• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, March 2, 2010

    जापानका नाममा ठगी धन्दा

    वैदेशिक रोजगारका नाममा नेपालीमाथि ठगी भइरहेका बेला पछिल्ला दिनमा आकर्षक गन्तव्य जापानमा प्रशिक्षार्थी कामदार पठाउने विषयमा डरलाग्दो ठगी हुन थालेको छ। 
    वैदेशिक रोजगारलाई व्यवस्थित र नियन्त्रण गर्ने सरकारी निकाय निकम्मा बनेको फाइदा उठाउँदे वैदेशिक रोजगार व्यवसायी तथा मानव तस्करहरुले जापानलाई ठगी धन्दाको गतिलो माध्यम बनाएका छन्। वैदेशिक रोजगारको आकर्षक गन्तव्य जापानमा नेपालबाट प्रशिक्षार्थी कामदरा पठाउने विषयमा नेपाल र जापानबीच सहमति भएपछि नेपाल उद्योग वाणिज्य महासंघ र विभिन्न १७१ वटा म्यानपावर कम्पनी प्रशिक्षार्थी कामदार पठाउन सूचीकृत भएका छन्। जापान जानका लागि सरकारले ५० देखि ६० हजार रुपैयाँ खर्च लाग्ने निर्णय गरेको छ। प्रशिक्षार्थी कामदारमा जान छनौट भएपछि २१९ घण्टा ७५ दिन जापानिज भाषा पढ्नुपर्छ। 
    तर, जापानमा प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया सुरु नै नभइकन सूचीकृत म्यानपावर व्यवसायी तथा मानव तस्करहरुले जापान पठाउने नाममा शिक्षित बेरोजगारबाट जापान लैजान प्रतिव्यक्ति ३ लाखभन्दा माथिका दरले पेश्की रकम उठाउन थालिएको स्रोतले बताएको छ। त्यति मात्र होइन, जापानका लागि प्रशिक्षार्थी कामदार ल्याइसकेको बताउँदै रेन्बो ओभरसिजका कमल पुरी, मनकामना पावर नेटवर्कका कपिलदेव थापा, नेल्को इन्टरनेसनलका शिवराज पाठक, सिद्धार्थ बुद्ध ओभरसिजका देवीलाल विश्वकर्मालगायतले ठूलो धनराशी उठाइसकेका छन्। कामदार पठाउने कोटा ल्याए पनि छनौट प्रक्रिया सुरु भएको मितिले करिब ४ महिनापछि मात्र कामदार जापान जान पाउँछ। यो हिसाबले हेर्दा पेश्की लिएको रकम कामदार जापान गए पनि महिनौंसम्म निर्व्याजी चलाउन पाउने भएका छन्। जापान जाने सपनामा घरखेत बन्धक राखेर रकम बुझाएको भए पनि उनीहरु जापान जाने ग्यारेन्टी नभएकाले रकम बुझाउनेमध्ये कतिपयको बिल्लीबाठ हुने खतरा कायमै छ। 
    जापानमा वर्षेनी ५० हजार विदेशी प्रशिक्षार्थी कामदारको रुपमा जाने गर्दछन्। त्यसमध्ये ८० प्रतिशत चिनियाँ रहेका छन्। जापानले चिनियाँ कामदार कटौती गर्दै त्यसमा नेपालीलाई अवसर दिने सैद्धान्तिक सहमति जनाइसकेको छ। तर, प्रशिक्षार्थी कामदार पठाउँदा ठगी भएको थाहा भएमा जापानले कोटा बन्द गर्ने चेतावनी दिइसकेकाले जापानको रोजगार गन्तव्य कुनै पनि बेला बन्द हुने रोजगार व्यवसायीहरु बताउँछन्। 'कामदार पठाउनुपूर्व नै ठगी गर्न थालेका व्यवसायीले कामदार पठाउन थालेपछि के–के गर्ने हुन्? एक रोजगार व्यवसायीले दृष्टिसँग भने, 'व्यवसायीको ठगीकै कारण इजरायलको गन्तव्य रोकिएजस्तै सुरु हुनुपूर्व नै जापान पनि जोखिममा पर्न सक्छ।' 
     जापानिज भाषा पढाउने विषयमा समेत प्रशिक्षार्थी कामदारमाथि ठगी हुन थालेको छ। जापान जानका लागि भाषा पढ्नुपर्ने अनिवार्यता भएकाले अहिले काठमाडौं तथा मुलुकका प्रमुख सहरमा अनाधिकृत ढंगले जापानिज भाषा पढाउन थालिएको छ। जापानमा प्रशिक्षार्थी कामदार पढाउनेसम्बन्धी निर्देशिकामा सम्बन्धित कामदार छनौट भएपछि मात्र भाषा पढ्नुपर्ने व्यवस्था गरेको तर, बजारमा च्याउझैं उमि्रएका ल्याङ्वेज सेन्टरले ठूला–ठूला बोर्ड राखेर जापानी भाषा पढाएर ठूलो धनराशी कुम्ल्याउन थालेका छन्। त्यति मात्र होइन, जापानमा कामदार पठाउन सूचीकृत भएका कतिपय म्यानपावर कम्पनीले समेत सूचीकृत कम्पनीको नाम जोडेर आफैँ भाषा पढाउन थालेका छन्। जुन सोझै निर्देशिकाको विपरीत छ।  जापानका नाममा यति ठूलो ठगीधन्दा हुँदासमेत सरकार भने मौन बसेको छ। श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागका भ्रष्ट कर्मचारीलाई ठूलो धनराशी नजराना चढाएर म्यानपावर व्यवसायी तथा मानव तस्करले जापानका नाममा ठगी धन्दा चलाएको मानव तस्करले जापानका नाममा ठगी धन्दा चलाएको स्रोतको दाबी छ। नजरानाले मुख बन्द भएकै कारण सरकारबाट अनुमति नलिइकन जापानिज भाषा पढाइएको थाहा पाउँदासमेत कर्मचारी आँखा चिम्लिएर बसेका छन्। लामो समयको कसरतपछि जापानमा प्रशिक्षार्थी कामदार पठाउने बाटो खुलेको हो। ३ वर्षका लागि जाने कामदारले सुरुको २ महिना ५० हजार र त्यसपछि ३४ महिना करिब १ लाखका दरले तलब भत्ता पाउनेछन्। जापानमा कामदार पठाउने विषयलाई बेलैमा व्यवस्थित गर्न सकिएन भने अवसर गुम्नेतर्फ सबैले सोच्न जरुरी छ।-दृष्टि 

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete