४० वर्षमा

    जापान अन्तर्राष्ट्रिय सहयोग निकाय -जाइका) ले जाइका स्वयंसेवा कार्यक्रम सुरु भएको ४० वर्ष पुगेको उपलक्ष्यमा बुधबार एकदिने अध्ययन भ्रमण कार्यक्रम सञ्चालन गरेको छ ।
    नेपालका कृषि र ग्रामीण विकास, शिक्षा, स्व्ाास्थ्य, स्थानीय सरकार, सामुदायिक सशक्तीकरण, सहरी वातावरण लगायतका क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको जाइकाले कार्यक्रममा आफ्ना स्वयंसेवकमार्फत जनस्तरमा पुर्‍याइरहेको सेवाबारे अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र सञ्चारकर्मीलाई जानकारी दिएको छ ।
    अपांगता र माटो परीक्षणका बारेमा जापानी स्वयंसेवीले तल्लो तहमा जनतालाई पुर्‍याइरहेको सेवाबारे जानकारी दिन जाइकाले सरकारी अधिकारी र सञ्चारकर्मीलाई स्वयंसेवीले काम गरिरहेको स्थान पुर्‍याएको थियो ।
    कार्यक्रममा भृकुटीमण्डपस्थित राष्ट्रिय अपांग कोष, शारीरिक पुनःस्थापना केन्द्रमा कुनै पनि प्रकारको अपांगता भएका व्यक्तिलाई जापानी स्वयंसेवी जुन्को सान्दाले दैनिक क्रियाकलापमा आत्मनिर्भर बनाउन दिइरहेको प्रशिक्षणबारे अवलोकन गराइएको थियो ।
    केन्द्रमा शारीरिक र मानसिक अपांगता भएका व्यक्तिका लागि दैनिक क्रियाकलापमा आत्मनिर्भर बनाउन प्रशिक्षण दिनुका अलावा कृत्रिम अंग उत्पादन गरिन्छ । त्यसका लागि गत वर्षदेखि जाइकाले आंशिक सहयोग पुर्‍याउँदै आएको छ ।

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete