Friday, January 15, 2010

किन गरे बाबुरामले आत्मसमर्पण

उज्ज्वल पहाडी
काठमाडौं । पार्टीपङ्क्तिभित्रैबाट निरन्तर भारतपरस्तको आरोप खेप्दै आएका माओवादीका उपाध्यक्ष डा। बाबुराम भट्टराईमाथि पछिल्लोपटक पार्टी अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले नै भारतको एजेन्टको पगरी गुथाए । त्यो पनि भावावेशमा आएपछि जथाभावी बोल्ने उनको प्रवृत्तिको निरन्तरताका रुपमा होइन बन्द कोठाभित्रको कार्यकर्ता प्रशिक्षणमा नै । तर आश्चर्य के छ भने आफैंमाथि गम्भीर प्रकृतिका आरोप लाग्दा पनि बाबुरामले प्रचण्डसामु आत्मसमर्पण गरेका छन्
प्रचण्डले बाबुराममाथि एकैपटक राजनीतिक रुपले चरम किसिमका दुईवटा गम्भीर आरोप लगाए । पहिलो उनलाई भारतले पटकपटक प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै घुमाउरो ढङ्गले भारतपरस्तको आरोप थियो । यो आरोपका बारेमा थुप्रै टीकाटिप्पणी पनि भइसकेका छन् । तर त्यसकै समानान्तरको रुपमा लगाइएको अर्को अझ घुमाउरो आरोपबारे त्यति धेरै चर्चा भएको पाइँदैन । बाबुरामलाई भारतपरस्त नेताको आरोप लगाउने क्रमको दोस्रो शृङ्खलामा प्रचण्डले आफूमाथि भारतबाट सुरक्षा ुथे्रटु भएको बताए । बाबुरामलाई भारतीय एजेन्ट भन्नु र त्यही शृङ्खलामा भारतबाट सुरक्षा ुथे्रटु छ भन्नुको अर्थ बाबुरामबाटै आफू सबैभन्दा बढी असुरक्षित रहेको प्रचण्ड अभिव्यक्तिको मुख्य आशय थियो ।
प्रचण्डले आफूमाथि घुमाउरो पाराले भारतीय दलाल र सुरक्षा ुथे्रटुको गम्भीर आरोप लगाएको कुरा बाबुरामजस्तो बौद्धिक नेताले बुझेका छैनन् होला भन्न सकिन्न । प्रचण्ड अभिव्यक्तिको मुख्य तारो आफैंतिर सोझिएको कुरामा बाबुराम जानकार छन् । तर आश्चर्य के छ भने विगत झन्डै एक महिनादेखि बोलाचालसमेत बन्दको अवस्थामा रहेका यी दुई नेताबीच प्रचण्डले ती आरोप लगाएको एक हप्ता नबित्दै बोलचाल सुरु भएको छ । पार्टीकै एउटा भ्रातृसङ्गठनको खुला कार्यक्रममा यी दुवै नेताले एउटै माचबाट आफूहरुबीचको दूरी कम गर्ने प्रयास गरे । कतिसम्म भने स्वयम् बाबुरामले प्रचण्डको बोलीमा लोली मिलाउँदै ुआफूहरुलाई विभाजन गर्ने बाह्य कसरतुको टिप्पणी गरे । बाबुरामले प्रचण्डसामु गरेको यो आत्मसमर्पणले पार्टीपङ्क्तिसमेत आश्चर्यचकित भएको बताइन्छ । यतिबेला पार्टीभित्र बाबुरामको आत्मसमर्पणलाई विभिन्न कोणबाट विश्लेषण गर्न सुरु गरिएको माओवादी स्रोत बताउँछ । एकथरिले उनको आत्मसमर्पणलाई प्रचण्डको अभिव्यक्ति सही भएको निष्कर्ष निकालेका छन् । जनयुद्धकालको उत्तराद्र्धमा भारतसँग मिलेर हेडक्वार्टर कब्जा गर्न लागेको आरोपसहित श्रम शिविरमा राखिएका बाबुरामलाई भारतमा गरेको अध्ययनको सम्बन्धसँग गाँसेर यस्तो आरोप लगाउने गरिएको उनका निकटस्थहरुको टिप्पणी छ । यद्यपि भारतसँग कुटनीतिक सम्बन्धमा बाबुरामको पकडलाई पनि माओवादीभित्र स्वीकार्ने गरिन्छ । तर बाबुरामको आत्मसमर्पणका पछाडि प्रचण्ड अभिव्यक्तिको सत्यताभन्दा अरु नै कारण प्रबल रहेको बताइन्छ ।
अहिले माओवादी पोलिटब्युरोमा बाबुराम पक्षधर आठजना मात्र छन् । जबकि मोहन वैद्य ुकिरणु पक्षधर २० र प्रचण्डका निकटस्थ १६ जना छन् । यति कमजोर साङ्गठनिक अवस्थामा रहेर प्रचण्डसँग पौंठेजोरी खेल्नुको अर्थ आफ्नो राजनीतिक भविष्य नै समाप्त पार्नु हो भन्ने मनोविज्ञानका कारण बाबुरामले आत्मसमर्पण गरेको अर्थ लगाइन्छ । विगतमा माओवादी हेडक्वार्टरको नजिक रहेर काम गरेका एक पूर्वमाओवादी नेताले भने ुबाबुरामको मुख्य कमजोरी भनेकै साङ्गठनिक दुर्बलता हो । विचारलाई प्रधान मान्ने र सङ्गठनलाई गौण ठान्ने आदर्शको कारणले उनी पटकपटक बेइज्जती सहेर भए पनि बस्न बाध्य छन् ।ु माओवादीको १५ वर्षको राजनीतिक जीवनमा पार्टीभित्र कसैको बेइज्जती र आलोचना भएको छ भने त्यो बाबुरामकै बद्ख्वाइँमा भएको दाबीसमेत उनले गरे । तर जतिपटक यस्ता गम्भीर प्रकृतिका आरोप उनीमाथि लागेका छन् त्यतिपटक उनले प्रतिवाद गर्ने आँट गर्नुको सट्टा आत्मसमर्पण नै गरेका छन् । ०६१ सालमा श्रमशिविरको कारबाही भोगेर निस्कँदा पनि चुनवाङ बैठकपछि आफू श्रमशिविरमा बस्दा गौरवान्वित भएको उल्लेख गर्दै प्रचण्डमा विलीन भएको निरीहता प्रकट गरेका थिए । यसको कारण भनेको उनी आफूमाथि जतिसुकै प्रहार भए पनि प्रचण्डलाई चिढ्याएर राजनीतिक भविष्य दाउमा राख्न चाहँदैनन् भन्ने नै हो ।
बाबुरामको यस्तो साङ्गठनिक दुर्बलताको फाइदा प्रचण्डले अबका दिनमा अझ मज्जासँग उठाउने विश्लेषण माओवादीभित्र हुने गरेको बुझिएको छ । बेलाबेलामा प्रचण्डले बाबुराममाथि प्रहार गर्ने र बाबुरामले प्रचण्डसामु आत्मसमर्पण गरिरहने शृङ्खलाले बाबुराम झन् कमजोर हुने बताइन्छ । यसै त कमजोर साङ्गठनिक अवस्था रहेका बाबुरामलाई अरु कमजोर बनाउने अस्त्रका रुपमा प्रचण्डले त्यस्तो प्रहार गर्ने गरेको माओवादीका जानकारहरु बताउँछन्
प्रचण्डको चाप्लुसी
जानकारहरुका अनुसार प्रचण्ड पार्टीभित्र सङ्गठन र विचार दुवै कुरामा कमजोर छन् । पार्टी जीवनका लागि अत्यावश्यक प्रमुख यी दुवै पक्षमा दुर्बल हुँदाहुँदै पनि सधैं नेतृत्वमा नै रहनुको पछाडिको एउटै कारण भनेको उनको चाकडी र चाप्लुसीको चातुर्य नै हो । यसर्थ पनि उनी विचारमा पकड भएका बाबुराम र सङ्गठनमा पकड भएका किरण दुवैलाई टाढा राखेर नेतृत्वमा टिक्ने हैसियत राख्दैनन् । उता बाबुराम र किरण दुवैलाई प्रचण्डसँग नटाँसिए राजनीतिक भविष्य सुरक्षित हुँदैन भन्ने मनोविज्ञान छ । त्यसैले यी दुईलाई जुधाएर आफू सर्वोच्च भइरहने धुत्र्याइँ प्रचण्डले गरिरहेको बताइन्छ । ुफुटाऊ र राज गरु भन्ने सूत्र प्रचण्डले जनयुद्धकालदेखि प्रयोग गर्दै आएको माओवादीका निकटस्थहरु बताउँछन् ।
युद्धकालमा पार्टीलाई ुप्रचण्डपथीयु दिशामा हिडाउँदा प्रचण्डले दुस्मनलाई ुढाडमा टेकेर टाउकोमा हान्नेु सूत्र प्रयोग गरेका थिए अहिले त्यही सूत्र पार्टीभित्रै प्रयोग गरेका छन् । उनले बाबुरामको विचार र किरणको साङ्गठनिक आडमा मौका हेरेर दुवै नेतालाई आलोपालो ढाडमा टेकेर टाउकोमा हानिरहेको बताइन्छ । यसको अर्थ प्रचण्डले परिस्थिति हेरेर कहिले बाबुरामलाई त कहिले किरणलाई ुदुस्मनु किटान गर्न बाँकी राखेका छैनन् । दाउपेच र चाप्लुसीको खेलमा प्रचण्ड कतिसम्म परिपक्व छन् भने उनका अगाडि जोकोही पनि नतमस्तक बन्ने गरेको बताइन्छ । जस्तोसुकै गम्भीर अभियोग लगाए पनि आरोपितलाई पाँच मिनेटमै आफ््नो पक्षमा पार्ने हैसियत प्रचण्डले राख्ने जानकारहरु बताउँछन् । यी सबै परिदृश्यले माओवादी विचारले भन्दा पनि चाप्लुसीले चलेको पार्टी हो भन्ने पुष्टि हुन्छ । ुविचारले चल्न त पार्टीभित्र वैचारिक सङ्घर्ष हुनुपर्छु एक माओवादी नेता भन्छन् ुत्यहाँ वैचारिक रुपमा कुनै सङ्घर्ष नै छैन । पार्टी महाधिवेशनलाई यो वा त्यो बाहनामा पछाडि सार्दै लैजानुको अर्थ वैचारिक मन्थनले प्रवेश नपाओस् भन्नका लागि नै हो ।
प्रचण्डको गिर्दो छिव<
चाकडी र चाप्लुसीकै भरमा मात्र प्रचण्डले राजनीतिमा बनाएको छवि आफैंले बिगार्दै गएको अनुभूति माओवादीवृत्तमा नै गर्न थालिएको छ । एउटा कुरा बोल्ने र केही क्षणमा आफ्नो कुरा आफैंले खण्डन गर्ने प्रचण्डको ढुलमुले प्रवृत्तिप्रति पार्टीपङ्क्ति रुष्ट बनेको बताइन्छ । बानेश्वरको सभामा भारतीय ुप्रभुसँग वार्ता गर्ने उद्घोष गरेका प्रचण्डले पार्टीपङ्क्तिकै तीव्र आलोचनापछि त्यो अभिव्यक्ति साचारमाध्यमले बङ्ग्याएको आरोप लगाउँदै खण्डन गरे । आफू चोखिन सधैं साचारमाध्यममाथि दोष थोपर्ने सूत्र घोकेका प्रचण्डले बाबुराममाथिको आरोपको दोष पनि साचारमाध्यममाथि नै लगाए । त्यसको चार दिनपछि उनले भारतबाट सुरक्षा ुथे्रटु भएको अभिव्यक्ति दिए । तर त्यो अभिव्यक्तिको पनि १२ घण्टा नबित्दै साचारमाध्यमतिर दोष सारेर आफ्नो भनाइको खण्डन गरे । प्रचण्डको यस्तो प्रवृत्तिबाट उनमा कुनै वैचारिक र राजनीतिक धरातल नभएको आभास कार्यकर्तापङ्क्तिले नै गर्न थालेका छन् । हुँदाहुँदा पछिल्लो अभिव्यक्तिमा त उनले आफूले आफैंलाई जननेता मदन भण्डारीको तहको नेताका रुपमा उभ्याउने स्वमूल्याङ्कन गर्ने हर्कत पनि देखाए । प्रचण्डलाई थाहा हुनुपर्ने हो मदन भण्डारीले खुलामाचबाट तत्कालीन राजा वीरेन्द्रलाई श्रीपेच फुकालेर चुनावी मैदानमा आउन चुनौती दिँदा भोलिपल्टै ुमैले त्यसो भनेको होइनु भनेर खण्डन गरेका थिएनन् । ुसुरक्षा थे्रटुको नाममा मदन भण्डारीसँग आफ्नो नाम जोड्दैमा जननेता भण्डारीकै तहको कद बन्छ भन्ने सोच्नु प्रचण्डको अर्को राजनीतिक धुत्र्याइँबाहेक केही हुनसक्दैन ।--बुधबार

1 comment: