• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Saturday, March 27, 2010

    माओवादीका पत्रकार पनि पेशाबाट विस्थापित

    यसरी मैले पेसा र जिल्ला छाडेँ 
    -एनआर पौडेल
    ५८ सालको संकटकालीन अवस्थाभन्दा पहिले म माओवादीको सामान्य शुभचिन्तक थिएँ। मुलुकमा संकटकाल लागेपछि राज्यद्वारा हत्याको शंृखला सुरु भयो। मेराअगाडि तीन विकल्प थिए। आत्मसमर्पण, विदेश पलायन र भूमिगत। मेरो स्वाभिमानले आत्मसमर्पण र विदेश पलायनलाई स्विकारेन र भूमिगत हुनुभन्दा अर्को विकल्प देखिएन। भूमिगत भएपछि पार्टीले सम्भवतः सुरक्षाका कारण मलाई चितवन जिल्लाबाट नवलपरासी सरुवा गर्यो । संकटकालीन अवस्थामा माओवादी समर्थक सबै सञ्चारमाध्यम बन्द भइसकेका थिए। म सामान्य कार्यकर्तासरह काम गर्दै थिएँ। यसै क्रममा ०५९ सालको पुसमा नवलपरासी जिल्लाको रामनगर गाविसको हरकट्टा भन्ने स्थानबाट गिर136तार भएँ। गिर136तार हुनुअघि राजनीतिक स्वभाव ममा रहेनछ भन्ने मनस्थितिमा पुगेको थिएँ। यद्यपि, मओवादी विचारप्रति भने ममा कुनै विचलन थिएन। तत्कालीन शाही सेनाले हिरासतमा लिएपछि यातनका शंंृखला चलायो। जति(जति यातन थपिँदै गए, त्यति(त्यति ममा मओवादी विचारप्रति दृढता थपिँदै गयो। लगभग एक महिनाको यातनाले शरीर पूरै गलेको थियो। त्यसै क्रममा मलाई बेपत्ता बनाउँदै देशभरका धेरै सैनिक ब्यारेक पुर्या यो। यो क्रम लामै समय चल्यो। आँखामा कालोपट्टी र हात पछाडि लगेर हतकडी लगाइएको हुन्थ्यो। दिन, महिना र साल न थाहा हुन्थ्यो न स्मरण गर्न सकिन्थ्यो। लगभग २/३ महिनापछि नवलपरासीको तत्कालीन दुर्गा भञ्जन गुल्म (हाल खारेज) मा लगेर राखियो। त्यहाँ अन्य माओवादी शुभचिन्तक र कार्यकर्तासँग भेट भयो। बाबुराम खनाल (राज्यद्वारा मारिइसकेका), चिनक कुर्मी (हाल नवलपरासी क्षेत्र नं. ४ का सभासद्) तारा भुसाल (हाल माओवादी कार्यकर्ता) लगायतसँग भेट भयो। विचित्र के थियो भने हिरासतमा रहेका कुनै पनि साथी आफू मओवादी भएको कुरा गर्न चाहन्थेनन्। मैले त्यो साहस गरेँ र मेजर नयनराज दाहालसँग आफू माओवादी भएको बताएँ।
    राज्यले बेपत्ता बनाएको स्थितिमा बाहिर पार्टीले मलाई सहिद घोषणा गरेछ। तत्कालीन गण्डक क्षेत्रको मुखपत्र अभियानको अंक १ मा मेरो नाम राज्यद्वारा बेपत्ता र सहिदको दुवै लिस्टमा समावेश छ। ०५९ सालको दोस्रो युद्धबिराममा मओवादी नेता डा. बाबुराम भट्टराईले राज्यलाई बुझाएका तीन सय २२ जनाको बेपत्ता लिस्टमा मेरो नाम ३ सय १६औँ नम्बरमा थियो। जेनतेन उहाँहरूकै जोडका कारण म ०६० साउन १२ गते रिहा भएँ। रिहाइपछि पुनः पार्टीमा जोडिएँ। देशका विभिन्न जिल्लाको भ्रमणमा निस्किएँ। मध्यपश्चिमका रुकुम, रोल्पा, सल्यान, प्युठान, गुल्मी, अर्घाखाँचीपछि पूर्वी नेपालको मकवानपुर, सिन्धुली, बारा, पर्सा, रौतहट, रामेछाप जिल्लामा म पार्टीको कामको सिलसिलामा पुगेँ। ०६० सालको मंसिरतिर वातावरणमा केही सुधार भयो। म गण्डक क्षेत्रको प्रकाशन शाखामा सरुवा भएँ। त्यहीँबाट १३ जिल्लाका लागि जनादेशको मध्य क्षेत्र संस्करण प्रकाशन गर्न लागियो। पाल्पाको रामपुर क्षेत्रलाई आधार बनाएर पत्रिकालगायत पार्टीका अन्य प्रकाशन गर्दै गयौँ। ०६१ सालको अन्त्यतिर गण्डक क्षेत्र इन्चार्ज 'कान्छाबहादुर' देव गुरुङको सरुवा, पार्टीभित्र झांगिएको अन्तरकलह, नजिकका मित्रहरूको दुःखदायी मृत्युवरण र पार्टीभित्रको लबी र उपगुटका कारण मैले ०६२ सालको सुरुमै राजीनामा दिएँ।
    राजीनामा दिएपछि केही समय पोखरामा भूमिगत रूपमा बसेँ। ०६२/६३ सालको जनआन्दोलन सफल भएपछि बुटवलका केही साथीसँग मिलेर एउटा साप्ताहिक पत्रिका प्रकाशन गर्ने निधो भयो। पण्डित बाबुराम भट्टराई प्रधानसम्पादक र म सहसम्पादक भएर 'खुलेआम' साप्ताहिक सुरु गर्यौँब। पत्रिका वामपन्थी धार समातेर प्रकाशन भए पनि कम्युनिस्ट पार्टीभित्र देखिन थालेका विकृतिविरुद्ध पनि खुलेर लाग्यौँ। रूपन्देही र पाल्पामा बढी केन्द्रित भएको पत्रिकाका कारण माओवादी पाल्पाका इन्चार्ज कुशल र सचिव नेत्र पाण्डेले मलाई बोलाएर ुपार्टीलाई त्यो पत्रिकाबाट अप्ठ्यारो परेको छ। तपार्इं पार्टीको शुभचिन्तक पनि हो। आ136नै इतिहास पनि छ। त्यसलाई जोगाउँदै पार्टीलाई रूपान्तरण गर्न तपाईंको अनुभवको खाँचो छ। त्यसैले तपाईं पाल्पा आउनुपर्योा,ु भन्नुभयो। मैले साथीहरूसँग छलफल नगरी र जीविकोपार्जनको ग्यारेन्टी नभई पाल्पा नआउने बताएँ। अन्ततः ०६३ सालको सुरुमा म पाल्पा आइपुगेँ र नवसम्वाद साप्ताहिक सुरु भयो। सो साप्ताहिक माओवादी पाल्पाको मुखपत्र हो। म त्यस पत्रिकाको संस्थागत सम्पादक हुँ। लगभग एक वर्ष न्यूनतम पारिश्रमिक लिई पत्रिका प्रकाशन गरिरहेँ। यसै क्रममा परिवारको आर्थिक बोझ थपिँदै गयो। मेरो पत्रकारिता पनि ठहरावमा आयो। अब पत्रकारितालाई नयाँ ढंगबाट अगाडि बढाउने र मिसनभन्दा व्यावसायिक पत्रकारिता गर्ने निधोका साथ भीमलाल भट्टराई र म भएर पाल्पा दैनिक निकाल्ने निर्णय गर्यौँव। पत्रिका दर्ता गरेर छापाखाना स्थापना गरुन्जेल पार्टीबाट अवरोध भयो। उहँाहरूसँग छलफल र अनुमति नलिईकन कार्य थालेकाले होला अवरोध आएको। छापाखाना आएपछि भने पार्टीको व्यवहारमा केही परिवर्तन भयो र सहयोग गर्न तयार छौँ भन्ने कुरा आयो। हामी दुवै आर्थिक रूपमा पूर्ण सक्षम थिएनौँ। फेरि पत्रकारितामा लगानी फिर्ताको निश्चितता पनि नहुने। यो अवस्थामा हामीले केही आफन्त र नजिकका लगानीकर्ता खोज्यौँ। संयोगले तीनजना माओवादीप्रति आस्था राख्ने र दुईजना राजनीतिप्रति चासो नलिने व्यक्ति भएर पाल्पा दैनिक सुरु गर्यौँओ। प्रकाशनगृह अन्यत्र राख्न खोज्दा नेत्र पाण्डेले आ136नो आफन्तकोमा राखे सबैको सहयोग प्राप्त हुने बताए। उनी र जिल्ला इन्चार्ज कुशलले पत्रिकाको शुभारम्भ राज्यसमिति इन्चार्ज हेमन्तप्रकाश ओली 'सुदर्शन'बाट भए आफूहरूलाई सहयोग गर्न सजिलो हुने जानकारी दिए। हामीले अन्ततः त्यसै गर्यौँप। पत्रिका सुरु गर्नुपूर्व ओलीसँग बसेर छलफल गर्यौँ । छलफलमा उहाँले पार्टीलाई सच्याउने हिसाबले आलोचना गर्न भन्नुभयो। हामीले उहाँका कुरा सीधै(सीधै बुझ्यौँ र त्यसैअनुसार गर्यौँछ। मेरो स्वाभिमान र आस्था आदि कारणले पनि म माओवादी बिग्रिएको देख्न चाहन्थिन्। अन्य राजनीतिक पार्टीभन्दा राम्रो र जनताप्रति उत्तरदायी माओवादी नै हुनुपर्छ भन्ने मान्यता थियो। किनभने मेरो पनि माओवादी आन्दोलनमा धेरै लगानी थियो। जन, धन, त्याग र बलिदानका अनेकौँ उदाहरण मेरासामु ताजा थिए। मैले परिवारका आफन्तजन मात्र आन्दोलनमा गुमाइन्, आत्मीय मित्र विकास अधिकारी ुगोकुलु (चितवन) र विजय ढकाल ुविश्वासु (कास्की पोखरा) लाई पनि गुमाएको थिएँ। मलाई अझै पनि ती साथीहरूको सम्झनाले पिरोल्ने गर्दछ।
    यसैबीच, पाल्पा माओवादीमा आर्थिक अनियमितताका चर्चा चल्न थाले। सांस्कृतिक विचलनका गुनासा सुनिन थाले। पुराना इमानदार कार्यकर्ताले पलायन हुनुपर्ने र बेइमानहरूको पार्टीमा हालीमुहाली बढ्न थालेपछि मैले ुआज(भोलि त माओवादी पनि बिरानो(बिरानो लाग्न थाल्योु भन्ने शीर्षकमा पाल्पा दैनिकमा लेखेँ। साथै ०६६ सालको कात्तिक(मंसिरतिर हुनुपर्छ एकजना वाइसिएल कार्यकर्ताको गिर136तारीपछि भएको जिल्ला बन्दमा फुटपाथमा सुन्तला बेच्न बसेका सयजना किसानको टोकरीमा लात्ताले हानेर माओवादी कार्यकर्ताले थर्काएको देखेँ। मलाई सो घटनाले अत्यन्तै भावुक बनायो। सर्वहारा वर्गका लागि लडेका भनिएका कार्यकर्ताबाटै सर्वहारावर्ग पीडित भएको देखेपछि मैले समाचार लेखेँ। त्यसको १/२ दिनपछि सोही विषयमा सम्पादकीय पनि लेखेँ। 
    मलाई पार्टी सच्याउन सहयोग गर्नुपर्यो/ भन्ने उनीहरूको आशय अन्धो ढाल बन्नु हो भन्ने कुरा थाहा थिएन र मेरो स्वाभिमान कहिल्यै पनि यस्ता कुरालाई स्विकारेन। समाचार लेखेको केही समयपछि त्यसको परिणाम आयो। एकजना पार्टी कार्यकर्ता जो नेत्र पाण्डेका आफन्त पनि हुन्, उनको नेतृत्वमा ७/८ जनाको हुल आयो र प्रकाशनगृहमै मलाई हातपात गर्योय। दैनिक पत्रिका प्रकाशन गर्नुको चुनौती सम्पादकलाई नै थाहा हुन्छ। रातको १२/१ बजेसम्म काम गर्नुपर्ने बाध्यताका कारण म परिवारसहित प्रकाशनगृहको माथिल्लो तलामा बस्थेँ। स्टाफ, परिवारका सदस्य र छरछिमेकका अगाडि हातपात गरेपछि मेरो मनोबल अत्यन्तै कमजोर भयो। घटनापछि मैले नेत्र पाण्डेलाई फोन गरेर दुर्व्यवहारको जानकारी दिएँ। उनले फोनबाट प्रधानसम्पादक भीमलाल भट्टराई कहाँ आउन भने। हामी भट्टराईको घर पुग्दा पाण्डेअगावै पुगिसकेका थिए। उनले भेट्नासाथ उल्टै तंैले यो के गर्न खोजेको? मेराविरुद्धमा समाचार लेख्ने? अहिलेसम्म विपक्षीहरूले पनि समाचार लेख्न सकेका छैनन्, तिमीहरूको तेत्रो आँट? जमिम साह मारिए र त कसैले केही गर्न सकेन, तेरो पनि त्यही हालत होला भन्नेजस्ता शब्दले एक घन्टासम्म मलाई थर्काइरहे। मैले एक शब्द पनि बोलिनँ। उनले घरी टेबल ठोक्ने, भर्खरै हात हालौँलाजस्तो गर्ने गरिरहे। भीम भट्टराईले उनका खुट्टा समातेर दाइ यो विषय हल गर्नुपर्योे। गल्ती भए त्यसको दोष मैले लिन्छु, बेइज्जत गर्न भएन भन्नुभयो। तर, उनी अब पैसा लिने र छापाखाना छाड्ने भन्दै हिँडे। घटना फागुन २ गतेको थियो। साँझ चार बजेतिर हातपात गरियो भने ६ बजेतिर पाण्डेसँग भेट भएको थियो। पाण्डेसँगको भेटले घटना सुनियोजित रहेछ भन्ने थाहा भयो। लगभग एक हप्तासम्म कतैबाट कुनै प्रतिक्रिया आएन। भीमले अब चल्न नसकिने भयो भन्नुभयो। मैले प्रतिवाद गरौँ भनेँ। तर, उहाँले मान्नुभएन। म एक्लैले केही गर्न सक्ने कुरा पनि भएन। यसैबीच, पुनः प्रकाशनगृहमा आउने र परिवारलाई धम्क्याउने, कुटपिट गर्ने योजना बनेको थाहा पाइयो। केटाकेटी, श्रीमती मसँगै बस्दै आएका थिए। मेरो उपस्थितिमा वा अनुपस्थितिमा परिवारमाथि आक्रमण हुन सक्ने सम्भावना देखेर म पाल्पा छाड्नुपर्छ भन्ने मनस्थितिमा पुगेँ। विषयको मध्यस्तता गर्न कृष्ण भुसाललाई अगाडि सारियो। जो पार्टीका कार्यकर्ता पनि थिए। उनले पार्टीका योजना सुनाउँदै भने, 'तपार्इंहरू बिदा हुनुहोस्। भीम भट्टराई र मेरो बीचमा लामो छलफल भयो। परिवारको सुरक्षाका खातिर पनि तपार्इं जानूस् भन्ने उहाँले सुझाब दिनुभयो। त्यसपछि कृष्ण भुसालले कागज दिएर राजीनामा लेख्न भने। दुई छुट्टाछुट्टै कागजमा हामी दुवैले राजीनामा लेख्यौँ। उनले भीम भट्टराईलाई रु.१ लाख ५० हजार र मलाई रु. २ लाख तीस हजार रकम दिएर भने योभन्दा अरू रकम तपाईंहरूले पाउनुहुन्न। छापाखानामा भीमको रु. २ लाख र मेरो रु. २ लाख ५० हजार लगानी थियो। मेराअगाडि 'खाउँ भने दिनभरिको सिकार नखाऊँ भने कान्छा बाबुको अनुहार'को अवस्था सिर्जना भयो। ठीक/बेठीक राम्ररी छुट्याउन सक्ने अवस्था ममा थिएन। मैले परिवारको सुरक्षालाई मध्यनजर गर्दै पैसा खल्तीमा राखेर भोलिपल्ट जिल्ला छाडेँ।
    सधैँ अरूका समाचार लेख्ने पत्रकार अहिले आफँै समाचारको विषय बनेको छु। खुलेआम तेरो सपरिवार अपहरण गरी सिध्याइदिन्छु भन्नेजस्ता धम्की दिनेका विरुद्ध जिल्ला प्रशासनले निवेदनसमेत लिन मानेको छैन। हातपात गर्नेहरू खुलेआम हिँडेका छन्। किटानी जाहेर गर्न महासंघले पहल गरे पनि मुद्दा दर्ता भएको छैन। जसले गर्दा म विस्थापित भएको छु। मैले नेपाल पत्रकार महासंघ, पाल्पा शाखामा निवेदन दिएर पत्रकार सम्मेलन गरेको छु। चैत ६ गते राजधानीबाट निस्कने धेरैजसो पत्रिकामा आ136नै बारेमा समाचार पढ्ने वातावरण बनेको छ। मैले जीवनरक्षाका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय, सम्पूर्ण सरोकारवाला संघसंस्थासँग गुहार मागेको छु।--जनआस्था

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete