• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, March 3, 2010

    माओवादीको द्वन्द्वको िहंसात्मक असर अहिले ः ओली

    शालिग्राम नेपाल । 
    चितवन फागुन १९ गते । नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओलीले माओवादीले विगतमा गरेको शसस्त्र द्वन्द्वको िहंसात्मक असर अहिले देखिरहेको बताउनु भएको छ । माओवादीले निहत्था जनतामाथी आक्रमण गर्ने गरेको सिको सिक्दै शसस्त्र समुहले देशका विभिन्न स्थानमा अहिले मानिस मार्दै हिडेको टिप्पणी गर्नु भयो ।  
    प्रेस चौतारी चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै नेता ओलीले सरकारले िहंसात्मक गतिविधिको अन्त्य गर्न खोजे पनि आपराधिक मनोवृति भएका मानिसले गर्दा समस्या परेको बताउनु भयो । सरकारको बचाउ गर्दै नेता ओलीले माओवादीको नेतृत्वमा भएको सरकारले पनि यस्ता घटना अन्त्य गर्न नसकेको बताउनु भयो । हिन्सा एकै पटक समाप्त नभए पनि यसलाई कम गर्दै लैजानु पर्नेमा जोड दिनु भयो ।  
    पत्रकार सम्मेलनमा नेता ओलीले माओवादी नागरिक पर्टीका रुपमा रुपान्तरण भएर आए उनिहरुको नेतृत्वको सरकार एमालेलाई स्विकार्य हुने बताउनु भयो । माओवादीको नेतृत्वमा एमाले तयार हुन तीन विकल्प अगाडि सारेका छौ त्यो उनिहरुले माने हामी तयार छौं । नेता ओलीले हिन्सा अन्य गरी शान्ति वातावरण आउने वल जफत नगरी कानुनी बाटोमा आउने र शसस्त्र व्यक्तीको झुण्ड त्याग्ने यती शर्त मानेमा एमाले माओवादीको नेतृत्व मान्न तयार भएको दोहोर्याउनु भयो ।  
    पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन चितवन आउनु भएका वरिष्ठ नेता ओलीले पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै सेना समायोजना अगाडि संविधान जारी भए त्यो कागजी टुक्रा मात्र हुने धारण राख्नु भयो । शान्ति सम्झौता विपरिसत सेना समायोजन अगाडि संविधान नआउने जिकिर गर्नु भयो । उहाले तीन दलीय संयन्त्र उच्च स्तरिय संयन्त्र नभइ राजनीति वाधा व्यवाधान हटाउने टिम भएको टिप्पणी गर्नु भयो । ती दलिय छलफल जारी भएकाले त्यसले राजनीतिक निकास मात्र दिने बताउनु भयो ।

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete