• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, January 15, 2010

    प्रचण्डले नतरेको रेउखोलो

    – अरुण बराल

    उच्चस्तरीय भूमिसुधार आयोगका पूर्वअध्यक्ष एवं माओवादी नेता हरिबोल गजुरेलले देशभरिका सामन्तले जग्गा–जमिन लुकाइरहेको आरोप लगाउादै आएका छन्। तर, गजुरेलकै पार्टीका अध्यक्ष प्रचण्डले आ136नो निजी सम्पत्ति लुकाएकोबारे सम्भवतः उनी बेखबर होलान्। प्रचण्डनिवास भनी प्रचार हुादै आएको चितवन, भरतपुर, वैदिकनगरको दुईतले घर उनका भाइ बेलायत बस्ने गंगाराम दाहालका नाममा छ भने प्रचण्डकै नाममा रहेको भनिएको भरतपुरकै एक कठ्ठा सात धुर जग्गाको यतिवेला अत्तोपत्तो छैन।  
    प्रचण्डका पिता मुक्तिराम दाहाल बस्दै आएको वैदिकनगरको दुईतले घरबाट यतिवेला मासिक सात हजार भाडा उठ्ने गरेको छ। मुक्तिराम अचेल काठमाडौंमै बस्ने गर्छन्। उनका सरसामान माथिल्लो तलाको एउटा कोठामा थुनेर राखिएको छ भने तल्लो तलाका चार कोठा र माथिका तीनवटाबाट मासिक हजार रुपैयाँका दरले भाडा उठ्ने गरेको छ। सो घरमा हाल रिमाल, केसी, खरेल र जिसी थरका चार परिवार भाडामा बस्दै आएका छन्। घरधनी अर्थात् प्रचण्डका भाइ गंगाराम दाहाल लन्डनतिर बस्दै आएका छन्। पानी–बत्तीबापत भाडावालले मासिक दुई सयसम्म तिर्ने गरेका छन्।  
    भरतपुरमा प्रचण्डको घर खोज्दै जाादा छिमेकीले बेवारिस अवस्थाको कम्पाउन्डभित्र रहेको सो दुईतले घरमा पुर्याेए। घरमा भाडामा बस्नेहरूले पनि प्रचण्डको घर यही हो? भनेर सोध्दा 'अँ' भन्ने जवाफ दिए। तर, उक्त घरको मासिक सात हजार भाडा बुझ्दै आएकी राधा नामक छिमेकीले भनिन्, 'यो घर त प्रचण्डका भाइ गंगारामको हो। प्रचण्डको त क्षेत्रपुरमा टिन लगाएको सानो झुप्रो थियो, त्यो अहिले छैन।' प्रचण्डका पिता बसेका वेला आएका पत्रकारले यो दुईतले घरलाई प्रचण्डको घर भन्ठानेको राधाले बताइन्। प्रचण्डको जग्गा–जमिन कतै छैन त? भनी प्रश्न गर्दा छिमेकी एवं नातेदार राधा भन्छिन्, 'शिवनगरमा जग्गा थियो, ०३९ सालतिरै सबै बेचेर पार्टीलाई बुझाइसक्नुभएको छ।' 
    राधाले ०३९ सालमै प्रचण्डले जग्गा बेचेर पार्टीलाई बुझाएको भने पनि ०६०/६१ सालतिर माओवादी पार्टीले सार्वजनिक गरेको नेताहरूको सम्पत्ति विवरणमा भने प्रचण्डका नाममा चितवनको भरतपुरमा जग्गा देखिएको छ। उक्त विवरणमा भरतपुर चितवनमा श्रीमतीसहितको एक कठ्ठा सात धुर जग्गा रहेको उल्लेख छ। सो जग्गाको मूल्य ३/४ लाख लेखिएको छ। विवरणमा प्रचण्डको घर नभएको उल्लेख छ। त्यस्तै, प्रचण्ड दम्पतीसाग दुई तोला सुन रहेको उल्लेख छ।  
    माओवादीले केन्द्रीय समितिका सबै सदस्यको सम्पत्ति पार्टीकरण गर्ने निर्णय यसअघि नै पटक–पटक गरिसकेको छ। तर, कति नेताले आ136नो अचल सम्पत्ति पार्टीलाई बुझाए या बुझाएका छैनन् भन्ने कुरा बाहिर आएको छैन। प्रचण्डको घडेरी पनि कहिले र कसरी पार्टीलाई बुझाइएको हो भन्ने सार्वजनिक भएको छैन। एकातर्फ उनका आफन्तले ०३९ सालमै प्रचण्डले जग्गा–जमिन पार्टीलाई बुझाइसकेको दाबी गरेका छन् भने अर्कातिर ०६० सम्म प्रचण्ड आफैँले भरतपुरमा घडेरी रहेको स्वीकार गरेको देखिन्छ। यसले गर्दा घडेरी बेदखलमा प्रचण्ड परिवारकै संलग्नतता रहेको अनुमान लगाउन सकिन्छ।  
    हुन त प्रचण्डले आ136नो घडेरी पार्टीकरण गरे/नगरेको छर्लंग नभए पनि उनकै गृहजिल्ला चितवनको दूरवर्ती माडीमा भने १३ परिवारले आ136नो अचल सम्पत्ति पार्टीकरण गरेर कम्युन बनाएका छन्। त्यसरी सम्पत्ति पार्टीकरण गर्नेमा माओवादी नेत्री अञ्जना विसंखेसमेत परेकी छन्। स्थानीय बरुवा भन्ने ठाउामा रहेको आ136नो पााच कठ्ठा खेत अञ्जनाले स्थानीय कम्युन (दिवाकर बालग्राम) लाई दिएकी छन्। सो जग्ग्ााको सम्पूर्ण आम्दानी बालग्रामका दर्जन बढी केटाकेटीको भरण–पोषणमा खर्च हुादै आएको छ। त्यसैगरी, आ136नो पैतृक सम्पत्ति साझा बनाउनेमा सन्देश पौडेल, सुमन बराल, क्षितिज लामिछाने, विनोद का136ले, नेत्र आले, ओबनाथ पाण्डे, प्रभु महतो, दिवस पाण्डे, सम्झना आचार्य, पारसबाबु विक र दमन अर्यालको परिवार रहेका छन्। इच्छा गुरुङ नामकी किशोरी पनि कम्युनमा सामेल भएकी छन्।  
    ०६२ सालमा तीन परिवारबाट सुरु गरिएको कम्युनमा हाल १३ बालबालिका सामूहिक रूपमा रहेका छन्। बढीजसो होलटाइमरका छोराछोरीलाई त्यहाा राखेर पढाउने गरिएको छ। ०७० सालसम्म त्यहाा ५० परिवारको सम्पत्ति साझा बनाउने लक्ष्य राखिएको सञ्चालक समिति सदस्य तथा वाइसिएल नेता नेत्र आलेले जनआस्थालाई बताए। हाल त्यहाा तीनजना महिला कार्यकर्ता शिशु स्याहारमा जुटेका छन्। साथै, यसै वर्षबाट बंगुरपालन, कुखुरापालन र बाख्रापालनसमेत थालिने भएको छ। कम्युनघरमा एउटा सभाहल पनि छ। नजिकैको गोठ भाडामा लिएर एउटा जर्सी गाई पालिएको छ भने कोठेबारीमा तरकारी खेती गरिएको छ। सिन्धुली पुर्ख्यौली घर भई दैलेख वाइसिएलमा कार्यरत आले कम्युनमा छोराछोरी राखेपछि पार्टी काममा ढुक्कले लाग्न पाउने बताउाछन्। 
    कार्यकर्ताले साझा घर र कम्युन पद्धति अपनाए पनि केन्द्रीय नेताकै निजी सम्पत्ति भने कम्युनअन्तर्गत जान सकेको छैन। यसैबीच, गत दसैँमा माओवादी नेता बादल, विप्लव, प्रकाश र हितमान शाक्य (सुमन), गिरिराजमणि पोखरेललगायतका नेता पााच दिनसम्म उक्त कम्युनमा बसेका थिए। प्रचण्डलाई बोलाए पनि उनी भने हालसम्म त्यहाा गएका छैनन्। त्यहाा देशभरिका केही कार्यकर्तालाई बोलाएर सांस्कृतिक प्रशिक्षणसमेत दिइएको थियो। विप्लवले त्यसवेला आफूहरू कार्यकर्ताको यति ठूलो त्यागप्रति बेखबर रहेको भन्दै देशव्यापी रूपमै यसैगरी कम्युन बनाउनेतर्फ नीति बनाउने आश्वासनसमेत दिएका थिए। उनले गत बैठकमा यसबारे प्रस्ताव लैजाने बताए पनि त्यसबारे छलफल भएको कुरा बाहिर आएको छैन।  
    स्रोतका अनुसार चितवनमा दर्जन बढी माओवादी केन्द्रीय नेताको निजी सम्पत्ति रहेको छ। प्रचण्ड, बादल, चित्रबहादुर श्रेष्ठ, नारायण दाहाल, अमिक शेरचनलगायतका अधिकांश नेताको सम्पत्ति पनि त्यसैगरी कम्युनमा राखी त्यसको आम्दानीले होलटाइमरका छोराछोरीको पढाइ र लालन–पालनमा लगाइनुपर्ने माग तल्लोस्तरका कार्यकर्ताले गरेका छन्। पार्टीले माथिबाट 'सर्वहाराकरण' को कुरा गरे पनि चितवनको माडीमा कार्यकर्ताले तलैबाट सर्वहाराकरण थालेर नेतृत्वलाई लोप्पा ख्वाएका छन्।  
    शनिबार पत्रकार सो 'कम्युन'मा पुग्दा दिवाकर बालग्रामका एक दर्जन बालबालिकाले फूलका गुच्छाले स्वागत गरे। बिहानी उठेर पिटीबाट सुरु हुने उनीहरूको दिनचर्या बेलुका १० बजेसम्म एकनास रूपबाट चल्ने गर्छ।  
    संयुक्त जनमोर्चाका तत्कालीन कोषाध्यक्ष स्व. दिवाकर भुषालका नाममा खोलिएको उक्त कम्युन माडीस्थित बगौडा गाविसअन्तर्गत वसन्तपुर बजारछेउमा रहेको छ। कम्युनकै बगलमा माडी बहुमुखी क्याम्पस छ भने युद्धकालमा नरसंहार भएको बाादरमुढे पनि त्यहााबाट नजिकै पर्छ। 
    रेउखोलाको दुःख 
    चितवनको माडीक्षेत्र भन्नाले अयोध्यापुरी, गर्दी, बगौडा र कल्याणपुर गरी चार गाविसलाई बुझिन्छ। चितवन राष्ट्रिय निकुन्जको मध्यवर्ती क्षेत्रका यी गाविसलाई रेवा (रेउ) खोलाले जिल्लासित छुट्ट्याएको छ। वर्षायाममा रेउखोलो उर्लेर आउादा बिरामीले उपचार गर्नसमेत पाउादैनन्। गत साल सर्पले टोकेका एक बालकलाई आफन्तजनले रेउखोलापारि डिलमा ल्याएर बाढी हेर्दाहेर्दै तिनको ज्यान गएको दुखद् संस्मरण सुनाउाछन्, स्थानीय माओवादी कार्यकर्ता टेकनाथ पौडेल। भरतपुरबाट ४० किमि टाढा रहेको माडीमा निकुञ्जबाट तार टााग्न नमिल्ने भएकाले बिजुलीसमेत छैन। रेउखोलामा ती करोड खर्च गरेर लगाएको पुल ठेकेदारको लापरबाहीका कारण भत्किएर अस्थिपञ्जर मात्रै छ। त्यहाा बाादरमुढे घटनाका पीडित र दिवाकर बालग्रामका कार्यकर्ता सबैले प्रचण्ड एकपटक माडीमा आइदिए हुन्थ्यो भन्ने आशा गरेर बसेका छन्। तथापि प्रचण्डले रेउखोलो तरेका छैनन्। यही हिउादमा उनी खोलो तरेनन् भने वर्षामा त्यो सम्भव छैन। 
    – माडीबाट फर्केर 

    No comments:

    Post a Comment