• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, February 26, 2010

    एक्लो ट्राफिक


    विष्णु पौडेल
    उनी दिनभरि सडकमा हुन्छन्, सिट्टी फुक्छन्, सवारी व्यवस्थापन गर्छन् । ट्राफिक नियम मिच्ने सवारी चालकलाई सम्झाइरहेका हुन्छन् 

    र, कहिलेकाहीँ त नियम मिचुवा चालकसँग उनको भनाभन चलिरहेको हुन्छ, अनि कहिलेकाहीँ त उनीहरूसित झगडै गरिरहेका हुन्छन् उनी । काम ट्राफिकको गरे पनि उनी साँच्चिकै ट्राफिकचाहिँ होइनन् । किनभने ट्राफिक प्रहरी विभागका न उनी कर्मचारी हुन्, न उनले राज्यबाट पाउने सुविधा नै पाउँछन् । तथापि, कुनै सरकारी ट्राफिकले गर्नेभन्दा कम काम गर्दैनन् यी गैरसरकारी ट्राफिक 
    imageनारायणगढ मुग्लिन सडकखण्डमा यात्रा गर्दा यात्रु कहिल्यै आफूलाई सुरक्षित महसुस गर्दैनन् । त्रिशूली नदीको किनारैकिनार भिरालो बाटोमा यात्रा गर्नुपर्दा निकै जोखिम पनि छ । नारायणगढबाट बस चढेको मान्छे मुग्लिन नपुगेसम्म ढुक्क हुन सक्दैन । तर, त्यही सडकखण्डमा त्योभन्दा बढी जोखिम उठाएर एकजना मान्छे यात्रुलाई सुरक्षित यात्रा गराउन दिन-रात खटिरहेका छन् । जीवन संघर्ष हो । बाँच्न सक्नुपर्छ, तर बाँच्नका लागि संघर्ष आवश्यक छ । चाल्र्स डार्बिनको यो भनाइ कसको जीवनमा कति हदसम्म लागू हुन्छ त्यो त थाहा छैन, तर नारायणगढ मुग्लिन सडकखण्डमा वर्षौँदेखि सवारी व्यवस्थापनको काम गर्दै आएका कमलबहादुर सेढाइंको जीवनमा भने ठयाक्कै मेल खान्छ 
    संघर्षका कुरा गर्दा मान्छे केका लागि संघर्ष गर्छ भन्ने प्रश्न आउँछ, यसको सहज उत्तर पनि छ- बाँच्नका लागि । तर, कमल आफू बाँच्न होइन अरूलाई बचाउन संघर्ष गर्छन् । पेसाले उनी ट्राफिक प्रहरी पनि होइनन् । तर, चौबीसै घन्टा नारायणगढ-मुग्लिन सडकखण्डमा ट्राफिक व्यवस्थापनको काम गर्छन् उनी । सडकमै खाने अनि सडकमै सुत्ने कमलको आफ्नो घर छैन । चितवनको कबिलासस्थित गाईघाटमा रहेको उनको झुपडी केही महिनाअघि आगलागी भयो । त्यसपछि कमल घरबारविहीन बनेका छन् । पत्याउनै गह्रो ६ वर्ष भएछ उनले यसरी काम गर्न थालेको । दिनहुँ सयाँै गाडी चल्छन् । यो सडकखण्डमा सबै चालकसँग परिचित छन् उनी 
    त्यसैले उपनाम पाएका छन्- हल्दार सापको । हल्दार साप भएपछि पहिला चालकले हो नि नमस्कार गर्नपर्ने, तर यहाँ उल्टो छ । कमलले पहिला चालकलाई नमस्कार गर्छन् । सबैले मान दिएपछि मैले पहिला नमस्कार गर्न के फरक पर्छ उनले भने । कामबाट निकै प्रभावित भएर चार महिना अगाडिदेखि मात्र उनलाई सडक कार्यालयले जागिर दिएको छ । उनी सडक डिभिजन कार्यालयको जागिरे भएपछि पनि त्यही काम गर्छन् । त्यसैका लागि उनलाई डिभिजन कार्यालयले राखेको हो 
    तर, उनी कति घन्टा डयुटी गर्छन् त ? पंक्तिकारको जिज्ञासा थियो । तपाइर्ं पत्याउनुहुन्न होला उनले भने, '२४ घन्टा काम गर्छु म ।' अनि सुत्न पर्दैन त पंक्तिकारको अर्को जिज्ञासा थियो । उनले भने, 'सडककै किनारमा सुत्छु, त्यसैले कतै जाम भयो, दुर्घटना भयो भने तत्काल कुदिहाल्छु । कैयौँ दिन चौबीसै घन्टा नसुतेको उदाहरण छ उनीसँग 
    नारायणगढ-मुग्लिन सडकखण्डमा चितवनको आपटारीबाहेक कहीँ कतै ट्राफिक प्रहरीको उपस्थिति देखिँदैन, तर ठुल्ठूला दुर्घटना या जाम भयो भने मात्र प्रहरी घटनास्थल पुग्छ, तर कमल नभई जाम खुल्दैन । 'जस्तोसुकै जाम परे पनि कमल लागेपछि आधाघन्टाभित्र खुल्छ,' डिभिजन सडक कार्यालयका इन्जिनियर रवीन्द्रलाल दासले भने, 'ऊ एक्लो ट्राफिक हो यहाँको । दासले कमलको काम गर्ने शैलीबाट आफू प्रभावित छु ।' हुन पनि हो उनी सडकमा उभिएपछि मै हँु भन्नेहरू पनि डराउँछन् । तर, उनी त्यति पहँुच र बल भएका व्यक्ति होइन । अनि किन मान्छन् त चालकहरू उनलाई म भइन भने यिनीहरू घन्टाँै सडकमा बस्नुपर्छ, भोकभोकै सुत्नुपर्छ अनि मान्नुपरेन उनले अनुमान लगाए । उनको उमेरले आधा शताब्दी छुन लागेको छ । उमेरले नेटो काटे पनि काम युवकको भन्दा कम छैन 
    कामको समय पनि छैन । २४ घन्टा सडकमा लठ्ठी लिएर ट्राफिकको काम गरिरहन्छन् । हातमा कटबाँसको लठ्ठी बोकेको पनि ६ वर्ष बितिसकेछ । एउटै लाठी ६ वर्षसम्म किन बोकेको त ? यही लठ्ठी हो मेरो हतियार अनि कहाँ फाल्नु उनले भने, 'केही महिना अगाडि भाँचियो यसलाई डोरीले बाँधेको छु । जाम भएको सडक खुलाउने क्रममा लठ्ठी भाँचिएको हो त्योभन्दा पनि बढी उनको मन भाँचिएको छ 
    नारायणगढ मुग्लिन सडकखण्डको ३६ किलोमिटरको दूरीमा एकजना पनि ट्राफिक प्रहरी छैनन् । तर, त्यस स्थानमा ट्राफिक प्रहरीको काम गरिरहेका ४३ वषर्ीय कमलको गुनासो पनि त्यही छ । आगो-पानी, दिन-रात भोक-प्यास केही भनेन् उनले । अहोरात्र खटिरहे । खटिरहनेछन् । उनको भनाइलाई आधार मान्ने हो भने जीवन पनि सडकमा गुडिरेहको बसजस्तै हो रे । कहाँ कसरी कहिले खस्छ कसैलाई अत्तोपत्तो हँुदैन । सो सडकमा काम गर्दा धेरैपटक उनले धेरैपटक मृत्यु देखेँ, मृत्युनजिक रहेर मृत्युको आभास पनि गरँे अनि त्रिशूलीमा धेरैको जीवन बचाएँ पनि । मर्ने र बाँच्चे कलासँग नजिक रहेका सेढाइर्ं आफ्नै श्रीमतीको मृत्यु हँुदा पनि रोएनन् रे 
    युद्धकालमा जीननसंगिनीको हत्या भएको स्मरण गर्दै उनले भने, 'खै ! कुन पापीले मारिदियो । अपराधी चिन्न पाए त्रिशूलीमा खसाल्ने थिएँ ।' ४३ वसन्त पार गर्दासमेत उनी जीवनदेखि कहिल्यै खुसी भएनछन् । सधैँ दुःख, सधैँ दुःख । यस्तो जीवन पनि के जीवन, तर धेरैको ज्यान जोगाउन पाएकोमा भने उनी खुसी छन् । जीवनमा राम्रो काम गर्न नसके पनि धेरैको ज्यान जोगाएको छु, उनले मरेपछि स्वर्ग गइन्छ होला भनेर सन्तुष्टि व्यक्त गरे । सबैका हल्दारसाप यी कमलको साथमा कहिल्यै सिठी र लठ्ठी छुट्दैन । भरतपुर तलब लिन आउँदा पनि सिठी र लठ्ठी लिएरै आउँछन् रे । उनका दुई छोरा र एक छोरी छन् 
    आफूले पढ्न नपाएकोमा ठूलो पीडा छ उनमा । त्यसैले छोराछोरीलाई भने पढाएका छन् कमलले । छोराछोरी बन्दीपुरमा छन् । त्यसैले कमल एक्लै छन् । कहिले कसैले खाना ख्वाउँछ, कहिले कसैले खान नपाए भोकभोकै हिँड्छन् उनी । सडककिनारमा व्यवसाय गरेर बस्नेहरू पनि सबै उनलाई चिन्छन् । तर, कमलको एउटा बानीदेखि चाहिँ उनीहरू अलि बढी दिक्क छन् । त्यो बानी हो उनी अलि बढी पिउँछन् रे । '२४ घन्टा काम गर्छु अनि नपिए त सकिन्न नि हो,' उनले भने, 'तर, पनि हिजोआज अलि कम गरेको छु ।' रक्सी खाए चाँडो मरिन्छ रे भन्ने पनि थाहा छ उनलाई । तर, केलाई बाँच्नु छ र निराश हुँदै उनले भने  ।
    सो सडक खण्डमा कहीँ कतै दुर्घटना भइहाल्यो भने सबैभन्दा पहिला कमललाई थाहा हुन्छ । जहाँ भए पनि घटनास्थल पुग्छन् । उनी प्रहरी, ट्राफिक, सडक कार्यालय सबैभन्दा पहिला खबर गर्नु उनको दायित्व हो रे । तर, खबर कसरी गर्नु न उनीसँग फोन छ न मोबाइल न त सवारी साधन नै । उनले भने, 'चालकलाई रोकेर मोबाइल माग्छु अनि फोन गर्छु, तर सधैँ कति माग्नु उनले पनि मोबाइल बोक्ने इच्छा व्यक्त गर्दै भने, 'एउटा फोन भइदिए काम गर्न सजिलो हुन्थ्यो ।' मानिसको छिटो उद्धार हुन्थ्यो र कम मान्छे मर्थे । आफूसँग सवारी नभएर धेरैपटक अरूको सहारा माग्नु परेको तीतो सम्झना पनि छ उनीसँग । डिभिजन कार्यालयले एउटा साइकल दिए पनि धेरै राहत हुन्थ्यो । उनले भने, 'तर, खै कहिले सुन्ने हो मेरो कुरा ।'
    कटबाँसको लठ्ठीले उनी के गर्छन् त ? 'अटेर गर्ने सवारी साधनका सिसा फोडिदिन्छन् अनि नमानेर सुख,' उनले बहादुरीका साथ भने, 'अनि अर्काको सिसा फोड्दा कुट्दैनन् त ?' भोलिदेखि यो बाटो हिँड्न छैन उनले सहज उत्तर दिए । आफूले हिर्काएको एक लठ्ठीले धेरैलाई राहत मिल्छ अनि ज्यान पनि जोगिन्छ । बुझ्नेले कुरा बुझिहाल्छन् नि उनले भने । यतिका वर्ष सेवा गर्नुभयो के इच्छा छ त उनलाई सोधियो, इच्छा त के हुनु र हजुर यो बाटो राम्रो बनिदिए हुन्थ्यो, मान्छे कम मरिदिए हुन्थ्यो र सबैले ट्राफिक नियम पालना गरिदिए हुन्थ्यो । अनि आफ्ना लागि चाहिँ केही गरिदिए हुन्थ्यो जस्तो लाग्दैन उनले भने, 'छैन हजुर यो मेरो जागिरलाई स्थायी बनाइदिए राम्रो हुन्थ्यो कि ।'

    1 comment:

    1. म एडम्स KEVIN, एक प्रतिनिधि Aiico बीमा plc, हामी भरोसा र दिन बाहिर एक ऋण मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने ई-मेल गरेर हामीलाई सम्पर्क: (adams.credi@gmail.com) अब ठीक जारी आफ्नो ऋण कागजातहरू हस्तांतरण। तपाईं Aiico बीमा plc धेरै स्वागत छ भने तपाईं व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो। तपाईं पनि ई-मेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ: (adams.credi@gmail.com)। हामी पहिलो हप्ता सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं।

      व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै ठीक ऋण स्थानान्तरण प्रक्रिया गर्न।

      ReplyDelete