• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Monday, February 22, 2010

    विकसित नेपालका लागि जागे जापानका नेपाली विद्यार्थी

    नागोया जापान । विदेशियका नेपालीलाई नेपालप्रतिको चिन्ता र चासो त सधैं भईरहन्छ । यद्यपि संगठित रुपमै दिनभर एकैठाउँमा भेला भएर नेपालसंग सम्बन्धित राजनीतिक शैक्षिक र प्राविधिक विषयको उठान गरि समस्या समाधानको उपाय निकाल्न सजिलो पनि छैन । तर जापानमा रहेका नेपाली विद्यार्थीहरु आईतबार दिनभर व्यस्त रहे नेपालको विकास र प्रविधि र राजनीतिक समास्याको समाधानलाई लिएर । त्यो पनि उल्लेख्य नेपाली विद्यार्थीको उपस्थितिका विचमा । जहाँ जापानी प्राध्यापक पनि सहभागि थिए । 
    जापानको नागोया शहरमा नेपाली विद्यार्थीहरुले आईतबार दिनभर समृद्ध शान्त अनि विकसित नेपालका लागि भन्दै यसका ज्ञाताहरुलाई बोलाएर कार्यशाला सम्पन्न गरे । नेसाज नलेज कार्यशाला गोष्ठी नाम दिईएको सो कार्यक्रममा जापानमा रहेका नेपाली विद्यार्थी अनुसन्धानकर्ता र विभिन्न अन्य क्षेत्रका नेपालीहरु पनि सहभागि थिए ।  
    जापानमा रहेको नेपाली विद्याथीृहरुको छाता संगठन नेपाली विद्यार्थी समाज जापान - नेसाजले सो कार्यक्रमको आयोजना गरेको हो ।  
    ओशाका विश्वविद्यालयका वरिष्ठ प्राध्यापक किनहिदे मुसाकोजीले नेपालको संघीयताका विभिन्न पक्षहरु विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरि हामामाचु विश्वविद्यालयका अर्का नेपालविज्ञ प्राध्यापक मासायुकी वातानाबेले समावेशी समाज व्यवस्थापनका चुनौति विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । 
    जापानका विश्वविद्यालयमा अध्ययन अनुसन्धानरत अन्य छ जना नेपाली विद्यार्थीहरुले पनि कार्यक्रममा आ आफ्ना कार्यपत्र प्रस्तुत गरैका थिए । नेपालको विकास र नीतिसम्बन्धि सत्र अन्तर्गत चुबु विश्वविद्यालयका मधुसधन कायस्थको कार्यपत्र नेपालमा फाइवर अप्टिक संचारको अवस्था र व्यवस्थामा केन्द्रीत थियो । जापानको बालविकास कार्यक्रमका बारे नागोया विश्वविद्यालयकी सोविता कोईरालाले आफ्नो कार्यपत्र प्रस्तुत गरेकि थिईन् ।
    प्राविधिक विषयमा केन्द्रीत रहेर पनि कार्यपत्र प्रस्तुत गरिएकौ थियो । तोयोहाशी विश्वविद्यालयका कृष्णकुमार भेटवालले स्टीलको सुधारमा गरिएको सफल अनुसन्धानको विषयमा र नागोया प्राविधिक शिक्षालयका ईश्वर खत्रीले सौर्य उर्जाका संभावना र चुनौति विषयमा छुट्टाछु्ट्टै कार्यपत्र प्रस्तुत गरेका थिए । नागोया प्राविधिक शिक्षालयकै अर्का विद्यार्थर्ी विपिन खनालले संयोजनकारी सफ्टवेयरको विकासमा आफ्नो प्राविधिक कार्यपत्र पस्तुत गरेका थिए । निहोन फुकोशी विश्वविद्यालयका होमप्रसाद अधिकारीले नेपालमा जलविद्युतका संभावना र चुनौतींका बारेमा आफ्नो अनुसन्धानात्मक नतिजा प्रस्तुत गरेका थिए । 
    सबै कार्यपत्रमाथि सहभागिहरुलै टिप्पणी गरेका थिए । सहभागिका अनुसार प्रस्तोताले गरेको कार्यपत्रको विषय छनौट नेपालको परिप्रेक्ष्यमा अन्यन्त सान्दर्भिक र समसामयिक थियो । नेपाली विद्यार्थी समाज जापानका अध्यक्ष राजेन्द्रपसाद पराजुलीले भने,` यसमाथिका छलफलहरु निकै जीवन्त उपयोगी र प्रासंगिक छन् । छलफलमा आएका सुझावहरुलाई मिलाएर नेपालको विकासमा हामीले पनि टेवा दिन सक्छौं ।` आयोजक समितिका अध्यक्ष डा वसन्त गौतमले कार्यशालाले निकालेको निश्कर्षलाई व्यवहारमा उतार्न सके जापानमा रहेका नेपाली विद्यार्थीहरुकौ काम महत्वपुर्ण हुने राय व्यक्त गरे । अमेरिकाको भर्मोण्टस्थित मिडलबैरी कलेजमा लिवरल आर्टसतर्फ मनोविज्ञान र अर्थशास्त्र विषयमा स्नातक अध्ययनरत काठमाडौकि दृष्टि श्रेष्ठले ललितपुरको मापिखेल गुर्दुंग र काभ्रेको भीमपोखरीमा कसैलाई पत्तै नदिई आफ्नै खर्चमा बनाएको साना जलविद्युत आयोजनाबाट चौविसै घण्टा विजुली बाल्न सकिएको स्मरण गर्दै डा गौतमले जापानमा रहेका नेपाली विद्यार्थीहरुबाट पनि यस्तै रचनात्मक कामको अपेक्षा राखे । तर चिन्ता अधिकांशको एउटै थियो - नेपालको प्रशासनिक र प्राविधिक झमेलामा को फँस्ने  ? 
    कार्यक्रमको अन्त्यतिर जापानमा रहेका नेपाली विद्यार्थीको बारेमा नेसाजका उपाध्यक्ष सरोज कँडेलले आफैले तयार पारेको पन्ध्र मिनेट लामो भिडिओ वृत्तचित्र प्रस्तुत गरेका थिए ।  
    कार्यशाला गोष्ठीको प्रमुख अतिथि जापानका लागि नेपाली राजदुत डा गणेश योन्जन तामांग थिए । तीन सत्रमा विभाजित कार्यशाला गोष्ठीको उद्घाटन सत्रको सभापतित्व नेसाज अध्यक्ष राजेन्द्रपसाद पराजुली कार्यपत्र प्रस्तुती अन्तर्गतको विकास र नीति सम्बन्धि दोश्रो सत्रको सभापतित्व नेसाजका पुर्व अध्यक्ष ऋषव पौडेल र तेश्रो सत्रमा प्राविधिक विषयमा केन्द्रीत कार्यशालाको सभापतित्व एनआरएन जापानका राष्टिय संयोजक डा सुदिपिसंह अधिकारीले गरेका थिए । 
    विभिन्न विषयमा कार्यक्रम गर्दै आएकौ नेसाजले पहिलोपटक नागोयामा आफ्नो कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको हो । 

    3 comments:

    1. धन्यबाद अभिमतपत्रलाई!

      ReplyDelete
    2. Very good way of explanation

      Thank you Hari Jee
      Rajendra PARAJULI

      ReplyDelete
    3. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete