• गृहपृष्ठ
  • अर्थ र पर्यटन
  • आफ्नै लेख
  • प्रवास
  • विचार
  • व्यक्तित्व
  • समाचार

    Tuesday, January 5, 2010

    प्रचण्डलाई पनि मदन भण्डारी जसरी हत्या गरिने रे

    काठमाडौं। तीन कारणले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको हत्या भएको दाबी गर्दै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पनि मदन भण्डारीजसरी नै हत्या गर्ने योजना बन्दै गरेको दाबी प्रधानमन्त्री माधव नेपालसाग गरेका छन्। तेस्रो चरणको आन्दोलन समाप्तीका दिन बानेश्वरको सभामा भारतविरुद्ध चर्काे आक्रोश पोखेको केही घन्टामै प्रमसाग भएको गोप्यवार्तामा प्रचण्डले आफूलाई पनि मदन भण्डारी बनाइनसक्ने सम्भावना व्यक्त गरेका हुन्। प्रचण्डका लागि सरकारले भारी सुरक्षा व्यवस्था गर्नुको कारण पनि सो अभिव्यक्तिसागै खुलेको छ।
    'अमेरिकाले मदन भण्डारीलाई भ्रमणका लागि बोलाएको थियो, तर उहाा जानुभएन, भारत भ्रमणमा गएका वेला भारतीय विस्तारवादको विरोध गर्दै उहााले 'ये नहीा चलेगा' भन्नुभयो, राजनीतिमा हात हाल्ने भए श्रीपेच फुकालेर मैदानमा आउन राजालाई समेत चुनौती दिनुभयो' प्रचण्डले प्रधानमन्त्री नेपालसाग भने– 'यही कारणले उहाालाई मारिदिए, मलाई पनि त्यस्तै गरिन सक्छ, तर पनि म झुक्दिनँ।'
    सरकारमा रहेका राजनीतिक दलहरूलाई भारतका नोकर भन्दै देउवासँग होइन ज्ञानेन्द्रसँग वार्ता गर्छु भनेकै शैलीमा अब उनीहरूको मालिक भारतसाग मात्र कुराकानी गर्ने बताएकै दिन प्रचण्ड प्रधानमन्त्री नेपालसाग धुम्बाराहीस्थित एमाले समर्थक एक बुद्धिजीवीको घरमा भेटवार्ताका लागि पुगेका थिए। त्यसदिनको वार्ताको कार्यक्रम अघि नै तय भएको थियो। तर, नोकरहरूसाग वार्ता नगर्ने बरु मालिकका रूपमा रहेको भारतसाग मात्रै वार्ता गर्ने घोषणा गरेका प्रचण्डले प्रधानमन्त्री नेपालसागको तय भइसकेको कार्यक्रम अन्तिम घडीमा आएर स्थगित गर्न खोजे। भेटवार्तामा सरिक हुनुभन्दा आधा घन्टाअघि प्रचण्डले प्रधानमन्त्री नेपाललाई फोन गरी 'हेर्नाेस्न, समस्या पर्योु, भ्याउन सकिन, आउन नसक्ने भएा' भन्दै भेटवार्ता तेस्रोचोटि पनि टार्न खोजेका थिए।
    स्रोतका अनुसार केही दिनअघि नै तय भएको कार्यक्रमलाई प्रचण्डले 'समस्या पर्यो ' भन्दै छल्न खोजेपछि प्रधानमन्त्री नेपालले 'जहिले पनि तपार्इं यसै गर्नुहुन्छ, मेरो कुनै काम छैन?' भन्दै आक्रोश पोखेको र तब बल्ल प्रचण्ड नेपालसाग भेटवार्ताका लागि धुम्बाराही पुगेको बताइन्छ। सत्तारुढ दलहरूलाई भारतको नोकर भन्ने त्यसदिनको प्रचण्डको गालीगलौजले राजनीतिमा निकै ठूलो तरंग ल्याइसकेको थियो। प्रधानमन्त्री नेपालले यसैप्रति संकेत गर्दै किन जथाभावी बोल्दै हिाड्नुहुन्छ? भनी आलोचना गरेपछि मदन भण्डारीको हत्या किन भयो भन्ने विश्लेषणसहित प्रचण्डले आ136नो पनि हत्या हुन सक्ने बताएका थिए।
    'दसैँअघि बेलायत र तिहारपछि सिंगापुर जाादा दुवै स्थानमा भारतीय दूतहरूसाग मेरो कुराकानी भयो' प्रचण्डको भनाइ थियो– 'त्यसबाट हामीविरुद्ध कतिसम्म षड्यन्त्र भएको रहेछ भन्ने कुरा थाहा पाएा, त्यही कुरा सम्झेर मैले आज बानेश्वरको सभामा उपर्युक्त कुरा बोलेको हुा।' प्रधानमन्त्री नेपालले भने १२ बुादे सम्झौतामा एमालेको कुनै भूमिका थिएन? तपाईंका नेताहरू किन बेतुकका कुरा गरी हिँड्दै छन्? भनी आक्रोश पोखेका थिए।
    प्रधानमन्त्री नेपाल र माओवादी अध्यक्ष प्रचण्डबीच माओवादी र एमालेबीचको सम्बन्ध कहाानिरबाट बिग्रियो भन्ने विषयमा पनि छलफल भएको थियो। एमालेले गृह मन्त्रालयको दाबी गरेकाले पनि राष्ट्रपति निर्वाचनमा मिलेर जाने स्थिति बन्न नसकेको प्रचण्डले बताएका थिए। माओवादी स्थायी समितिका एक पदाधिकारीका अनुसार विगतमा जे–जस्तो स्थिति सिर्जना भए पनि विदेशी (खासगरी भारतीय) हस्तक्षेपविरुद्ध अब सबै राजनीतिक पार्टी मिलेर जानुपर्नेमा प्रचण्डले जोड दिएका थिए।
    स्रोतका अनुसार रात पर्दै गएपछि प्रचण्ड एकाएक भावुकता बढ्न थाल्यो। छलफलमा सहभागी मोहन वैद्यले चाहिँ दारुपानी नखाने भएकाले उनलाई लाग्ने कुरै भएन। गफकै सिलसिलामा प्रचण्डले प्रमलाई 'नेपालमा मलाई सबैभन्दा मन पर्ने मान्छे तपार्इं हो' भने। प्रचण्डले माधवजी, तपाईंले मलाई सहयोग गरिदिनोस् र राजीनामा दिनोस् भनेपछि माधव नेपालले मैले छाडे पनि तपाईं प्रम बन्नुहुन्न भन्ने प्रतिक्रिया दिए। होइन म किन हुन्न, हुन्छु भन्दै प्रचण्डले झगडा नै गरौँलाजस्तो गर्न थालेपछि वैद्यले 'दारु खाएका वेलामा राजनीतिक कुरा नगरौँ' भनी क्रस गर्नुपरेको थियो। 
    बानेश्वर सभामा मात्र होइन, प्रधानमन्त्री नेपालसाग भेटघाटमा समेत प्रचण्ड भारतविरुद्ध चर्काे रूपमा प्रस्तुत भएपछि माओवादी र भारतबीचको सम्बन्ध कत्तिको बिग्रेको रहेछ भन्ने देखिएको छ, जब कि कतिपयले प्रचण्डले बानेश्वरमा गरेको भारतको तीव्र विरोधलाई माओवादी र प्रचण्डको देखाउने दाात मात्र भएको बताउने गरेका छन्। यस सागसागै माओवादीभित्र भारतलाई कुन दृष्टिकोणबाट हेर्ने भन्ने विषयलाई लिएर विवाद सिर्जना भएको छ। आमहडताल (पुस ५,६,७) को अघिल्लो दिन बसेको स्थायी समितिको बैठकले भारतप्रति लक्षित गर्दै चौथो चरणको आन्दोलन राष्ट्रियताको संरक्षण र वैदेशिक हस्तक्षेप (खासगरी भारतको) विरुद्ध गर्ने निर्णय गरेको थियो।
    तर, डा. भट्टराईपक्षीय मानिने माओवादी पोलिटब्युरो सदस्य टोपबहादुर रायमाझीले 'डा. भट्टराई प्रधानमन्त्री बन्ने निश्चित नहुादासम्म माधव नेपालको नेतृत्व रहिरहन्छ' भन्दै हिाड्न थालेपछि माओवादीको पछिल्लो निर्णय डा. भट्टराईप्रति पनि लक्षित रहेको अनुमान गर्न थालिएको छ। संयोग पनि कस्तो परेको छ भने, केही महिनाअघिसम्म कुनै कार्यक्रम र भेटघाटमा जाादा डा. भट्टराईलाई लिएर जाने माओवादी अध्यक्ष प्रचण्डले पछिल्लो समयमा डा. भट्टराईको साटो वरिष्ठ उपाध्यक्ष मोहन वैद्य (किरण) लाई लिएर हिाड्न थालेका छन्। चालू पदाधिकारी बैठकमा प्रचण्डको प्रतिवेदन पनि भारतप्रति बढी आक्रामक बनेर आएको छ।

    No comments:

    Post a Comment