• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, January 15, 2010

    उपचारको नाममा विजय गच्छदारले पनि बाह्र लाख पड्काए


    गिरिजाप्रसाद कोइरालालाई राजनीतिक गुरु मान्नेे उपप्रधानमन्त्री विजयकुमार गच्छदार उपचारका लागि भनी १२ लाख रुपैयाा पेस्की झिकेर आइतबार सिंगापुरतर्फ लागेका छन्। उपचारको बिल–भर्पाई पछि पेस गर्नेगरी उनी सो रकम लिएर त्यता उडेका हुन्। के रोग लागेको हो वा कुन डाक्टरको सिफारिस लिएर उनी त्यता उडेका हुन्, केही स्पष्ट पारिएको छैन। कुन रोग, कति खर्च लाग्ने र कुन अस्पतालमा कस्तो उपचार गर्ने थाहै नभईकन उपचार गर्ने नाममा राज्यको ढुकुटीबाट पैसा असुलेर विदेशतिर बरालिने बानी राजनीतिक नेतामा देखिनु राम्रो लक्षण होइन। यति मात्र होइन, पञ्चायती राजनीतिक पृष्ठभूमि र संस्कार भएका मन्त्री दीपक बोहराको पहलमा सरकारले पञ्चायतीमन्त्री पद्मसुन्दर लावतीलाई पनि उपचारखर्चका नाममा दुई लाख दिने निर्णय गरेको छ।  

    अर्कातर्फ कर्मचारीको उपचारका नाममा ठूलो र देखिने रकम मात्र यस वर्ष ९५ करोडसम्म क्याबिनेट निर्णयबाट निकासा हुने भएको छ। हरेक कार्यालयमा प्रमुखले स्वीकृत गरेर दिइने उपचारखर्च यसमा पर्दैन। नेपालमै उपचारका लागि मेडिकल वार्डको सिफारिसमा एक लाख दिइन्छ। नेपालमा उपचार हुन कठिनखाले रोग लागेमा र विदेश गई उपचार गर्नुपर्ने भएमा मन्त्रिपरिषद्ले नै निर्णय गरी प्रतिव्यक्ति पाँच लाख रुपैयाँसम्म दिइन्छ। अहिले दारु खाने, घरपरिवार र श्रीमतीलाई वास्ता नगर्ने तथा कार्यालयमा पनि काम नगरी हल्लिएर हिाड्ने प्रवृत्तिका कर्मचारीले किड्नीको उपचार र क्यान्सर भएको नाममा पाँच लाख रुपैयाा लिने गरेको पाइएको स्रोतले बताएको छ। मेडिकल बोर्डको सिफारिसमा एक लाख लिने कर्मचारीबाहेक वार्षिक ४० जनाजतिले विदेश उपचारका नाममा पााच लाखका दरले लिने गरेका छन्। यसरी उपचारका नाममा पोहोर ८० करोड खर्च भएकोमा यसपालि ९५ करोड पुगेको छ। यसबाहेक कर्मचारी अवकाश हुादा पियनसरहले २१ महिना, अधिकृतसम्मले १८ महिना, सोभन्दा माथिका पदाधिकारीले १२ महिनाको तलब औषधिखर्चका नाममा एकमुष्ठ पाउाछन्। यसबाहेक सेवामा रहादा बिरामी हुादा पाउने उपचारखर्च बेग्लै हुन्छ।  
    मितव्ययी भएर भन्दा अनावश्यक खर्च गरेर गजक्क पर्ने नेपालीले श्रीलंकालीबाट सिक्नुपर्ने भएको छ। श्रीलंकाली राष्ट्रपति नेपाल आउादा उनको दुई दिनको जम्मा खर्च ४६ लाख भएको थियो। त्यतिवेला उनले दुई रात नेपाल बसी लुम्बिनी भ्रमण पनि भ्याएका थिए। यता, भारत भ्रमणमा जान लागेका हाम्रा राष्ट्रपतिको भ्रमणमा करिब एक करोड लाग्ने देखिएको छ। उनको भ्रमणमा २५ जनालाई लैजाने तयारी भएको बुझिएको छ। ---जनआस्था

    No comments:

    Post a Comment