• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Wednesday, March 3, 2010

    अब मेरो भर छैन--गिरिजा

    काठमाडौं। नयाँ संविधान घोषणा नहुन्जेल आफूलाई केही नहुने र संविधान निर्माणपछि मात्र जीवनबाट विश्राम लिने बताउँदै आउनुभएका उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम अवस्था आएको बताउँदै राजनीतिक परिस्थिति सम्हाल्न अन्य नेतालाई आग्रह गर्नुभएको छ। गत बिहीबार कोइरालाले आफू राजनीतिक संयन्त्रको बैठकमा समेत उपस्थित हुन सक्ने अवस्थामा नरहेको बताउनुभएपछि उहाँको निवासमा बैठक हुन छाडेको छ। 
    संयन्त्रको औपचारिक बैठक सुरु हुनुअघि कोइरालाले बैठकमा भाग लिन गएका तीनै ठूला पार्टीका शीर्ष नेतालाई आफ्नो बेडरुममा बोलाउनुभयो। कोइरालाकै सजिलोका लागि त्यहाँ नै बैठकको आयोजना गरिँदै आएको थियो। र, उहाँले थोरै समयका लागि भए पनि बैठकमा भाग लिने गर्नुभएको थियो। तर, त्यसदिन कोइराला बैठकमा नआई माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), उपाध्यक्ष नारायणकाजी श्रेष्ठ (प्रकाश), एमाले अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता केपी शर्मा ओलीसहित कोइरालाको बेडरुममा पुगे। 
    स्रोतका अनुसार, कोइरालाद्वारा बेडरुममा बोलाइएकामा कांग्रेस उपसभापति तथा संसदीय दलका नेता रामचन्द्र पौडेल पनि थिए। सबै नेता बेडरुममा पुग्दा उहाँको नाकमा अक्सिजन लगाइएको थियो। र, अघिल्ला दिनभन्दा अरू गलेको जस्तो देखिनुहुन्थ्यो। पहिलेजस्तो उत्साह पनि उहाँमा थिएन। सबै नेता आफ्नो कोठामा आइसकेपछि कोइराला बिस्तारै बोल्न सुरु गर्नुभयो। 'मेरो स्वास्थ्य अरू कमजोर हुँदै गएको छ, अब मेरो भर छैन,' उहाँले भन्नुभयो, 'यो कुरा तपाईंहरूले ख्याल गर्नूस्, अब स्थिति तपाईंहरूले सम्हाल्नूस्।' 
    आफू अब अन्तिम अवस्थामा पुगिसकेको संकेत गर्दै कोइरालाले अब पनि राजनीतिक गतिरोध अन्त्य र समयमै संविधान निर्माण नभए मुलुकमा निकै ठूलो रक्तपात हुने सम्भावना रहेको तर्फ पनि नेताहरूलाई चेतावनी दिनुभएको थियो। 'तपाईंहरूले स्थिति सम्हाल्न सक्नुभएन भने मुलुकमा ठूलो ब्लडसेड हुन सक्ने देखेको छु,' उहाँको भनाइ थियो( 'ब्लडसेड हुन दिने कि, त्यसलाई रोक्ने अब सबै तपार्इंहरूको जिम्मामा छ।' कोइरालाले फेरि दोहोर्याभएर भन्नुभएको थियो( 'अब त मेरो (जीवन) को कुनै भर छैन।'  कोइरालाले माओवादी अध्यक्ष प्रचण्डलाई अरू बढी गम्भीर हुन आग्रह गर्नुभयो। 'भन्न त संयन्त्र मेरा लागि गठन गरिएको भनिएको छ, संयन्त्र बनेको मेरा लागि होइन, तपार्इंहरूका लागि हो' कोइरालाको भनाइ थियो( 'यो कुरामा प्रचण्डजीहरूले ध्यान दिनुपर्योय।' यति भूमिका बाँधेर कोइरालाले प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिले चालेको कदमलाई बिर्सन आग्रह गर्नुभएको थियो। 'मैले भन्दै आएको छु, सक्नुहुन्छ भने राष्ट्रपतिले चालेको कदम बिर्सनूस्, त्यो सक्नुहुन्न भने त्यसमा माफी दिनूस्' प्रचण्डसँग कोइरालाको थप आग्रह थियो( 'मेरो यो फर्गेट र फर्गिभ फर्मुलालाई ध्यान दिनुहोला।' 
    कांग्रेसइतरका माओवादी र एमाले शीर्ष नेता तथा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई राखेर आफू अब अन्तिम अवस्थामा पुगेको बताउँदै यति गम्भीर कुरा राखेपछि कोइरालाको उपस्थितिविनै उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो। कोइरालाले आफू अन्तिम अवस्थामा पुगेको जानकारी गराएकाले हुन सक्छ, त्यसदिन नेताहरूले गतिरोध अन्त्यका लागि अलिक गम्भीरताका साथ कुराकानी पनि गरे। संयन्त्र संयोजक कोइरालाकै आग्रहबमोजिम त्यो दिन एमाले अध्यक्ष खनालले पनि पहिलोपटक एमाले नेता केपी शर्मा ओलीलाई लिएर गएका थिए।-जनआस्था

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete