• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, March 10, 2010

    जापान गएको टिकट महानगरमा

    सुरज कँुवर
    महिना दिनअघि जापान भ्रमणमा गएका दलीय संयन्त्रका तीन नेता र कर्मचारीसहित ६ जनाको हवाई टिकटको करिब ७ लाख रुपैयाँको बिल भुक्तानीका लागि महानगर पुगेको छ ।
    महानगरको ग्यारेन्टीमा उपलब्ध गराइएका ६ वटा टिकटको भाडा माग्दै ठमेलको इथोपिया ट्राभल्सले महानगरमा बिल पेस गरेको हो । रकम भुक्तानीका लागि पेस भएका ६ वटै टिकट संलग्न फाइल महानगरको राजस्व विभाग, अन्तर्राष्ट्रिय सचिवालय हुँदै कार्यकारी अधिकृतको सचिवालयमा फन्को मारिरहेको छ ।
    कर्मचारी स्रोतका अनुसार उक्त ट्राभल्सले जनही १ लाख १५ हजारका दरले ६ जनाको टिकट पेस गर्दै भुक्तानी मागेको छ । उक्त कम्पनीका कर्मचारी  नीरज तिमिल्सेना एक सातायता भुक्तानीका लागि महानगर धाउँदै आएका छन् ।
    स्रोतका अनुसार भुक्तानीका लागि पेस भएका दोहोरो उडान भएका टिकटको वास्तविक मूल्य करिब ९५ हजार मात्रै हो तर उक्त कम्पनीले कर्मचारीको मिलोमतोमा प्रतिटिकटमा २० हजार बढाउँदै ६ लाख ९० हजार भुक्तानी मागेको छ । महिना दिनअघि जापान गएको उक्त टोलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनताले तिरेको करबाट भ्रमण नगर्न निर्देशन दिएपछि उक्त कम्पनीको भुक्तानी रोकिएको थियो ।
    अर्थमन्त्रालयले पनि सहमति नदिएपछि भ्रमणमा सहभागीले आफ्नै खर्चमा जापान जाने घोषणा गरेका थिए । अर्थले सरकारी निर्देशिका उल्लंघन हुने भएकाले महानगरलाई टिकट खर्चमा सरकारी रकम दुरुपयोग नगर्न भनेको थियो । भम्रणबाट फर्केपछि कसैले पनि रकम नतिरेपछि ट्राभल्स एजेन्सीले करिब दुई साताअघि बिल पेस गरेको थियो ।
    राजस्व विभाग स्रोतका अनुसार निमित्त कार्यकारी अधिकृत गणेश राईले उक्त फाइलको गोप्य भुक्तानी गर्न राजस्वका कर्मचारीलाई दबाब दिँदै आएका छन् तर कर्मचारीहरू गोप्य तरिकाबाट पेस भइरहेको उक्त फाइललाई आलटाल गर्दै विभिन्न विभाग, महाशाखामा घुमाइरहेका छन् ।
    निमित्त कार्यकारी राईलाई अधिकांश कर्मचारीले भुक्तानी गर्न नमिल्ने भन्दै सुझाव दिएका छन् । अख्तियारले रकम भुक्तानी गरिए निमित्त कार्यकारी र जिम्मेवार अधिकृतबाट भराउने चेतावनी दिएकाले राजस्व महाशाखाका कर्मचारीले भुक्तानी रोकेका हुन् ।
    नियम विपरीत अनुमति दिँदै स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा लिम्बुले आफ्ना पिए -स्वकीय सचिव) पाराङ तावासहित कांग्रेस सभासद् ध्यानगोविन्द रञ्जित, माओवादी नेता सर्वोत्तम डंगोल, एमाले नेता वसन्त मानन्धर, थानकोट डिपोमा अधिकृत उदय पसखल र समाज कल्याणका अधिकृत ज्ञानेन्द्र कार्कीलाई भ्रमण अनुमति दिएका थिए ।
    जापानको मात्सुमोतो सहरको निम्तोमा फोहोर व्यवस्थापन अवलोकन गर्न गएको टोलीमा निमित्त कार्यकारी अधिकृत राई पनि थिए तर उनको टिकट भने आयोजक जापानी नगर किटाकिसीले नै तिरेको बताएका छन् ।
    यसैबीच भम्रणमा सहभागी अधिकृत उदय पशखलले अख्तियार र अर्थको निर्देशन पालना गर्दै भ्रमणमा सहभागीले टिकट खर्च आफैं मिलाउने सहमति गरेको दाबी गरे । 'अख्तियार र अर्थको निर्देशन मान्नैपर्‍यो,' थानकोट डिपोमा कार्यरत अधिकृत पसखलले भने, 'हामीले आफ्नै गोजीबाट तिर्ने सल्लाह गरिरहेका छौं ।'  
    http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=12560

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete