• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, January 5, 2010

    'पार्टीको पैसा लगेर ज्वााइहरूलाई नटवरलाल बनाउने?'

    माओवादी पत्रकार कमरेडहरू पेरिसडाँडामा पड्किदाको क्षण
    काठमाडौं। नेकपा माओवादीसम्बद्ध पत्रकारहरूले पार्टी अध्यक्ष र आफ्ना इन्चार्जसामु एकापसमै आरोप–प्रत्यारोप गरेका छन्। ११ गते शनिबार, बिहान साढे आठ बजे माओवादी मुख्यालय पेरिसडााडामा प्रचार–प्रसार कमिटीले आयोजना गरेको उक्त भेलामा ४० सञ्चारकर्मी भेला भएका थिए। माओवादीले डेढ वर्षपछि मात्रै त्यसरी पत्रकारहरूको भेला डाकेको हो।
    प्रचार–प्रसार कमिटीले आयोजना गरेको भेलामा प्रचण्ड प्रधानमन्त्री छादाका प्रेस सल्लाहकार ओम शर्माले आ136नै इन्चार्जको व्यापक आलोचना गरे। आक्रोशपूर्वक उनले भने, 'यो कमिटीको प्राण, सास केही पनि छैन। यसले कुनै भूमिका निभाउन सकेन। यो कमिटी पार्टीको सबभन्दा कमजोर मोर्चा भएको छ। यसलाई आजै, अहिल्यै विघटन गरिदिए हुन्छ।' यसो भनिरहादा पार्टी अध्यक्ष प्रचण्ड मुसुमुसु हाासिरहेका थिए। नेताहरू हाासिरहे पनि ओम जोशका साथ कराउादै गए, 'मैले पार्टीमा निवेदन हालेर कुनै जिम्मेवारी पाएको हैन, ०४३ सालमा म राज्यसत्ता उल्ट्याउन भनेर हिाड्दा जेल परेको थिएा, त्यतिवेला इन्चार्ज कामरेड बाग्लुङमा स्कुल पढाउादै हुनुहुन्थ्यो।' आ136नै आलोचना हुन थालेपछि गालामा हात लगाएर सुनिरहेका दीनानाथको पीरको पर्वाह ओमलाई भएन, र झन् थप्न थाले, 'यी इन्चार्जका कारण हाम्रा सब पत्रकारको बिचल्ली छ, कसले खाए, खाएनन्, बााचे–मरे केही वास्ता छैन। उहाा गुटका दुई/चारजनाको नेता बन्ने कि आम सञ्चारकर्मीको अगुवा बन्ने?' ओमले नेतालाई मात्र आठ्याएनन्, जनयुद्धको प्रारम्भिक कालमै बेपत्ता बनाइएका सहकर्मी दण्डपाणी न्यौपानेको भनाइ उद्धृत गर्दै पत्रकारप्रति नेताहरूले बनाउने दृष्टिकोणको खुलासा पनि गरे। 'यो पेसा नेताको प्रशंसा लेखे राम्रो मानिने, नलेखे लल्कारिने दुःखी पेसा हो। आज यही कुरा प्रमाणित भएको छ,' ओम कराउादै गए। उनले दीनानाथको लगानी रहेको एबिसी टेलिभिजनलाई पनि बााकी राखेनन्। उनले भने, 'पार्टीको पैसा लगेर गाडी चढ्ने, घर बनाउने, आफू रजाइा गर्ने, नातापाताले मोज गर्ने, अनि यसको पीडाचाहिा हामीले झेल्नुपर्ने? जवाफदेहिता हामीले बोक्नुपर्ने?' ज्वाइा शुभशंकर काडेलमार्फत दीनानाथले पार्टीको पैसा एबिसीमा लगानी गरेकोतिर इंगित गर्दै ओमले भने, 'पार्टीको पैसा लगेर ज्वााइहरूलाई नटवरलाल बनाउने?'
    ओम चर्किएपछि खिलबहादुर भण्डारी उठेर बोल्न थाले, 'मकवानपुरको हााडीखोलाबाट अध्यक्षले मलाई र मनऋषि धिताललाई ०६२/६३ को जनान्दोलनपछि उपत्यकाको प्रचार–प्रसारको जिम्मा दिएर पठाउनुभएको हो।' गुनासो पोख्दै खिलबहादुरले भन्दै गए, 'त्यसवेला जनादेश र संलेषणको जिल्लास्तरीय कमिटी बन्यो, कोमल बराल इन्चार्ज र म सेक्रेटरी थिएा। एक वर्षपछि १३ जनाको केन्द्रीय प्रचार टिम बन्यो, तर म एकाएक सडकमा मिल्काइएा। आफू कमिटीमा नपरेकोबारे इन्चार्जलाई सोध्दा तपाईंको नाम कसैले लिएनन्, त्यसैले तपाईं पर्नुभएन भन्नुभयो। आज मैले आफूलाई यसरी चिनाउनुपरेको छ।' उनले भने, 'यो पार्टीमा ०५० सालमा सदस्यता लिएदेखि सबैले मलाई चिन्छन्, तर इन्चार्जले चिनेनन्।' उनले झोलाबाट आफ्नो सम्पादनमा निस्कने समावेशी मासिक पत्रिका निकालेर भन्न थाले, 'राजधानीबाट निस्कने कुनै पनि वाम पत्रिकाभन्दा यो कमजोर छैन, पार्टी लगानी परेको अखबारको पनि कुरा नगरौँ, आ136नै श्रम, सीप र विज्ञापनको खोजीले निकालेको पत्रिका हो यो।' उनले यसो भनिरहादा अध्यक्ष प्रचण्ड फेरि मुसुमुसु हाास्न थाले। अनि फेरि खिलबहादुरले इन्चार्जलाई प्रहार गरे, 'अध्यक्षलाई दुई वर्षपछि रोल्पामा भेट्दा पनि उहााले चिन्नुभयो, तर इन्चार्जले मलाई आजसम्म चिन्नुभएन।'
    जनदिशाका सम्पादक चन्द्रमान श्रेष्ठ अब पत्रिका हेडक्वार्टरले जिम्मा लिनुपर्ने बताउादै थिए। 'यो ढंगले जनदिशा निस्कन्न, आज जनदिशाको हालत यस्तो छ कि, निकाले पनि नहुने, ननिकाले पनि नहुने,' चन्द्रमानले भने।
    कार्यक्रमका सहभागीले दीनानाथका जेठा छोरा तथा एबिसी टेलिभिजनका पत्रकार राजन पौडेललाई कुनै जिल्लास्तरीय कमिटीमा नबसी एकैचोटि राज्यसमितिको सदस्य बनाइएको र उक्त कार्यक्रममा पनि पहिलो वक्ताका रूपमा बोल्न दिइएकोमा पछि गुनासो पोखेका थिए। राजनले एबिसी टेलिभिजनमा जति सोचिएको हो, त्यति काम गर्न नसकेको बताए।
    जनादेशका प्रधानसम्पादक कोमल बरालले व्यंग्यात्मक शैलीमा भने, 'जनादेश चलाउन पैसा छैन, तर पैसा छैन भनौं भने मेरै टिमका साथीहरू विदेशतिर घुमेको घुम्यै छन्।' कार्यक्रममा पार्टी उपाध्यक्ष मोहन वैद्य, अमिक शेरचनसहित पत्रकारहरू हरिगोविन्द लुइाटेल, मनऋषि धिताल, दामोदर तिमल्सिना, सचिन रोका, विष्णु सापकोटा, संगीता खड्का, चेतन कुावरहरू पनि थिए। संगीता खड्का र प्रभात चलाउनेले सबैलाई बोल्न दिनुपर्छ भनेका थिए, तर उनीहरूले नै बोल्न पाएनन्। तीन घन्टासम्म चलेको उक्त कार्यक्रममा पत्रकारहरूलाई चिनी नहालेको चिया खुवाइएको थियो। अध्यक्ष प्रचण्ड भने वीरगन्ज जाने कार्यक्रममा पुग्न हतार भो भन्दै हिाडे।

    No comments:

    Post a Comment