• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, February 26, 2010

    सरकारी खर्चमा जंगबहादुरको श्राद्ध

    शंकर आचार्य 
    वीरगन्ज, फाल्गुन १४ -
    पत्याउनुहुन्छ ? राणाकालीन प्रधानमन्त्री श्री ३ जंगबहादुरको श्राद्ध सरकारी खर्चबाटै हुन्छ ! हो, जंगबहादुरको १३३ औं श्राद्ध बिहीबार सिम्रौनगढस्थित रामजानकी मठमा विधिपूर्वक गरियो । जसका लागि वीरगन्जस्थित गुठी संस्थान कार्यालयले ४ हजार २ सय रुपैयाँ उपलब्ध मात्र गराएन, कर्मचारीलाई नै श्राद्धस्थलमा खटायो । 
    कार्यालयका निमित्त प्रमुख तथा लेखापाल अम्बिकाप्रसाद जैसवालका अनुसार श्राद्धका लागि बर्सेनि १९ मन धान र १ सय ५० रुपैयाँ खर्च दिँदै आएकोमा यो वर्षदेखि नगद उपलब्ध गराउन थालिएको हो ।
    एक पूर्वशासकको श्राद्ध सयौं वर्ष पछिसम्म, त्यो पनि सरकारी खर्चमै, आखिर किन ? जैसवाल भन्छन्, 'केन्द्रीय तहबाट निर्णय नभएसम्म परम्परा जीवित राख्न र खर्च दिन संस्थान बाध्य छ ।' उनले श्राद्धका लागि बिहीबार एक कर्मचारीलाई सिम्रौनगढ खटाइएको पनि बताए ।
    १८७३ साल असार ७ गते जन्मेका जंगबहादुरको १९३३ साल फागुन १६ गते फागुन शुक्ल त्रयोदशीका दिन निधन भएको थियो ।
    उनी सिम्रौनगढको जंगलमा बर्सेनि सिकार खेल्न आउँथे । त्यहाँ रामको मन्दिर स्थापना गर्ने उनको इच्छा जीवनकालमा अधुरै रहेकाले छोरा जगतजंगले १९४० साल असारमा बाबुको चाहना बमोजिमको मन्दिर बनाइदिएका थिए । त्यसै वर्षदेखि त्यहाँ जंगबहादुरको श्राद्ध गर्ने र भोज खुवाउने चलन रहेको स्थानीय चन्दन मेहता बताउँछन् ।
    मन्दिरमा महन्थ, पुजारी, भान्से, टहलु, कोठारी, माली, जलभरिया, परखतिया, चौकिदार र बाजा बजाउनेसमेत गरी १४ कर्मचारीको दरबन्दी छ । उनीहरूलाई संस्थानले तलब र धान उपलब्ध गराउँदै आएको छ । मन्दिर वरपर जंगलजस्तै बाक्लो बगैंचा छ ।
    रानीवास नामले प्रख्यात उक्त मठ परिसरमा कलात्मक तथा ऐतिहासिक वन्स्तु छन् । तीन/तीन क्विन्टलका दुई घण्टा छन् जुन मुलुककै ठूला हुन सक्ने अनुमान छ । जमिनभन्दा पाँच फिट तल रहेको मन्दिरमा आकाशबाट परेको पानी नजमी भित्रभित्रै हराउने स्थानीयवासी बताउँछन् ।
    जंगबहादुरको श्राद्ध हल्काफुल्का तरिकाले गर्न थालिएका स्थानीयवासी भने असन्तुष्ट छन् । 'विगतमा श्राद्धलाई ठूलै पर्वका रूपमा मनाइन्थ्यो तर अहिले अत्यन्त गोप्य रूपमा गरिन्छ', स्थानीय शिक्षक तथा सञ्चारकर्मी रामेश्वर मेहताले भने, 'खर्च पर्याप्त देखाइन्छ तर काम सुटुक्क हुन्छ ।'

    http://www.ekantipur.com/np/news/news-detail.php?news_id=307466


    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete