• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, April 23, 2010

    पत्रकार भरत भुर्तेलको आत्महत्याको कारण

    काठमाडौं। यो देशका सबै पत्रकार गरिब छैनन्, तर कोही(कोही पत्रकारलाई गरिबीले यति नराम्रोसँग गाँजेको छ, पत्याउन पनि मुस्किल पर्छ। पत्रकारितालाई पेसाकै रूपमा अपनाएका कस्ता(कस्ता अब्बल पत्रकार आर्थिक मामिलामा रुनुपर्ने, तर नामै नसुनिएको, बजारमा उति धेरै नदेखिने, तर आर्थिक रूपमा अकल्पनीय उन्नति गरेका पत्रकार हाम्रै देशमा छन्। कसैले त्यही पत्रकारिता गरेर दुई/चार वर्षमा राम्रो घडेरी, घर, गाडी, फाइनान्स कम्पनीसम्म चलाएका छन्, तर एकजना पत्रकार त्यही पैसाको पिरलोले प्राण त्याग्न बाध्य भएका छन्। 
    गौशालाको पशुपति गेस्टहाउसको बाथरुममा आत्महत्या गरेका वरिष्ठ पत्रकार भरत भुर्तेलको आत्महत्याको कारण आर्थिक तनाब भएको कुरा विस्तारै खुलेको छ। केही सातादेखि गम्भीर मुद्रामा देखिने भुर्तेलले राष्ट्रपति कार्यालयमा आफूसँग निकट कर्मचारीहरूसँग भन्ने गरेका थिए, 'पैसाको एकदम टेन्सन छ।' पत्रकारिता पेसाबाटै मुलुकको प्रजातान्त्रिक आन्दोलनमा उल्लेख्य भूमिका निभाएका भुर्तेलका लागि अरूले उपयोग गरेजस्तो 'प्रजातन्त्र' नआएपछि त्यो स्थिति भएको उनका निकटवर्तीहरू बताउँछन्। साढे दुई दशकको पत्रकारितामा निकै दुःख गरेर भुर्तेलले राजधानी उपत्यकाभित्र एउटा घर जोडेका थिए। पहिला ज्यादै सस्तो मोल पर्ने कारण भक्तपुरको कौसलटारमा उनले घर बनाएका हुन्। विस्तारै ६ लेनको बाटो र चक्रपथभित्र धुवाा(धुलोबाट उन्मुक्ति खोज्नेहरूको गन्तव्य बन्न थालेपछि त्यहाँ जग्गाको भाउ अकासिएको थियो। जग्गाको भाउ बढेको मौका छोपेर पत्रकार भुर्तेलले कौसलटारको घर एक करोडमा बिक्री गरे। त्यहाँका छिमेकीले धेरै बिन्ती गरे, छाडेर नजान। तर, भुर्तेलले आफूमाथि ऋणको भार बढेको र बेच्नुबाहेक उपाय नभएको बताए। कौसलटारमा घर बिक्री गरेर भुर्तेल परिवार त्योभन्दा सस्तो मोलमा जग्गा पाइने ललितपुरको टीकाथली सरेको थियो। घर बनाउन भनेर जग र इनार पनि खनिएको छ। घर बनाउने भनिएकै ठाउँनजिक उनले डेरा लिएका थिए। कौसलटारको घर बेचेर भुर्तेलले केही ऋण पनि चुक्ता गरेको बताउने गरेका थिए। तर, किन आर्थिक कारणले नै आत्महत्या गरे त?
    सिरो सान्दाइ नामका एकजना चर्चित साहित्यकार छन्, जसको झापामा पुस्तक पसल पनि छ। ती भुर्तेलका जेठान (खतिवडा परिवार) हुन्। राम्रै आर्थिक स्तर छ, ससुरालीतिर। भुर्तेलको आत्महत्यापछि उनको परिवारले भन्ने गरेको छ, पत्नीका लागि तास खेल्नु सोखको विषय थियो। 'पत्रकारको परिवार हो भन्न मुस्किल पर्ने खर्च थियो, पत्नीको,' भुर्तेल परिवारका एकजनाले जनआस्थालाई बताए। कौसलटारमा त्यत्तिको रकममा घर बेचेर सस्तो ठाउँमा सर्दा पनि आर्थिक तनाब हुनुको मतलब श्रीमतीको तास खेल्ने बानी भनेर भुर्तेलले केही(केही हितैषीलाई भन्ने गरेका थिए। भुर्तेलपत्नीले घर बेचेर आएकोमध्ये केही रकम क्यासिनोमा हारेको चर्चा छ, कौसलटारतिर। यही कुरा गर्न जेठानहरू केही दिनपहिले एकजना उच्च प्रहरी अधिकृतकहाँ पुगेका पनि थिए। उनीहरूले ती अधिकृतलाई 'यस्तो कुरा गरेर हाम्री बहिनीको बेइज्जत गर्न लागे' भनेका थिए।
    वरिष्ठ पत्रकार भुर्तेल जतिवेला गौशालाको होटलमा तङरङ झुन्डिएको अवस्थामा फेला परिरहेका थिए, ठीक त्यही वेला उनको डेरामा भने भोज खाने मानिसको आवत(जावत चल्दै थियो। कारण थियो, ५० वर्ष उमेर पुगेकी उनकी पत्नीको बर्थडे। प्रहरीले भुर्तेलको आत्महत्यास्थलको प्रकृति मुचुल्का उठायो र पोस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्याोउँदासम्म डेरामा भोजका लागि मान्छे पुग्दै थिए। अपराह्न तीन बजे मात्र झापाबाट कसैले भुर्तेलपत्नीलाई 'दुःखको कुरा सुनियो नि....!' भन्यो, र मात्र जानकारी भयो, आफ्नै जन्मदिनमा प्राणप्याराको प्राणान्त भएको। -- राजकुमार रायबाट 

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete