• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Friday, January 15, 2010

    एमाले पार्टीमा क्या किचलो!


    काठमाडौं। नेतापिच्छे फरक–फरक नीति हुादा पार्टी संगठन कति प्रभावित हुन्छ भन्ने कुरा एमाले नेताहरूले बल्ल बुझ्न थालेका छन्। आपसी विवादका कारण एकथरी नेताले एउटा भेला स्थगन र अर्कोथरीले अर्कै भेला उद्घाटन गरिदिनाले बल्खुमा सम्पन्न पोलिटब्युरो बैठकमा चर्काचर्की भएको छ। 

    जस्तो कि, एमालेको नारायणी अञ्चल इन्चार्ज काशिनाथ अधिकारी र सहइन्चार्ज नागेन्द्र चौधरी हुन्। त्यही अञ्चलको पर्सामा पार्टीका समानान्तर जिल्ला कमिटी छन्। पोलिटब्युरो सदस्य रहेकी उर्मिला अर्याल पर्सावासी हुन्, तर पार्टीले उनलाई सो जिल्ला वा अञ्चलको कुनै जिम्मेवारी दिएको छैन। विवादका बीच पर्सामा आयोजित जिल्ला भेला हालका लागि स्थगित गर्ने भनी अञ्चल इन्चार्ज र सहइन्चार्ज सहमत भए। तर, तिनले एकथरीको भेला स्थगित गराए पनि उर्मिला भने अर्कैथरी भेलाको उद्घाटन गर्न पुगिन्। भेलाको उद्घाटन मात्र भएन, अर्कोथरी नेताविरुद्ध खेद प्रस्ताव पनि त्यहााबाट पारित भयो। र, यही नै विषय हालै सम्पन्न पोलिटब्युरो बैठकको एजेन्डा बन्यो।  
    पर्साको मात्र होइन, प्ररायुसंघ (हालः युवा संघ नेपाल) को लाहानमा सम्पन्न राष्ट्रिय सम्मेलनको विषयलाई लिएर एमाले नेता केपी शर्मा ओलीले पोलिटब्युरो बैठकमा चर्कोसाग कुरा उठाए। उक्त सम्मेलनमा अर्का पोलिटब्युरो सदस्य रामचन्द्र झाले नाराबाजी गराएको र पत्रकार सम्मेलन गरी ओलीलाई तथानाम गाली गरेको विषयमा ओलीले आपत्ति जनाएका थिए। झाले आयोजना गरेको पत्रकार सम्मेलनमा आफूलाई भारतीय एजेन्ट भनिएको आरोप ओलीको थियो। त्यस्तै, रघुवीर महासेठ र योगनारायण यादवको नामै किटेर गृह मन्त्रालयसाग मिली अपराधीलाई संरक्षण गरेको आरोप पनि झाले लगाएका थिए। बैठकमा ओलीले भने, 'एउटै कमिटीमा बसेर अर्को कमरेडको विरुद्ध सत्तोसराप गरेपछि कमिटीमा कसरी सागै बस्न सकिन्छ? कि त उहाालाई कारबाही हुनुपर्यो्, कि मलाई कारबाही हुनुपर्यो ।' ओलीले यस्तो कुरा राखेको वेला प्रतिवाद गरे पनि भोलिपल्ट झाले भने, 'मेरो आशय त्यस्तो होइन, यदि त्यस्तो लागेको भए आत्मालोचना गर्छु।' 
    पोलिटब्युरो बैठकमा केही ठाउँमा बनेका समानान्तर समितिबारे पनि ओलीपक्षले चर्कोसाग कुरा उठायो। हाल उपत्यका इन्चार्ज रहेका केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठको सट्टा कुनै पोलिटब्युरो सदस्यलाई तोकिनुपर्ने उनीहरूको माग रहादै आएको छ। तर, संस्थापनपक्षको भनाइ छ, 'उपत्यकामा नेवारबाहेक अरूलाई बनाउने कुरा भएन। रवीन्द्र श्रेष्ठ सहइन्चार्ज हुनुहुन्थ्यो, अहिले उहाा मन्त्री हुनुभा'छ। अष्टलक्ष्मीलाई अनुरोध गरिएको थियो, उहााले मान्नुभएन।' त्यस्तै कोसीका इन्चार्ज राजेन्द्र गौतमप्रति पनि ओली पक्षले विमति जनाएको छ। धौलागिरिमा त्यहीाकी थममाया थापा (म्याग्दी) हुादाहुादै मुस्ताङकी श्रीमाया थकालीलाई इन्चार्ज बनाएकोप्रति पनि ओली पक्षले आपत्ति जनाएको छ। त्यस्तै, प्रचार विभागको प्रमुखमा प्रदीप नेपाललाई ल्याउने ओली पक्षको योजना छ भने प्रदीप ज्ञवाली पार्टी स्कुल विभागको प्रमुख हुनुपर्नेमा अध्यक्ष झलनाथ खनाल आफैँ त्यसको इन्चार्ज भएकोप्रति पनि ओली पक्ष असन्तुष्ट छ। संगठन विभाग प्रमुखमा उपाध्यक्ष अशोक राईको सट्टा सचिव विष्णु पौडेल र मोर्चा हेर्ने जिम्मा शंकर पोखरेललाई दिइनुपर्ने ओली समूहको माग छ। ओलीनिकटस्थ पोलिट्ब्युरो सदस्यहरूको भनाइ छ, 'कार्यकारी हैसियतका नेताहरूले विभाग र मोर्चाको जिम्मेवारी लिादा कार्यसम्पादनमा समस्या आउने र त्यसले पार्टीपंक्तिलाई नकारात्मक असर पर्छ।' बैठकमा अध्यक्ष खनालले स्कुल विभाग आफूमा परेकोप्रति लक्षित गर्दै 'काम भ्याइएको छैन, मिलाउनुपर्नेछ' भनेका थिए। उनले सबैको सहयोगका लागि बैठकमा आग्रह गरेको बताइन्छ।  
    बैठकले काठमाडौं, महोत्तरी, धनुषा, पर्सा र बारा जिल्लामा उत्पन्न विवाद (समानान्तर जिल्ला कमिटी) लाई १५ दिनभित्र सुल्झाउने निर्णय पनि गरेको छ। पोलिटब्युरो सदस्यहरूले पार्टीभित्र आन्तरिक लोकतान्त्रीकरणको कुरा उठाएका थिए। 'सिद्धान्त परिवर्तन भयो, तर व्यवहार अझै लोकतान्त्रिक हुन सकेन,' उनीहरूको भनाइ थियो, 'जिल्ला–जिल्लाको अध्यक्षमा एक लाइनका मान्छे चुनिएका छन्, टिम अर्कैतिरको बनेको छ, जसले गर्दा काम हुन सकेन।--जनआस्था

    No comments:

    Post a Comment