• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, January 19, 2010

    नाबालकलाई भूत' ले लग्यो

    - माधुरी न्यौपाने
    मुगु, पुस २२- 'भूत' ले लैजाने डरले हराएका नौ महिने बालकको खोजीमा कोही पनि लागेको छैन। ६ दिनअघि २२ वर्षीया आमासँगै हराएका ती नाबालकको अझै कुनै पत्तो नलागे पनि उनलाई भूतले लगेको भन्दै आफन्तसमेत डराएर खोज्नतर्फ लागेका छैनन्।माइती घर थार्पबाट घर रुगा गाउँ फर्कने क्रममा बीच बाटो बडखाडाबाट पुस १६ गते आमा हरिनी र नाबालक छोरा एकाएक बेपत्ता भएपछि उनीहरुलाई भूतले अपहरण गरेको सबै बताउँछन्।
    स्थानीयले 'भूत' ले लगेको हुनसक्ने शङ्कामा बेपत्तास्थलमा कुखुरो काटेर बली दिएपछि नजिकैको जङ्गलबाट मलाई बचाउ भन्दै चिच्याउँदै हरिनी एक्कासि सम्पर्कमा आएकी श्रीमान् बार्च खड्काले जानकारी दिए। तर उनीसँगै बेपत्ता छोरोको भने कुनै पत्तो छैन।
    एकाएक बेपत्ता भएकी हरिनीले आफूलाई 'भूत'ले लगेको बताएपछि सो क्षेत्रका सर्वसाधारणमा अहिले एक किसिमको 'भूत' आतङ्क छाएको छ। 

    No comments:

    Post a Comment